मुख्य समाचार

खानेपानीकाे महत्वाकांक्षी आयोजना: पाेखरेलीले पिउनेछन्, सिधैं धाराको पानी

पोखरा, २ चैत । पोखराको सडक छेउमा घेरो लगाइन्छ । खटिएका कामदार सबैले सुरक्षा विधि अपनाउँछन् । र, अत्याधुनिक मेसिन सहयोगमा शारीरिक परिश्रम खन्याउँछन् । यस्तो कार्य तपाईले पोखरा सहरमा विभिन्न १५ स्थानमा देख्न सक्नुहुनेछ । हरेक स्थानमा इञ्जिनियर, सेफ्टी, फोरमेन लगायत गरी कम्तीमा १५ जना छन् । यसरी कुल २ सय २५ जना बढीले एकै पटक धमाधम काम गरिररहेका छन् । यो हो–पोखरेलीलाई शुद्ध खानेपानी खुवाउने महत्वाकांक्षी ८ अर्बको खानेपानी आयोजना । यही गतिमा काम भयो भने अबको १८… पुरा पढौ

ग्रीन डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं, २ चैत्र । ग्रीन डेभलपमेन्ट बैंकले चैत्र २८ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभामा बैंक संचालक समितिले प्रस्ताव गरेको ४ प्रतिशत लाभांशको प्रस्तावलाई पारित गरिनेछ । बैंकका अनुसार चुक्ता पूँजीको १ प्रतिशतले हुने ५० लाख रुपैयाँ बराबरको बोनश शेयर, आर्थिक वर्ष २०७६/२०७७ को वितरण योग्य मुनाफाबाट २.८० प्रतिशतले हुने १ करोड ४० लाख रुपैयाँ र कर प्रयोजनार्थ ०.२० प्रतिशतले हुने १० लाख नगदसहित ४ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरिएको छ । साधारण सभाका लागि बैंकले… पुरा पढौ

काष्ठमण्डप पुनःनिर्माण तीव्र, १० प्रतिशत मात्र काम बाँकी

काठमाडौं, २ चैत । काष्ठमण्डप पुनःनिर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ । आगामी वैशाख महिनामा नै सक्ने गरी तीव्ररूपमा निर्माण भइरहेको छ । निर्माणअन्तर्गत अहिले काठ, माटो र झिङ्गटीबाट छानो छाउने काम भइरहेको छ । निर्माणका लागि अहिले दैनिक ३५ कामदार नियमितरूपमा खटिइरहेका छन् । छानोमा प्रयोग भइरहेको माटो अरुभन्दा अलि विशेष किसिमको हुने हुँदा पानीले भिज्दा पनि असर नगर्ने किसिमको हुन्छ । पुनःनिर्माणको शुरुको समयमा निर्माणका लागि आवश्यक पर्ने काठ, इँटाजस्ता निर्माण सामग्री समयमा उपलब्ध गराउन नसक्दा पनि… पुरा पढौ

कर्णालीका पाँच जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा

जुम्ला, २ चैत, कर्णाली प्रदेशका १० मध्ये पाँच जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् । सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुम (पश्चिम)मा मात्र राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ । जुम्ला, कालीकोट, मुगु, हुम्ला र डोल्पा राष्ट्रिय प्रसारण लाइन कहिले पुग्ने हो भन्ने टुङ्गो छैन । राष्ट्रिय लाइन आउने आशा नै मारिसकिएको जुम्ला नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए । विद्युत् उत्पादनका स्रोत पर्याप्त हुँदाहुँदै पनि अँध्यारोमा बस्नुपर्ने माथिल्लो कर्णालीका बालबालिका, महिला र ज्येष्ठ नागरिकका पीडाले केन्द्र सरकारलाई छुन… पुरा पढौ

ढोरपाटन शिकार आरक्षको १८५ हेक्टर जमिन अतिक्रमण

बागलुङ, २ चैत । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षको संरक्षणमा चुनौती थपिँदै गएको छ । आरक्षणमा नेपाली सेनाको उपस्थिति पछि चोरी शिकारीमा उल्लेख्य कमी आए पनि जग्गा अतिक्रमण भने रोकिएको छैन । ढोरपाटन शिकार आरक्ष कार्यालयले आरक्षको १८५ हेक्टर जमिन अतिक्रमण भएको जनाएको छ । कार्यालयले निकालेको वार्षिक प्रतिवेदन २०७६/०७७ मा शिकार आरक्षको विभिन्न ३४ स्थानमा करिब १८५ हेक्टर जमिन अतिक्रमण भएको उल्लेख छ । अतिक्रमित जग्गामा ३११ घरधुरी रहेको आरक्षले जनाएको छ । कार्यालयले बेलाबेलामा स्थानीयवासीलाई भेला… पुरा पढौ

नागढुङ्गा-कलङ्की सडकखण्डमा वृक्षरोपण गरिने

काठमाडौं, २ चैत । चन्द्रागिरि नगरपालिकाले नागढुङ्गा–कलङ्की सडकखण्डमा वृक्षरोपण गरिने भएको छ । काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले हरियाली र नमूना नगरपालिका निर्माणका लागि राजमार्गको बीच भागमा वृक्षरोपण गर्न लागेको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले नागढुङ्गा–कलङ्की सडकखण्डमा बोटबिरुवा र फूलहरु रोप्नका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा रु ५० लाख रकम विनियोजन गरेको जानकारी दिए । “देशको राजधानी भित्रिने मुख्य राजमार्गलाई नमूना राजमार्ग बनाउनका लागि बिरुवा रोप्ने र तारजाली हाल्ने काम शुरु गर्न लागेका छौँ”, उनले भने। यस्तै चन्द्रागिरिले… पुरा पढौ

प्रम कृषि आधुनिकीकरण परियोजनाद्वारा बाली छनोट

काभ्रेपलाञ्चोक, २ चैत । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ काभ्रेपलाञ्चोकले जिल्लामा राष्ट्रिय महत्वका प्राथमिकता प्राप्त बालीको छनोट गरेको छ । जिल्ला परियोजना समन्वय तथा अनुगमन समितिको बैठकले खाद्यान्न, पशुपालन तथा तरकारीजन्य बालीलाई प्राथमिकतामा राखेको हो । छनोट गरिएकामा धान, मकै, गहुँ, तरकारी, आलु, सुन्तला, स्याउ, आँप, केरा, दूध (गाई–भैँसी), माछा, मासु (बाख्रा, बङ्गुर), मौरी तथा निर्यात प्रवद्र्धनबाली (कफी, अलैँची, अदुवा, बेसार) दलहन–तेलहनबाली रहेका छन् । परियोजनाका वरिष्ठ कृषि अधिकृत प्रकाश पौडेलका अनुसार प्रदेश सरकारका जिल्लास्थित कृषि ज्ञान केन्द्र र भेटेरिनरी… पुरा पढौ

‘पहुँचयुक्तता र विश्वव्यापी सिद्धान्त’सम्बन्धी तालीम शुरू

कर्णाली, २ चैत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘पहुँचयुक्तता र विश्वविव्यापी सिद्धान्त’ सम्बन्धी दुईदिने तालीम आइतबारदेखि शुरु भएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल, कर्णाली प्रदेश सुर्खेतले सिबिएमसँगको सहकार्यमा ‘हामीलाई पनि समावेश गर’ परियोजनाअन्तर्गत ‘पहुँचयुक्तता र विश्वविव्यापी सिद्धान्त’ सम्बन्धी तालीम शुरु भएको हो । पहुँचयुक्तताका सर्वव्यापी सिद्धान्तका आधारमा भवन संरचना डिजाइन गरी न्यायोचित समाज सिर्जना गर्ने उद्देश्य राखेर कर्णाली प्रदेशमा दुईदिने तालीम सञ्चालन गरिएको राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका आर्किटेक्ट परामर्शदाता मिलन बगालेले जानकारी दिए । “अपाङ्गता भएका व्यक्तिको संस्था (डिपिओ),… पुरा पढौ

प्रभु क्यापिटलकाे शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम

काठमाडौं, १ चैत्र । प्रभु क्यापिटल लिमिटेडले चितवन स्थित भ्याली स्टेट कलेजको सहकार्यमा भरतपुरमा शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम सञ्चालन गरेको छ । तालिममा करिब २०० जनाको सहभागिता रहेको थियो । प्रमुख अतिथी तथा प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक दिनेश थकालीले कार्यक्रममा सम्बोधन गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत पूँजी बजार सम्बन्धी यस्ता किसिमका कार्यक्रमहरुमा बिजनेस स्कुलहरुसँग सहकार्य गर्दै प्रभु क्यापिटल अगाडि बढेकाे बताए । कलेजहरुले आयोजना गर्ने यस्ता कार्यक्रमहरुले वित्तिय साक्षरता अभिवृद्धिमा मद्दत गर्ने बताए । कार्यक्रममा अतिथि युनियन… पुरा पढौ

नेप्से परिसूचक ५२.२३ अंकले घट्यो, ११ उपसमूह राताम्मै

काठमाडौं, १ चैत्र । शेयर बजारमा ऋणात्मक दबाब कायम रहेको छ । दोश्रो बजारमा शेयर मागमा चापको कमी भएपछि नेप्से सूचकमा दबाब देखिन थालेको हो । यसको कारण शेयर खरिदकर्ताले खरिदमा ल्याएको कमिले नै हो । साताको पहिलो दिन आज आईतबार नेप्से दोहोरो अंकले घटेको छ । कारोबारमा पनि गिरावट भएको छ । आज नेप्से परिसूचक ५२.२३ अंकले घटेर २४०७.२५ विन्दुमा पुगेको छ । नेप्से आज २.०८ प्रतिशतले घटेको हो । सेन्सेटिभ इन्डेक्स पनि १०.१० अंकले घटेर ४३५.१३ विन्दुमा अडिएको… पुरा पढौ