मुख्य समाचार

मन्त्रालय बाँडफाँडमा किचलो कायमै, ३ साता बित्दा पनि अझै बिनाविभागीय

पोखरा, २२ असार । गण्डकी प्रदेश सरकारले आगामी आवको लागि प्रस्तुत गरेको बजेटमाथि ३ साता बित्दासमेत छलफल चलाउन सकेको छैन । मन्त्रालय भागबण्डा किचलोमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकार अल्झिँदा न बजेटमाथि छलफल नै चलेको छ, न त रातो किताब आएको छ । गत २९ जेठमा काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई प्रदेश प्रमेख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्ति गरेकी थिइन् । नियुक्तिको दोस्रो दिन सरकारले आगामी आवको नीति तथा कार्यक्रम र तेस्रो दिन… पुरा पढौ

घरमै अध्ययन गर्ने विद्यार्थीको सहजताका लागि ‘हेलो शिक्षक’ कार्यक्रम

टीकापुर, २२ असार । कैलालीका विद्यालयमा विद्यार्थीको शिक्षण सिकाइमा सहजताका लागि ‘हेलो शिक्षक’ कार्यक्रम लागू गरिएको छ । कोरोना महामारीका कारण विद्यालय बन्द हुँदा घरमै अध्ययन गर्ने विद्यार्थीलाई सिकाइमा सहजताका लागि केही विद्यालयले हेलो शिक्षक कार्यक्रम लागू गरेका हुन् । विद्यालयले टेलिफोनमै विद्यार्थीलाई परामर्श दिन थालेका छन् । दुई महिना विद्यालय बन्द भएपछि असार महिनादेखि कैलालीका विद्यालय खुलेका छन् । विद्यालय प्रशासन खुले पनि विद्यार्थीलाई विद्यालय बोलाएर अध्यापन गर्ने वातावरण बनेको छैन । अझै समुदायमा सङ्क्रमण देखिइरहेकाले भौतिकरूपमा विद्यालयमा उपस्थित… पुरा पढौ

उपत्यकामा थपिएको निषेधाज्ञा आजदेखि लागू, के गर्न पाइने, के गर्न नपाइने ?

काठमाडौं, २२ असार । काठमाडौं उपत्यकामा एक साताका लागि थप गरिएको निषेधाज्ञा आजदेखि लागू भएको छ । आदेशानुसार यसअघि यातायतमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइनेछ । आज बिहान १ बजेदेखि लागू गरिएको निषेधाज्ञा यही ३१ गते राति १२ बजेसम्म कायम रहने छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार यसरी सवारी चलाउँदा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, स्वास्थ्यका सबै मापदण्ड पालना गर्न तथा चालक र सहचालकलाई भाइजर र पञ्जाको प्रयोग गर्न भनिएको… पुरा पढौ

मनकामना स्मार्ट लघुवित्तको आइपिओमा २० लाख आवेदन

काठमाडौं, २२ असार । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा २० लाखभन्दा बढीले आवेदन दिएका छन् । साेमबार साँझ ५ः३० बजेसम्म २० लाख २६ हजार २४५ जनाको आवेदन परेको हाे । आवेदन मागभन्दा ७३ गुणा बढी भएको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । यही असार १७ गतेबाट खुला भएको आईपीओ सकिएको छ । क्यापिटलका अनुसार उक्त आवेदनबाट रु दुई अर्ब ६५ करोड ७४ लाख ५० हजार कित्ता शेयर माग भएको छ… पुरा पढौ

विश्वविद्यालयको समकक्षता सेवा अब अनलाइनबाट

काठमाडौं, २२ असार । त्रिभुवन विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट उपाधि हासिलको शैक्षिक प्रमाणपत्रको उपाधि मान्यता तथा समकक्षता सेवा अनलाइन माध्यमबाटै दिन थालेको छ । विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले वेबसाइटमार्फत सेवाग्राहीले अनलाइनमा आवेदन दिन र शुल्क तिर्न सक्ने व्यवस्था शुरु गरेको हो । देशका विभिन्न स्थानबाट समकक्षताका लागि कीर्तिपुरस्थित केन्द्रको कार्यालयमा नै आएर आवेदन दिनुपर्ने झन्झट अब अन्त्य भएको छ । यही असार २० गते अनलाइनको प्रयोगबाट सुदूरपश्चिम प्रदेशको कञ्चनपुर घर भई नेपाली सेनाको श्रीकालीध्वज गण नवलपरासीमा… पुरा पढौ

एमाले विवाद मिलाउन कार्यदल पुनः सक्रिय

काठमाडौंं, २१ असार । आन्तरिक विवाद समाधानका लागि गठित नेकपा (एमाले)को कार्यदल पुनः सक्रिय भएको छ । पार्टीका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थितरुपमा सहमतिमा रुपान्तरणका लागि कार्यदलको बैठक शुरु भएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ ३ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा सञ्चालन गर्न तयार भएपछि सहमतिको वातावरण बनेको हो । सिंहदरबारमा आज बसेको बैठकले हालसम्मका अनौपचारिक छलफल पुनरवलोकन गरेको र पार्टीभित्रै बसेर आन्तरिक समस्या समाधान गर्ने कुरा भएको एमालेका सचिव गोकर्णराज विष्टले… पुरा पढौ

४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीको सफलताले आत्मविश्वास बढाएको छ : प्रम

काठमाडौं, २१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सफलताले मुलुकको ऊर्जा क्षेत्रको थप विकासका लागि आत्मविश्वास बढाएको बताएका छन् । कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको आज उद्घाटन गँर्दै प्रधानमन्त्रीले आफनै बलबूतामा विकासका थुप्रै काम गर्न सक्छौ भन्ने विश्वासमा अभिवृद्धि भएको उल्लेख गरे । हरेक क्षेत्रमा बाह्य देशको भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्ने दिशामा आयोजनाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले ज्ञान, प्रविधिको विकास र विस्तारलगायतका क्षेत्रमा समेत महत्वपूर्ण योगदान गर्ने स्पष्ट पारे । जलविद्युत्… पुरा पढौ

नेपाल एग्रोको पाँचौं बार्षिक साधारण सभा सम्पन्न,१४ प्रतिशत बोनश शेयर पारित

पाेखरा, २१ असार । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन सञ्चालक समितिका अध्यक्ष रमेश कुमार कर्माचार्यले गरेका थिए । उक्त साधारण सभाले चुक्ता पुँजीको १४ प्रतिशतले हुने बोनश शेयर वितरण गर्नुका साथै नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गर्ने प्राप्ति लगायत अन्य प्रस्तावहरु सर्वसम्मतीले पारीत गरेको संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत नयन देवकोटाले बताए । कार्यक्रममा अध्यक्ष कर्माचार्यले संस्था स्थापनाको उद्देश्यमाथि प्रकाश पार्दै सञ्चालक… पुरा पढौ

बैंकिङ कसुरमा ४५ लाख जरिवाना गरिएका व्यक्ति पक्राउ

काठमाडौं, २१ असार । नेपाल प्रहरीले रु ४५ लाख जरिवाना ठहर भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु ४५ लाख जरिवना गरेपछि फरार रहेका ललितपुर महानगरपालिका–१ कुपण्डोलका ५० वर्षीय शिशिरशम्शेर जबरालाई आज पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ माघ २६ को फैसलापछि १० दिन कैद र बिगो बमोजिम रु ४५ लाख जरिवनापछि फरार रहेका जबरालाई आज… पुरा पढौ

सञ्चालनमा आयो राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी, प्रमद्वारा उद्घाटन

काठमाडौं, २१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको परियोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्रीले विद्युतीय माध्यमबाट आयोजनाको उद्घाटन गरेका हुन । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिट आजदेखि सञ्चालनमा आएको छ । आयोजना स्थल गोगर र प्रधानमन्त्री निवास बालुवाटारबीच श्रव्य दृश्यका माध्यमबाट जोडिएको थियाे । प्रधानमन्त्रीले श्रव्य दृश्यका माध्यमबाट ‘क्लिक’ गरेपछि आयोजनाको पहिलो युनिट सञ्चालनमा आएको छ । आयोजनामा छ वटा युनिट छन् । नेपालको जलविद्युत्… पुरा पढौ