मुख्य समाचार

नेप्से सूचक र शेयर खरिदबिक्री दुबैमा नयाँ कीर्तिमान, १३ अर्ब १७ कराेड बढीकाे कारोबार

काठमाडौं, १० जेठ । राजनीतिक घटनाक्रम र निषेधाज्ञाको कारण शेयर बजारमा नकारात्मक असर पर्छकी भन्ने आँकलन भईरहेको बेलामा केहि दिनदेखि शेयर बजारमा भने नयाँ नयाँ रेकर्ड कायम हुने क्रम राेकिएकाे छैन । मुलुकमा लगानीका अन्य क्षेत्रहरू यतिबेला बन्द भएपनि शेयरबजार लगानीकाे लागि खुल्ला छ । अहिले अनलाइनबाट हुने काराेबारकाे कारण लगानीकर्ताहरू देशभित्र र बिदेशबाट उत्साहित भएकाेले शेयर बजारमा उछाल आइरहेकाे छ । याे समयमा साना तथा ठूला लगानीकर्ताहरूकाे डिजिटल प्लेटफर्ममा भएकाे आगमनकाे कारण काराेबारकाे उचाइ हालकाे भन्दा पनि माथि जानसक्ने… पुरा पढौ

स्वास्थ्य क्षेत्रमा मुख्यमन्त्री गुरुङको सक्रियता

पोखरा, १० जेठ । कास्कीको लेखनाथस्थित प्रदेश संक्रामक तथा सरुवा रोग अस्पतालमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवनको शिलान्यास भएको छ । सोमबारै १० शैया क्षमताको आइसियुको सुरुवात र शैया बिस्तारसहित नयाँ भवन निर्माणको शिलान्यास समेत भएको छ । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री समेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनस्वास्थ्यको क्षेत्रमा एकैदिन एकैस्थानमा ३ महत्वपूर्ण कार्य गरेका हुन् । सो अवसरमा मुख्यमन्त्रीले प्रदेशको एकमात्र संक्रामक सरुवा अस्पताललाई नेपालकै उत्कृष्ट अस्पताल बनाउने दाबी गरे । जनताको जीउज्यान सबैभन्दा ठूलो विषय भएकोले बताउँदै उनले महामारीको… पुरा पढौ

उपत्यकामा निषेधाज्ञा एक हप्ता थपिदै, थप कडाइ हुने

काठमाडौं, १० जेठ । काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थप्ने तयारी गरिएको छ । कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञालाई लम्ब्याउन लागिएको हो । हाल जारी रहेको निषेधाज्ञाको समय जेठ १३ गते राति सकिने भएकोले एक हप्ता थप्न लागिएको काठमाडाैंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताएका छन् । उनका अनुसार थप कडाईका साथ निषेधाज्ञा थप्न लागिएको छ । निषेधाज्ञाको बारेमा तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बस्ने बैठकले निर्णय गर्ने बताईएको… पुरा पढौ

सरकारले दियाे धुलिखेल अस्पताललाई थप ४ भेन्टिलेटर

काभ्रेपलाञ्चोक, १० जेठ । सरकारले धुलिखेल सामुदायिक अस्पताललाई कोरोना सङ्क्रमितको उपचारार्थ थप ४ भेन्टिलेटर पठाएको छ । अस्पताललाई यही जेठ पहिलो साता कोभिड–महामारी व्यवस्थापनमा उल्लेख्य भूमिका खेलेको जनाउँदै सरकारले ६ करोड ८० लाख अनुदान प्रदान गर्ने घोषणा गरिसकेको छ । अस्पतालले काभ्रेपलाञ्चोकलगायत छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा, सिन्धुली तथा पूर्वी तराईका क्षेत्रलाई समेत उपचार सेवा पु¥याउँदै आएकाले थप उपकरण पठाइएको पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए । “जिल्लालगायत मध्यपहाडी क्षेत्रका नागरिक समेतलाई सेवा दिने भएकाले धुलिखेल अस्पताललाई अन्य अस्पताललाई झैँ कोरोना महामारी व्यवस्थापन… पुरा पढौ

२ अर्बको नागरिक बचत पत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं, १० जेठ । नेपाल राष्ट्र बैंकले मंगलबारदेखि २ अर्ब रुपैयाँको नागरिक बचत पत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले जेठ ११ गतेदेखि असार १ गतेसम्म दुई अर्ब रुपैयाँको नागरिक बचत पत्र बिक्री गर्ने भएको हो । वार्षिक व्याजदर ९ प्रतिशत रहेको रकमको ब्याज भूक्तानी ६/६ महिनामा गर्नुपर्ने बैंकले जनाएको छ । घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा मात्रै खरिद गर्न पाउने सीमा बैंकले तोकेको… पुरा पढौ

संसद्‍ नहुँदा कसरी आउँछ बजेट ?

काठमाडौं, १० जेठ । शुक्रबार (जेठ ७ गते) मध्यरातमा प्रतिनिधिसभा विघटन नभएको भए आइतबार (हिजो जेठ ९ गते) बाट संसदको बजेट अधिवेशन सुरु भइसक्थ्यो। संवैधानिक व्यवस्था अनुसार अर्थमन्त्री विष्णु पौडेलले तामझाम र सानका साथ जेठ १५ गते संघीय संसदको दुवै सदनको बैठकमा २०७८⁄८९ को बजेट भाषण गर्ने थिए। तर, जेठ ८ गते संविधानको धारा ७६ (५) अनुसार शेरबहादुर देउवा र केपी ओलीले प्रधानमन्त्रीका लागि पेश गरेको दाबीमा प्रतिनिधिसभा सदस्यको हस्ताक्षर दोहोरिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीबाट अस्वीकृत भएपछि शुक्रबार मध्यरातमा प्रतिनिधिसभा… पुरा पढौ

हाइड्रोइलेक्ट्रिसिटीले पायो हकप्रद शेयर निष्काशनको अनुमति

काठमाडौं, १० जेठ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले नेपाल धितोपत्र बोर्डबाट ११ करोड कित्ता हकप्रद शेयर निष्काशनको अनुमति पाएको छ । कम्पनीको संकेत एचआइडिसिएल रहेको छ । कम्पनीले १ बराबरको १ अनुपातमा हकप्रद शेयर निष्काशनको अनुमति पाएको हो । प्रति कित्ता १०० मूल्य अंकित दरले कम्पनीले ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले हकप्रद शेयर निष्काशनको अनुमतिको लागि गएको चैत्र १२ गते धितोपत्र बोर्डमा निवेदन पेश गरेको थियो । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा… पुरा पढौ

जेठ १२ गतेको चन्द्रग्रहण नेपालबाट नदेखिने, सूतक नलाग्ने

काठमाडौं, १० जेठ । जेठ १२ गते वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले सघन छायाँ (पृथ्वीको छायाँको कालो भाग) देख्न नसकिने समितिका सदस्य सचिव एवं सूर्य पञ्चाङ्गका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । “नदेखिने ग्रहणका विषयमा पात्रो (पञ्चाङ्ग) मा सूचना दिइँदैन, अल्पग्रास भएर लाग्ने ग्रहण पनि बार्नुपर्दैन अर्थात् सूतक लाग्दैन भन्ने शास्त्रीय वचन छ”, उनले भने । यो… पुरा पढौ

श्रम सङ्गठनको क्षमता विकासका लागि बजेट विनियोजन गर्न माग

काठमाडौं, १० जेठ । नेपाल ट्रेड युनियन काङ्ग्रेसले श्रम सङ्गठनको क्षमता विकासका लागि बजेट विनियोजन गर्न माग गरेको छ । युनियनले विश्वव्यापीरूपमा नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै आर्थिक वर्ष २०७८/०७९ मा कोरोनाले तहसनहस पारेको अर्थतन्त्र जोगाउँदै श्रमिकको समस्या समाधान गर्ने खालको बजेट ल्याउन अर्थमन्त्रीसमक्ष माग गरेको हो । युनियनका अध्यक्ष पुष्कर आचार्यले कम आय भएका श्रमिक तथा स्वरोजगारहरुलाई आयकरलगायत अन्य कर र कर्जाको ब्याज मिनाहा गर्नुपर्ने बताए। “कोरोना भाइरसको अग्रमोर्चामा खटिएका श्रमिकलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार… पुरा पढौ

कोरोना महामारी, ५० प्रतिशत कामले पायो निरन्तरता

काठमाडौं, १० जेठ । कोभिड–१९ का कारण काठमाडौं महानगरपालिकामा सञ्चालित विकास निर्माणको काम ५० प्रतिशतले मात्र निरन्तरता पाएको छ । कामपाले चालु आर्थिक वर्षमा साना ठूला गरी १०५ वटा विकास निर्माणका काम शुरु गरेको भए पनि विश्वभरि फैलिएको दोस्रो लहरको कोरोना महामारीका कारण अहिले ५० वटा कामले मात्र निरन्तरता पाएको छ । “महामारी नियन्त्रणका लागि अहिले देश बन्दाबन्दीको अवस्थामा छ, अत्यावश्यक बाहेकका अन्य काम भएका छैनन्, आवश्यक पर्ने कामदार र निर्माण सामग्रीको पनि अभाव भएको र आयात गर्न समस्या भएकाले… पुरा पढौ