मुख्य समाचार

नेप्सेमा छायो हरियाली, कारोबारमा अब्बल देखियो नेपाल पुनर्बीमा कम्पनी

काठमाडौं, ८ असार । नेपाल धितोपत्र बोर्डको बिज्ञप्ति प्रकाशित भएपछि लगातार पहिरो गएको शेयर बजार साताको तेश्रो दिन मंगलबार सम्हालिएको छ । नेप्से एक हप्ता लगातार नकारात्मक दिशामा गएपछि लगानीकर्ताहरु निरास बनेका थिए । नयाँ नयाँ रेकर्ड कायम गर्दै आएको नेप्से करिब २० अर्ब नजिक पुगेकाे अवस्थामा पुनः १०, ११ अर्बको कारोबारको सेरोफेरोमा रहन थालेपछि र राताम्मै हुने सूचकांकको कारण घटेको मनोवलमा आज सर्वत्र छाएको हरियालीले उत्कसुता जगाईदिएको छ । शेयर बजारका जानकारहरु तथा स्वतन्त्र विज्ञहरुले दुईचार दिनको घटबढले लामो… पुरा पढौ

पहिलोपटक बहुमुल्य जडीबुटी सतुवाको व्यावसायिक खेती शुरु

पर्वत, ८ असार । बहुमुल्य जडीबुटीको रुपमा चिनिने सतुवाको पर्वतमा व्यावसायिक खेती शुरु गरिएको छ । जिल्लाको जलजला गाउँपालिका-६ शालिजा र वडा नं ९ बनौमा यस वर्षदेखि व्यावसायिक रुपमा खेती गर्न शुरु गरिएको छ । उच्च पहाडी भेगमा पाइने सतुवा औषधिका रूपमा प्रयोग गरिँदै आएको छ । यसको जरा अदुवाको जस्तै हुन्छ । विशेषगरी सतुवा पेट दुख्ने, पाकेको घाउ, बान्ता वा पखाला लागेका बिरामी तथा गाईभैंसी बिरामी हुँदा समेत सतुवा खुवाइन्छ । एक हजार ८०० देखि तीन हजार मिटरसम्म उचाइमा… पुरा पढौ

कोरोनाबाट विश्वभर करिब १८ करोड संक्रमित, कुन-कुन हुन् अत्यन्त प्रभावित १५ देश ?

काठमाडाै‌, ८ असार । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १७ करोड ८७ लाख ८८ हजार २४७ जना रहेकाे छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ७३ हजार २५० जनाको मृत्यु भएको छ । सो विश्वविद्यालयले जुन २१ को मध्याह्नमा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित १५ देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् । सिन्ह्वा पुरा पढौ

निरन्तर सुनचाँदीको मूल्यमा बृद्धि, कति पुग्यो तोलाको ?

काठमाडौं, ८ असार । काठमाडौं, ८ असार । साताको तेश्रो दिन मंगलबार पनि सुनचाँदीको मूल्यमा बृद्धि भएको छ । छापावाला सुनमा रुपैयाँ ६०० ले र चाँदीमा ५ रुपैयाँले बृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ६०० ले बृद्धि भएर प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाला सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ८९… पुरा पढौ

प्रभु सेलेक्ट फण्डको कारोबार आजबाट शुरु

काठमाडौं, ८ असार । प्रभु सेलेक्ट फण्डको इकाई नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएपछि आजदेखि दोश्रो बजारमा कारोबार शुरु भएको छ । प्रभु क्यापिटलको प्रभु सेलेक्ट फण्डको १२ करोड ५० लाख इकाई सोमबार नेप्सेमा सूचीकृत भएपछि दोश्रो बजारमा कारोबार गर्नका लागि बाटो खुलेको हो । यसअघि सर्वसाधारणका लागि १२ करोड ५० लाख इकाई धितोपत्र बिक्री गरिएको थियो । प्रभु सेलेक्ट फण्डको कारोबारको लागि पीएसएफ संकेत दिईएको छ । पुरा पढौ

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

काठमाडौं, ८ असार । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक धाउँछन् । ती व्यवसायी मात्रै होइन जिल्लाका धनाढ्यमा गनिनेहरुले पनि छोड्दैनन् सामाजिक सुरक्षा भत्ता । राज्यले विपन्नलाई सहयोग पुगोस् भनेर दिने यस्ता सुविधा ‘अधिकार’ भन्दै करोडौँ आम्दानी गर्नेहरुले पनि लिँदै आएका छन् । राज्यका तर्फबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था भए पनि निजी क्षेत्रबाट हुने करोडौँ आम्दानीलाई भने नियमले छोएको छैन । निवृत्तिभरण… पुरा पढौ

बैंकको प्राथमिकतामा नपरेको साना व्यवसायीको गुनासो, गभर्नर भन्छन्– ठूलो उपलब्धी हासिल भएको छ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले साना तथा घरेलु व्यवसायहरुको योगदान समग्र अर्थतन्त्रमा उच्च धेरै महत्वपूर्ण रहेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरुसँग सोमबार वेबिनारमार्फत आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उनले भनेर्– संसारभरी नै एमएसएमईज र एसएमइजको भूमिका हेर्ने हो भने संख्यात्मक हिसाबले त झण्डै ९९ प्रतिशत नै देख्छौँ भने अर्थतन्त्रमा योगदान पनि धेरै अर्थपूर्ण रहन्छ ।’ त्यही हिसाबले नेपाल राष्ट्र बैंकले पनि आफ्नो पोलिसी, आफ्ना नीतिहरुमा प्राथमिकता दिंदै आएको छ । गत सालको मौद्रिक… पुरा पढौ

खुकुलो बनाउँदै थपियो काभ्रेमा निषेधाज्ञा, के गर्ने के नगर्ने ?

बनेपा, ८ असार । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले केही खुकुलो बनाउँदै एक हप्ताका लागि निषेधाज्ञाको समयलाई पुनः बढाएको छ । कार्यालयले सूचना जारी गर्दै यही असार १४ गते राति १२ बजेसम्मका लागि समय थप गरेको हो । कोरोना सङ्क्रमण उल्लेख्य रूपमा घटिनसकेको अवस्थालाई ध्यानमा राख्दै सम्भावित सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि निषेध आदेशको समयलाई बढाइएको हो । निषेधाज्ञाको समयमा यसअघिको भन्दा अझै खुकुलो पारिएको छ । यस समयमा जिल्लास्थित विकास निर्माण र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित सबै सरकारी कार्यालयले स्वास्थ्य… पुरा पढौ

२०७८- ०७९ काे मौद्रिक नीतिमा लघुवित्त क्षेत्रको अपेक्षा

नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम आ.व. २०५९–६० देखि नेपाल राष्ट्र बैंकले वार्षिक मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । सामान्यता बजेटपछि नेपालमा राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्ने गर्दछ । नेपाल सरकारले आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट ल्याउने गर्छ भने बजेटले तय गरेको आय–व्ययको हिसाबमा राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने गर्छ  । यो नीति सामान्यता बजेटपछि नै सार्वजनिक गरिन्छ । धेरैको चासो रहने यस मौद्रिक नीतीले उच्च आर्थिक वृद्धि हासिल गर्न, वित्तीय बजारमा स्थायित्व ल्याउन,… पुरा पढौ

लगातार नेप्सेमा पहिरो, लगानीकर्ताले धैर्यता गुमाउनु हुँदैन

काठमाडौं, ७ असार । नेप्सेमा पहिरो जाने क्रम आज पनि रोकिएन । लगातार नेप्सेमा पहिरो जाँदा लगानीकर्ताहरुको उत्साह घटेकाे छ भने नेप्सेका सूचकहरुले सकारात्मक संकेत पनि दिन सकेका छैनन् । नेपाल धिताेपत्र बोर्डको बिज्ञप्तिपछि शेयर बजारमा भईरहेको असन्तुलनका बारेमा बोर्डले अहिलेसम्म आधिकारिक धारणा बाहिर ल्याएको छैन । अर्कोतिर बजारमा देखिएको असन्तुलनलाई सकारात्मक ट्रयाकमा ल्याउन फेरि पनि लगानीकर्ताहरुकै संयमतापूर्ण व्यवहार हुन जरुरी हुन्छ । शेयर बजारका जानकारहरू भन्छन्, लगानीकर्ताहरूले धैर्यता गुमाउनु हुँदैन । बजार सधैं एकैनासले चलेकाे कहाँ छ र ?… पुरा पढौ