मुख्य समाचार

प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत, दल दर्ता कहिलेसम्म ?

काठमाडौं, २१ असार । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । आयोगका अनुसार कार्यतालिकामा आगामी कात्तिक २६ गते शुक्रबार पहिलो चरण र मङ्सिर ३ गते शुक्रबार दोस्रो चरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन अवधिमा सम्पादन गरिने मुख्य क्रियाकलाप समेटिएको छ । कार्यतालिकाअनुसार यही असार ३१ देखि आगामी साउन १५ गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ । पहिलो चरणमा सम्पन्न हुने पहिलो निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम असोज २१ देखि २६… पुरा पढौ

काँग्रेस नेता रामजी कुँवरको निधन

पोखरा, २१ असार । काँग्रेस नेता रामजी कुँवरको निधन भएको छ । कोरोना संक्रमणबाट ग्रसित उनी निको भए पनि स्वास्थ्यमा सुधार हुन नसक्दा ज्यान गुमाएका हुन् । उनको सोमबार दिउँसो काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको परिवारजनले जनाएको छ । यसअघि पोखरा महानगरपालिकाका मेयरका प्रत्यासी कुुँवर ट्रेड युनियन कांग्रेसका पूर्व वरिष्ठ उपाध्यक्ष हुन् । उनको घर पोखरा ६, बैदाम हो । यसैबीच, उनको निधनपछि श्रद्धाञ्जली व्यक्त गर्न काँग्रेस कास्कीका सभापति कृष्ण थापा, आइबहादुर गुरुङ, लक्ष्मी पाण्डे, प्रवक्ता नवीन सिग्देल… पुरा पढौ

राष्ट्रियसभामा बाढी, पहिरोदेखि राजनीति बेथितिसम्मका कुरा

काठमाडौं, २१ असार । राष्ट्रियसभाको आजको बैठकमा मुलुकमा बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षति, कोभिड–१९ को खोप अभाव, अतिक्रमणमा परेको नेपाली भूमि फिर्ता र वर्तमान राजनीति स्थिति एवं निर्वाचनको विषयमा केन्द्रित गरी आवाज मुखरित गरिएको छ । बैठकमा भाग लिने सदस्यले मुलुक सङ्घीयतामा प्रवेश गरिसके पनि संविधानको मर्म र भावनाअनुरुप प्रदेश र स्थानीय तहलाई अधिकार नदिएको तथा दलित समुदायसँग जोडिएको घटनामा सरकारकै मन्त्रीबाट गैरजिम्मेवार क्रियाकलाप भएको भनी आलोचना गरे । जनता समाज पार्टीका शेखर सिंहले बाढी, पहिरो र डुबानमा… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम खुम्चियाे

काठमडौं, २१ असार । साताको दोश्रो दिन सोमबार शेयर बजार ओरालो लागेको छ । लगानीकर्ताहरु यतिबेला कर बुझाउन हतार, बैंकको किस्ता र ब्याजको तनाबमा हुनुको कारणले शेयर बजारमा त्यसको प्रभाव परेको आकलन गरिएको छ । उनीहरुले लगानीलाई कर, किस्ता तथा ब्याजको जोहो गर्नतिर केन्द्रीत गरेपछि सूचकहरु तथा करोकारमा कमि देखिएको छ । नेप्से परिसूचक ११.७८ अंकले घटेरको छ । यसरी घटेको नेप्से २८२२.७३ विन्दुमा पुगेको छ । नेप्से ०.४२ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ०.०४ अंकले घटेर ५३८.४१ विन्दुमा पुगेको छ… पुरा पढौ

प्रधानन्यायाधीशको प्रश्नः एमालेबाहेकको वैकल्पिक सरकार बन्न सक्छ ?

काठमाडौं, २१ असार । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेकपा (एमाले) बाहेक वैकल्पिक सरकार बन्न सक्ने अवस्था भए वा नभएको प्रश्न इजलासमा गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाइ भइरहेको अवस्थामा उनले सो प्रश्न गरेका हुन । प्रधानन्यायाधीश राणाले भने, “संविधानको धारा ७६(५) को व्यवस्था प्रधानमन्त्री नियुक्तिका लागि मात्र हो कि अरु पनि छ ? एमालेबाहेकको वैकल्पिक सरकार बन्नसक्ने अवस्था छ ?” जवाफमा वरिष्ठ अधिवक्ता… पुरा पढौ

यी हुन् कोरोनाबाट अत्यन्त प्रभावित बीस देश (सूचीसहित)

काठमाडाैं, २१ असार । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड ३७ लाख ८४ हजार ९६७ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख ७७ हजार ६० जनाको मृत्यु भएको छ । विश्वभर तीन अर्ब १९ करोड २४ लाख ७६ हजार २१६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । चीनमा एक अर्व २९ करोड ६० लाख ३७ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३५ करोड २८ लाख ९२ हजार ४६… पुरा पढौ

नेप्से दोहोरो अंकले घटेपनि कारोबार पुग्याे साढे १५ अर्ब

काठमाडौं, २१ असार । साताको दोश्रो दिन सोमबार शेयर बजारका सूचकहरु बटे पनि कारोबार रकम भने अन्य दिनको तुलनामा सन्तोषजनक देखिएको छ । नेप्से परिसूचक १०.८४ अंकले घटेर २८२३.६७ विन्दुमा पुगेको छ । नेप्से ०.३८ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स २.०७ अंकले घटेर ५२६.३८४ विन्दुमा पुगेको छ । कुनैबेला साढे १९ अर्बको अर्बको कारोबार भएको नेप्सेमा केहि हप्तादेखि आएको गिरावटले अझैं लय पकड्न सकेको छैन । ५ अर्ब कारोबारको हाराहारीमा अईपुगेको नेप्सेमा आज दिउसाे पाैने १ वजे सम्मको अवस्थालाई हेर्दा कारोबार… पुरा पढौ

प्रतिनिधिसभा विघटन, जवाफी बहस सुरु

काठमाडौं, २१ असार । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता हरिहर दाहालले जवाफी बहस शुरु गरेका छन् । सभामुखका तर्फबाट बहस सकिएपछि आइतबारदेखि रिट निवेदनका तर्फबाट जवाफी बहस शुरु भएको थियो । वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले जवाफी बहससमेत गरिसकेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईका संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सुनुवाइ भइरहेको हो । रिट निवेदकका तर्फबाट जवाफी बहस गर्ने वरिष्ठ अधिवक्ता दाहालपछि वरिष्ठ अधिवक्ता शम्भु थापा र बद्रीबहादुर… पुरा पढौ

लोपोन्मुख बासमती धानको व्यावसायिक खेती

झापा, २१ असार । पकाउँदा र भोजन गर्दा समेत मगमग बास्ना चल्ने स्वादिस्ट बासमती चामललाई संरक्षण गर्ने ध्येयले राष्ट्रिय खाद्य बैंक कम्पनीले मुलुकका विभिन्न जिल्लामा बासमती धानको व्यावसायिक खेती शुरुआत गरेको छ । झापा, कैलाली, बर्दिया र कास्कीलगायतका जिल्लामा यस वर्ष ५०० बिगाहा जग्गा भाडामा लिएर कम्पनीले बासमती धानको बीउ रोप्न शुरुआत गरेको कम्पनीका अध्यक्ष शंकरनाथ उप्रेतीले बताए । कम्पनीले झापाको गौरादह नगरपालिका वडा नं २ र ७ मा ५० बिगाहा जग्गा लिजमा लिएर बासमती धानको खेती शुरु गरेको छ… पुरा पढौ

कामपाको आर्थिक विधेयक पारित

काठमाडौं, २१ असार । काठमाडौं महानगरपालिकाको आर्थिक विधेयक, २०७८ पारित भएको छ । आइतबार बसेको नवौँ अधिवेशनको पाँचौँ बैठकले आन्तरिक आयका लागि राजस्वका शीर्षक र प्रस्तावित राजस्वका दरका विषयमा छलफल गर्दै विधेयक पारित गरेको हो । यही असार १० गतेको चौथो सभामा आव ०७८-०७९ का महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ‘कामपाको आर्थिक विधेयक, २०७८’ प्रस्ताव गरे । सोही बैठकमा उपप्रमुख हरिप्रभा खड्गीले आव ०७८÷०७९ का लागि रु १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार बजेट र विनियोजन विधेयक, २०७८ पेश… पुरा पढौ