मुख्य समाचार

समस्या समाधानका निम्ति ‘राष्ट्रिय फ्रिक्वेन्सी नीति’ आउने

काठमाडौं, ९ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समुदायका निम्ति खोलिएका सामुदायिक रेडियो समुदायप्रति साँच्चिकै उत्तरदायी भए, नभएको बारे समीक्षा गर्नुपर्ने बताएका छन् । उनले रेडियो फिक्वेन्सीमा देखिएको समस्या समाधानका निम्ति ‘राष्ट्रिय फ्रिक्वेन्सी नीति’ बनाएर समाधान गरिने विश्वास दिलाए । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको २० औँ स्थापना दिवसका अवसरमा आज आयोजित ‘सामुदायिक रेडियोः नीतिगत बहस’ विषयक छलफलमा सरकारका प्रवक्ता गुरुङले राजनीतिक उद्देश्य पूरा गर्ने गरी मिडिया सञ्चालन नगर्न आग्रह गरे । सामुदायिक रेडियोको हकहितका लागि छाता सङ्गठनका… पुरा पढौ

नेप्से परिसूचक २४.०८ अंकले घट्यो, होटल र हाइड्रोपावर बाहेक सबै राताम्मै

काठमाडौं, ९ चैत । साताको दोश्रो दिन सोमबार आज शेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचक २४.०८ अंकले घटेर २५१४.३९ अंकमा पुगेको छ । आज नेप्सेमा ०.९५ प्रतिशतले गिरावट आउँदा सेन्सेटिभ इण्डेक्स ४.७९ अंकले घटेर ४४८.८० विन्दुमा रोकिएको छ । आज २११ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ९३ लाख १ हजार ३५८ कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब ३५ करोड, १३ लाख ५३ हजार ६२५ रुपैयाँ बराबरको कारोबार भएको छ ।आज होटल तथा पर्यटन र हाइड्रोपावर… पुरा पढौ

अरुण भ्याली हाइड्रोपावरको भयो ५० प्रतिशत हकप्रद शेयर समायोजन, मूल्य कति ?

काठमाडौं, ९ चैत । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य आज समायोजन भएको छ । कम्पनीको ५० प्रतिशत हकप्रद शेयरपछिको मूल्य समायोजन भई नयाँ मूल्य कायम भएको हो । नेपाल स्टक एक्सचेन्जले प्रतिकित्ता २४२ रुपैयाँ शेयर मूल्य निर्धारण गरेकोमा आजदेखि कम्पनीको यही मूल्यमा शेयर कारोबार खुलेको छ । हिजो अन्तिम कारोबार मूल्य शेयर प्रतिकित्ता ३१३ रुपैयाँ रहेकोमा त्यसको आधारमा मूल्य समायोजन गरिएको हो । कम्पनीले आगामी फागुन २५ मा १ बराबर ०.५ को अनुपातमा ९९ करोड ८३ लाख २३… पुरा पढौ

महाकाली करिडोर : ब्रह्मदेव क्षेत्रको ‘इआइए’ दशकपछि स्वीकृत

महेन्द्रनगर, ९ चैत । कञ्चनपुरबाट उत्तर दार्चुला हुँदै चीनसित जोड्ने नाकाका रुपमा विकास गर्न विस्तार थालिएको महाकाली करिडोरको ‘जिरो प्वाइन्ट’ (ब्रह्मदेव क्षेत्र) को झण्डै बाह्र वर्षपछि वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भएको छ । विसं २०६५ देखि शुरु भएको महाकाली करिडोर दार्चुला तिंकर सडक योजनाकाको शुरुआत विन्दुमा अझै काम अघि बढ्न सकेको थिएन । महाकाली करिडोर दार्चुला तिंकर सडक योजनाकाका इञ्जिनीयर राजकिशोर सिंहले योजनाको शुरुआत बिन्दु ब्रह्मदेव क्षेत्रको रुख कटानको काम ‘इआइए’ नहुँदा लामो समयदेखि रोकिएको बताए । “ईआइए स्वीकृत भएसँगै… पुरा पढौ

सडक पुगेपछि फेरियो चिमखोला र कुइनेमङ्गलेको परिचय

गलेश्वर, ९ चैत । यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य र विकासका पूर्वाधारका सुविधा नभएको म्याग्दीको कुइनेमङ्गले गाउँको परिचय अहिले भने फेरिएको छ । जिल्लाको रघुगङ्गा गाउँपालिका–८ मा पर्ने कुइनेमङ्गलेको घ्यासीखर्कमा यातायातका साधन पुगेपछि गाउँको सौन्दर्यमा शिक्षा, स्वास्थ्य र जनचेतनाको विकासले निखारता ल्याएको छ । गलेश्वरदेखि कुइनेमङ्गलेसम्म ३६ किलोमिटर सडकको ट्र्याक निर्माणमा स्थानीय सरकारसँगै सङ्घीय र प्रदेश सरकारको समेत साझेदारी रहेको छ । तीन वर्षको लगातारको प्रयासपछि सडकको ट्र्याक निर्माणले पूर्णता पाएपछि गत फागुनको दोस्रो साता दर्मिजा, चिमखोला र कुइनेमङ्गले गाउँमा सडक… पुरा पढौ

राष्ट्रपति भण्डारी बङ्गलादेश प्रस्थान

काठमाडौं, ९ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको दुई दिवसीय राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकी छन् । उनी बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेकी हुन । राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको जहाजबाट बङ्गलादेश प्रस्थान गरेकी हुन । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री… पुरा पढौ

प्रधानमन्त्री कृषि परियोजना मार्फत प्रदेश १ का ४४ हजारलाई रोजगारी

विराटनगर, ९ चैत । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले प्रदेश–१ का करिब ४४ हजार मानिसलाई स्थायी रोजगारी सिर्जना गर्ने भएको छ । दशवर्षे यो परियोजना विसं २०७३ देखि लागू भएको छ भने यसबाट प्रदेशमा आठ लाख ७० हजार मानिसले आंशिक रोजगारी पाउने छन् । चार लाख ७१ हजार हेक्टर जमीनबाट वर्षेनी ६६ लाख मेट्रिक टन कृषि उत्पादन हुने उद्देश्यसहित सञ्चालित यो परियोजनालाई सफल सञ्चालन एवं कार्यान्वयनमा दक्ष जनशक्तिको अभाव देखिएको आज यहाँ आयोजित समीक्षा गोष्ठीमा जानकारी दिइएको छ । धान, गहुँ,… पुरा पढौ

रक्सौल-काठमाडौं रेलमार्ग निर्माण समझदारीमा हस्ताक्षर गर्न महानिर्देशकलाई अख्तियारी

काठमाडौं, ९ चैत सरकारले रक्सौलदेखि काठमाडौंसम्म ‘ब्रोड गेज’ रेलमार्गको निर्माण कार्य आगाडि बढाउन नेपाल सरकार र भारत सरकारबीच हुने समझदारीपत्रलाई स्वीकृत गरी त्यसमा हस्ताक्षर गर्न रेल विभागका महानिर्देशकलाई अख्तियारी दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्का विभिन्न मितिमा बसेका बैठकहरुको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बैठकले हुलाकी सडकअन्तर्गतको खण्डमा निर्माण र स्तरोन्नति अघि बढाउन रूख कटानको स्वीकृति दिएको बताए । हुलाकी सडक निर्देशनालयलाई धनगढी–भजनी–सती खण्डमा निर्माणका लागि कैलाली जिल्लामा सुइटी, वसन्तीलगायत चार सामुदायिक वनमा… पुरा पढौ

प्रभु क्यापिटलले सञ्चालन गर्याे विद्यार्थीको लागि शेयर बजार सम्बन्धी आधारभूत तालिम

काठमाडौं, ८ चैत । प्रभु क्यापिटल लिमिटेडले काठमाण्डौ मण्डिखाटारस्थित इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस) संस्थाको सहकार्यमा संस्थाको कार्यालय मण्डिखाटारमा शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रममा करिब संस्थामा आबद्ध २० जना कर्मचारीहरुको सहभागीता रहेको थियो । यसैगरी क्यापिटलले काठमाण्डौको कालिकास्थानमा रहेको प्लाटिनम कलेजका विविए संकाय अन्तरगतका विद्यार्थीहरुको लागि शेयर बजार सम्बन्धी ३ दिने आधारभूत तालिम कार्यक्रम शुरुवात गरेको छ । चैत्र ८ गतेबाट शुरु भएको तालिम चैत्र १० गते सम्म ३ दिन… पुरा पढौ

भारतमा कोरोना संक्रमित बढेपछि नेपालमा सतर्क रहन आग्रह

काठमाडौं, ८ चैत । भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढेपछि सरकारले नेपालमा पनि स्वास्थ्य सुरक्षा सतर्कता बढाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी भारतमा कोरोना भाइरस संक्रमण बढ्दो क्रममा रहेकाले नेपालमा पनि संक्रमण बढ्न सक्ने भन्दै सचेत हुन आग्रह गरेको छ । प्रवक्ता डा जागेश्वर गौतमले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न भन्दै उनले कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर रोकथाममा सहयोग गर्न अनुरोध गरेका हुन् ।… पुरा पढौ