मुख्य समाचार

पत्रकार महासंघमा पोख्रेलको प्यानल विजयी

काठमाडौं, २८ चैत । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन् । आज सम्पन्न मतगणनामा अध्यक्षका प्रत्यासी निर्मला शर्मालाई हराउँदै पोख्रेल निर्वाचित भएका हुन् । निर्वाचन समितिका सदस्यसचिव भक्ति घिमिरेका अनुसार पोख्रेलले छ हजार ९४२ मत ल्याई विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी शर्माले तीन हजार ९१५ मत प्राप्त गरिन । अध्यक्षकै अर्का उम्मेदवार गजेन्द्रसिंह बुढाथोकीले ४९१ मत र रामप्रसाद दाहालले १५६ मत प्राप्त गरे । यही चैत २५ गते पहिलोपटक महासङ्घमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट मतदान गरिएको थियो… पुरा पढौ

जनउत्थान सामुदायिक लघुवित्तको ११ औं वार्षिकोत्सव

पोखरा, २८ चैत । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले शुक्रबार ११ औं वार्षिकोत्सव मनाएको छ । संस्थाका अध्यक्ष बाबुराम विश्वकर्माले निरन्तर यात्रामा विभिन्न चुनौती, आरोह अवरोहबीच पनि सेवा प्रभावकारी बनाउन, गरिबी घटाउन, आयस्तर बढाउन, सीपको परिचालनबाट जीवनस्तर उकास्न,संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । सो अवसरमा उत्कृष्ट बैंकिङ समुदाय र उत्कृष्ट शाखालाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो । कार्यक्रममा सञ्चालक, संस्थापक, कर्मचारी, विभिन्न समुहमा आवद्ध समुह सदस्य र भर्चुअल माध्यमबाट संस्थापक तथा विभिन्न शाखाका कर्मचारीको सहभागिता थियो । वार्षिकोत्सवको सन्दर्भमा… पुरा पढौ

१९ औं आहा ! रारा गोल्डकपको उपाधि संकटालाई, राजाबाबु बने उत्कृष्ट खेलाडी

पोखरा, २८ चैत । १९ औं संस्करणको आहा ! रारा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ ।पोखरा रंगशालामा शनिबार फाइनलमा संकटाले अफ्रिकन रुट एसोसिएसन, क्यामरुनलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । जितका लागि पेनाल्टी सुटआउमाट संकटाका लागि अमित तामाङ, सुवास गुरुङ, नेराज बस्नेत र आयुष घलानले गोल गरेका थिए । सरोज दाहालकै प्रहार विपक्षी किपरले बचाए । उता, अफ्रिकन रुट एसोसिएसनका एमबाकोपको प्रहार विपक्षी किपर राजाबाबु थापाले उत्कृष्ट सेफ गरे भने कुटीको पहिलो प्रहार नै खेर गएको… पुरा पढौ

ग्रीन डेभलपमेण्ट बैंकको लाभांश पारित

पोखरा, २८ चैत । आज पोखरामा सम्पन्न ग्रीन डेभलमपमेण्ट बैंकको आठौं वार्षिक साधारण सभाबाट ३.८ प्रतिशत वोनस शेयर र कर प्रयोजनार्थ ०.२० प्रतिशत नगद लाभाशं पारित भएको छ । होटल वाराहीमा सम्पन्न वार्षिक साधारण सभाले आ.व. २०७६/७७ को वित्तीय विवरण पारित गर्नुका साथै सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने दुई जना संचालकहरु निर्वाचित गरेको छ । साधारण सभावाट प्रकाश कुमार श्रेष्ठ र विश्व मोहन अधिकारी संचालक पदमा निर्विरोध निर्वाचित भएका छन । संचालक अधिकारी लेकसिटी होल्डिङस् प्रा.लिको प्रतिनिधिको रुपमा निर्वाचित भएका हुन… पुरा पढौ

भक्तपुरमा बिस्का जात्रा आजबाट शुरु

भादगाउँ, २८ चैत । सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आजबाट शुरु भएकाे छ । यो जात्रासँगै भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ । जात्रा आज साँझ टौमढीस्थित ङातापोल (पाँचतल्ले मन्दिर) अगाडिबाट भैल खः (भैरवनाथको रथ) तानातान गर्दै शुरुआत गरिन्छ । काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीन तल्ले रथमा रथभित्र भैरवनाथको मूल देवता र अगाडि बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने(माथिल्लो) र क्वने(तल्लो) टोलतर्फ तानातान गर्न थालेपछि यो वर्षको जात्रा शुरु हुन्छ ।… पुरा पढौ

हिमाली दृश्य अवलोकन गर्न पर्यटकको चहलपहल बढ्याे

रसुवा, २८ चैत । वसन्तऋतुको आगमनसँगै हिमाली प्राकृतिक छटाको अवलोकनका लागि यस क्षेत्रमा पर्यटक आउन थालेका छन् । लाङ्टाङ, गोसाइँकुण्ड एवं तामाङ सम्पदा मार्गबाट नजिकै देखिने हिमाल, प्राकृतिक छटा, लालिगुराँसका फुल, परम्परागत भेषभूषा तथा पदमार्गकै छेउमा पाइने चराचुरूङ्गी अवलोकनको उपयुक्त समय भएकाले पर्यटकको आगमन बढ्न थालेको हो । प दयात्राको लागि दैनिकजसो सरदरमा २०, २५ जना आन्तरिक पर्यटकको आगमन भइरहेको र आगन्तुकमा प्रायजसो युवा देखिएको प्रहरीले जनाएको छ । चिसोले पुस तथा माघ महिनामा जमेको पवित्र तीर्थ गोसाइँकुण्ड दहको पानी… पुरा पढौ

अल नेपाल होमियोप्याथिक एशोसिएसनकाे १०औं महाधिवेशन सम्पन्न, अध्यक्षमा डा. खगेन्द्र कटुवाल निर्वाचित

पोखरा, २८ चैत । पोखरामा सम्पन्न अल नेपाल होमियोप्याथिक एशोसिएसनको १० औं महाधिवेशनले डा. खगेन्द्र कटुवालको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । कार्यसमिति उपाध्यक्षमा डा. मीनराज भुषाल, डा. विरोधकुमार महतो, महासचिवमा डा. रामहरि श्रेष्ठ, सचिव डा. अनुप पन्थी, डा. शिशिर गिरी र डा. सुशीलकुमार कर्ण निर्वाचित भएका छन् । कोषाध्यक्ष पदमा डा. शंकरराज पौडेल, सहसचिव डा. मनोरमा जयसवाला र अब्दुल रहमान मियाँ निर्वाचित भएको निर्वाचन समिति संयोजक सुकदेव गौतमले जानकारी दिए । सदस्य पदमा टोपबहादुर थापा, डा. हिराकाजी श्रेष्ठ,… पुरा पढौ

नवीकरणीय ऊर्जा कार्यक्रम (रेरा)को दोस्रो चरण कार्यान्वयनमा

काठमाडौं, २८ चैत । आधुनिक ऊर्जाको सेवा नपाएका वा सेवामा थोरै पहुँच भएका प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशमा स्वच्छ ऊर्जाको पहुँच विस्तार गर्ने उद्देश्यले ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रम (रेरा) को दोस्रो चरण कार्यान्वयनमा आएको छ । नेपाल सरकार र जर्मन सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (बिएमजेड) को संयुक्त प्राविधिक सहयोगमा सञ्चालित सो कार्यक्रमको दोस्रो चरण अप्रिल २०२३ सम्म कार्यान्वयन हुनेछ । दोस्रो चरणको कार्यक्रम कार्यान्वयनसम्बन्धी सम्झौतापत्रमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारी र जिआइजेडका राष्ट्रिय… पुरा पढौ

सप्तकोशी, ग्रीन डेभलपमेन्ट बैंक र जानकी फाइनान्सको साधारण सभा आज

काठमाडौं, २८ चैत । दुई विकास बैंक तथा एक फाइनान्सकाे साधारण सभा आज हुदैछ । सप्तकाेशी डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र जानकी फाइनान्सकाे साधारण सभा हुने भएकाे हाे । सप्तकोशी डेभलपमेन्ट बैंक : सप्तकोशी डेभलपमेन्ट बैंकको १३औं वार्षिक साधारण सभा आयोजना गरिएको छ । साधारण सभा जीवन विकास समाज, कटहरी मोरङमा बिहान साढे १० बजेदेखि हुँदैछ । सभामा बैंकको वार्षिक प्रतिवेदन, लेखापरक्षिकको प्रतिवेदन, नाफा नोक्सान हिसाब, वित्तीय विवरण, नगद प्रवाह लगायतका विषयहरुमाथि छलफल गरेर पारित गर्ने कार्यक्रम रहेको छ… पुरा पढौ

इमर्जिङ नेपालले साधारण शेयर बिक्री गर्ने

काठमाडौं, २८ चैत । इमर्जिङ नेपाल लिमिटेडले साधारण शेयर बिक्रीका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले एक विज्ञप्ति प्रकाशन गरेर रुपैयाँ १०० अङ्कित दरका पाँच लाख ५५ हजार ६०० कित्ता साधारण शेयर बिक्री गर्न लागेको जानकारी दिएकाे हाे । शेयर बिक्रीका लागि एनआइसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गरिएको छ । सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको र छिट्टै साधारण शेयर बिक्री गरिने जनाइएको छ । पुरा पढौ