मुख्य समाचार

२० करोड विनियोजन भएकाे त्रिदेशीय महाबु सडककाे काम शुरु

दैलेख, ९ साउन । सरकारले गत वर्षदेखि पहिलो प्राथमिकतामा राखेको त्रिदेशीय सडकखण्डको काम सदरमुकामबाट शुरु हुने भएको छ । महाबु सडकखण्डमा यस वर्ष रु २० करोड विनियोजन भएको छ । गत वर्षदेखि नेपालगञ्ज, सुर्खेत, दैलेख सदरमुकाम, महावु कालिकोट, जुम्ला, हुम्ला, डोल्पा हुँदै चीनको नाग्चेनाम्लासँग सहज यातायात जोड्ने त्रिदेशीय सडकअन्तर्गत रकम विनियोजन भई काम शुरु गरिएको हो । गत वर्ष विनियोजन गरिएको रु ८० करोड मुगु र डोल्पा सडकखण्डमा खर्च गरिएको थियो । यस वर्ष विनियोजन गरिएको रु ६० करोडमध्ये मुख्य… पुरा पढौ

सगरमाथा इन्स्यारेन्सले बोलायो साधारणसभा, ११.५८ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं, ९ असार । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले असार ३० गते २४औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको प्रधान कार्यालय नक्साल, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो । कोभिडको जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीले गरेको हो । सभाले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट कुल ११ दशमलव ५८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको जेठ ४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका… पुरा पढौ

नेपालकै अग्लो ‘भ्यूटावर’को ४० प्रतिशत निर्माण सम्पन्न

झापा, ९ असार । दमकमा निर्माणाधीन नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ (भ्यूटावर)को ४० प्रतिशत निर्माण सम्पन्न भएको छ । एक सय मिटर अग्लो र १८ तलाको सो भ्यूटावरको बेसमेन्ट र तेस्रो तलासम्मको निर्माण पूरा गरी चौथो तलाको ढलान भइरहेको सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरका इञ्जीनियर भूपेन्द्रकुमार यादवले बताए । चिनियाँ कम्पनी जेडसिजीआइइसी र ललितपुरको आशिष ओम साइराम निर्माण कम्पनीले रु एक अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ मा भ्यूटावर निर्माणको ठेक्का लिएका हुन् । कोरोना महामारीको अवस्थामा… पुरा पढौ

थपियाे सांग्रिला बैंकको ऋणपत्रमा आवेदन दिने म्याद

काठमाडौं, ९ असार । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको असार ६ गते निष्काशन तथा बिक्री खुल्ला गरिएको ‘९ प्रतिशत सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७’ नामक ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । १० वर्ष सम्मको समयावधि रहेको बैंकको ऋणपत्रमा असार २० गतेसम्म आवेदन दिन सकिने भएको छ । यसअघि उक्त ऋणपत्रमा आवेदन पेश गर्ने म्याद असार ९ गतेसम्म रहेकाे थियाे । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र बिक्रीका लागि… पुरा पढौ

वाग्मती प्रदेश : बजेट विनियोजनको विवरण माग

वाग्मती, ९ असार । वाग्मती प्रदेशसभाको प्रदेश मामिला समितिले प्रदेश सरकारलाई आगामी आव ०७८, ७९ मा विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि गरेको बजेट विनियोजनको विवरण माग गरेको छ । सभाको प्रदेश मामिला समितिका अनुसार प्रदेश सरकारलाई विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि के कस्ता कार्यक्रम ल्याउने तथा के कति रकम विनियोजन भएको छ सो सम्बन्धमा समितिलाई १५ दिनभित्र विवरण पेश गर्न माग गरेको हो । प्रदेशको सिन्धुपाल्चोकमा गएको बाढीबाट ठूलो धनजनको क्षति भएको भन्दै समितिका सभापति माधव पौडेलले प्रदेशभित्रका अन्य धेरै ठाँउ… पुरा पढौ

मेघगर्जन चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडाैं, ९ असार । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ भने मेघगर्जन चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेकाे छ । हाल मौसमको अवस्था  देशभर सामान्य  देखी पूर्ण बदली रही  गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र प्रदेश नं १, प्रदेश न २ ,बाग्मती प्रदेश र सुदरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखी मध्ययम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।  आगामी तीन दिनको मौसम पूर्वानुमान  यस्ताे छः                      असार ९ गते  दिउँसो: देशभर… पुरा पढौ

कास्कीको प्रहरी प्रमुखमा एसपी रमेश थापा आउँदै

पाेखरा, ८ असार । जिल्ला प्रहरी कार्यालय कास्कीकाे प्रमुखमा एसपी रमेश थापा आउने भएका छन । अबकाे केहीदिनपछि कास्कीको कमाण्ड एसपी थापाले गर्नेछन्। यसअघिका प्रहरी प्रमुख जीवनकुमार श्रेष्ठ सरुवा भएपछि साेही ठाउँमा थापा आउने भएका हुन् । एसपी थापा यसअघि प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरिक्षककाे सचिवालयमा कार्यरत थिए । काभ्रेकाे पनाैती नगरपालिका २ कुशादेवीमा जन्मिएका थापा नेपाल प्रहरीकाे अब्बल अधिकृतमा गनिन्छन् । अपराध अनुसन्धानमा उच्च दख्खल भएका थापाले प्रहरी संगठनभित्र निडर र स्वच्छ छवी भएकाे प्रहरी अधिकृतकाे छवी बनाएका छन।… पुरा पढौ

कोटा तोकेर हवाई उडान खोल्ने सरकारको निर्णय

काठमाडौं, ८ असार । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार शर्तसहित कोटा तोकेर हवाई उडान खुला गरेको हो । संस्कृति तथा पर्यटन मन्त्रालयका अनुसार आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी उडान सञ्चालन हुनेछन। यसको तालिका र मिति मन्त्रालयले तय गर्नेछ । मन्त्रालयले भाेलीसम्म तालिका तय गर्ने तयारी गरेकाे छ । सरकारले अन्तर्राष्ट्रियका नियमित हवाई उडानहरू थप गर्ने निर्णय पनि गरेको छ । काठमाडौं-दोहा रुटमा नेपाल वायुसेवाले २ र… पुरा पढौ

संसद विघटनपछि विस्तार भएकाे मन्त्रिपरिषद् बदर, २० मन्त्री पदमुक्त(आदेशसहित)

काठमाडाैं, ८ असार । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । आदेशसंगै २० जना मन्त्री पदमुक्त भएका छन्। मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले संसद विघटनपछि नियुक्त भएका उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीलाई काम नगर्नु, गर्न नदिनु, नदिलाउनू भनी अन्तरिम आदेश जारी गरेको हो । पदमुक्त हुनेमा उपप्रधानमन्त्रीहरु रघुवीर महासेठ र राजेन्द्र महतो, मन्त्रीहरु खगराज अधिकारी, शरतसिंह भण्डारी, अनिलकुमार झा, शेरबहादुर तामाङ, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, नैनकला थापा, ज्वालाकुमारी साह, विमलप्रसाद श्रीवास्तव,… पुरा पढौ

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको १ अर्ब ५ करोड रुपैयाँ मुद्धती निक्षेपमा लगानी गर्ने

काठमाडौं, ८ असार । नेपाल राष्ट्र बैंकले बैंकका कर्मचारीको उपदान तथा पेन्सन कोषमा रहेको लगानी योग्य १ अर्ब ५ करोड रुपैयाँ ३६६ दिन १ वर्ष लगानीका लागि प्रस्ताव आव्हान गरेको छ । बैंकले वर्गका वाणिज्य बैंकहरुमा ८४ करोड, ख वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा १५ करोड ७५ लाख र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीका लागि ५ करोड २५ लाख गरी कुल १ अर्ब ५ करोड लगानी गर्ने भएको हो । राष्ट्र बैंकले तोकिएका शर्तहरुमा रहेर बैंक तथा वित्तीय संस्थाहरुले… पुरा पढौ