मुख्य समाचार

थपिए २५५९ संक्रमित, पाँचकाे मृत्यु

काठमाडाैं, १० वैशाख । पछिल्लो २४ घण्टामा थप दुई हजार ५५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख ९४ हजार ६०१ पुगेको छ । थप आठ हजार ७९८ जनाको पीसीआर विधिबाट परीक्षण तथा ८६६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । हालसम्म पीसीआर परीक्षण गराउनेको सङ्ख्या २३ लाख ८८ हजार २०० पुगेको छ । त्यस्तै प्रति दश लाख जनसङ्ख्यामा पीसीआर परीक्षण गराउनेको सङ्ख्या ८१ हजार ९६५ रहेका छन् । चौध हजार ७२४ जना… पुरा पढौ

राष्ट्रियसभा उपनिर्वाचन अधिकृतको कार्यालय हेटाैंडामा स्थापना गरिने

काठमाडौं, १० वैशाख । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि वाग्मती प्रदेशको हेटौँडास्थित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । राष्ट्रियसभा सदस्य निर्वाचन ऐनअनुसार निर्वाचन अधिकृतको पदमा नियुक्त गर्न न्याय परिषद्को परामर्शमा दुई जना (एक जना जगेडासमेत) जिल्ला न्यायाधीशको नामावली माग गरी नेपाल सरकार, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा लेखी पठाउनेसमेत निर्णय गरेको आयोगले जनाएको छ । आयोगले बिहीबार वाग्मती प्रदेशको अन्य समूहतर्फबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सदस्यको रिक्त रहेको एक पदको लागि आगामी जेठ… पुरा पढौ

एमालेका ज्वाला, थापा, बुढा र शाहीलाई पार्टी र प्रदेशसभा सदस्य नरहने गरी कारवाही

काठमाडाैं, १० वैशाख । सत्तारुढ नेकपा (एमाले)को आज सम्पन्न दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठकले कर्णाली प्रदेशसभामा पार्टीको ह्विप उल्लङ्घन गरी नेकपा (माओवादी केन्द्र) का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने चार प्रदेशसभा सदस्यलाई पार्टी सदस्य र प्रदेशसभा सदस्य नरहने गरी कारवाही गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकाे अध्यक्षतामा भएको बैठकले प्रदेशसभासद् प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई निष्काशन गरेको पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । निजहरु प्रदेशसभा… पुरा पढौ

क्यूआर कोडबाट भुक्तानी प्राप्त गरेका पोखराका १० होटल पुरस्कृत, टिका रिसोर्ट प्रथम

पोखरा, १० वैशाख । पश्चिमाञ्चल होटल संघ पोखराले जाउँ है पोखरा अभियान अन्तर्गत यसपटकको नयाँबर्षमा पाहुनाबाट क्यूआर कोड मार्फत् होटलको विल भुक्तानी प्राप्त गरेका १० उत्कृष्ट होटलहरुलाई शुक्रबार पुरस्कृत गरेको छ ।  क्युआर कोड मार्फत् होटलको विल भुक्तानी गर्ने पाहुनालाई संघ अन्तर्गतका होटलले यसपटक गत चैत ३१ र यही बैशाख १ गते ४० प्रतिशत छुट प्रदान गरेको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । नगद छोडौं फोन पे गरौं भन्ने नाराका साथ संघ र फोन पे प्रालिले आपसी सहकार्य गर्दै… पुरा पढौ

नेपाली जनताको स्वाभिमान ठडियोः मुख्यमन्त्री पौडेल

वाग्मती, १० वैशाख । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार नेपाली जनताको वर्षौंदेखिको सपना साकार पार्न तल्लीन रहेको बताएका छन् । पुनःनिर्माण सम्पन्न भएको धरहरा अवलोकनपछि आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले सरकारका पाइला समृद्ध नेपाल सुखी नेपाली निर्माणको महान् लक्ष्यतर्फ अगाडि बढेको उल्लेख गरेका छन् । “ढलेका लाखौँ घर ठडिए, हजारौँ विद्यालय ठडिए, हजारौँ मठ, मन्दिर, चर्च, गुम्बा ठडिए, ऐतिहासिक धरोहर ठडिए र ठडियो हाम्रो धरहरा ! यो केवल धरहरा मात्रै ठडिएको होइन, नेपाली जनताको स्वाभिमान ठडिएको हो ।… पुरा पढौ

घमाइलाे पोखरा र मनोरम हिमश्रृंखला

पाेखरा, १० वैशाख । धेरैपछि खुलेको पोखराको आकाशसंगै मनोरम हिमश्रृंखला । तस्वीर : अशेष शाक्य पुरा पढौ

करिब ३ अर्बको आइपीओ निष्काशन हुदैं, कुन-कुन कंपनीकाे आउदैंछ आइपीओ ?

काठमाडौं, १० वैशाख । शेयर बजारलाई गतिशील बनाईरहने शेयर बजारका खेलाडीहरु तथा लगानीकर्ता नै हुन । आम्दानीसंगै अथतन्त्रलाई चलायमान बनाउन उनीहरुको भूमिका निकै महत्वपूर्ण मानिएको छ । निरन्तर पूराना लगानीकर्ताले मात्रै बजारलाई धान्न सक्ने स्थिति नहुने भएकोले नयाँ लगानीकर्ताहरुको आगमन हुने र पूरानासंगको घुलमिल भईरहने चक्रिय प्रणाली यसका सबल पक्ष हुन । यसैमा नयाँ लगानीकर्ताहरुको आकर्षण बढीरहनुले पनि शेयर बजारमा उत्साह जगाइरहेकाे छ । नयाँ लगानीकर्ताहरु आरभ्मको चरणको आइपीओको लागि निकै उत्साहि भईरहेका छन् । कम्पनीहरुले माग गरेभन्दा कयौं गुणा… पुरा पढौ

नेपाल बैंकले ३ अर्ब ५० करोडको ऋणपत्र निष्काशन गर्दै, ब्याजदर कति ?

काठमाडौं, १० वैशाख । नेपाल बैंक लिमिटेडले बैशाख २२ गतेबाट वार्षिक ८ प्रतिशत ब्याजदरमा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने जानकारी गराएको छ । बैंकले '८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७' निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हाे । जस्को समयावधि १० वर्ष रहेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेकोमा त्यसमा सर्वसाधारणको लागि १ अर्ब ४० करोड रुपैयाँ… पुरा पढौ

निजी क्षेत्रको १४ करोड लगानीमा रासायनिक मल कारखाना सञ्चालनकाे तयारी हुँदै

कञ्चनपुर, १० वैशाख । कृष्णपुर नगरपालिका–६ बालुवाफाँटमा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल कारखाना सञ्चालन गरिने भएको छ । निजि क्षेत्रकाे लगानी रहेकाे याे कारखाना नेपालकाे पहिलाे कारखाना बन्ने दाबी गरिएकाे छ । निजि क्षेत्रको रु १३ करोड ७५ लाख लगानीमा नेपाल फर्टिलाइजर इण्डस्ट्रिज प्रालिले मल कारखाना सञ्चालन गर्न लागेको हो । कारखानालाई असार महिनाभित्रै सञ्चालन गर्ने गरी काम अगाडि बढाइएको छ । कारखानाले पहिलो चरणमा पोटास, एनटिके र डिएपी मल उत्पादन गर्ने लक्ष्य लिएको छ । “पोटास मल असारदेखि… पुरा पढौ

आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका सबै मन्दिर बन्द

काठमाडौं, १० वैशाख । नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएको छ । कोरोना जोखिमका कारण पशुपति क्षेत्र विकास कोषले यस क्षेत्रका सबै मन्दिर भक्तजनका लागि बन्द गर्ने निर्णय गरेको हाे । विभिन्न स्थानमा सूचना टाँस गरी मन्दिर बन्द गरिएको जानकारी गराइएको थियो । सूचना थाहा नपाएका केही भक्तजन आज बिहानै मन्दिर पुगेका थिए । केही नित्य दर्शनार्थी पनि पशुपतिनाथ परिसर पुगेकामा सुरक्षाकर्मीले फर्काएपछि बाहिरबाटै दर्शन गरेर फर्केका छन् । मन्दिरका ढोका नै… पुरा पढौ