मुख्य समाचार

सामाजिक सुरक्षा योजनालाई सफलतापूर्वक लागू गर्न व्यावहारिक समाधान : अध्यक्ष गोल्छा

काठमाडौं, १९ वैशाख : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले श्रम सम्बन्ध सुधारको मार्गमा रहेको भए पनि दिगो र भरपर्दाे बनाउन अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् । अध्यक्ष गोल्छाले १३२औँ अन्तरराष्ट्रिय मे दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै श्रम सम्बन्धलाई दिगो र भरपर्दो बनाउन लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, उद्यमशीलता विकास, श्रम सम्बन्ध सुधार जस्ता विषयलाई मुख्य प्राथमिकतामा राखेर जानुपर्नेमा जोड दिए । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीको प्रभाव र पीडाबाट… पुरा पढौ

सुदूरपश्चिम प्रदेशमा दश सङ्क्रमितको मृत्यु

सुदूरपश्चिम, १९ वैशाख । सुदूरपश्चिम प्रदेशमा १० कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार पछिल्लो २४ घण्टामा कञ्चनपुरका पाँच पुरुष र एक महिला, कैलालीका दुई महिला र एक पुरुष तथा बझाङका एक पुरुषको मृत्यु भएको छ । प्रदेशमा पिसिआर पद्धति र एन्टिजेन पद्धतिबाट एक हजार ४१५ को नमूना परीक्षण गर्दा ४३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हालसम्म एन्टिजेन परीक्षणबाट सङ्क्रमण भएकामध्ये २० र पिसिआर परीक्षणबाट सङ्क्रमण भएकामध्ये ८० जनाको मृत्यु भएको निर्देशनालयको तथ्याङ्कमा… पुरा पढौ

भारतको गाजियाबादमा कालो, सेतो र पहेंलो ढुसी संक्रमित पहिलो बिरामी फेला

गाजियाबाद, उत्तर प्रदेश, ११ जेठ । कोभिड–१९ को उपचारपछि निको भई घर फर्किएका वा घरमै बसी निको भएका कोभिड सङ्क्रमितमा कालो र सेतो ढुसी (फङ्गस)को समस्या भारतको धेरै राज्यमा देखिन थालेको छ । तर यस्ता व्यक्तिमा देखिएका जटिलताहरूमा उत्तर प्रदेशको गाजियाबाद जिल्लामा पहिलो पटक पहेंलो ढुसीको सङ्क्रमण भेटिएको नाक कान घाँटी (इएनटी) विशेषज्ञ बीपी त्यागीले पुष्टि गरे । त्यागीले भने, “बिरामीलाई पहेंलो ढुसीका साथै कालो र सेतो ढुसी पनि संक्रमण छ र हाल उक्त विरामीलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ… पुरा पढौ

अस्पताल बद्नाम गराउने कार्य बन्द गरियोस् : चरक मेमोरियल

पोखरा, १८ वैशाख । पोखराको चरक मेमोरियल हस्पिटलले अस्पतालको बारेमा अनर्गल तथा झुठा प्रचारबाजी नगर्न आग्रह गरेको छ । पछिल्लो समय संस्थालाई कमजोर र बद्नाम गर्ने नियतका साथ विभिन्न संचारमाध्यम, पत्रपत्रिका तथा सामाजिक संजालमा केही व्यक्तिले अनर्गल तथा झुठा प्रचारबाजी गरेकोमा ध्यानाकर्षण भएको जनाउँदै अस्पतालले शनिबार विज्ञप्ति जारी गरी त्यस्तो आग्रह गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘चरक मेमोरियल हस्पिटल गण्डकी प्रदेश क्षेत्रमा स्थापना भई स्वास्थ्य क्षेत्रमा विशेषज्ञ चिकित्सकद्धारा विशेषज्ञ सेवा प्रदान गर्ने हस्पिटल हो । हस्पिटलले कोरोना भाइरस महामारीमा… पुरा पढौ

नेपाल राष्ट्र बैंकले २ अर्ब २१ लाख मुद्धती निक्षेपमा लगानी गर्दै

काठमाडौं, १८ वैशाख । नेपाल राष्ट्र बैंकले २ अर्ब २१ लाख मुद्धती निक्षेपमा लगानी गर्न लागेको छ । राष्ट्र बैंकले आफ्नो वित्तीय कोषमा रहेको सो रकमलाई ३६५ दिन अर्थात १ वर्षका लागि मुद्धती निक्षेपमा लगानी गर्न लागेको जानकारी गराएको छ । २०७८ साल जेठ २ गतेदेखि २०७९ साल जेठ १ गतेसम्म १ वर्षका लागि बैंक तथा वित्तीय संस्थाहरुको मुद्धती निक्षेपमा लगानी गर्न लागेको नेपाल राष्ट्र बैंक वित्त व्यवस्थापन विभागले एक सूचना प्रकाशित गरी जानकारी दिएको छ । राष्ट्र बैंकले 'क'… पुरा पढौ

कास्कीमा कोरोनाको ग्राफ बढ्दो, अस्पतालका बेड भरिन थाले

पोखरा, १८ वैशाख । कोरोनाको उच्च जोखिम कास्की जिल्लामा यतिखेर हजार बढी सक्रिय संक्रमित छन् । गण्डकी प्रदेशका ११ जिल्लामा यसको संख्या १५ सय नाघेको छ । विगत १० दिनयता कास्कीमा कोरोना संक्रमितको ग्राफ बढिरहेको छ । अस्पतालहरुका बेड भरिभराउ हुँदै गएका छन् । तसर्थ सबैले कोभिड–१९ विरुद्ध आवश्यक स्वास्थ्य मापदण्ड अपनाउन जरुरी छ ।प्रदेश राजधानी पोखरामा दोस्रो लहरको कोरोना संक्रमण दर बढ्दै गएपनि सरकारीस्तरबाट आवश्यक नभएको सर्वसाधारणले गुनासो गर्न थालेका छन् । कोरोनाको डेडिकेटेड अस्पताल शिशुवास्थित सरुवा रोग अस्पताल… पुरा पढौ

बाँकेमा ६ जना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज, १८ वैशाख। बाँके जिल्लामा शुक्रबार राति ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमा बाँकेका ३, दाङका २ र कपिलवस्तुका १ जना रहेका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । वैशाख १६ गते भर्ना गरिएका उनको १७ गते साँझ ७ः०० बजे पीसीआर गरिएको थियो । उनको रिपोर्ट नआउँदै मृत्यु भइसकेको थियो। नेपालगञ्ज उपमहानगरपालिका–६ का ४७ वर्षीया महिलाको मेडिकल कलेज कोहलपुरमा राति ९ः३० बजे… पुरा पढौ

सुदूरपश्चिममा औलोको जोखिम बढ्दै

डोटी, १८ वैशाख । पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा औलो रोगको जोखिम बढ्दै गएको पाइएको छ । औलो रोग नियन्त्रणका लागि सरकारी क्षेत्रबाट प्रयास जारी रहे पनि यहाँका जिल्लामा अझै औलो पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको स्वास्थ्यकर्मी बताउँछन् । यस प्रदेशमा आयातित औलोका बिरामी सबैभन्दा बढी पाइएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय राजपुरका निर्देशक डा गुणराज अवस्थीले यहाँका कैलाली, कञ्चनपुर, अछाम, बैतडी, डडेल्धुरा र डोटीमा औलोको जोखिम बढेको बताए । उनका अनुसार छ जिल्लामा… पुरा पढौ

पहिला जीवनको सुरक्षा गरौं : प्रधानमन्त्री ओली

काठमाडौ, १८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै सरकारकाे काम पहिला नागरिककाे जीवनकाे सुरक्षा गर्नु रहेकाे बताएका छन् । प्रधानमन्त्री ओलीले आज जारी गरेकाे शुभकामना सन्देशमा १३२ वर्ष अगाडि श्रम शोषण गरी अनुचित लाभ लिनेका विरुद्ध आवाज उठाएर शुरु भएको दिवसका रुपमा मनाउँदै आएको स्मरण गर्दै उक्त शुभकामना व्यक्त गरेका छन् । “कोभिडको दोस्रो लहर शुरु भएको छ, यो निकै पीडादायी… पुरा पढौ

काेराेनाकाे कहरकाे बेला तनावकाे मुक्तिका लागि कलम र कागज साथी हुन सक्ने

काठमाडौ, १८ वैशाख । नयाँ भेरियन्टसहितको कोरोना फैलिएका बेला यसबाट बच्न जारी निषेधाज्ञाबीच तनावबाट मुक्तिका लागि कलम र कागज साथि हुन सक्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल फाउण्डेसनले आज भर्चुअल माध्यमबाट आयोजना गरेको ‘महामारी र फाउन्टेन पेन’ अन्वेषण यात्रा विषयक अन्तरक्रिया कार्यक्रममा फाउन्टेन पेन सङ्कलनमा विशेष रुचि राख्नुहुने भारतीय पत्रकार, शिक्षक र लेखक शुभव्रत गाङ्गुलीले महामारीमा निषेधाज्ञाले गरेको आर्थिक अस्थिरतामा आय हुँदैन, घरपरिवार कसरी पाल्ने भन्ने चिन्ताले मानिसमा हुने तनाव व्यवस्थापन गर्न फाउन्टेन पेन सहयोगी हुन सक्ने बताए… पुरा पढौ