मुख्य समाचार

डेभलपमेण्ट बैंकर्स एसोसिएसनको नयाँ कार्यसमिति गठन, अध्यक्षमा मुक्तिनाथका सिइओ पोखरेल

काठमाडौं, २४ चैत । डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल सर्वसम्मत भएका छन् । एशोसियसनको मंगलबार भरतपुरमा १५ औं वार्षिक साधारणसभाले सर्वसम्मत् कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ चयन भए भने सचिवमा महालक्ष्मी बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा छन् । यस्तै, कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत कोषाध्यक्षमा चयन भएका छन् ।एशोसिएसनको सदस्यमा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश… पुरा पढौ

निजी क्षेत्रबाट प्रधान बने नेपाल एयरलाइन्सको सञ्चालक

काठमाडौं, २४ चैत । सरकारले राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सञ्चालक समिति सदस्यमा किशोर प्रधानलाई नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विराटनगर–१० मोरङकाका किशोरकुमार प्रधानलाई आज निगमको बोर्ड सदस्यमा नियुक्त गरेका हुन । मन्त्री ढकालले निगमको बोर्ड सञ्चालकमा चार वर्षका लागि प्रधानलाई नियुक्त गरेकाे पर्यटनमन्त्रीका प्रेस संयोजक माधवप्रसाद तिवारीले जानकारी दिए । नेपाल वायु सेवा निगम ऐन २०१९ को परिच्छेद २ को दफा ४ को उपदफा (१) बमोजिम प्रधानलाई नियुक्त गरिएको छ ।… पुरा पढौ

आवश्यक सामग्री उत्पादनमा आत्मनिर्भर हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई आवश्यक पर्ने सामग्री र वस्तुहरूको उत्पादन गरेर आत्मनिर्भर हुन निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७७/७८ मा रक्षा मन्त्रालयबाट सञ्चालित विकास तथा आयोजनाको दोस्रो चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरको विकास समस्या समाधान समितिको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिड १९ को सङ्क्रमण नियन्त्रण र रोकथामदेखि प्रकृति संरक्षण, विपद् व्यवस्थापन र पूर्वाधारहरूको निर्माण एवं राष्ट्रिय र ऐतिहासिक महत्वका गढी र किल्लाहरूको संरक्षणमा सेनाले खेलेको भूमिकाको प्रशंसा गरे । उनले नेपाली सेनालाई सैनिक… पुरा पढौ

नेप्से १५.७२ अंकले बढ्यो, ७ अर्ब ४७ करोड बढीको कारोबार

काठमाडौं, २४ चैत । शेयर बजारमा आज सकारात्मक संकेत देखिएको छ । आज नेप्से दोहोरो अंकले बढ्दा शेयर कारोबार सन्तोषजनक मानिएको छ । नेप्से परिसूचक आज १५.७२ अंकले बृद्धि भएर २६७४.४६ विन्दुमा पुगेको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो । नेप्से आज ०.५९ प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स ४.३४ अंकले बढेर ४७६.१८ विन्दुमा पुगेको छ । आज २१३ वटा कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ६१ लाख ८ हजार ४९९ कित्ता शेयर खरिदबिक्री भएको छ भने ७ अर्ब… पुरा पढौ

पर्यटकको चाप बढेपछि गाउँ फर्किँदै घरबास सञ्चालक

पर्वत, २४ चैत । गण्डकी प्रदेशकै उत्कृष्ट घरबास सुविधा भएको गाउँ पर्वतको चित्रेका स्थानीयवासी पर्यटक आगमन बढ्दै गएपछि पुनः गाउँ फर्कन थालेका छन् । गाउँमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्न थालेपछि पर्यटन व्यवसायकै निम्ति शहरबाट गाउँ फर्कनेको सङ्ख्या बढ्दै गएको छ । गाउँमा पर्यटकको चाप बढेकाले गाउँमै व्यवसाय गर्ने उद्देश्यले पोखराको होटल व्यवसाय छाडेर गाउँ फर्किएको मोदी गाउँपालिका–८ चित्रेका निशान गुरुङले बताए । घरबास सञ्चालन गर्न गाउँ आएको उनको भनाइ छ । “शहरमा भन्दा गाउँमै बसेर मनग्य आम्दानी… पुरा पढौ

प्रशासनद्वारा बिस्केट जात्रा मनाउन रोक, स्थानीयवासीद्वारा विरोध

भक्तपुर, २४ चैत । आठ रात नौ दिनसम्म भक्तपुरमा भव्यरूपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक पर्व बिस्केट जात्रा मनाउन जिल्ला प्रशासन कार्यालय भक्तपुरले रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले जात्रा, पर्व मनाउँदा यसको महामारी फैलिनसक्ने भन्दै जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (डिसिसिएमसी)को बैठकले जात्रा पर्व सञ्चालनलाई औपचारिकता एवं पूजामा मात्रै सीमित गर्ने निर्णय गरेको छ । केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी,… पुरा पढौ

रुरु जलविद्युत परियोजनाको आइपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं, २४ चैत । रुरु जलविद्युत परियोजनाको आइपीओमा आवेदन दिने आज अन्तिम मौका हो । परियोजनाले चैत २० गतेदेखि सर्वसाधारणको लागि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । कम्पनीले २० रुपैयाँ प्रिमियम थप गरेर सर्वसाधारणका लागि ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशन तथा बिक्रीका लागि खुल्ला गरेको थियो । जस्मा ८ हजार १५४ कित्ता कर्मचारीको लागि, २० हजार ३८५ कित्ता सामुहिक लगानी कोषका लागि र बाँकी रहेको ३ लाख ७९ हजार १६७ कित्ता शेयर सर्वसाधारणका लागि रहेको… पुरा पढौ

साल्ट ट्रेडिङ कर्पोरेशनले २५ प्रतिशत लाभांश दिने

काठमाडौं, २४ चैत । साल्ट ट्रेडिङ कर्पोरेशनले शेयरधनीहरुलाई २५ प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा आर्जन गरेको मुनाफाबाट लाभांश वितरण गर्ने जानकारी दिएकाे हो । कम्पनीका प्रबन्धक तथा सचिव उमेश कुमार ओझाका अनुसार कर्पोरेशनको सोमबार बसेको सञ्चालक समितिको वैठकले आर्थिक वर्ष २०७६/२०७७ को खुद मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ । यस्तै कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको प्रस्तावित लाभांश आगामी साधारण सभाले पारित गरेपछि… पुरा पढौ

नक्कली हवाई टिकट बेच्ने एनआरएनए पोर्चुगलका कोषाध्यक्ष निलम्बित

पोर्चुगल, २४ चैत । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले नक्कली हवाई टिकट बेच्ने सङ्घका कोषाध्यक्षलाई निलम्बन गरेको छ । सङ्घले नक्कली हवाई टिकट बेचेको घटना सार्वजनिक भएलगत्तै कोषाध्यक्ष विक्रमजङ्ग कुँवरलाई पदबाट निलम्बन गरेको हो । राजधानी लिस्बनमा सञ्चालित लक्ष्मी ट्राभलका सञ्चालक तथा एनआरएनएका कोषाध्यक्ष कुँवरले नक्कली हवाई टिकट बेचेको सेवाग्राहीहरुले आरोप लगाएका थिए । कुँवरको ट्राभलमार्फत पोर्चुगलबाट नेपाल जान ११ जनाले काटेको हवाई टिकटसहित विमानस्थलमा बोर्डिङ पासका लागि अनुरोध गर्दा डेस्कमा रहेका कर्मचारीले टिकट नक्कली भएको भन्दै फिर्ता गरेपछि… पुरा पढौ

किन गरिदैंछ अजोड इन्स्योरेन्सको कारोबार छानबिन ?

काठमाडौं, २४ चैत । नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्स लिमिटेडको धितोपत्र कारोबार सम्बन्धमा अध्ययन र छानबिन गर्न निर्देशकको संयोजकत्वमा समिति गठन गरेको छ । यही चैत १६ गते भएको कारोबारमा कैफियत देखिएको भन्दै बोर्डले उक्त छानबिन समिति गठन गरेको सहप्रवक्ता रुपेश केसीले जानकारी दिए । सो कम्पनीको हकप्रद शेयर निष्काशन गर्ने सूचना सार्वजनिक हुनु अगावै शेयर कारोबारमा वृद्धि भएको भन्दै बोर्डमा गुनासो प्राप्त भएको जनाइएको छ । त्यसदिनको कारोबारको अवस्था, प्रारम्भिक सुपरिवेक्षणमा देखिएको विवरण तथा कारोबारसम्बन्धी विवरण बोर्डमा पेश गर्न… पुरा पढौ