मुख्य समाचार

निषेधाज्ञा जारी भएका जिल्लामा अत्यावश्यक बाहेकका सार्वजनिक सेवा र आवागमनमा रोक

काठमाडौं, १६ वैशाख । गृह मन्त्रालयले सरकारी आदेश (निषेधको आदेश)को पूर्ण पालना गर्न सर्र्वसाधारणमा आग्रह गरेको छ । मन्त्रालयले निषेधादेश जारी भएका जिल्लामा अत्यावश्यक बाहेकका सार्वजनिक सेवा तथा आवागमनमा रोक लगाइएको जानकारी दिँदै आदेश अवधिभर अत्यावश्यक नपरी घरबाट बाहिर ननिस्कन र यात्रा नगर्न सबैमा अनुरोध गरेको छ । मन्त्रालयले आज सूचना जारी गरी कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण तीव्र गतिमा फैलिरहेकाले विषम परिस्थितिको सामना गर्न सरकारको प्रयासका अतिरिक्त सबै सरोकार पक्षको सहयोग एवं सहकार्य जरुरी रहेको उल्लेख गरेको छ । गृह… पुरा पढौ

पार्टीप्रति प्रतिबद्ध रहेको जनमोर्चाका सांसद शाहीको प्रस्टोक्ती, अस्पतालको बेडबाटै आयो विज्ञप्ति

पोखरा, १६ वैशाख । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि बुधबार सदनमा मतदान गर्ने कार्यसूचीकै दिन बिरामी भएको भन्दै सदन चलेका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले आफू पार्टीप्रति प्रतिवद्ध रहेको प्रष्ट गरेका छन् । पोखराको चरक मेमोरियल अस्पतालको कोभिड बार्डमा बुधबारदेखि उपचाररत् सांसद शाहीले भोलिपल्ट बिहीबारमात्र विज्ञप्ति जारी गरी आफ्नो पार्टी राष्ट्रिय जनमोर्चा नेपालको निर्णयप्रति प्रतिबद्ध रहेको र अविश्वासको प्रस्तावको पक्षमै मतदान गर्ने प्रष्ट पारेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘अहिले समाचार र सामाजिक सञ्जालमा प्रचार भएका विभिन्न भ्रामक… पुरा पढौ

दीपक मनाङ्गे बने मन्त्री, गरे सपथ ग्रहण

पोखरा, १६ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले मन्त्रिमण्डल बिस्तार गरेका छन् । राजीव गुरुङ (दीपक मनाङ्गे) लाई मुख्यमन्त्रीले युवा तथा खेलकुद मन्त्रीमा नियुक्ति गरेका हुन् । मनाङबाट प्रदेशसभाको चुनाव जितेका स्वतन्त्र सांसद मनाङेकाे शपथ बुधबार नै भएकाे छ । उनलाई गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले सपथ ग्रहण गराएका हुन । प्रदेश नीति तथा योजना आयोगको सभाहलमा शपथ ग्रहण कार्यक्रम गरिएकाे थियाे । युवा तथा खेलकुद मन्त्रीकाे सपथ ग्रहण गरेपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिदैं मन्त्री मनाङ्गेले प्रदेशमा खेलकुद र… पुरा पढौ

नेप्से २५.८२ अंकले बढ्याे, १२ उपसमूहमा छायो हरियाली

काठमाडौं, १६ वैशाख । साताको पाँचौ अन्तिम कारोबार हुने दिन बिहिबार आज शेयर बजार सकारात्मक लयमा गएपनि कारोबारको हकमा भने अझैं उत्साहवर्धक हुन सकेन । केहि समय अगाडीसम्म १० अर्ब माथि पुगेकाे नेप्सेकाे काराेबार पछिल्ला दिनमा तीन, चार अर्बमा झर्नु पक्कै पनि सुखद् हाेइन । आज नेप्से परिसूचक २५.८२ अंकले बृद्धि भई २६११.१० विन्दुमा पुगेको छ । नेप्से १.०० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.९१ अंकले बृद्धि भएर ४६९.०२ विन्दुमा पुगेको छ । आज कुल २१७ कम्पनीको शेयर कारोबार भएको… पुरा पढौ

काठमाडौं, भक्तपुर र ललितपुरका पेट्रोलपम्प खुलै रहने : निगम

काठमाडौंं, १६ वैशाख । निषेधाज्ञाका समयमा गुड्ने अत्यावश्यक क्षेत्रका सवारी साधनलाई सहजै पेट्रोलियम पदार्थ उपलब्ध गराउने उद्देश्यले काठमाडौं उपत्यकाभित्र रहेको पेट्रोलपम्प खुला रहने भएका छन् । निषेधाज्ञाको समयमा पेट्रोलियम पदार्थ सहज र सरलरूपमा बिक्री वितरण गर्न काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा रहेका पेट्रोलपम्प खुला रहने नेपाल आयल निगमले जनाएको छ । उपत्यकामा पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन थानकोटस्थित वाग्मती प्रादेशिक कार्यालय खुला रहेको पनि निमगका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आजदेखि लागू हुने… पुरा पढौ

महामारीविरुद्धको खोपमा पहुँच, वित्तीय सहायता र ऋणमोचन महत्वपूर्ण हुने

काठमाडौं, १६ वैशाख । नेपालले कोभिड–१९ महामारीको अहिलेको अवस्थामा अतिकम विकसित, भूपरिवेष्टित, विकासोन्मुख तथा प्रशान्त टापुका विकासोन्मुख राज्यहरूका निम्ति अन्तर्राष्ट्रिय सहयोग अरिहार्य भएको उल्लेख गर्दै महामारीविरुद्धको खोपमा पहुँच, वित्तीय सहायता र ऋणमोचन महत्वपूर्ण हुनेमा जोड दिएको छ । बैङ्ककमा जारी एशिया प्रशान्तका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक सामाजिक आयोग (युएनइस्क्याप)को ७७औँ बैठकका सन्दर्भमा आयोजित अतिकम विकसित, भूपरिवेष्टित, विकासोन्मुख तथा प्रशान्त टापुका राज्यहरूको बैठकलाई अप्रत्यक्षरूपमा सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले अन्तर्राष्ट्रिय सहायताबाट जोखिममा रहेको ती राष्ट्रको अर्थतन्त्र उठाउन… पुरा पढौ

महासंघद्वारा निर्यातजन्य वस्तुलाई अत्यावश्यक वस्तुको सूचिमा राख्न माग

काठमाडौं, १६ वैशाख । निर्यात व्यवसायी महासंघ नेपालले निर्यातजन्य वस्तुलाई अत्यावश्यक वस्तुको सूचीमा राख्न माग गरेको छ । महासंघका अध्यक्ष रामबहादुर गुरुङले विज्ञप्ति जारी गर्दै अत्यावश्यक वस्तुमा कालोबजारी हुनसक्ने भएकाले सजगता अपनाउन सरोकारवाला निकायलाई आग्रह पनि गरेको छ । गण्डकी प्रदेशसभा सदस्य रहेका अध्यक्ष गुरुङले महासंघले तीनै तहका सरकारलाई कोभिड–१९ का कारण निम्तन सक्ने सम्भावित अवस्थाका लागि आवश्यक तयारी गर्न आग्रहसमेत गरेको जनाएका छन्। महासंघले नेपाल सरकारको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै निषेधाज्ञाको समयमा दैनिक ज्यालादारी गर्ने मजदुरको रोजगारी नगुम्ने… पुरा पढौ

बिहिबार बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौं, १६ वैशाख । साताको पाँचौ दिन बिहिबार आज सुनको मूल्य बृद्धि भएको छ । चाँदीको मूल्य भने आज स्थिर रहेको छ । छापावाला सुनमा आज ३०० रुपैयाँले बृद्धि भएको हाे भने चाँदी बुधबार कै मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन आज प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छ… पुरा पढौ

दक्षिण कोरियामा प्रवासीको सङ्ख्या पाँच वर्षयताकै कम

सउल, वैशाख १६ । दक्षिण कोरियामा विदेशी जनसङ्ख्या पाँच वर्षयताकै सबैभन्दा कम भएको छ । मङ्गलबार प्रकाशित एक सरकारी तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षयता पहिलो पटक प्रवासी नागरिकको सङ्ख्या २० लाखभन्दा तल झरेको हो । कोरोना महामारी र विभिन्न देशमा भएका लकडाउनका कारण प्रवासीको सङ्ख्या कम भएको तथ्याङ्कमा उल्लेख गरिएको छ । गत मार्चको गणनाअनुसार कोरियामा प्रवासीको सङ्ख्या १९ लाख ९९ हजार रहेको छ । गत वर्ष कोरियामा प्रवासीको कुल सङ्ख्या २२ लाख थियो । उक्त सङ्ख्यालाई आधार मानेर हेर्दा यो… पुरा पढौ

प्राइम कमर्सियल बैंकको नाफा ३८.७६ प्रतिशतले बढ्याे

काठमाडौं, १६ वैशाख । प्राइम कमर्सियल बैंकको नाफामा बृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्ममा ३८.७६ प्रतिशत नाफा आर्जन गरेको छ । बैंकले यस अवधिमा २ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत आर्थिक वर्ष सोहि समयमा बैंकले २ अर्ब ३ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकको खुद ब्याज आम्दानी तथा अन्य आम्दानीका इण्डिकेटरहरुमा पनि सुधार देखिएको जनाइएको छ । आईपर्ने जाेखिमका लागि कम रकम छुट्याएको भएपनि नाफा बढेको देखिएको… पुरा पढौ