मुख्य समाचार

कोटेश्वर-कलङ्की खण्डमा ‘ट्राफिक बत्ती’ जडान गरिँदै

काठमाडौं, ८ वैशाख । चक्रपथको कोटेश्वर–कलङ्की खण्डमा ‘ट्राफिक बत्ती’ जडानका लागि प्रक्रिया अघि बढाइएको छ । अहिले ठेक्का मूल्याङ्कन स्वीकृतिको चरणमा रहेको विभागले जनाएको छ । कोटेश्वर–कलङ्की खण्डमा चारदेखि पाँच ठाउँमा बत्ती जडान गर्ने योजना बनाइएको विभागका सडक सुरक्षा तथा ट्राफिक शाखाका युनिट चिफ कृष्णनाथ ओझाले बताए । चीन सरकारको सहयोगमा केही वर्ष पहिले विस्तार भएको यो खण्ड उपत्यकामा सवारी दुर्घटना बढी हुने सडकमध्येको हो । उनका अनुसार यो सडकमा ट्राफिक बत्ती जडान चालू आवमा क्का लागेर अर्काे वर्ष काम हुनेछ… पुरा पढौ

शेयर बजारमा दोहोरो अंकको गिरावट, १२ उपसमूह राताम्मै

काठमाडौं, ८ वैशाख । साताको चौथो दिन बुधबार आज शेयर बजारको लय सकारात्मक देखिएन । कारोबार पनि उत्साह जगाउने खालको भएन । कारोबार रकममा बढोत्तरी हुन नसक्दा लगानीकर्ताहरु शेयर बजारको लय सकारात्मक लयमा आउने दिनकाे पर्खाईमा रहेका छन् । आज नेप्से परिसूचक ३२.४१ अंकले घटेर २६३२.२० विन्दुमा पुगेको छ । नेप्से १.२२ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ६.२१ अंकले घटेर ४७३.३९ विन्दुमा पुगेको छ । आज कुल २१४ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ३७ लाख ८७ हजार २१८… पुरा पढौ

सिईडिबि हाइड्रोपावरको आइपीओ वैशाख १७ देखि निष्काशन हुँदै

काठमाडौं, ८ वैशाख । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वैशाख १७ गते २५ लाख १८ हजार २३० कित्ता आइपीओ निष्काशन गर्ने तयारी गरेकाे । कम्पनीले सर्वसाधारणको लागि जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुन आउने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको शेयर निष्काशन गर्न लागेको हो । कम्पनीका अनुसार निष्काशन हुने आइपीओबाट ५० हजार ३६५ कित्ता शेयर कर्मचारीको लागि र १ लाख २५ हजार ९११ कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याईएको छ ।… पुरा पढौ

कन्सुलर सेवा विभागमा आजदेखि लिखत प्रमाणीकरणको नयाँ व्यवस्था

काठमाडौं, ८ वैशाख कन्सुलर सेवा विभागले लिखतहरूको प्रमाणीकरणका लागि सङ्केत नम्बरसहितको फाराम वितरण प्रारम्भ गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सरकारको गत सोमबारको निर्णयअनुसार विभागले आजदेखि त्यस्तो व्यवस्था गरेको हो । विभाग परिसरमा सेवाग्राहीको भीड हुन नदिन तथा सहजरुपमा सेवा प्रवाह गर्न विभागले एकपटकमा २५ जना सेवाग्राहीलाई सङ्केत नम्बरसहितको फाराम वितरण गरी त्यसैअनुसार उनीहरूलाई प्रमाणीकरणका निम्ति अनुमति दिने व्यवस्था मिलाइएको विभागका निर्देशक धनबहादुर ओलीले बताए । यही वैशाख १२ गतेदेखि प्रमाणीकरणको समय बिहान ८ बजेदेखि अपराह्न ५… पुरा पढौ

बागलुङ-पर्वत जोड्ने झोलुङ्गे पुल तरेको २० रुपैयाँ कर

गलकोट, ८ वैशाख । सङ्घीय सरकारद्वारा हालै निर्माण सम्पन्न भएपछि सञ्चालनमा आएको बागलुङ–पर्वत जोड्ने बाङ्गेचौर–अदुवाबारी झोलुङ्गे (५६७ मिटर लामो) पुलमा तरेपछि रु २० कर तिर्नुपर्ने भएको छ । सो पुल विश्वकै लामो दावी गरिँदै आएको छ । बागलुङ नगरपालिकाले पूर्वाधार कर भनी मङ्गलबारदेखि कर सङ्कलन शुरु गरेको छ । प्रतिव्यक्ति रु २० कर लिने कामको सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । अबदेखि पुलमार्फत ओहरदोहर गर्नेले प्रतिव्यक्ति रु २० कर बुझाउनुपर्ने हुन्छ । नगरपालिकाका प्रमुख जनकराज पौडेलले पुलकै पूर्वाधारमा खर्च… पुरा पढौ

नमूना नै नलिई पिसिआरको नेगेटिभ रिपोर्ट बनाउने गिरोह सक्रिय

काठमाडौं, ८ वैशाख । मानिसको स्वाब सङ्कलन नै नगरी कोभिड–१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ । काठमाडौँको सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर प्रालिका सञ्चालक डा सिपी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका सञ्चालक प्रकाश रायमाझी भन्ने चित्रबहादुर रायमाझीसहितको समूह मिलेर उक्त नक्कली कार्य गरी पैसा असुल्ने गरेको खुल्न आएको छ । वैदेशिक रोजगारीमा जाने व्यक्तिका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट अत्यधिक रकम लिई नमूना सङ्कलन नै नगरी नक्कली बनाउने गरेको खुलेकाले उनीहरुसहित… पुरा पढौ

महेशबाबुका ‘अजम्मरी अक्षरहरु’ सार्वजनिक

काठमाडौं, ८ बैशाख । कवि तथा गीतकार महेशबाबु तिमल्सिनाद्धारा लिखित कविताहरुको संग्रह ‘अजम्मरी अक्षरहरु’ सार्वजनिक भएको छ । नेपाली तथा अंग्रेजी भाषामा लेखिएको उक्त कविता संग्रह मंगलबार मदन पुरस्कार विजेता कविद्धय गोपाल पराजुली र दिनेश अधिकारीले सार्वजनिक गरेका थिए । पुस्तक सार्वजनिक गर्न कविद्धयलाई नवराज लम्साल, महेश पौड्याल, प्राध्यापक लक्ष्मण गौतम आदिले सघाएका थिए । कार्यक्रममा संग्रह भित्रका कविता वाचन गर्नुका साथै कवितामाथि बनाइएको भिडियोसमेत देखाइएको थियो । सोही अवसरमा लेखक महेश बाबुको रचना रहेको रामकृष्ण ढकालको स्वरमा सजिएको गीतको… पुरा पढौ

किसानकाे गहुँ सरकारले खरिद गर्दै

वीरगञ्ज, ८ वैशाख । प्रत्येक वर्ष धान खरिद गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले मङ्गलबारदेखि किसानसँग समर्थन मूल्यमा गहुँ खरिद शुरु गरेको छ । संस्थानले नगदमै किसानसँग गहुँ खरिद शुरु गरेको हो । यसअघि सरकारी स्वामित्वमा रहेको संस्थानलाई धान बेच्दा राम्रो मूल्य पाएका किसान अहिले गहुँ बेच्नका लागि आकर्षित हुन थालेका छन् । सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार १११ निर्धारण गरेपछि किसानले सरकारलाई गहुँ बिक्री गर्न थालेको किसान विजय पण्डितले बताए ।… पुरा पढौ

पूँजीगत खर्च र पूर्वाधार निर्माणमा लक्ष्य भेटिएन : अर्थ समिति

काठमाडौं, ८ वैशाख । प्रतितिनिधिसभा, अर्थ समितिले बजेट कार्यान्वयन, पूँजीगत खर्च, विकास लक्ष्य, कर्मचारी व्यवस्थापन र सार्वजनिक खरिद प्रक्रियालगायतका विषयमा उठ्दै आएका प्रश्नबारे सबै मन्त्रालय र सम्बन्धित निकायसँग जानकारी लिइरहेको छ । बजेट कार्यान्वयन भएन, पूँजीगत खर्च बढाउन सकिएन, विकास निर्माणले तीव्रता पाएन भनी सधैँभर सुन्नुपर्ने मात्र होइन, पूर्वाधार निर्माणमा लक्ष्यअनुरूप प्रगति हात नपर्ने अवस्थालाई सदाका लागि अन्त्य गर्ने हेतुले समितिले यसपटक सबै मन्त्रालयका नेतृत्वसँग बजेट कार्यान्वयनको अवस्था र चुनौतीबारे जानकारी माग गरेको हो । संसदीय समिति र सरकारले निर्देशन… पुरा पढौ

आज रामनवमी, पूजा आराधना गरी मनाइँदै

काठमाडौं, ८ वैशाख । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ । यस वर्ष पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न स्वास्थ्य मापदण्ड जारी गरिएकाले भक्तजनले राम मन्दिरमा भौतिक दूरी कायम गरी पूजा, आराधना एवं दर्शन गर्नेछन् । जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्छ । त्रेतायुगमा… पुरा पढौ