मुख्य समाचार

सुनचाँदी व्यवसायी महासंघद्वारा व्यवसायी प्रदीपको हत्या भएकोमा आपत्ति प्रकट

काठमाडौं, २९ चैत । नेपाल सुनचाँदी व्यवसायी महासंघले सिरहाको लहानका अमिता ज्वेलर्सका संचालक प्रदीप विश्वकर्माको लुटेराद्वारा हत्या भएको भन्दै आपत्ति प्रकट गरेको छ । ४० वर्षिय विश्वकर्माको शनिवार लुटेराको समूहले गोली हानि हत्या गरेको थियो । महासंघले हत्यामा संलग्नलाई कारबाही तथा मृतकका परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै सुनचाँदी व्यवसायीको सुरक्षाको माग गरेको छ । लाहानमा घटेको यस प्रकारको हत्याको घटनाले मुलुकको सुरक्षा व्यवस्थामा प्रश्न चिन्ह खडा भएको बताउँदै महासंघले व्यावसायीक सुरक्षाको माग गरेको छ । लहान नगरपालिका २३ गढियाचोकमा सुनचाँदीको… पुरा पढौ

महामारीबीच वसन्त आरोहणले व्यवसायी उत्साहित, ३४ करोड रोयल्टी सङ्कलन

काठमाडौं, २९ चैत । कोभिड-१९ महामारीकाबीच उत्साहवर्धक रुपमा चलिरहेको वसन्त यामको हिमाल आरोहणबाट पर्यटन व्यवसायी निकै उत्साहित देखिएका छन् । सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमाल आरोहणमा आरोहीको आकर्षणले महामारीले शिथिल बनेको पर्यटन क्षेत्र चलायमान हुने उनीहरुको अपेक्षा छ । एकातर्फ प्रतिकूल परिस्थितिका बावजुद पनि पर्वतारोहणका लागि बाक्लो सङ्ख्यामा विदेशीको आगमन अर्कोतफ विशिष्ठ पाहुनाको आरोहणले नेपालको पर्वतीय पर्यटन तथा साहकिय पर्यटकीय गतिविधि सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन मद्दत पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले हालसम्म वसन्त… पुरा पढौ

यो साता ३ दिन शेयर बजार बन्द

काठमाडौं, २९ चैत । याे साता दुई दिन बिदा परेको कारण शेयर बजार तीन दिन मात्र खुल्ने भएको छ । साताको पहिलो दिन आज आईतबार उपत्यकामा घाेडे जात्राकाे सार्वजनिक बिदा परेको कारण शेयर बजार बन्द रहेको छ । बुधबार नयाँ वर्षको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहने भएको छ । आइतबारदेखि बिहिबारसम्म पाँच दिन अपरान्ह ३ वजेसम्म खुल्दै आएको शेयर बजार यो साता तीन दिन सोमबार, मंगलबार र बिहिबार मात्रै खुल्ने भएको हो । पुरा पढौ

‘मिनी ग्रेटवाल’ पर्यटकको पहिलो रोजाइ

तनहुँ, २९ चैत । बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट शुरु मुकुन्देश्वरी डाँडासम्म निर्माण गरिएको करीब चार किलोमिटर मिनी ग्रेटवाल पर्यटकको पहिलो रोजाइ बन्ने गरेको छ । बन्दीपुर गाउँपालिका कार्यालयले रु एक करोड खर्च गरेर चीनको जस्तै झझल्को दिने गरी निर्माण गरेको मिनिग्रेटवाल पर्यटकको आर्कषण बन्दै गएको हो । प्राकृतिक दृश्य अवलोकन र सुन्दरताका कारण ‘पहाडकी रानी’ उपनामले प्रसिद्ध कमाएको बन्दीपुरमा ‘मिनीग्रेटवाल’ निर्माणपछि पर्यटकको आगमनमा वृद्धि हुँदै गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले बताए । आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको… पुरा पढौ

भारतमा एकैदिन डेढ लाख बढी कोरोना सङ्क्रमित, नेपाल समेत उच्च जाेखिममा

नयाँ दिल्ली, २९ चैत । भारतमा कोरोनाभाइरसबाट एकै दिनमा डेढ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । एकै दिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो पटक भएको स्वास्थ्य अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा एक लाख ५२ हजार ८७९ जना सङ्क्रमित भएका हुन् । भारतमा पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा तिव्र बृद्धि हुँदै आएको छ भने पछिल्ला केही दिनदेखि दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा… पुरा पढौ

कुलिनरी प्रतियोगितामा ‘मुलबेरी’ बिजेता

पोखरा, २९ चैत । कुलिनरी आर्टस् सम्बन्धि पोखरामा भएको प्रतियोगितामा ‘मुलबेरी इन्स्टिच्यूट अफ हस्पिटालिटी’ बिजेता बनेको छ । सेफहरुको साझा संस्था होटल तालिम प्रदायक संघ नेपालले पहिलोपटक पोखरामा यस्तो खाले प्रतियोगिता गरेको हो । प्रतियोगितामा पोखरामा रहेर कुलिनरी र कुकिङसम्बन्धि तालिम दिईरहेका ६ वटा ट्रेनिङ सेन्टरहरुले संस्थागत रुपमा सहभागिता जनाएका थिए । प्रतियोगितामा राइनो होटल ट्रेनिङ सेन्टर दोस्रो र हिमालयन कलेज अफ हस्पिटालिटी म्यानेजमेन्टले तेस्रो प्रतियोगीको रुपमा पुरस्कृत भए । विजेता टोली मुलवेरीका तर्फबाट अंकित पंगेनी, राइनोका तर्फबाट सुवास गिरी… पुरा पढौ

चिकित्सा आयोगको टोली कर्णाली स्वास्थ्य विज्ञानकाे अनुगमनमा,अब जुम्लामै एमबिबीएस पढ्न पाइने

धनगढी,२९ चैत । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा चिकित्सा शिक्षा आयोगको टोली अनुगमनमा पुगेको छ । कर्णाली प्रतिष्ठानमा एमबिबीएस अध्ययनका लागि आवश्यक तयारीबारे अनुगमन गर्न डा सतीशकुमार देव नेतृत्वको टोली कर्णालीमा पुगेको हो । डा कालुसिंह खत्री, डा पवन हमाल, डा प्रकाश थापा, डा प्रतीक ज्ञवाली र नेपालगञ्ज नर्सिङ क्याम्पसका एक प्रतिनिधिसहितको टोली जुम्ला पुगेको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताए । टोलीले जुम्लामा एमबिबीएस पठनपाठनका लागि चाहिने बिरामी सङ्ख्या, अस्पतालको अवस्था, अस्पतालले गर्ने सेवाप्रवाहको अवस्था, शिक्षक, कक्षाकोठा, आधारभूत… पुरा पढौ

लुटेरा समूहद्वारा गोली हानी सुनचाँदी व्यवसायीको हत्या

लहान, २९ चैत । लुटेरा समूहले गए राती सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेका छन् । लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान–२२ निवासी ३८ वर्षीय प्रदीप विश्वकर्माको गोली हानी हत्या गरेका हुन् । सो क्रममा मृतक प्रदीपकी श्रीमती अमृता विश्वकर्मा घाइते भएको र उनको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मध्यराति आएका समूहले विश्वकर्मा दम्पती सुतिरहेको घरको ढोका फुटाएर सामान लुटपाट गर्न खोज्दा प्रतिकार गर्दा सो समूहले विश्वकर्माको गोली हानी हत्या गरेको… पुरा पढौ

हुम्लामा खाद्यान्न अभाव,७ हजार क्विन्टल चामल ढुवानी हुँदै

हुम्ला, २९ चैत । हुम्लामा खाद्य सामाग्री अभाव हुन थालेपछि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत हुम्ला लाई ७ हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको छ । जिल्ला खाद्य व्यवस्थापन समिति हुम्लाले माग गरेअनुसार उक्त कोटा स्वीकृत गरिएको हुम्ला शाखाका नायबसुब्बा भरत अधिकारीले जानकारी दिए । आर्थिक वर्ष २०७७/०७८ का लागि लिमिटेडको हुम्ला शाखाले गत फागुन २६ गते लिमिटेडको बिक्री वितरण विभाग, प्रधान कार्यालय काठमाडौंमा अनुरोध गरेपछि उक्त परिमाणको चामलको कोटा स्वीकृत भएको हो । “लिमिटेडले सिमकोट केन्द्रका लागि १४… पुरा पढौ

उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौं, २९ चैत । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेकाले एक तिहाइलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको नेपाली सेनाले जनाएको छ । भाइरसको सङ्क्रमण आम मानिसमा नफैलियोस् भनी सतर्कता अपनाउँदै यसो गरिएको हो । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय… पुरा पढौ