मुख्य समाचार

सत्ती भन्सारमा ९ महिनामै दोब्बर राजश्व सङ्कलन

कैलाली, १० वैशाख । कैलालीको सत्ती भन्सार कार्यालय खक्रौलाले ९ महिनामै भन्सार राजश्व लक्ष्यभन्दा दोब्बर सङ्कलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७र७८ को साउनदेखि चैत मसान्तसम्म लक्ष्यभन्दा ३५ प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयलाई भन्सार विभागले आर्थिक वर्षको शुरुमा रु छ करोड सात लाख राजश्व उठाउने वार्षिक लक्ष्य दिएको थियो । त्यो लक्ष्य पहिलो चौमासिकमै पूरा भएपछि थप रु आठ करोड बढाएर रु १४ करोड राजश्व उठाउनुपर्ने वार्षिक लक्ष्य तोकेको थियो । चैत मसान्तसम्म ९ करोड ७१… पुरा पढौ

राष्ट्रियसभा सदस्यको रिक्त पदका लागि जेठ ६ गते उपनिर्वाचन हुने

काठमाडाैं, १० वैशाख । आगामी जेठ ६ गते बिहीबार राष्ट्रियसभा सदस्यको रिक्त १ पदका लागि उपनिर्वाचन हुने भएको छ । वाग्मती प्रदेश अन्य समूहतर्फबाट राष्ट्रियसभा सदस्य पदमा निर्वाचित रामबहादुर थापा मगरको रिक्त पद पूर्तिका लागि उपनिर्वाचन हुन लागेको हो । राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ ले कुनै सदस्यको पदावधि ६ महीनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र सरकारले तोकेको मितिमा आयोगले रिक्त पदको बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पूर्ति गर्ने कानूनी… पुरा पढौ

आवश्यकता र औचित्यका आधारमा आयोजना छनोट गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं, १० । वैशाख । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आवश्यकता र औचित्यका आधारमा मात्र आयोजना छनोट गर्न प्रदेश र स्थानीय तहलाई आग्रह गरेका छन् । अन्तरसरकारी वित्त परिषद्को छैटौँ बैठकमा अर्थमन्त्री पौडेलले आयोजना छनोट गर्दा गुरुयोजना, जग्गा, वातावरणीय प्रभाव मूल्याङ्कन, स्रोत व्यवस्थापनलगायतका आयोजना तयारीका कार्य पूरा हुन जरुरी रहेको बताए । सामथ्र्यभन्दा बाहिरका आयोजना छनोट गर्दा कार्यान्वयनमा समस्या पर्ने र अलपत्र हुने सम्भावना रहेको बताउँदै अर्थमन्त्री पौडेलले आयोजना छनोट गर्दा विशेष ध्यान दिन आग्रह गरे । सङ्घ, प्रदेश र स्थानीय तहको… पुरा पढौ

एनसेलले काठमाडौंको लैनचौरमा खेल मैदान सहितको हरित उद्यान निर्माण गर्ने

काठमाडौं, ९ वैशाख । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत काठमाडौं स्थित लैनचौर मैदानको निर्माण तथा संरक्षण गर्ने भएकाे छ । यस आयोजना अन्तर्गत निर्माण हुने खेल मैदान सहितको हरित उद्यानले स्वच्छ, सफा, हराभरा सहर निर्माणमा योगदान पुर्याउने कंपनीले उदेश्य लिएको छ । यो हरित उद्यान काठमाडौं महानगरपालिका वडा नं. २६ मा रहेको लैनचौर मैदानमा बनिरहेको छ । उद्यानमा मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, खुला जिमखाना र बालबालिकाका लागि खेल्ने स्थान लगायतका विषेशताहरु रहने छन् । यो उद्यान… पुरा पढौ

महासंघद्वारा पत्रकारलाई कोभिडकाे समयमा घरबाटै काम गर्ने वातावरण मिलाउन आग्रह

काठमाडौं, ९ वैशाख । नेपाल पत्रकार महासंघले कोभिड–१९ को दोस्रो लहरबाट जोगिँदै स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै पेशागत कर्तव्य पूरा गर्न आम सञ्चारकर्मीलाई आग्रह गरेको छ । अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा आज बसेको महासंघ पदाधिकारी बैठकले कार्यरत सञ्चारकर्मी र कर्मचारीका लागि स्वास्थ्य सतर्कतामा विशेष ध्यान दिई काम गर्ने वातावरण मिलाउन सञ्चारगृहसँग मागसमेत गरेको छ । समाचारकक्षमा सामाजिक दूरी कायम गर्ने, सकभर घरबाटै काम गर्ने वातावरण मिलाउने, पर्याप्त स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्न र प्रविधिको उच्चतम् प्रयोग गरेर सुरक्षित वातावरण निर्माण… पुरा पढौ

कोभिड सङ्क्रमण : निगरानी र सावधानीप्रति चासो कम

काठमाडौं, ९ वैशाख । सरकारले कोभिड–१९ नियन्त्रणका लागि यही वैशाख ६ गते विभिन्न आदेश जारी गर्दै मुलुकभर सावधानी अपनाउन सर्वसाधारणमा अपिल गरे पनि नागरिकले त्यसलाई खासै ख्याल गरेको पाइएको छैन । आदेशको कार्यान्वयनमा सम्बद्ध निकायको सक्रियता पनि न्यून देखिएको छ । स्थानीय प्रशासन र स्थानीय तहले सार्वजनिक सूचना जारी गर्नेभन्दा अरू व्यवहारिक गतिविधिमा जोड दिनसकेको देखिँदैन । सुरक्षा निकायले पनि तुलनात्मकरूपमा आफ्ना गतिविधिलाई तीव्रता दिन सकिरहेको देखिँदैन । काठमाडौँमा प्राध्यापन गर्दै आउनुभएका पदम जोशी नागरिकले स्व–सावधानी उपाय अपनाएको समेत नपाइएको… पुरा पढौ

नेप्से परिसूचक १५.८० अंकले बढ्यो, ११ उपसमूहमा छायो हरियाली

काठमाडौं, ९ वैशाख । बुधबार दोहोरो अंकले घटेको शेयर बजारमा निरासा छाए पनि आज भने दाेहाेराे अंकले बढेकाे छ । सकारात्मक लय देखिएपछि लगानीकर्ताहरुको अमिलो भएको मन केहि हलुका भएको छ । आज दुई उपसमूह बाहेक सबैमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १५.८० अंकले बढेर २६४८.०० विन्दुमा पुगेको छ । आज नेप्से ०.६० प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स पनि ३.२१ अंकले बढेर ४७६.६० विन्दुमा पुगेकको छ । आज कुल २१४ कम्पनीको शेयर कारोबार भएको छ… पुरा पढौ

विराटनगरमा लक्ष्यभन्दा २३ करोड बढी राजस्व सङ्कलन

विराटनगर, ९ वैशाख । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा कूल रु छ अर्ब २१ करोड ९६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु पाँच अर्ब ९९ करोड पाँच लाख १६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु २२ करोड ९० लाख ९९ हजार बढी राजस्व सङ्कलन गर्न सफल भएको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिए । गएको आवको यसै अवधिमा सङ्कलित राजस्वभन्दा चालू आर्थिक वर्षमा रु एक अर्ब ३३ करोड १०… पुरा पढौ

आजदेखि एमाले मुख्यालय थापाथलीबाट सञ्चालन

काठमाडौं, ९ वैशाख । नेकपा (एमाले)को पार्टी मुख्यालय आजदेखि औपचारिक रुपमा थापाथालीबाट सञ्चालन भएको छ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय भवनको आज उद्घाटन गरेपछि औपचारिक रुपमा सञ्चालन भएको हो । यसअघि यही वैशाख १ गते नै कार्यालय धूम्रबाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानबाट थापाथलीमा सरेको थियो । आज बिहान साढे १० बजे प्रधानमन्त्री ओली पार्टी मुख्यालयमा पुगी आफ्नो कार्यकक्षमा बसेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । यस्तै स्थायी कमिटी बैठक बस्ने कार्यकक्षमा पनि… पुरा पढौ

राष्ट्र बैंकद्वारा गुनासो सुन्न अनलाइन पोर्टलको शुरुआत

काठमाडौं, ९ वैशाख । नेपाल राष्ट्र बैंकले वित्तीय मध्यस्थता सेवा प्रदान गर्ने, गराउने कार्यको सुनिश्चितता गरी वित्तीय ग्राहकको हित संरक्षण गर्ने उद्देश्यका साथ अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका संस्था, एजेन्टले ग्राहकसँग निष्पक्ष, विश्वसनीय र पारदर्शी ढङ्गबाट बैंकिङ क्षेत्रको व्यावसायिक मूल्य तथा मान्यता एवं नीति निर्देशनको अधीनमा रही ग्राहकको हितलाई प्राथमिकतामा राख्न सो पोर्टन सञ्चालनमा ल्याएको हो । वित्तीय ग्राहकको हित संरक्षण गर्ने उद्देश्यका साथ ल्याइएको http://gunaso.nrb.org.np पोर्टलमा गुनासो दर्ता गरेपछि… पुरा पढौ