मुख्य समाचार

२०७७ को अन्तिम प्रि ओपनिङ सेसन : नेप्से ५.४१ अंकले बढ्याे

काठमाडौं, ३१ चैत । आज २०७७ साल को अन्तिम दिन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को परिसूचक कस्तो देखिएला भनेर लगानीकर्ताहरुमा उत्सुकता बढ्नु स्वाभाविकै हो । आजको प्रि ओपनिङ सेसनमा नेप्सेले सकारात्मक संकेत दिएको छ । यद्यपी क्लोजिङ समय अपरान्ह ३ वजेसम्म सूचकमा फेरबदल हुनसक्ने कुरालाई नकार्न सकिन्न । यो समाचार तयार पार्दासम्मको समय मध्यान्ह १२ वजेसम्म आउँदा नेप्सेमा दोहोरो अंकको बृद्धि देखिएको छ । नेप्से ५.४१ अंकले बढेर २६९६.९७ विन्दुमा पुगेको छ । नेप्से ०.२० प्रतिशतले बढेको छ ।… पुरा पढौ

फर्निचर उद्योगमा आगलागी हुँदा रु ५० लाख बढीको क्षति

खोटाङ, ३१ चैत  । फर्निचर उद्योगमा आगलागी हुँदा खोटाङमा रु ५० लाख बढीको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कमा सञ्चालित गणेश फर्निचर उद्योगमा आज बिहान भएको आगलागीमा रु ५० लाख ८६ हजार बराबरको क्षति भएको प्रहरीले बताएकाे छ । स्थानीय हर्कराज राईले सञ्चालन गरेको फर्निचर उद्योगमा विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताए। बिहान करीब ४ः३० बजेको समयमा शुरु भएको आगोले उद्योगमा रहेको मेसेनरी औजार,… पुरा पढौ

सूर्योदय लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज

काठमाडौं, ३१ चैत । सूर्योदय लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज आयोजना गरिएको छ । साधारण सभा स्याङजाको पुतलीबजार नगरपालिकामा रहेको सयपत्री पार्टी प्यालेसमा आयोजना गरिएको हो । सभामा १५.३५ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव तथा कर प्रयोजनका लागि ०.८१ प्रतिशत नगद लाभांशको प्रस्ताव पारिदै गरिदैंछ । कम्पनीको हाल कायम भएको २१ करोड ५० लाख ४२ हजार ९२५ रुपैयाँ चुक्ता पूँजीबाट उक्त बोनस दिईने भएको हो । बोनस वितरणपछि चुक्ता पूँजी २४ करोड ८० लाख ४२ हजार ९२५ पुग्ने भएको… पुरा पढौ

उपत्यकामा थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

काठमाडौं, ३१ चैत । सडक विभागले काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । चालु आर्थिक वर्षभित्रै उपत्यकाको जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गरिने विभागले जनाएको छ । काठमाडौं उपत्यकाका बढी सवारी चाप र यात्रुले सडक पार गर्ने स्थान छनोट गरी बत्ती जडान भइरहेको विभागले जनाएको छ । पाँच चोकमा र त्यहाँका आठ जेब्राक्रसिङमा जडान गरिने सवारी व्यवस्थापन तथा ट्राफिक शाखाका प्रमुख कृष्णनाथ ओझाले जानकारी दिए ।… पुरा पढौ

कोरोनाले फेरिदियो जिन्दगीको बाटो

म्याग्दी, ३१ चैत । काठमाडौँमा होटल व्यवसाय गरी बस्ने म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका दुर्गाबहादुर थापा सपरिवार गाउँमा फर्किएर केराखेती र कुखुरापालन गर्न लागेको ठीक एक वर्ष भयो । जीवनको उर्वर समय मलेशिया र विभिन्न खाडी मुलुकमा बिताएका ज्यामरुककोट सानालेखका धु्रव थापा गत वर्षदेखि गाउँमै तरकारी खेती गरेर बसेका छन् । जिल्लाको बेनी नगरपालिका–३ भकिम्लीका धनबहादुर छन्त्याल विश्वव्यापीरूपमा कोरोना महामारी शुरु भएपछि कतारस्थित कार्यरत कम्पनी बन्द हुँदा गाउँ फर्केर फलफूल खेती र पशुपालनमा जमेका छन् । त्यसैगरी मङ्गला गाउँपालिकाको अर्मनका… पुरा पढौ

आगामी आवमा अर्थतन्त्र २.७ प्रतिशतले बृद्धि हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं, ३१ चैत । निरन्तर खुकुलो गर्दै लगिएको सामाजिक दूरीको मापदण्ड र प्राथमिकता प्राप्त जनसङ्ख्यामा खोप लगाउने कार्य शुरु भएसँगै २०७८ मा २.७ प्रतिशतले नेपालको अर्थतन्त्र बृद्धि हुने प्रक्षेपण गरिएको छ । विश्व बैंकका अनुसार पछिल्लो समय मनसुनमा देखिएको अनुकूलताका कारण कृषि उत्पादन पनि राम्रो हुने अपेक्षा छ । कोभिड–१९ पश्चात्को पुनर्लाभलाई तीव्रता दिन र नेपाललाई हरित, उत्थानशील र समावेशी विकासतर्फ अगाडि बढाउन निर्यात दरिलो क्षेत्र हुनसक्ने विश्व बैंकको पछिल्लो नेपाल विकास अपडेटमा उल्लेख छ । प्रतिवेदनका अनुसार कोभिड–१९ पछिको… पुरा पढौ

वैशाख ११ गते धरहरा उद्घाटनको तयारी हुँदै

काठमाडौं, ३१ चैत । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गोरखा भूकम्पको छ वर्षका अवसरमा ऐतिहासिक सम्पदा धरहरा उद्घाटनको तयारी भएको बताएका छन । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले आयोजना गरेको भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रमको समापनमा उनले भूकम्प सङ्ग्रहालयलगायत संरचना पुनःनिर्माण बाँकी रहे पनि प्रतीकका रुपमा धरहरा आगामी वैशाख ११ गते उद्घाटन गरिने जानकारी दिए । भूकम्पले भत्किएका ९३ प्रतिशत घर पुनःनिर्माण सम्पन्न हुन लागेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए । भूकम्पले क्षतिग्रस्त ६१ प्रतिशत स्वास्थ्य संस्था,… पुरा पढौ

राष्ट्रिय सुरक्षाका लागि कूटनीतिक चातुर्य र आन्तरिक सुरक्षामा जोड

काठमाडौं, ३१ चैत । मुलुकको राष्ट्रिय सुरक्षा प्रवद्र्धनका लागि कूटनीतिक चातुर्य, आर्थिक विकास, सुरक्षा बलको सुदृढीकरण, कानूनी संरचना आलोचनात्मक नागरिक समाज, आकस्मिक तयारीलगायत विषयमा ध्यान दिनुपर्नेमा बुद्धिजीवीहरुले जोड दिए । आर्मी कमाण्ड एण्ड स्टाफ कलेज, शिवपुरी, काठमाडौँका आयोजनामा आज कलेजमा आयोजित ‘सङ्क्रमणकालमा राष्ट्रिय सुरक्षा चुनौतीहरु तथा नेपालका लागि अगाडिको बाटो’ विषयको राष्ट्रिय गोष्ठीमा उनीहरुले आन्तरिक सुरक्षा, स्वच्छ कर्मचारीतन्त्र, स्वस्थ्य मिडिया तथा शान्तिसेना र अन्य अन्तरराष्ट्रिय संस्थासँगको सहभागितामा जोड दिनुपर्ने सुझाव पनि दिए । राष्ट्रिय सुरक्षामा सेनाका अलावा राजनीतिक, आर्थिक तथा… पुरा पढौ

नेपालमा ६ खर्ब ४२ अर्ब बराबरको विप्रेषण भित्रियो

काठमाडौं, ३० चैत । चालु आर्थिक वर्षको ८ महिना अवधिमा ६ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको गत फागुन मसान्तसम्मको आर्थिक विवरणमा विप्रेषण आप्रवाह ८ . ६ प्रतिशतले वृद्धि भएको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५ प्रतिशतले वृद्धि भई ५ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.५ प्रतिशतले बढेको थियो । समीक्षा… पुरा पढौ

नयाँ कोराेना भाइरस पहिलेको भन्दा कडा, सतर्कता अपनाउन विज्ञकाे सुझाव

काठमाडौं, ३० चैत । कोभिड–१९ को नयाँ स्वरुपको भाइरस देखापरेपछि सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । पहिलेको भन्दा कडा खालको भाइरस रहेकाले विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले अहिले देखिएको भाइरसले कडा खालको रहेकाले सर्तकता अपनाउन आग्रह गरे । “पहिल्यैकै भाइरसको नयाँ स्वरुपमा अहिलेको भाइरस देखिएको छ । यसको अर्को मानिसमा सार्न सक्ने क्षमता पनि बढी हुन्छ”, उनले भने, “त्यसैले स्वास्थ्यकाे मापदण्ड अपनाई भाइरस सर्नबाट बच्नुपर्दछ ।” भाइरसको… पुरा पढौ