मुख्य समाचार

लायन्स डिष्ट्रिक्ट ३२५बि १ नेपालको नवौं कन्भेन्सन पोखरामा हुने

पोखरा, ८ चैत । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५बि १ नेपालको नवौं कन्भेन्सन चैत १४ गते पोखरामा हुने भएको छ । पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने लायन्स कन्भेन्सनमा करिब ४ हजार लायन्स सदस्यहरुको जमघट हुने आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा कन्भेनर शिवराज आचार्यले सफल आवाजलाई जानकारी दिए । कन्भेन्सनको तयारी अन्तिम चरणमा पुगेको र सहभागिताका लागि प्रि–रजिष्टेसन गर्नेहरुको संख्या उत्साहजनक रहेको डिष्ट्रिक्ट गभर्नर मन रोकाले बताए । कोरोनाका कारण सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा उत्साह थप्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको… पुरा पढौ

राष्ट्रपति वायु सेवा निगमको जहाजमार्फत बङ्गलादेश प्रस्थान गर्ने

काठमाडौं, ८ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजमार्फत बङ्गलादेश जाँदै छिन् । उनी यही चैत ९ र १० गते त्यहाँको राजकीय भ्रमण गर्दै छिन् । निगमको कलसाइन ९ एकेएक्स उडान नं आर ए ००१ जहाजमार्फत राष्ट्रपति सार्क मुलुक बङ्गलादेश प्रस्थान गर्ने उडान तालिका रहेको प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन्। काठमाडौँ बङ्गलादेश उडान अनुमानित एक घण्टा १० मिनेटको हुनेछ । राष्ट्रपति भण्डारी चैत १० गते बङ्गलादेशी समयानुसार अपराह्न… पुरा पढौ

मिर्मिरे लघुवित्तको शेयर मूल्य समायोजन, चैत १८ मा साधारण सभा

काठमाडौं, ८ चैत । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेमा मिर्मिरे लघुवित्तको ९.१९ प्रतिशत मूल्य समायोजन भएकाे हाे । मूल्य समायोजन गरेपछि शेयर मूल्य १३७१ रुपैया निर्धारण गरिएको छ । यसैको आधारमा कम्पनीको शेयर काराेबार हुने भएको छ । नेप्सेले अन्तिम कारोबार मूल्य १४९७ रुपैयाँ समायोजन गरेको हो । यसैबीच, लाभांश पारित गर्न मिर्मिरे लघुवित्तको साधारण सभा चैतको १८ गते बोलाईएको छ । साधारण सभा प्रयोजनका लागि आज बुक क्लोज गरिएको… पुरा पढौ

नेप्से ६०.९९ अंकले बढ्यो, ५ अर्ब ८४ कराेड बढीकाे काराेबार

काठमाडौं, ८ चैत । साताको पहिलो दिन आईतबार शेयर बजारमा हरियाली छाएको छ । नेप्सेमा आएको सुधारले लगानीकर्ताहरुमा उत्साह थपिएको छ । आज नेप्से ६०.९९ अंकले बढेर २५३६.०७ विन्दुमा पुगेको छ । नेप्से आज २.४६ प्रतिशतले बढेको हो । सेन्सेटिभ इण्डेक्स भने ८.५१ अंकले बृद्धि भएर ४५२.६६ विन्दुमा पुगेको छ । आज २०६ कम्पनीहरुको शेयर कारोबार भएको छ । १ करोड २२ लाख ७० हजार ९७३ कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब ८४ कराेड ५३ लाख ४ हजार ३९४ रुपैयाँ… पुरा पढौ

निफ्राले भन्यो : ३० मिलियन डलरको बण्ड ल्याउने योजना पहिलेकै रणनीतिक हिस्सा हो

काठमाडौं, ८ चैत । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ३० मिलियन डलरको बण्ड ल्याउने विषयमा बाहिर आएको समाचारका सम्बन्धमा नेपाल स्टक एक्सचेन्जलाई स्पष्टिकरण पेश गरेको छ । बैंकले नेप्सेलाई लेखेको स्पष्टिकरण पत्रमा ३० मिलियन डलरको बण्ड जारी गर्ने विषय बैंकको रणनीति भित्रको एक हिस्सा भएको लेखिएको छ । बैंकले आफ्ना वार्षिक प्रतिवेदनहरु र साधारण शेयर निष्काशनको लागि तयार गरिएको विवरणपत्रमा समेत यसअघि नै खुलस्त पारिसकेको विषय हो भनेको छ । यस्तै नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा बैंकको शेयर सूचीकरण हुनु अगावै बण्ड जारी… पुरा पढौ

दर्जन गाउँकै पुर्जा अरुको नाममा, स्थानीय चिन्तित

कावासोती, ८ चैत । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–४ हसौरा क्षेत्रका स्थानीयवासी आफूले जोतभोग गरेको जग्गाको पुर्जा अर्कैको नाममा हुँदा चिन्तित बनेका छन् । हसौरा, चिलाहा, सालघारी, चिलाहा खोलापारि, स्कूलटोल, बगनासे, कुसनरी, सातबिघा, बीचटोल, ढुङ्गेनीका बासिन्दा पुर्जाविहीन बन्दा समस्यामा परेका छन् । लामो समयदेखि बसोबास गरेको जमिन भूमाफियाले आफ्नो नाममा पुर्जा बनाउँदा यस क्षेत्रका बासिन्दा समस्यामा परेका हुन् । यहाँको ७० बिघा जग्गा करिब २५ जनाले आफ्नो नाममा पुर्जा निकालेका छन् । पुर्जा निकाल्नेहरु काठमाडौं, धादिङ, पोखरा, वीरगञ्जलगायतका व्यक्ति… पुरा पढौ

सनराइज ब्लूचिप फण्डमा लगानीका लागि थपियो आवेदन दिने म्याद चैत १६ गतेसम्म

काठमाडौं, ८ चैत । सनराइज क्यापिटल लिमिटेडले चैत १ गतेदेखि खुला गरेको सनराइज ब्लूचिप फण्ड’ को १० करोड इकाईको बिक्रीको लागि आवेदन दिने म्याद चैतको १६ गतेसम्म थप गरिएको छ । सनराइज म्युचुअल फण्ड अन्तर्गत ल्याईएको उक्त योजनाका लागि यसअघि लगानीकर्ताले छिटाेमा चैत्र ४ गतेसम्म आवेदन दिन सक्ने बताईएको थियो । आवेदनका लागि लगानीकर्ताले चैत १६ गतेसम्म सी आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुका शाखा, मेरोशेयर एप्सबाट इकाईका लागि आवेदन दिन सक्नेछन् । सनराइज क्यापिटलले प्रतिइकाई १० को दरले… पुरा पढौ

नेपाल इन्स्योरेन्सले बोलायो चैत २७ मा साधारण सभा, कति दिदैछ लाभांश ?

काठमाडौं, ८ चैत । नेपाल इन्स्योरेन्सको साधारण सभा चैत २७ गते बोलाईएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलााई वितरण गर्ने भनिएको प्रस्तावित लाभांश पारित गर्ने छ । साधारण सभाले संचालक समितिले प्रस्ताव गरेको १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्ने भएको छ । हाल कायम भएको चुक्ता पूँजीको ८ प्रतिशत बोनश तथा कर प्रयोजनका लागि २ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्तावलाई पारित गर्ने भएको छ । यस्तै साधारण सभाबाट रिक्त रहेको एक संचालकको पद समेत… पुरा पढौ

नेपाल पत्रकार महासङ्घको निर्वाचनः आज मतदाता नामावली प्रकाशन गरिदैं

काठमाडौं, ८ चैत । नेपाल पत्रकार महासङ्घ केन्द्रीय निर्वाचन समितिले चैत २५ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ । निर्वाचन कार्यक्रमअनुसार आज बेलुकी ५ः१५ बजे मतदाता नामावली प्रकाशन गरिदैंछ । मतदाता नामावली उपर दाबी विरोध चैत ९ गते दिउँसो १२ः३० बजेदेखि चैत १० गते दिउँसो १२ः३० बजेसम्म गर्ने गरी तोकिएको महासङ्घका सचिव प्रकाश थापाले जानकारी दिएका छन् । मतदाताको अन्तिम नामावली चैत ११ गते दिउँसो ४ बजे प्रकाशन गरिने छ । यसैगरी उम्मेदवारी मनोनयन चैत १२ गते बिहान १०ः३०… पुरा पढौ

एमाले संसदीय दलको विधान संशोधन प्रस्ताव पारित

काठमाडौं, ७ चैत । नेकपा (एमाले)को संसदीय दलको विधान संशोधनसहितको प्रस्ताव पारित गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज संसदीय दलको बैठकले २०७२ सालमा बनेको संसदीय दलको विधानलाई संशोधनसहित पारित गरेको हो । एमालेका मुख्य सचेतक विशाल भट्टराईले संसदीय दलको विधान पुरानो भएकाले संशोधनसहित पारित गरिएको जानकारी दिए । उनले संसदीय दलको संशोधित नयाँ विधानले संसदीय दलका नेताले पार्टी निर्णय र हितविरुद्ध काम गर्ने सांसदलाई बढीमा छ महीनासम्म निलम्बन गर्ने व्यवस्था गरेको जानकारी दिए । यसैगरी दलको विधानमा संसदीय दलका नेताले… पुरा पढौ