मुख्य समाचार

होलीमा भिडभाड नगर्न जिल्ला प्रशासन कार्यालय काभ्रेको आग्रह

काठमाडौं, १० चैत । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले फागु पूर्णिमा (होली) तथा विभिन्न पर्व र जात्रा मनाउने क्रममा भीडभाड नगर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराज पोखरेलले मंगलबार सूचना जारी गर्दै सो आग्रह गरेका हुन् ।यस्तै, घरबाहिर निस्कँदा वा यात्रा गर्दा मास्क, सेनिटाइजर र सामाजिक दूरी सम्बन्धी मापदण्ड पालना गर्न तथा सार्वजनिकस्थलमा हिडडुल गर्दा मास्क नलगाउनेलाई संक्रमण रोग ऐन, २०२० बमोजिम कारबाही हुने जनाइएको छ । छिमेकी मुलुक भारतबाट कोभिड–१९ संक्रमण दर तीव्र वृद्धि भइरहेकोले सोको प्रभाव नेपालमा… पुरा पढौ

किसान लघुवित्तको शेयर कारोबार रोक्का, स्पष्टिकरण दिन नेप्सेद्वारा निर्देशन

काठमाडौं, १० चैत । किसान लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना समयमै पेश नगरेको भन्दै शेयर कारोबारमा रोक्का लगाएको जनाएको छ । यस्तै संस्थाले सूचना परिवर्तन नगरेको कारण देखाउँदै किसान लघुवित्तको शेयर कारोबार रोक्का गरेको बताएको छ । संस्थालाई ३ दिनभित्र समयमै किन सूचना नदिएको हो यसका बारेमा स्पष्टिकरण दिन भन्दै नेप्सेले निर्देशन दिएको हाे। संस्थाले चैतको ८ गतेको वार्षिक साधारण सभाको सूचनामा १०० प्रतिशत हकप्रद शेयर जारी… पुरा पढौ

नेप्से १४.५७ अंकले बढ्यो, ५ अर्ब १४ करोड बढीको कारोबार

काठमाडौं, १० चैत । शेयर बजार आज उकालो लागेको छ । नेप्से परिसूचक १४.५७ अंकले बृद्धि भई २५२८.९५ विन्दुमा पुगेको छ । नेप्से ०.५८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.०९ अंकले बृद्धि भई ४४८.८९ विन्दुमा पुगेको हो । आज कुल २०८ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड २७ लाख ६ हजार ७१० कित्ताको शेयर खरिदबिक्रीबाट ५ अर्ब १४ करोड १८ लाख ९७ हजार १६९ रुपैयाँ बराबरको कारोबार भएको छ । आज शेयर कारोबार भएका १३ वटा उपसमूहमध्ये ६… पुरा पढौ

लुम्बिनीमा पर्यटक बढ्दै, बन्दाबन्दीपछि १ लाख ४२ हजारले गरे भ्रमण

सिद्धार्थनगर, १० चैत । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण प्रभावित भएको लुम्बिनी घुम्न आउने पर्यटकको सङ्ख्यामा केही हप्तायता दिनानुदिन वृद्धि हुँदै गएको छ । बन्दाबन्दी पछि नेपाली तथा विदेशी गरी एक लाख ४२ हजार बढीले लुम्बिनीकाे भ्रमण गरेका छन् । लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार लुम्बिनी घुम्न आउने पर्यटकहरुको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो तथ्याङ्कअनुसार लुम्बिनी घुम्नेमा आन्तरिक पर्यटकको सङ्ख्या नै अत्यधिक रहेको छ । कोषको तथ्याङ्कअनुसार बन्दाबन्दी खुलेपछि एक लाख ४१ हजार ५७९… पुरा पढौ

बङ्गलादेशसँगको आर्थिक साझेदारीमा नयाँ आयाम थपिने छ : परराष्ट्रमन्त्री

ढाका, १० चैत । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी बङ्गलादेशको राजकीय भ्रमणका क्रममा भएका द्विपक्षीय भेटवार्ता र समझदारीले दुई देशबीचको आर्थिक साझेदारीमा नयाँ आयाम थप्ने बताएका छन् । मन्त्री ज्ञवालीले दुई देशको व्यापारिक सम्बन्ध विस्तारका लागि भारतसँगको सहयोग र सम्बन्ध विस्तारमा पनि दुवै देशले समान प्राथमिकता दिएको बताए । मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणका रहेकी राष्ट्रपति भण्डारी र बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच भएकाे द्विपक्षीय भेटवार्ता र छलफलमा उक्त कुरा राखिएको मन्त्री ज्ञवालीले बताए । भ्रमणमा संलग्न… पुरा पढौ

सिंगटी हाइड्रोको आइपीओमा पर्याे मागभन्दा ७ गुणा बढी आवेदन

काठमाडौं, चैत १० । सिंगटी हाइड्रो इनर्जीले निष्काशन गरेको आइपीओमा माग गरेभन्दा ७ गुणा बढी लगानीकर्ताले आवेदन पेश गरेका छन् । पछिल्लाे विवरणका अनुसार सिंगटि हाइड्रोको शेयरमा १२ लाख २५ हजार २६८ जनाले आवेदन पेश गरेका छन् । उनीहरुले १ करोड ९० लाख ७९ हजार ७३० कित्ता शेयरका लागि आवेदन पेश गरेका शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सले जानकारी दिएको छ । कम्पनीले चैतको ६ गते प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले सर्वसाधारणका लागि २९ लाख साधारण शेयर निष्काशन… पुरा पढौ

कोरोनाका कारण मानसिक स्वास्थ्य समस्या बढ्दो

काठमाडौं, १० चैत । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुकमा मानसिक स्वास्थ्य समस्याको जोखिम बढ्दो रहेको मनोविद्ले बताएका छन् । कोरोनाका कारण परिवार र समाजमा परेको नकारात्मक असरले मानिसमा कुनै न कुनैरूपमा मानिसक समस्या देखापरेकाले त्यसको न्यूनीकरणका लागि मनोपरामर्श जरुरी रहेको मनोविद्को सुझाव छ । काठमाडौँमा द स्कूल अफ साइकोलोजी नेपालद्वारा सञ्चालित छ महिने मनोविमर्श तालिमको सोमबार समापनका क्रममा मनोविद् डा नरेन्द्रसिंह ठगुन्नाले कोभिड–१९ ले रोजगारी अभाव, आर्थिक समस्या, घरेलु हिंसा तथा आघातजन्य घटनाका कारण मानिसमा… पुरा पढौ

पुनःनिर्मित घरमा संरचना विस्तारकाे कार्यविधि तयार

काठमाडौं, १० चैत । भूकम्पपछि पुनःनिर्माण भएका ‘लोड वियरिङ’ घरहरुमा कोठा तथा तला थप्न चाहने लाभग्राहीलाई बाटो खुलेको छ । यस्ता लाभग्राहीलाई मध्यनजर राखेर तयार गरिएको कार्यविधिमाथि बृहत् अन्तरक्रिया गरिएको छ । कार्यविधिमाथि विभिन्न सरकारी निकायका अधिकारी, राष्ट्रिय–अन्तर्राष्ट्रिय विज्ञ, स्थानीय जनप्रतिनिधि, पुनःनिर्माणमा खटिएका प्राविधिक एवं विकास साझेदार प्रतिनिधिबीच अन्तरक्रिया भएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) ले भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) को प्राविधिक सहयोगमा कार्यविधि तयार पारेको हो । कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत… पुरा पढौ

राष्ट्रपति भण्डारी र समकक्षी हमिदबीच भेटवार्ता

ढाका, १० चैत । मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र बङ्गलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच गए राति दुईपक्षीय भेटवार्ता भएको छ । भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायत दुवै देशका उच्चपदस्थ अधिकारी सहभागी थिए । भेटवार्तापछि सबै राष्ट्रपति हमिदले सोही भवनमा आयोजना गरेकाे सांस्कृतिक कार्यक्रम र रात्रिभोजमा सहभागी भए । बङ्गलादेशको राष्ट्रपति निवास बङ्ग भवनमा सोमबार राति भएको भेटवार्तापछि उनीहरुको उपस्थितिमा दुई देशबीच पर्यटन, संस्कृति,… पुरा पढौ

नेपाल र बङ्गलादेशबीच ४ वटा समझदारीपत्रमा हस्ताक्षर

ढाका, १० चैत । नेपाल र बङ्गलादेशबीच दुवै राष्ट्रका राष्ट्राध्यक्षका उपस्थितिमा चार विषयको समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र उनका समकक्षी मोहम्मद अब्दुल हमिदका उपस्थितिमा बङ्गलादेशको राष्ट्रपति कार्यालय, बङ्गबन्धु भवनमा पर्यटन सहयोग, सरसफाइ, सांंस्कृतिक आदानप्रदान र रोहनपुर –सिंहबाद रेलमार्गसम्बन्धी सझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादवप्रसाद कोइराला र बङ्गलादेशी नागरिक उड्डयन सचिव मोहम्मद मकामेल हुसेन, नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई र बङ्गलादेशी वरिष्ठ कृषि सचिव मोहम्मद… पुरा पढौ