मुख्य समाचार

पोखरा महानगर नीति तथा कार्यक्रम: क्रमागत योजनालाई निरन्तरता

पोखरा, १० असार । क्रमागत योजनालाई निरन्तरता दिने गरी पोखरा महानगरले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मेयर मानबहादुर जिसीले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै वडा समितिबाट सिफारिस सडक योजनामा बजेट विनियोजना गरिने र क्रमागत योजना सम्पन्न गरी उपभोक्तालाई सुम्पने नीति लिइएको बताए । निर्माणाधीन पुल, भवन, सडक पूरा गर्ने र निर्माण प्रक्रिया थालनी भएका योजना सुरु गर्ने विषय नीति तथा कार्यक्रममा छ । यसैगरी विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण, उपचार र रोकथामका कामलाई आगामी… पुरा पढौ

यी हुन कोरोनाबाट अत्यन्त प्रभावित १५ देश, संक्रमित र मृतकको संख्या कति ?

काठमाडाै‌, १० असार । विश्वभरमा कोरोना संक्रमितको संख्या १७ करोड ९१ लाख ९९ हजार २१ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ८३ हजार ४८३ जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार हालसम्म कोरोनाबाट अत्यन्त प्रभावित १५ देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकको संख्या यसप्रकार छन् । एजेन्सीकाे सहयाेगमा १५ देशका संक्रमित र ज्यान गएकाे विवरण- पुरा पढौ

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, १० असार । नेपाल आयल निगमले बुधबार रातिदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्यमा प्रती लिटर २ रुपैयाँले बृद्धि गरेको जनाएको छ । पछिल्लो बृद्धि गरिएको मूल्यसहित पेट्रोल प्रतिलिटर १२७ पुगेको छ । डिजेल/मट्टीतेलको प्रतिलिटर ११० रुपैयाँ पुगेको छ भने हवाई इन्धन आन्तरिकतर्फ २ रुपैयाँ बृद्धि हुँदा प्रतिलिटर ८२ रुपैयाँ पुगेको छ । यस्तै निगमले अन्तराष्ट्रिय उडानतर्फ प्रति किलोलिटर अमेरिकी डलर २० बृद्धि गरेर प्रति किलोलिटर ७३५ पुर्याएकाे छ । आयल… पुरा पढौ

आन्तरिक उडान असार १७ र अन्तर्राष्ट्रिय उडान बिहिबारबाट सञ्चालन हुने

काठमाडौं, ९ असार । सरकारले असार १७ गतेबाट आन्तरीक उडान खुलाउने जानकारी दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गतेबाट आन्तरिक हवाई उडान खोल्न दिने भएको हो । मन्त्रालयका सूचना अधिकारी प्रेम सुवेदीले जनस्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना हुने गरी अर्को आदेश नभएसम्मका लागि असार १७ गतेदेखि कुल उडान संख्याको ५० प्रतिशत नबढ्ने गरी हवाई उडान संचालन र व्यवस्थापन मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको बताएका छन् । यस्तै मन्त्रालयले असार १० (जुन २४ तारिख) देखि… पुरा पढौ

पोखरा महानगरको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

पोखरा, ९ असार । पोखरा महानगरले आगामी आव २०७८/०७९ को लागि नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको छ । पोखरा सभागृहस्थित महानगरको नवौं नगर सभामा मेयर मानबहादुर जिसीले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । सार्वजनिक नीति तथा कार्यक्रममा पोखरा महानगरपालिकाको दीर्घकालीन सोच ‘समुन्नत पर्यटकीय पोखरा’ लाई व्यवहारमा रुपान्तरण विभिन्न मार्ग निर्देशित सिद्धान्तहरु तय गरिएको छ । जसमा नागरिकको मौलिक हककोे संरक्षण, सामाजिक सुरक्षा एवं आत्म सम्मानको सुनिश्चित गर्ने, नागरिकहरुलाई संगठित गर्दै सहभागितामूलक तवरले स्थानीय स्तरमा पूँजी निर्माण गरी ज्ञान,… पुरा पढौ

पहिराेले मेलम्ची खानेपानी आयोजनामा १ अर्बको क्षति

काठमाडौं, ९ असार । गत साताको निरन्तर वर्षापछि गएको पहिराेले मेलम्ची खानेपानी आयोजनामा १ अर्बभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’ बाहेक अरू संरचनामा क्षति पुगेको र निर्माण सामग्री र कर्मचारी बस्न बनाइएका संरचना बगाएको छ । अहिलेसम्म प्राविधिकहरू अम्बाथान नै भने पुग्न नसकेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार मङ्गलबार आयोजनाका डिभिजनल इन्जिनीयर लगायतको टोली चनौटेबाट झण्डै सातआठ घण्टा पैदल हिँडेर गएको थियो । त्यहाँसम्म पुग्ने सडक र… पुरा पढौ

सन् २०२२ को बेइजिङ ओलम्पिक स्थगित गर्न चीन विरोधी चिनियाँ आप्रवासीको माग

म्युनिख, जर्मनी, ९ असार । आगामी सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने तय भएको ओलम्पिक खेलकुद प्रतियोगिता स्थगित गर्न माग गरिएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा चीन सरकारको विरोधमा रहेका चिनियाँ आप्रवासीहरुले आगामी बेइजिङ ओलम्पिक स्थगित गर्न माग गर्न लागेका हुन् । कोरोनाभाइरसको महामारीको खतरा अझै पनि पूर्ण रुपमा अन्त्य भइ नसकेकाले आगामी बर्ष नै यति ठूलो खेलकुद प्रतियोगिता गर्नु उपयुक्त नहुने उनीहरुको भनाई छ । बेइजिङ ओलम्पिक स्थगित गर्नुपर्ने एक सूत्रीय अभियान स्वरुप चिनियाँहरुले आज विश्वका प्रमुख… पुरा पढौ

५१.६५ अंकले घट्यो नेप्से, ८ अर्ब ३६ करोड बढीको कारोबार

काठमाडौं, ९ असार । मंगलबार सर्वत्र हरियाली छाएको शेयर बजारले बुधबार उल्टो दिशाको यात्रा गरेको छ । सबै सूचकहरु राताम्मै भएका छन् भने कुनै समय करिब २० अर्बको कारोबार भएकोमा आज भने ठूलो गिरावट देखिएको छ । नेप्से परिसूचक ५१.६५ अंकले घटेर २८६२.१८ विन्दुमा पुगि रोकिएको छ । नेप्से १.७७ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ७.३७ अंकले घटेर ५२८.९७ विन्दुमा पुगेको छ । कुल २१८ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ९४ लाख १७ हजार ५३२ कित्ता शेयरको खरिदबिक्रीबाट… पुरा पढौ

संवैधानिक इजलासमा सुनुवाइ सुरु

काठमाडौं, ९ असार । सत्तारूढ नेकपा एमालेसहित १४६ सांसदले दायर गरेको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको छ । रिट निवेदकका तर्फबाट आज अधिवक्ता खम्बबहादुर खाती र गोविन्द बन्दीले बहस गरेका हुन्। अधिवक्ता खातीले ‘१४९ सांसदको समर्थनसहित नेपाली कांग्रेसका सांसद शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नका लागि राष्ट्रपतिलाई बुझाउँदा त्योभन्दा ठूलो सरकार गठनका लागि आधार के हुन सक्छ ’ भने । “वैकल्पिक सरकारको सम्भावना हुँदाहुँदै संसद् विघटन गर्नू कानूनसम्मत हुँदैन”, उनले भने । बहस उनले दिएको रिट निवेदनमाथि केन्द्रित थियो ।… पुरा पढौ

मनकामना स्मार्ट लघुवित्तको आईपीओ असार १७ गतेदेखि खुल्ने

काठमाडौं, ९ असार। मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गतेसम्म विक्री खुलाको मिति तय गरेको हो । कुल कित्तामध्ये शून्य दशमलव ५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानीकोषको लागि सुरक्षित गरी बाँकी ३ लाख ६३ हजार… पुरा पढौ