मुख्य समाचार

मानवअधिकार उलङ्घनका घटनाप्रति एमनेस्टी चिन्तित

काठमाडौं, २६ चैत । सन् २०२० मा मानवअधिकार उलङ्घनका घटना बढेकोप्रति एमनेस्टी इन्टरनेशनलले चिन्ता व्यक्त गरेको छ । सन् २०२० मा मानवअधिकारका घटनासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक प्रतिवेदनमा सरकारले मानवअधिकार हनन्का घटनाका दोषीलाई प्रभावकारी कारबाहीको दायरामा ल्याउन नसकेको उल्लेख गरिएको छ । एक सय ४९ देशको मानवअधिकारको अवस्थालाई समेटेर प्रतिवेदन तयार गरिएको हो । प्रतिवेदनमा नेपालमा राज्यपक्षबाट भएका मानवअधिकार उलङ्घनका केही गम्भीर घटनालाई पनि उजागर गरिएको छ । प्रतिवेदनअनुसार नेपालमा गोपनीयताको अधिकार, भेला हुने र अभिव्यक्ति स्वतन्त्रतालगायतका सन्दर्भमा सरकारले मानवअधिकारको विश्वव्यापी… पुरा पढौ

नेपाल पत्रकार महासङ्घ राससको अध्यक्षमा गुरागाइँ निर्वाचित

काठमाडौं, २५ चैत । नेपाल पत्रकार महासङ्घ राष्ट्रिय समाचार समिति रासस को अध्यक्षमा पवित्रा गुरागाइँ निर्वाचित भएका छन्। महासङ्घको आज सम्पन्न २६औँ महाधिवेशन तथा निर्वाचनमा गुरागाइँको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । उपाध्यक्षमा अच्युत रेग्मी, महिला उपाध्यक्षमा मोहिनी रिसाल, सचिवमा छविलाल कुमाल, सहसचिवमा रोशा बस्नेत, सहसचिव समावेशीमा शर्मिला पाठक र कोषाध्यक्षमा दिलीप अधिकारी निर्वाचित भएका छन् । यस्तै सदस्यमा कृष्णप्रसाद सापकोटा, गीता पराजुली र रेशमा शाक्य निर्वाचित भएका छन् । महासङ्घको केन्द्रीय परिषद् सदस्यमा दिलीपप्रसाद शर्मा चयन भएका… पुरा पढौ

धौलागिरी लघुबित्तको प्रमुख कार्यकारी अधिकृतमा बाेहरा

पाेखरा, २५ चैत । धौलागिरी लघुबित्त वित्तीय संस्था लिमिटेड को प्रमुख कार्यकारी अधिकृतमा मीन बहादुर बोहरा नियुक्त भएका छन् । लघुबित्तको सञ्चालक समितिले चैत २५ गतेबाट लागुहुने गरि ४ वर्षे कार्यकालका लागि बोहरालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेकाे संस्थाका कम्पनी सचिव तथा योजना बिभाग प्रमुख निर्मल गौतमले सफल आवाजलाई बताए । बडिकेदार गाउँपालिका १ डोटी घर भएका मीन बहादुर बोहराकाे ग्रामिण लघुबित्त वित्तीय संस्थामा १५ वर्ष, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको कायम मुकाय प्रमुख कार्यकारी अधिकृत सहित ३ वर्ष, कालिका लघुबित्त… पुरा पढौ

पत्रकार महासंघ कास्कीमा झण्डै ९८ प्रतिशत मतदान

पोखरा, २५ चैत । नेपाल पत्रकार महासंघ कास्कीको चुनावमा झन्डै ९८ मत खसेको छ । ३ सय १२ मतदातामध्ये बुधबार भएको मतदानमा ३ सय ५ मत अर्थात ९७.७५ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ । पत्रकार महासंघ कास्कीको भवन मुस्ताङ्चोकमा बिहान साढे ९ देखि सुरु मतदान साँझ साढे ५ बजेसम्म चलेको थियो । मतगणना बुधबार राति ८ बजेदेखि नै सुरु गर्ने गरी निर्वाचन समितिले तयारी थालेको छ । महासंघको केन्द्र, प्रदेश, शाखा, एशोसियटका लागि देशभर एकै पटक भएको मतदानमा… पुरा पढौ

म्याग्दीका ४७ सामुदायिक वनमा आगलागीबाट १२ सय हेक्टर वन क्षेत्रमा क्षती

गलेश्वर, २५ चैत । यस वर्षको वसन्तयाम शुरु भएसँगै हिमाली जिल्ला म्याग्दीका छ वटा स्थानीय तहका ४७ वटा सामुदायिक वनमा आगलागी हुँदा करिब १२ सय हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ । वनमा आगलागी हुँदा साना तथा ठूला सयौँ रूखबिरुवा जल्नुका साथै बहुमूल्य जडीबुटी, जङ्गली पशुपक्षी र अन्य वन पैदावार नष्ट भएका छन् । म्याग्दीमा हावाहुरीको मौसम शुरु भएसँगै सदरमुकाम बेनी तथा विभिन्न स्थानमा दिनहुँजसो आगलागीका घटना भइरहेका छन् । सामुदायिक वनमा १० हेक्टरदेखि १५० हेक्टर क्षेत्रफलमा आगलागीले क्षति पुगेको… पुरा पढौ

वायु प्रदूषणले आँखाका बिरामी बढे, सुरक्षित रहन बिज्ञकाे आग्रह

कञ्चनपुर, २५ चैत । वायु प्रदूषणका कारण कञ्चनपुरका बासिन्दामा आँखा पोल्ने, चिलाउनेलगायतका समस्या देखा पर्न थालेको छ । स्वास्थ्यचौकी र अस्पतालमा अधिकांश बिरामी आँखाकै समस्या लिएर पुग्न थालेका छन् । झलारीस्थित स्वास्थ्यचौकीका अहेव लोकेन्द्र ऐरका अनुसार चार दिनदेखि दैनिक ३० देखि ५० बिरामी आँखाको समस्या लिएर उपचारका लागि पुग्न थालेका छन् । उपचारका लागि पुग्नेहरुले आँखा चिलाउने र पोल्नेलगायतका समस्या लिएर आउने गरेको उनले बताए । “वायु प्रदूषण बढेपछि यस्तो समस्या देखिँदै आएको छ । “विशेषगरी बालबालिका र ज्येष्ठ नागरिक यस्तो… पुरा पढौ

गैरकानूनी रूपमा कस्मेटिक सामान उत्पादन गर्ने गोयल पक्राउ

काठमाडौं, २५ चैत । नेपाल तथा भारतमा उत्पादन हुने मेहेन्दी, फेस क्रिम लगायतका कस्मेटिक सामान गैरकानूनी रूपमा उत्पादन गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँमा यसरी कानून विपरीत सामान उत्पादन हुने गरेको र सो कस्मेटिक सामान प्रयोग गर्दा कपाल झर्ने, एलर्जी हुने जस्ता मानिसको स्वास्थ्यमा गम्भीर असर देखिएको भन्ने सूचना प्राप्त भएपछि प्रहरीको महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले मङ्गलबार सामानसहित काठमाडौँको ढुङ्गेअड्डा बस्ने चेतन गोयललाई पक्राउ गरेको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र प्रहीको… पुरा पढौ

मुलुकभर आज पत्रकार महासङ्घको निर्वाचन हुँदै

काठमाडौँ, २५ चैत । नेपाली सञ्चारकर्मीका लागि बहुप्रतिक्षीत नेपाल पत्रकार महासङ्घका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन आज एकसाथ भइरहेकाे छ । पत्रकार महासङ्घ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट हुन लागेको हो । महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सदस्यले एकसाथ मतदान गर्दैछन् । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरिएको छ । मतदान सम्पन्न भएपश्चात बुधबार… पुरा पढौ

बजेट खर्च, जानकारी लिन र अनुगमन गर्न कठिनाई

काठमाडौं, २५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रदेश, जिल्ला र स्थानीय तहसँग जोड्ने संरचना नभएकाले बजेट खर्च गर्न, जानकारी प्राप्त गर्न र अनुगमन गर्न कठिनाइ भएको जानकारी दिएको छ । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिमा मन्त्रालय र मातहतमा सञ्चालन भएका आव २०७७/७८ को वार्षिक विकास कार्यक्रमको सारांश प्रस्तुत गर्दै सचिव यामकुमारी खतिवडाले प्रदेश र स्थानीय तहमा मन्त्रालय मातहतका संरचना नभएकाले मन्त्रालयका कार्यक्रम प्रभावकारी ढङ्गबाट अघि बढाउन कठिनाइ भएको बताइन । भक्तपुरको गठ्ठाघर र काठमाडौँको भृकुटी मण्डपमा जग्गा… पुरा पढौ

नेपाल र कतारबीच पर्यटन प्रर्वद्धनमा सहकार्य हुने

काठमाडौं, २५ चैत । कोभिड–१९ महामारीका कारण शिथिल बनेको मुलुकको पर्यटनलाई चलायमान बनाउन नेपाल र कतारबीच पर्यटन प्रर्वद्धनका लागि सहकार्य हुने भएको छ । नेपालका लागि कतारका राजदूत युुसुफ विन मोहम्मद अल हैल र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीबीच पर्यटन बोर्डमा भएको भेटवार्तामा दुवै देशबीच पर्यटन प्रर्वद्धन गर्ने विषयमा सकारात्मक कुराकानी भएको छ । दुई देशबीच पर्यटन प्रवद्र्धनको पर्याप्त सम्भावना रहेको र मिलेर काम गरे पर्यटन उद्योगलाई थप चलायमान बनाउन सकिने विषयमा छलफल भएको बोर्डले विज्ञप्तिमार्फत जनाएको… पुरा पढौ