मुख्य समाचार

मन्त्री नियुक्तिको ५ दिनपछि राजीव गुरुङको शपथ

पोखरा, ९ जेठ । गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) ले पद तथा गोपनीयताको शपथ लिएका छन् । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्री नियुक्तिको ५ दिनपछि उनलाई प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ ग्रहण गराएकी हुन् । समारोहमा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ, उपसभामुख सिर्जना शर्मा सहित मन्त्रीहरुको समेत उपस्थिति थियो । पहिलो पटक मन्त्री बन्दा प्रदेशमा राजनीतिक अस्थिरताले आफ्नो मन्त्री पद २ साताभित्र जाने भविष्यवाणी गरेका मन्त्री गुरुङले पद मुख्ममन्त्रीको राजीनामासँगै चैट भएको थियो । उनी… पुरा पढौ

राष्ट्र बैंकले मुद्धती र कल निक्षेपमा साढे ६४ करोड लगानी गर्दै

काठमाडौं, ९ जेठ । राष्ट्र बैंकले मुद्धती र कल निक्षेपमा गरी ६४ करोड ६३ लाख ५९ हजार ७०० सय रुपैयाँ लगानी गर्न लागेको छ । राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागबाट संचालनमा रहेका विभिन्न आयोजनाहरुको रकमलाई मुद्धती तथा कल निक्षेपमा लगानी गर्न लागिएको हो । बैंकका अनुसार मद्धती निक्षेपका लागि ५१ करोड ४४ लाख ६२ हजार ९६० रुपैयाँ र कल निक्षेपका लागि १३ करोड १८ लाख ९६ हजार ७४० रुपैया लगानी गर्न लागेको हो । बैंकले १ वर्षे मुद्धती निक्षेपका… पुरा पढौ

प्रभु सेलेक्ट फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, ९ जेठ । प्रभु सेलेक्ट फण्डको इकाईको लागि आज आवेदन दिने अन्तिम दिन रहेको छ । जेठ ५ गतेबाट निष्काशन तथा बिक्रीका लागि खुल्ला गरिएको फण्डको इकाईको लागि चाँडोमा आवेदन दिने जेठ ९ गते आज अन्तिम दिन तोकिएको थियो । फण्डको प्रभु क्यापिटललले व्यवस्थापन गरेको छ । फण्डले १ अर्ब बराबरको १० करोड इकाई जारी गरेको हो । जस्मध्ये १४ प्रतिशतले हुने १ करोड ४० लाख इकाई कोष फण्डको प्रवर्धक रहेको प्रभु बैंकको लागि छुट्याईएको छ । यस्तै एक… पुरा पढौ

एनएमबि बैंकको उर्जा ऋणपत्रमा आजदेखि आवेदन

काठमाडौं, ९ जेठ । एनएमबि बैंकले आजदेखि १५ वर्षे अवधिको १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले वार्षिक ४ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९२/९३’ नामको ऋणपत्र बिक्री गर्न लागेको हो। जसमा प्रतिकित्ता १ हजार दरको कुल १५ लाख कित्ता ऋणपत्र मध्ये ९ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ६ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ। जसमा ५ प्रतिशतका दरले ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि… पुरा पढौ

सामान्य स्वास्थ्य समस्या हुँदै परीक्षण गर्न चिकित्सकको सुझाव

काठमाडौं, ९ जेठ । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना तीव्ररूपमा फैलिएकाले रुघा, खोकी, ज्वरो, जीउ दुख्नेलगायत स्वास्थ्य समस्या हुँदा जाँच गराउनुपर्नेमा जोड दिइएको छ । वाग्मती सफाइ महाअभियान र ‘हामी तपाइँको साथमा’ नामक परोपकारी अभियानले जुम प्रविधिबाट आयोजना गरेको ‘अहिलेको महामारीमा के गर्ने ? के नगर्ने ?’ विषयक छलफल कार्यक्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डा सन्तकुमार दासले कोरोनाको दोस्रो चरणमा रुघा, ज्वरोमात्र आएकालाई पनि कोरोना पुष्टि भएकाले सजग हुन आह्वान गरे । सामान्य स्वास्थ्य समस्या आउँदैमा कोभिड होइन किन जाँच… पुरा पढौ

प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक : प्रजातान्त्रिक विचार समाज

काठमाडौं, ९ जेठ ।प्रजातान्त्रिक विचार समाजले प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक भएको बताएको छ । समाजका अध्यक्ष डा केदारनरसिंह केसीले एक विज्ञप्ति जारी गरी मुलुक कोरोना महामारी सङ्कटमा फसेको बेलामा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मध्यरातमा निर्वाचन घोषणा गर्नु असंवैधानिक भएको बताए । “प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा मध्यरातमा घोषित निर्वाचन जनस्वास्थ्यका दृष्टिले अमानवीय र कानूनी दृष्टिले असंवैधानिक रहेको छ”, विज्ञप्तिमा भनिएको छ । पार्टीभित्रको झगडाले संसद् विघटन गर्नु गलत काम भएको अध्यक्ष केसीको भनाइ छ । समाजले संविधानको धारा ७६ को उपधारा ३… पुरा पढौ

खेलाडीको लकडाउनपछि दैनिकी नै परिवर्तन

महेन्द्रनगर, ९ जेठ । कोरोनाको दोस्रो लहर शुरु हुनुअघि दिन नबिराएर कञ्चनपुरको महेन्द्रनगरस्थित कडर्डहल परिसरमा नियमित अभ्यासमा भेटिने कुस्ती खेलकी साग पदक विजेता खेलाडी शिवानी दुबेको लकडाउनपछि दैनिकी नै परिर्वतन भएको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाले सार्वजनिक स्थलमा खेलकुद गतिविधि बन्द भएसँगै शिवानी अहिले नियमित घरको बरण्डामा अभ्यासमा छन् । “दौड हुँदैन अरु शारीरिक अभ्यास घरमै भइरहेको छ”, उनेले भनिन्, “बुवा पनि खेलाडी भएकाले घरको छतमा नियमित अभ्यास गरिरहेकी छु ।” सिँढी, बरण्डा र छतमा… पुरा पढौ

अमेरिकामा ३८ प्रतिशत जनसंख्यालाई दुबै खोप दिइयो, मृत्युदर घट्यो

न्यूयोर्क, ९ जेठ । अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट २७ हजार १ सय ९१ जना सङ्क्रमित भएका छन् । यो अवधिमा कोरोना भाइरस सङ्क्रमित ५ सय ८९ जनाको मृत्यु भएको छ । कोरोनाबाट सङ्क्रमण हुनेको संख्यामा बिगत २ हप्तामा ३८ प्रतिशतले कमी आएको पनि अमेरिक स्वास्थ्य मन्त्रालयले बताएको छ । अमेरिकामा हालसम्म कूल ५ लाख ८८ हजार ८ सय ४९ जनाको निधन भएको छ भने पछिल्लो २ हप्तामा १४ प्रतिशतले मृत्यु संख्या घटेको छ । हाल अमेरिकामा ३० हजार… पुरा पढौ

बाल मनोवैज्ञानिक शिक्षामा ध्यान दिन आग्रह

कर्णाली, ९ जेठ । नयाँ भेरियन्टसहितको कोरोना महामारीले मुलुकमा कृषि, पूर्वाधार विकास, आर्थिकलगायतका विभिन्न क्षेत्र जस्तै शैक्षिक क्षेत्र पनि यतिबेला ठप्प छ । विद्यालय, कलेज र विश्वविद्यालय सम्पूर्ण बन्द छन् । बन्दको प्रत्यक्ष मार विद्यालयमा अध्ययनरत बालबालिकादेखि विश्वविद्यालयमा पढ्ने युवा विद्यार्थीहरुमा परिरहेको छ । शहरी क्षेत्रमा अनलाइनका माध्यमबाट शिक्षण क्रियाकलाप भए पनि ग्रामीण दुर्गम भेगमा अध्ययनरत विद्यार्थीका लागि यो संभावना छैन । यसबाट बालबालकिाको पठनपाठन मात्र नभई उनीहरुको मनोविज्ञानमा प्रत्यक्ष असर पर्दै गएको छ । कोरोना कहरबाट उब्जेको सङ्कटको बीचमा… पुरा पढौ

दश हजार अक्सिजन सिलिण्डर सङ्कलन गरी वितरण

काठमाडौं, १० जेठ । नेपाल प्रहरीका सक्रियतामा देशभरका विभिन्न स्थानबाट आजसम्म करीब १० हजार अक्सिजन सिलिण्डर सङ्कलन गरी अस्पताल र उद्योगमा वितरण गरिएको छ । नेपालमा कोभिड –१९ सङ्क्रमितका लागि अक्सिजन अभाव भएपछि प्रहरीले गत वैशाख २६ गतेदेखि अनावश्यक क्षेत्रमा प्रयोग भइरहेका सिलिण्डर खोजी अभियान थालेको थियो । सोही क्रममा आजसम्म १० हजार २६ सिलिण्डर सङ्कलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै २३३ अक्सिजन सिलिण्डर सङ्कलन गरिएको जनाइएको छ । तीमध्ये २०४ भरिएका र २९ खाली… पुरा पढौ