मुख्य समाचार

आजदेखि काभ्रेका थप पाँच स्थानीय तह ‘शिल’

काभ्रेपलाञ्चोक, ८ जेठ । पछिल्ला दिन कोरोना भाइरस सङ्क्रमणदर बढ्दै गएपछि सङ्क्रमणको उच्च जोखिम रहेको जनाउँदै काभ्रेपलाञ्चोकका थप पाँच स्थानीय तहले आजदेखि आफ्नो क्षेत्र ‘शिल’ गरेका छन् । धुलिखेल नगर, पनौती नगर, पाँचखाल नगरपालिका, रोशी र भुम्लु गाउँपालिकाले आजदेखि स्वास्थ्यसम्बन्धी अत्यावश्यक सेवाबाहेक सबै पूर्णरूपमा बन्द गरेको जनाएका हुन् । जिल्लामा अन्य स्थानीय तहभन्दा कोरोना सङ्क्रमणदर उच्च सङ्ख्यामा रहेको जनाउँदै बनेपा नगरले आइतबारदेखि नै एक हप्ताका लागि आफ्नो क्षेत्र शिल गरेको थियो । उसले मर्निङवाकसमेत गर्न दिएको छैन । “अन्य स्थानीय… पुरा पढौ

भक्तपुरमा सङ्क्रमण र मृत्युदर बढ्दै, ९५ प्रतिशत सङ्क्रमित होमआइसोलेसनमा

भक्तपुर, ८ जेठ । भक्तपुरमा कोभिड–१९ को सङ्क्रमण र मृत्युदर बढ्दै गएको छ । सङ्क्रमणमा परेकामध्ये ९५ प्रतिशत होमआइसोलेशनमा रहेका छन् । कोरोना भाइरस सङ्क्रमणकै कारण बिहीबार एकैदिन १४ जनाको ज्यान गएको छ । भक्तपुरमा शुक्रबारसम्म २७१ जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमण फैलिएसँगै भक्तपुरमा सङ्क्रमण र मृत्युको सङ्ख्या बढ्दै गएको कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए । उनका अनुसार जिल्लामा अहिलेसम्म १७ हजार ५७६… पुरा पढौ

वीर अस्पताललाई कोभिड युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्ने

काठमाडौं, ८ जेठ । सरकारले वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ बाट सरकारले त्यसलाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा बनाउने भएको हो । केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारीका रुपमा निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणी वा स्वास्थ्य सेवाको कम्तीमा ११ औंँ तहका अधिकृत वा वरिष्ठ चिकित्सकलाई खटाइने अध्यादेशमा जनाइएको छ । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालले कोभिड–१९ स्क्रिनिङ क्लिनिक, फिभर क्लिनिक तथा परामर्श सेवा सञ्चालन गर्ने छ… पुरा पढौ

राष्ट्रपतिद्वारा मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनाव घोषणा

काठमाडौं, ८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनाव घोषणा गरेकी छन् । शुक्रबार मध्यरातमा मन्त्रिपरिषद्को सिफारिसमा उनले प्रतिनिधिसभाको चुनाव २ चरणमा गर्ने गरी कात्तिक २६ र मंसिर ३ का लागि तोकेकी छन् । यसअघि बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६ (७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । संविधानको धारा ७६ (५) अनुरुप प्रधानमन्त्री नियुक्तिका लागि शुक्रबार परेको दुवै दाबी राष्ट्रपतिले अस्वीकार गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार… पुरा पढौ

सरकारद्वारा संसद विघटन सिफारिस

काठमाडौं, ८ जेठ । शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले राष्ट्रपति समक्ष संसद विघटनको सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार अबेर राति सरकार गठनका लागि राष्ट्रपतिबाट दुबै पक्षको दाबी खारेज भएपछि केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका थिए । सो बैठकले संसद विघटन गर्दै चुनावको मिति समेत पस्ताव गरेको छ । यसअघि ओलीले पुस ५ मा भंग गरेको संसद सर्वोच्च अदालतले बदर गरिदिएको थियो । पुरा पढौ

प्रधानमन्त्रीमा परेको दुवै दाबी खारेज

काठमाडौं, ७ जेठ। प्रधानमन्त्रीमा परेको दुवै दाबी राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरिदिएकी छिन् । शुक्रबार संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीका लागि नेकपा एमाले अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी पेश गरेका थिए। राष्ट्रपति भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा सदस्यको दावी नपुगेको जनाएकी छन् । राष्ट्रपति कार्यालयले शुक्रबार अबेर जारी गरेको विज्ञप्तिमा प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार दुबै दावीकर्ताले प्रस्तुत गर्न नसकेकाले प्रधानमन्त्रीमा नियुक्ति… पुरा पढौ

सिमेन्ट उद्योगले क्षमता अनुसार उत्पादन नगरेकाे राष्ट्र बैंककाे निष्कर्ष

काठमाडौं, ७ जेठ । मुलुकभित्र हाल सञ्चालनमा रहेका सिमेन्ट उद्योगले क्षमताअनुसार उत्पादन नगरेको राष्ट्र बैंककाे निष्कर्ष रहेकाे छ । कूल ५५ सिमेन्ट उद्योगको उत्पादन क्षमता एक करोड ५० लाख मेट्रिक टन रहेको छ । आन्तरिक बजारमा ९० लाख ५० हजार मेट्रिक टन बराबरको माग रहेको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘नेपालमा सिमेन्ट उद्योगमा वैदेशिक लगानी : आर्थिक सामाजिक प्रभावको अध्ययन प्रतिवेदन’ अनुसार आन्तरिकरूपमा उद्योगबाट ७४ लाख ९० हजार मेट्रिक टन मात्रै सिमेन्ट उत्पादन भएको… पुरा पढौ

बालुवाटारमा साँझ मन्त्रिपरिषद्को आकस्मिक बैठक बाेलाइयाे

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले साँझ मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ७ बजेबाट मन्त्रिपरिषद् बैठक हुदैछ । बिहीबार नियमित बैठक भएकाेमा अहिले साँझकाे बैठक भने आकस्मिक रुपमा बोलाइएको बालुवाटार स्राेतले बताएकाे छ । उता नेकपा एमालेले प्रधानमन्त्रीका दाबेदार भनिएका देउवाकाे पक्षमा हस्ताक्षर गर्ने २६ जना सांसदलाई दलको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने सूचना राष्ट्रपति कार्यालयमा पठाइसकेकाे बताइएकाे छ । जसमा नेकपा एमालेका नेता माधवकुमार नेपाल सहित २६ सांसदले हस्ताक्षर… पुरा पढौ

जावलाखेल ग्रुपबाट कोभिड प्रभावितलाई २ करोड सहयोग

काठमाडाैं, ७ जेठ । जावलाखेल ग्रुप अफ ईण्डष्ट्रिजले कोभिड प्रभावितलाई २ करोड सहयोग गरेकाे छ । सामूदायिक अस्पतालको स्वास्थ्य सेवालाई विस्तार गर्न तथा देशका विभिन्न प्रदेशमा स्थानिय सामूदायिक संस्थाको अग्रसरतामा कोभिडबाट प्रभावित समुहलाई आवश्यक पर्ने अक्सिजन, भेन्टिलेटर, आई.सी.यु. लगायत अन्य स्वास्थ्य सामाग्री खरिदको लागि पछिल्लो दुई हप्तामा २ करोडको प्रत्यक्ष सहयोग गरेको हाे। कंपनीले अक्सिजन प्लान्ट र आई.सि.यु. विस्तारका लागि धुलिखेल अस्पताललाई १ करोड ३५ लाखको सहयोग गरेको छ । त्यस्तै नेपालको विभिन्न प्रदेशहरुमा सामुदायिक समुहको प्रयासको लागि सहयोग स्वरुप… पुरा पढौ

ओली र देउवामा को बन्ला प्रधानमन्त्री ?

काठमाडौं, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीका लागि दाबी गर्न दिएको समय शुक्रबार साँझ ५ बजेदेखि सकिएको छ । सो अवधिभित्र नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दावी पेश गरेका छन् । अब को प्रधानमन्त्री बन्छ भन्ने निकै रोचक विषय बनेको छ । ओलीले आफूलाई १ सय ५३ जना सांसदको समर्थन रहेको दाबी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीका लागि दाबी पेस गरेका हुन्… पुरा पढौ