मुख्य समाचार

वायुसेवा निगम सरकारी स्वामित्वमा नै रहिरहनुपर्छ : महाप्रबन्धक पौडेल

काठमाडौं, २३ असार । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) पूर्णरुपमा सरकारको स्वामित्वमा नै रहिरहनुपर्छ भन्ने निगम व्यवस्थापनको धारणा कायम नै रहेको स्पष्ट पारेको छ । निगमलाई कम्पनी मोडलमा लगेर निजीकरण गर्न खोजेको भन्दै निगमका कर्मचारीले विरोध जनाउँदै सङ्घर्षमा उत्रेपछि उक्त विषयमा स्पष्ट गर्दै निगमले व्यवस्थापनका विभिन्न विकल्पमा छलफल मात्रै भएको स्पष्ट पारेको हो । निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै निगमलाई कम्पनी लिमिटेडमा रुपान्तरण गर्ने विषयमा सत्यतथ्य विषय सार्वजनिक गरे । निगम चरम आर्थिक सङ्कटमा गुज्रिरहेका… पुरा पढौ

व्यानपाको एक अर्ब ७७ करोडको बजेट पारित

दमौली, २३ असार । तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८÷७९ का लागि रु एक अर्ब ७७ करोड ८९ लाख १२ हजारको बजेट पारित गरेको छ । नगरपालिकाको आज सम्पन्न ३५ औं नगरसभाबाट उक्त बजेट पारित भएको हो । गत असार १० गते नगरपालिकाले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको थियो । नगरप्रमुख वैकुण्ठ न्यौपानेले कूल बजेटमध्ये चालुतर्फ ५७.८३ र पुँजीगततर्फ ४२.१७ प्रतिशत बजेट विनियोजन गरिएको जानकारी दिए । नगरपालिकाको सभाहलमा आज आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख न्यौपानेले स्वास्थ्य, कृषि, पर्यटन,… पुरा पढौ

रत्ननगरको खाद्य उद्योगद्वारा नौ करोड राजस्व छली विरुद्ध उच्च अदालतमा मुद्दा दायर

काठमाडौं २३ असार । चितवन रत्ननगर–८ देवौलीस्थित शिवशक्ति खाद्य उद्योग प्रालिका सञ्चालक दिनेशकुमार अग्रवालसहित तीन जनाको मिलेमतोमा रु नौ करोड बढीको राजस्व छली भएको खुलेको छ । अनुसन्धानमा करोडौँ कर छली गरेको पाइएकाले राजस्व अनुसन्धान विभागले आज उनीहरुविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागका अनुसार कैफियत गरेर रु नौ करोड २७ लाख ३७ हजार बिगो बराबरको राजस्व छली गरेकाले जरिवाना र कैद सजाय माग दाबीसहित मुद्दा दायर गरिएको हो । विभागले सञ्चालकद्वय दिनेशकुमार र सीमा अग्रवाल तथा… पुरा पढौ

चौथो दिन पनि नेप्सेमा गिरावट, कारोबार रकममा सामान्य सुधार

काठमाडौं, २३ असार । कर, बैंकको किस्ता तथा ब्याजको जोहोमा लागिरहेका लगानीकर्ताहरुले असार कटेपछि शेयर बजारमा सुस्ताउने मौका पाउने आशा गरिएको छ । असार महिनाको बीचबाटै उत्सुकतासाथ शेयर बजार लयमा नरहनुको कारण लगानीकर्ताहरु शेयर बजार बाहिरको आर्थिक हिसाब मिलानको काममा रहनुले पनि पछिल्ला दिनहरुमा सूचकहरु तथा कारोबारमा गिरावट हुँदै आएको छ । तर सिजन कायमै रहेकाेले साउनकाे शुरूसंगै सकारात्मक लयमा फर्किने अपेक्षा घटेकाे छैन । साताको चौथो दिन बुधबार नेप्से परिसूचक १६.९७ अंकले घटेको छ । यसरी घटेको नेप्से २८०१.१३… पुरा पढौ

अब हिमालय एयरलाइन्सको टिकट अनलाइनबाटै बुकिङ

काठमाडौं, २३ असार । हिमालय एयरलाइन्सले अनलाइन टिकट बुकिङ शुरु गरेको छ । ग्राहकले आफ्नै डेक्सटप वा मोबाइलबाट एयरलाइन्सकाे वेबसाइटमा गई टिकट बुकिङ गर्न सक्नेछन् । प्रारम्भिक चरणमा कनेक्ट आइपिएस प्रयोग गर्ने ग्राहकले टिकट खरीद गर्न र टिकट रद्द गर्नुका साथै अन्य सेवा जस्तै उडान र भाडाबारे जानकारी, टिकट फिर्ता, ग्राहक सेवा, ढिलाइ प्रमाण–पत्र, निःशुल्क टिकट एक्सचेन्ज, ई–टिकट र टिकटमा वास्तविक नाम प्रमाणीकरणको सुविधा लिनसक्ने कम्पनीले जनाएको छ । एयरलाइन्सले सम्बन्धित अन्य सहायक सेवा जस्तै ब्यागेजको पूर्व बुकिङ, सीट, खाना… पुरा पढौ

आरबिबी म्युचुअल फण्ड १ आजदेखि बिक्रीमा

काठमाडाैं, २३ असार । आजदेखि राष्ट्रिय वाणिज्य बैंकले आरबिबी म्युचुअल फण्ड–१ को बिक्री खुला भएको छ । यसको योजना व्यवस्थापक आरबिबी मर्चेन्ट बैंकिङ हो भने कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक हो । अङ्कित मूल्य रु १० का दरका रु १० करोड इकाइ जारी गरिने छ । यसमध्ये रु एक करोड ५० लाख इकाइ वा कूल बिक्री भएको इकाइको सङ्ख्यामा १३ प्रतिशत राष्ट्रिय वाणिज्य बैंकलाई र दुई प्रतिशत आरबिबी मर्चेन्ट बैंकिङलाई छुट्याइएको छ । बाँकी रहेको रु आठ करोड ५० लाख… पुरा पढौ

विश्वभर तीन अर्ब २५ करोड ८५ लाख ७२ हजार ८९२ डोज कोरोनाविरुद्ध खोप लगाइयो

बाल्टिमोर,मेरील्याण्ड, २३ असार । विश्वभर तीन अर्ब २५ करोड ८४ लाख ५९४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् । चीनमा एक अर्व ३१ करोड ८४ लाख १७ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३६ करोड १३ लाख २३ हजार ५४८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अमेरिकामा ३३ करोड २ लाख १४ हजार ७३२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा दश करोड १३ लाख ९४ हजार ६५०… पुरा पढौ

जलवायु परिवर्तनको असर : ‘सन २०५० सम्ममा १२ प्रतिशतसम्म पानीको मात्रा बढ्नसक्छ’

काठमाडौं, २३ असार । जलवायु परिवर्तनको असरले सन २०५० सम्ममा पानीको मात्रा ८ देखि १२ प्रतिशत वृद्धि हुनसक्ने विज्ञहरुले औल्याएका छन् । जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम वृद्धिदरमा अहिलेकै अवस्था रहेमा पृथ्वीमा पानीको मात्रा बढ्ने विज्ञहरुले औल्याएका हुन् । ‘सन २०५० सम्ममा अहिलेको हिसावले तापक्रम वृद्धि हुने हो भने पृथ्वीमा ८ देखि १२ प्रतिशत मापनको मात्रामा वृद्धि हुनसक्छ,’ जलवायु परिवर्तनको विषयमा लामो समयदेखि अध्ययन गरिरहेका विज्ञ मञ्जित ढकालले भने, ‘अहिलेको तापक्रम वृद्धिदर नियन्त्रणका उपाय अवलम्बन नगरिए सन २०५० सम्मा पृथ्वीको… पुरा पढौ

जीवन विकास लघुवित्तकाे आईपीओ बाँडफाँट

काठमाडौं, २३ असार । जीवन विकास लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको प्राथमिक शेयर (आईपीओ) बुधबार बाँडफाँट गरेकाे छ। लघुवित्तको बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आईपीओ गरिएकाे हाे । लघुवित्तले गत असार ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर बिक्री गरेको थियो। निष्काशन गरिएको कुल शेयरमध्ये ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको हुँदा बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणमा बाँडफाँट गरिएको हो। सो शेयरमा कुल २० लाख… पुरा पढौ

माछापुच्छ्रे बैंकले असार ३१ गतेदेखि ३ अर्बको ऋणपत्र बिक्री गर्ने

काठमाडौं, २३ असार । माछापुच्छ्रे बैंकले असार ३१ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्रीमा ल्याउने तयारी गरेको छ । बैंकले ८.५० प्रतिशत ब्याजदरमा ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ नामक ऋणपत्र १० वर्षे अवधिको लागि खुला गर्न लागेको हो । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्यको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री गर्न लागेको हो । उक्त ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि… पुरा पढौ