मुख्य समाचार

‘श्रमिकलाई निर्माणस्थलमै खाना र बासको व्यवस्था’:पाेखरेल

काठमाडौ‌, १८ वैशाख । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले अर्थतन्त्रको तीव्र विकासको लक्ष्यका साथ शुरुआतदेखि नै श्रम क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आएको बताएका छन् । अन्तरराष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी नेपालीमा शुभकामना व्यक्त गर्दै उनले सरकारले श्रम क्षेत्रमा बजेट वृद्धि गर्नाका साथै दक्ष जनशक्ति निर्माण, रोजगारी सिर्जना, सामाजिक सुरक्षा र सुरक्षित तथा सुलभ वैदेशिक रोजगारीका चार लक्ष्यमा आधारित विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी दिए । उपप्रधानमन्त्री पोखरेलले आज जारी गरेएको शुभकामना सन्देशमा जीवन प्रमुख… पुरा पढौ

सेनाको कमाण्ड मुख्यालय स्थापना र नेतृत्व नियुक्ति प्रक्रिया शुरु

काठमाडौं, १८ वैशाख । नेपाली सेनाले कमाण्ड संरचनामा प्रवेश गर्ने क्रमसँगै चारवटै कमाण्ड मुख्यालयलाई सञ्चालन गर्न नेतृत्व नियुक्ति प्रक्रिया शुरु गरेको छ । सरकारको स्वीकृति र सेनाको योजनाअनुरुप चारवटा कमाण्ड मुख्यालयलाई सञ्चालन गर्न आवश्यक जनशक्ति र प्रमुखको नियुक्ति प्रक्रिया शुरु गरेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । कमाण्ड मुख्यालय स्थापना र सञ्चालनका लागि काम अघि बढिसकेको छ । लामो अध्ययन, अनुसन्धान, गहन छलफल र गृहकार्यपछि सङ्गठनलाई कमाण्ड अवधारणामा अघि बढाउन सेना सफल भएको हो । सेनाको कमाण्ड अवधारणालाई… पुरा पढौ

नबिल बैंकले युनाईटेड फाइनान्सलाई प्राप्ति गर्ने, दुबै संस्थाबीच भयो सम्झौता

काठमाडौं, १८ वैशाख । नबिल बैंकले युनाईटेड फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । यसका लागि दुबै संस्थाबीच एकापसमा गाभ्ने र गाभिने सम्झौता पत्रमा हस्ताक्षर भएकाे छ । नबिल बैंकमा शुक्रबार आयोजना गरिएको विशेष एक कार्यक्रममा दुबै संस्थाबीच मर्जर तथा एक्वीजिशनका बारेमा सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा नबिल बैंकको तर्फबाट मर्जरकाे लागि अख्तियारी पाएका उदयकृष्ण उपाध्याय तथा यूनाईटेड फाइनान्सको तर्फबाट मनिष खेम्काले हस्ताक्षर गरेका हुन । सम्झौतामा युनाईटेड फाइनान्सको १०० कित्ता बराबर नबिल बैंकको ३५ कित्ता शेयर प्राप्ति हुनेछ… पुरा पढौ

अन्तर्राष्ट्रिय श्रमिक दिवसले मर्यादित श्रमको वातावरण निर्माण गर्नेतर्फ अग्रसर हुनु पर्ने : राष्ट्रपति

काठमाडौ, १८ वैशाख .राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १¸२०२१ काे अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै मुलुकको उन्नति र प्रगतिका लागि निरन्तर आफ्नो कर्मक्षेत्रमा जुट्ने असंख्य श्रमिकप्रति सम्मान प्रकट गरेकी छन्। दिवसले श्रमिक अधिकारको रक्षार्थ सम्पूर्ण श्रमजीवीलाई एकताका सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास पनि उनले व्यक्त गरेकी छन् । महामारीविरुद्ध अग्रपंक्तिमा काम गर्ने श्रमिकप्रति धन्यवाद व्यक्त गर्दै उनीहरूको सुरक्षा एवं प्रोत्साहनका लागि उचित व्यवस्था गर्न तथा… पुरा पढौ

मजदूर आन्दोलनको सम्झनामा मई दिवस-कोरोना भाइरसका कारण प्रभावित

काठमाडौं, १८ वैशाख । नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ । कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै काठमाडौं उपत्यकासहित केही जिल्लामा निषेधाज्ञा जारी भएसँगै यसवर्ष श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले कुनै पनि औपचारिक कार्यक्रम राखेका छैनन् । औपचारिक कार्यक्रम नराखिए पनि श्रमिक दिवसको सन्दर्भ पारेर विभिन्न ट्रेड युनियनले भर्चुअल माध्यमबाट छलफलको आयोजना गरेका छन् । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको… पुरा पढौ

२३ जिल्लामा निषेधाज्ञा : चार जिल्लामा १९ गतेदेखि कार्यान्वयन

काठमाडौं, १८ वैशाख । सरकारले कोभिड–१९ को सङ्क्रमणावस्था हेरेर निषेधको आदेश जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा जारी गरिएको छ । गृह मन्त्रालयका अनुसार कुल २३ जिल्लामा निषेधको आदेश जारी गरिएको छ । त्यसमध्ये आजसम्म १९ जिल्लामा आदेश कार्यान्वयनमा आएको छ । केही जिल्लामा आंशिक र कतिपय जिल्लामा आवश्यकता हेरी फरकफरक आदेश जारी गरिएको छ । आदेश जारी भएका जिल्लामध्ये एक जिल्लामा यही वैशाख १८ र अन्य तीन जिल्लामा १९ गतेदेखि कार्यान्वयन गरिने जनाइएको छ ।… पुरा पढौ

भारतसँग जोडिएका सीमा नाका बन्द गर्न सिफारिश

काठमाडौं, १८ वैशाख । कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी) को बैठकले भारतसँग सीमा जोडिएका विभिन्न नाका बन्द गर्ने सिफारिश गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपप्रधानमन्त्री एवं सिसिएमसीका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा सम्पन्न बैठकले दोस्रो लहरको कोभिड–१९ को जोखिम क्रमशः बढ्दो भएकाले थप सचेतनाका उपायबारे सिफारिश गरेको जनाइएको छ । उक्त सिफारिशबारे अब बस्ने मन्त्रिपरिषद्को बैठकमा छलफल हुनेछ । बैठकमा कोरोना रोकथामका लागि विभिन्न जिल्लामा जारी गरिएको निषेधाज्ञा र अत्यावश्यक वस्तु र सेवाको… पुरा पढौ

निषेधाज्ञामा सहज सेवा दिन सांग्रिला बैंकले तोक्यो सम्पर्क व्यक्ति, कहाँका लागि कसलाई सम्पर्क गर्ने ?(सूचीसहित)

काठमाडौं, १७ वैशाख । निषेधाज्ञाको बेलामा आफ्ना ग्राहक तथा सेवाग्राहीहरुले सहज र सुलभ ढंगले सेवा पाउन् भन्ने उद्देश्यले सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न क्षेत्रका लागि सम्पर्क व्यक्ति तोकेको जानकारी दिएको छ । निषेधाज्ञा अवधिमा बै‌कका ग्राहकहरुले आधारभूत बैंकिङ सेवा लिन कुनै कठिनाई भोग्नु परे वा कुनै समस्या आएमा सहजीकरणका लागि विभिन्न क्षेत्रमा समन्वयकर्ताहरु तोक्ने काम गरिएको बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले जनाएका छन् । जसअनुसार काठमाण्डौ उपत्यकाका विभिन्न शाखाका लागि विभिन्न सम्पर्क व्यक्ति तोकिएको छ । प्रदेशस्तरमा पनि समन्वयकर्ता छनौट… पुरा पढौ

समृद्धिका लागि प्राविधिक शिक्षाको प्रवर्धन अनिवार्य : प्रधानमन्त्री

काठमाडौ‌‌‌‌‌, १७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प तीव्ररुपमा पूरा गर्नका लागि प्राविधिक शिक्षाको प्रवर्धन तथा विस्तार अनिवार्य भएको बताएका छन् । मित्र राष्ट्र दक्षिण कोरिया सरकारको सहयोगमा प्राविधिक प्रशिक्षण प्रतिष्ठान परिसरमा नवनिर्मित सूचना प्रविधि भवनको आज भर्चुअल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार नागरिकलाई जीवनोपयोगी शिक्षा दिन हरेक क्षेत्रबाट लागिपरेको बताए । शिक्षा प्राप्त गरेकाहरुलाई आफ्नो शैक्षिक प्रमाणपत्र आफै‌ समस्या नबनोस् बरु त्यो प्रमाणपत्रलाई व्यक्ति समाज र राष्ट्रलाई नै उपयोगी ढङ्गले योगदान पु¥याउने प्राविधिक… पुरा पढौ

पाँच स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा, चालकसँग सिधै सम्पर्क गर्न सकिने (सूची)

काठमाडौं, १७ वैशाख । काठमाडौं महानगरपालिकाले विशेष अवस्थामा नागरिकको सुविधाका लागि पाँच स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा दिएको छ । महामारीको समयमा अन्य रोगका कारण अस्पतालमा समयमा नै बिरामीलाई पु¥याउन नसक्दा अकालमा ज्यान जाने सक्ने भन्दै नागरिकले समान पहुँच पाऊन् भन्ने उद्देश्यले कामपाले पाँच स्थानबाट एम्बुलेन्स सेवा प्रदान गरेको हो । नागरिकले यी सेवा पूर्णरूपमा निःशुल्क प्रयोग गर्न पाउनेछन् । राष्ट्रिय सभागृह, ट्रलीबस परिसर, वडा नं ३ कार्यालय परिसर महाराजगञ्ज, वडा १५ परिसर स्वयम्भू र वडा ७ कार्यालय परिसर मित्रपार्कमा दुई/दुईवटा… पुरा पढौ