मुख्य समाचार

पोखरा म्याराथनमा छात्रतर्फ विवेक र छात्रातर्फ नर्मताले उपाधि जिते

पोखरा, ४ बैशाख । १५ औं सस्करणको पोखरा म्याराथनअन्तर्गत ५ किलोमिटर छात्रतर्फ विवेक परियार र छात्रातर्फ नर्मता गुरुङले जितेका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा सम्पन्न दौडमा छात्रतर्फ ज्ञान ज्योति इङलिस बोर्डिङ स्कूल लाहाचोकका परियारले जितेका हुन् । उनले उक्त दौड २१ मिनेट ५२.३० सेकेण्डमा पुरा गरेका थिए । छात्रातर्फ भानु मावि तनहुँमा अध्ययनरत नर्मता गुरुङले जितेकी छन् । उनले उक्त दौड २८ मिनेट १०.१ सेकेण्डमा पुरा गरेकी थिइन् । दुवैलै दौड जिते सँगै नगद जनही १०–१० हजारका साथमा… पुरा पढौ

बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटी बन्दै

काभ्रेपलाञ्चोक, ४ वैशाख । जिल्लाका पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता दिएका छन् । शहरी विकास मन्त्रालयअन्तर्गतको नयाँ शहर आयोजना समन्वय कार्यालयको स्मार्ट सिटीको माष्टर प्लानअनुसार काभ्रेपलाञ्चोकको तीन नगर समेटिएको ‘काभ्रे’ स्मार्ट सिटी हाल कार्यान्वयनको चरणमा रहेको छ । सरकारद्वारा छनोट गरिएको मुलुकको विभिन्न १३ स्थानमध्ये काभ्रे स्मार्ट सिटी एक गौरवको योजना हो । स्मार्ट सिटी योजनाअन्तर्गत तीनै नगरले ऐतिहासिक सम्पदा मर्मतसम्भार तथा पुनःनिर्माण थालेका हुन् । सरकारले आर्थिक… पुरा पढौ

ग्लोबल आइएमई र स्पर्स लघुवित्तको एकिकृत कारोबार वैशाख ८ बाट हुँदै

काठमाडौं, ४ वैशाख । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र स्पर्स लघुवित्त वित्तीय संस्थाले वैशाख ८ गतेबाट एकिकृत कारोबार गर्ने तयारी गरेका छन् । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले स्पर्स लघुवित्तलाई प्राप्ति गरेपछि उनीहरुको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार हुन लागेको हो । दुबै लघुवित्तको गत पुष २९ मा सम्पन्न भएको साधारण सभाले ग्लोबल आइएमई लघुवित्तले स्पर्सलाई प्राप्तिको प्रस्ताव पारित गरेका थिए । साधारण सभापछि ग्लोबल आइएमई लघुवित्तको केन्द्रीय कार्यालय कास्कीको पोखरा महानगरपालिका वडा नं २६ विजयपुरमा… पुरा पढौ

लुम्बिनी जनरल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस कति ?

काठमाडौं, ४ वैशाख । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले १० प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/२०७७ को लाभांश प्रस्ताव गरेको हो । कम्पनीको संचालक समितिको २२० औं बैठकले गएको आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांशसहित १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । समितिले चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने ११ करोड ४१ लाख ८० हजार लाभांश वितरणको प्रस्ताव गरेको हो । सो मध्ये ५ प्रतिशतले हुन… पुरा पढौ

१ करोड बढी राजश्व छलीको अभियोगमा पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, ४ वैशाख । राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गरेको अभियोगमा जय पशुपति इम्पेक्सका सञ्चालक रेखादेवी दाससहित पाँच जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागका अनुसार उनीहरुले रु एक करोड १३ लाख पाँच हजार ५१४ बराबरको राजश्व छली गरेको पाइएको छ । उक्त फर्मका सञ्चालक दाससमेत भन्सार प्रतिनिधि सुरेन्द्रबहादुर श्रेष्ठले आपसी मिलेमतोमा भारतीय ट्रकमा शिशाको खाली बोटल लोड गरी बोटलमाथि पोतको भन्सार तिरेको निस्सा बनाएको पाइएको छ । राजश्वमा हानी नोक्सानी पु¥याउने ध्येयका साथ गलत कागजात तयार… पुरा पढौ

निजी क्षेत्र विकासको साझेदार बन्न तयार : अध्यक्ष कोइराला

गण्डकी, ४ वैशाख । पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कोइरालाले निजी क्षेत्र विकासको साझेदार बन्न तयार रहेको बताएका छन् । अध्ययन अवलोकन भ्रमणको क्रममा पोखरा आएको नवलपुरको देवचुली उद्योग वाणिज्य सङ्घको प्रतिनिधिमण्डलसँग आयोजित अन्तरक्रियामा उनले देशव्यापी सञ्जाल रहेको निजी क्षेत्रको मानमर्दन गर्ने गतिविधि नगर्न तीनवटै तहका सरकारसँग आग्रह गरे। पोखरा उद्योग वाणिज्य सङ्घ स्थापना कालदेखि नै पोखराको विकास साझेदार भएको उल्लेख गर्दै उनले व्यवसायीले सामाजिक उत्तरदायित्व निर्वाह गर्न कञ्जुस्याइँ गर्न नहुनेमा जोड दिए । नवलपुरको समृृद्धिसँग सिङ्गो गण्डकीको समृद्धि जोडिएको… पुरा पढौ

प्रेस काउन्सिलद्वारा सात अनलाईन न्यूजपोर्टललाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं, ३ वैशाख । ‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति’ भनी सामग्री सम्प्रेषण भएको भन्दै विभिन्न सात अनलाईन सञ्चारमाध्यमलाई प्रेस काउन्सिल नेपालले २४ घण्टे स्पष्टीकरण माग गरेको छ । बिहिबारदेखि विना आधिकारिक डकुमेन्ट ‘अनअफिसियल ट्रान्सलेसन’ हवला दिँदै सञ्चारमाध्यमको जिम्मेवारीबोधसमेतको ख्याल नगरी तथ्यहिन पुष्टि नभएका सामग्री सम्प्रेषण गरेको भन्दै उज्यालो नेटवर्क डटकम, सुर्दशन खबर डटकम, पर्दाफास डटकम, समाचार दैनिक डटकम, नेपाली गाथा डटकम, पल खबर डटकम र कान्तिपथ डटकमलाई स्पष्टीकरण माग गरिएको… पुरा पढौ

कर्णालीका मुख्यमन्त्री शाहीले प्राप्त गरे विश्वासको मत

कर्णाली, ३ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन सफल भएका छन् । उनले प्रदेशसभाको साताैं अधिवेशनको पहिलो बैठकमा आज विश्वासको मत लिएका हुन् । सभामुख राजबहादुर शाही सो सम्बन्धी प्रस्ताव बैठकमा पेश गरेका थिए । हाल प्रदेशसभामा ३९ सदस्य कायम रहेको प्रदेशसभा सदस्यमध्ये मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गरे । प्रदेशसभामा कायम सदस्यमा सभामुखसहित २० नेकपा एमाले, नेकपा (माओवादी केन्द्र)का १२, कांग्रेस छ र राप्रपाका एक सदस्य रहेका छन् । माओवादी केन्द्र दैलेख क क्षेत्रबाट प्रत्यक्ष… पुरा पढौ

वैकल्पिक विधिद्वारा पठनपाठन गराउन संसदीय समतिको निर्देशन

काठमाडौं, ३ वैशाख । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गरी विद्यालयमा भौतिक उपस्थितिको सट्टा भर्चुअलमाध्यमबाट पठनपाठन गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विज्ञप्ति, विज्ञको सुझाव तथा बैठकमा उठेका विषयअनुसार स्कूले बालबालिका कोरोना सङ्क्रमणको जोखिममा देखिएकाले सो व्यवस्था गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको हो । समिति सभापति तारादेवी भट्टले विद्यालयमा बालबालिकालाई कोरोना सङ्क्रमण भएको पुष्टी भइसक्दा पनि लापरवाही गर्ने विद्यालयको अनुगमन गरी कारवाही गर्न निर्देशन… पुरा पढौ

जेठाे हिमाल अन्नपूर्णकाे नेपाली महिलाद्वारा सफल आरोहण

म्याग्दी, ३ वैशाख । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा आज पहिलो पटक नेपाली महिला टोलीले सफल आरोहण गरेको छ । अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने सो हिमालमा पूर्णिमा श्रेष्ठको टोलीले सफल आरोहण गरेको हो । काठमाडौंको सेभेन समिट ट्रेकीङ कम्पनीमार्फत उनीहरु गत चैत ८ गते नारच्याङ हुँदै पैदलमार्ग भएर अन्नपूर्ण आरोहणमा गएका थिए । सेभेन समिट टेकीङका अध्यक्ष निग्मा शेर्पाले पूर्णिमालगायत छ नेपाली महिला पर्वतारोही टोलीले आज अपराह्न १ः३० बजे अन्नपूर्णको सफल आरोहण गरेको जानकारी दिए । “अन्नपूर्ण… पुरा पढौ