मुख्य समाचार

१३ स्थानमा खनिज उत्खनन तथा अन्वेषण गरिने

काठमाडौं, ३ वैशाख । मुलुकका विभिन्न १३ स्थानमा खनीज उत्खनन तथा अन्वेषण गरिने भएको छ । खानी तथा भूगर्भ विभागले खनिज उद्योग प्रवद्र्धनका लागि पाँच वटा खनिजको १३ स्थानमा उत्खनन तथा अन्वेषणका लागि बोलपत्र आह्वान गरेको हो । विभागका महानिर्देशक रामप्रसाद घिमिरेलले चुनढुङ्गा, तामा, मार्बल, बालुवा र कावालीन उत्खनन तथा अन्वेषणणका लागि बोलपत्र आह्वान गरिएको जानकारी दिए । विभागले सल्यानको कपुरकोट, धादिङको बेनिघाट–रोराङ गाउँपालिकाको तान्द्राङगढी र जुरेथुममा चुनढुङ्गा, मकवानपुरको सुपिनमा मार्बल, गोरखाको गण्डकी गाउँपालिकाको घ्याल्चोकको पाँच स्थानमा बालुवा उत्खनन गर्न… पुरा पढौ

सिइडिबी हाइड्रोपावर कम्पनीले २५ लाख कित्ता साधारण शेयर बिक्री गर्ने

काठमाडौं, ३ वैशाख । धितोपत्र बजार उच्च विन्दुमा पुगिरहेका बेला पुनः अर्को एक जलविद्युत् कम्पनीले साधारण शेयर बिक्रीको अनुमति पाएको छ । बजारले ‘बुलिस ट्रेण्ड’ पछ्याइरहेका बेला नेपाल धितोपत्र बोर्डले सिइडिबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति दिएको हो । नयाँ वर्षको अवसरमा साधारण शेयर बिक्रीको अनुमति पाउने सो कम्पनी पहिलो बनेको छ । कम्पनीले कूल २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर बिक्री गर्नेछ । प्रतिकित्ता रु १०० बराबरको रु २५ करोड १८ लाख २३ हजार बराबरको… पुरा पढौ

मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत हाल्न अनुरोध

कर्णाली, ३ वैशाख । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक सीता नेपालीले शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा विश्वासको मत दिन आग्रह गरेकी छन्। एक सार्वजनिक अपिल जारी गर्दै उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दल र सभा सदस्यलाई नेकपा (माओवादी केन्द्र) प्रदेशसभादलका नेता तथा मुख्यमन्त्री शाहीको पक्षमा मत दिन अपिल गरेकी हुन । माओवादी केन्द्र नेतृत्वको सरकारले तीन वर्षदेखि कर्णालीको तीव्र विकास र आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यका साथ लागि परेको जिकिर गर्दै उनले विकास र… पुरा पढौ

काठमाडौं उपत्यकासहित १४ जिल्ला कोरोनाबाट अति प्रभावित, विद्यालय नजान अपील

काठमाडौं, २ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका तीनसहित १४ जिल्लालाई कोरोना संक्रमणबाट अति प्रभावितमा जिल्लामा राखेको छ । यस क्षेत्रमा विद्यालय, जात्रा, सभा सम्मेलन र सपिङ मलहरु बन्द गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरिएको हो । ती जिल्लामा कोभिड–१९ को संक्रमणबाट अति प्रभावित क्षेत्रमा परेका हुन् । कोरोना संक्रमण तीव्र गतिमा बढेका कारण ती जिल्लालाई… पुरा पढौ

शिक्षाको विकासका लागि निरन्तर लागिरहेको छु : पालिखे

पोखरा, २ वैशाख । विद्यालयमा कक्षा शुरुहुनु अघिको समय थियो । कुमुदिनी होम्सका विद्यार्थीहरु एसेम्वलीका लागि प्राङगणमा पंक्तिवद्ध भएर उभिरहेका थिए । सबैभन्दा अग्रभाग पूर्व फर्किएर उभिएका ११ विद्यार्थी थिए । उनीहरु ७ जना वाराही आधारभूत विद्यालय माछापुच्छ्रे गाउँपालिका २ खादरजुङ्गका प्रधानअध्यापक रामप्रसाद आचार्यसंगै थिए । अन्य ६ जना हिमालयन आधारभूत विद्यालय पोखरा महानगरपालिका १९ पुरञ्चौर, लौसिटाकुराका जो प्रधानअध्यापक माधवप्रसाद गौतमसंगै थिए । सबै ११ विद्यार्थीले चश्मा लगाएका थिए । फोटोः सुदर्शन रञ्जित केहि दिन अगाडी दुवै विद्यालयका ६५ जना… पुरा पढौ

२०७८ को पहिलो दिन नेप्से २७३५.४६ विन्दुमा पुग्यो, ११ वटा उपसमूहमा छायो हरियाली

काठमाडौं, २ वैशाख । २०७७ सालको अन्तिम कारोबार भएको दिन गत चैत ३१ गते मंगलबार शेयर बजारमा सकारात्मक लय र नयाँ रेकर्ड कायम गरेको सन्दर्भलाई नयाँ वर्ष २०७८ को आज पहिलो कारोबार भएको दिनमा नेप्से परिसूचक अझैं माथि पुगेको छ । आज अघिल्लो पटकको भन्दा नेप्से परिसूचक झन उचाईमा पुगेको तथा कारोबारमा बृद्धि भएको छ । नेप्से पनि दोहोरो अंकले बृद्धि भएको छ । नेप्सेमा देखिएको यो सकारात्मक सुधारको गतिमा क्रमभंगता नआए २०७८ साल पनि लगानीकर्ताहरुले भन्ने गरे झैं सुखद्… पुरा पढौ

हेटौंडा अस्पतालमा क्यान्सर पत्ता लगाउन परीक्षण सेवा शुरू

वाग्मती, २ वैशाख । हेटौँडा अस्पतालमा पहिलोपटक क्यान्सर रोग पत्ता लगाउनका लागि परीक्षण सेवा शुरुआत गरिएको छ । शरीरका विभिन्न भागमा क्यान्सर छ कि छैन भनेर पत्ता लगाउनका लागि परीक्षण शुरु गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा प्रवीण श्रेष्ठले जानकारी दिएका छन् । अस्पतालमा ल्याब्रोटोरी मेसिनका माध्यमले क्यान्सर पत्ता लगाउन शुरु गरिएको हो । रगतका माध्यमले गरिने यो परीक्षणबाट महिलाको पाठेघर, अण्डकोष र पुरुषको प्रोस्टेड परीक्षणका लागि काम शुरु गरिएको उनले बताए । रगतका माध्यमले पत्ता लगाइने क्यान्सर जचाउन आउने सेवाग्राहीलाई… पुरा पढौ

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

पोखरा, २ वैशाख । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदस्यहरुको संयुक्त हस्ताक्षर सहितको अविश्वास प्रस्ताव प्रदेशसभामा सचिव हरिराज पोखरेल समक्ष बिहीबार बुझाएका छन् । जसमा नेपाली काँग्रेसका १५, माओवादी केन्द्रका ११, जनता समाजावादी पार्टीका २ जना सदस्यले हस्ताक्षर गरेका छन् । सो प्रस्ताव बुझाउनु अघि सरकारलाई दिएको समर्थन माओवादी केन्द्रका तर्फबाट हरिबहादुर चुमानले फिर्ता लिएको प्रदेश सचिवालयमा जानकारी दिएका थिए । अविश्वास प्रस्ताव बुझाउनुअघि राष्ट्रिय जनमोर्चा… पुरा पढौ

आरम्भ चौतारीले ८.८५ प्रतिशत लाभांश बाँड्ने

काठमाडौं, २ वैशाख । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले ८.८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको पाँचौँ वार्षिक साधारणसभाले गत आव २०७६/०७७ सम्मको मुनाफाबाट प्रस्ताव गरिएको आठ दशमलव ८५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको कम्पनीको हाल चुक्ता पूँजी रु २६ करोड ३४ लाख ४८ हजार रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिए । साधारणसभाले बनेपास्थित बिपिडब्लु लघुवित्त र बुुटवलस्थित देउराली लघुवित्त वित्तीय संस्थालाई शेयर आदानप्रदान अनुुपात १००ः९५ः९५ हुने… पुरा पढौ

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

पोखरा, २ वैशाख । गण्डकी प्रदेश सरकारको चालू सातौं अधिवेशन अन्त्य भएको छ ।मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश सरकारले नेपालको संविधान धारा १८३ को उपधारा (२) बमोजिम प्रदेशसभाको चालु अधिवेशन वैशाख १ गते मध्यरातदेखि अन्त्य गरेको हो ।चालु अधिवेशन २०७७ चैत २५ देखि सुरु भएको थियो । मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी हुँदा सरकारले संसद अधिवेशन अन्त्य गरेको हो । राष्ट्रिय जनमोर्चा नेपालले सरकारलाई दिँदै आएको समर्थन बुधबारदेखि फिर्ता लिने निर्णय गरेपछि गुरुङ सरकार धरापमा परेको छ । नेकपा एमाले… पुरा पढौ