मुख्य समाचार

अस्थायी बसपार्कलाई अन्यत्र सारेर खुला मञ्च खाली गरिदैं

काठमाडौं, ३ चैत । काठमाडौं महानगरपालिकाले अस्थायी बसपार्कलाई अन्यत्र सारेर खुला मञ्चलाई खाली गर्ने भएको छ । विगत पाँच वर्षदेखि खुलामञ्चबाट बसपार्क सञ्चालन हुँदै आएको छ । गोरखा भूकम्पपछि ऐतिहासिक सम्पदाको पुनःनिर्माणका क्रममा निर्माण सामग्री राखिँदा खुलामञ्च खुम्चिएको थियो । केही सम्पदाहरुको निर्माण सम्पन्न भइसकेको र केहीको अन्तिम चरणमा रहेकाले खुलामञ्च खाली गर्न सहज भएको कामपाको भनाइ छ । कामपाले एक महिनाअघि पहिलो चरणमा केही संरचना र बारबेर हटाइसकेको थियो । अहिले भने बसपार्क अन्यत्र सार्ने र बाँकी रहेका निर्माण… पुरा पढौ

साढे ५ अर्बकाे राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन हुँदै

काठमाडौं, ३ चैत  । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम निर्देशक समितिको बैठकले उक्त कार्यक्रमका लागि प्राप्त आवेदनलाई छनोट गरी तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा भएको बैठकले अत्यावश्यक र प्राथमिकताका आधारमा बजेट बाँडफाँट गर्न निर्देशन दिएको हो । सो कार्यक्रमका लागि आह्वान गरिएको नयाँ सूचनाअनुसार आवेदन दिने विद्यालयको सङ्ख्या पाँच हजार ३९३ पुगेको छ । शिक्षा विकास तथा मानव स्रोत केन्द्रले आवेदन माग गरेअनुसार ६७७ स्थानीय तहबाट निर्णय भएका आवेदन प्राप्त भएको जनाएको… पुरा पढौ

महिला लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति ?

काठमाडौं, ३ चैत । महिला लघुवित्त वित्तीय संस्थाको आइपीओ नेपाल स्टक एम्चेन्ज नेप्सेमा सूचीकृत भएको छ । संस्थाको १० लाख कित्ता क्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । यसका लागि संस्थाले नेप्सेबाट शुरुको कारोबारको लागि प्रतिशेयर मूल्य घटीमा ३१३ रुपैयाँ १६ पैसा र बढीमा ९३९ रुपैयाँ ४८ पैसा ओपनिङ रेञ्ज पाएको छ । महिला लघुवित्तले गएको माघ ३० बाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले ४ लाख कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । कम्पनीका संस्थापकहरुले… पुरा पढौ

प्याराग्लाइडिङ तालिम गर्दा नेपाली सेनाका जवानको मृत्यु

पोखरा, ३ चैत । पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको साँझ उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । दुर्घटनालगत्तै सेना र सशस्त्र प्रहरीले मगरलाई उद्धार गरी पोखरा–११ रानीपौवास्थित सैनिक अस्पताल पुर्‍याएकामा उपचारका क्रममा साँझ निधन भएको हो । राजाराम… पुरा पढौ

उद्यमशीलता प्रवर्धनका कार्यक्रम ल्याउन अध्यक्ष गोल्छाको सुझाव

काठमाडौं, २ चैत । नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिका सदस्य सुरकृष्ण वैद्यको सभापतित्वमा स्थानीय आार्थिक विकास समिति विस्तार भएको छ । समितिको सहसभापतिमा महासङ्घको कार्यकारिणी समितिका सदस्य उमेश डालमिया र महेन्द्रकुमार श्रेष्ठ रहेका छन् । समिति सदस्यमा महासङ्घको कार्यकारिणी समितिका सदस्य चक्रबहादुर अधिकारी, कुवीरकुमार श्रेष्ठ, अमृत भट्टचन, गजेन्द्रकुमार भगत, गोपाल केडिया र आर एण्ड डी इनोभेशन सोलुशन प्रालीका अध्यक्ष सुनिता नेमाफुकी लगायत छन् । समिति विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै महासङ्घका अध्यक्ष शेखर गोल्छाले स्थानीय तहमा आर्थिक विकासका सम्भाव्यताको पहिचान… पुरा पढौ

नेप्सेद्वारा राष्ट्रिय बीमा कम्पनीको शेयर कारोबार फुकुवा

काठमाडौं, २ चैत्र । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज राष्ट्रिय बीमा कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । कम्पनीले वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु नबुझाएको भन्दै माघ १८ गतेबाट शेयर कारोबारमा रोक लगाइएको थियो । धितोपत्र सूचीकरण विनियमावली २०७५ को व्यवस्था अनुसार कम्पनीका कुनै पनि वार्षिक प्रतिवेदन र वित्तीय विवरण नपठाएको भन्दै नेप्सेले फागुन १२ मा तीन दिनभित्र वित्तीय विवरणसहितका कागजपत्र पेश गन निर्देशन दिएको थियो । सो अनुसार कागजात र वित्तीय विवरण पेश नभएपछि फागुन १८ गते के… पुरा पढौ

नेप्सेमा दोहोरो अकंको गिरावट, ८ उपसमूह राताम्मै

काठमाडौं, २ चैत्र । केहि दिनदेखि निरन्तर ओरालो लागिरहेको शेयर बजार साताको दोश्रो दिन सोमबार पनि ओरालो लागेको छ । नेप्सेमा आज दोहोरो अंकले गिरावट भएको हाे । नेप्से १८.०७ अंकले घटेर २३८९.१९ विन्दुमा पुुगेको छ । नेप्से आज ०.७५ प्रतिशतले घटेको हो । आज कारोबारमा पनि कमी देखिएको छ । यस्तै सेन्सेटिभ इण्डेक्स पनि घटेको छ । इण्डेक्स ५.०७ अंकले घटेर ४३०.०५ विन्दुमा गएर रोकिएको छ । आज जम्मा २१२ कम्पनीको शेयर कारोबार भएको छ । ९६ लाख ४… पुरा पढौ

खानेपानीकाे महत्वाकांक्षी आयोजना: पाेखरेलीले पिउनेछन्, सिधैं धाराको पानी

पोखरा, २ चैत । पोखराको सडक छेउमा घेरो लगाइन्छ । खटिएका कामदार सबैले सुरक्षा विधि अपनाउँछन् । र, अत्याधुनिक मेसिन सहयोगमा शारीरिक परिश्रम खन्याउँछन् । यस्तो कार्य तपाईले पोखरा सहरमा विभिन्न १५ स्थानमा देख्न सक्नुहुनेछ । हरेक स्थानमा इञ्जिनियर, सेफ्टी, फोरमेन लगायत गरी कम्तीमा १५ जना छन् । यसरी कुल २ सय २५ जना बढीले एकै पटक धमाधम काम गरिररहेका छन् । यो हो–पोखरेलीलाई शुद्ध खानेपानी खुवाउने महत्वाकांक्षी ८ अर्बको खानेपानी आयोजना । यही गतिमा काम भयो भने अबको १८… पुरा पढौ

ग्रीन डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं, २ चैत्र । ग्रीन डेभलपमेन्ट बैंकले चैत्र २८ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभामा बैंक संचालक समितिले प्रस्ताव गरेको ४ प्रतिशत लाभांशको प्रस्तावलाई पारित गरिनेछ । बैंकका अनुसार चुक्ता पूँजीको १ प्रतिशतले हुने ५० लाख रुपैयाँ बराबरको बोनश शेयर, आर्थिक वर्ष २०७६/२०७७ को वितरण योग्य मुनाफाबाट २.८० प्रतिशतले हुने १ करोड ४० लाख रुपैयाँ र कर प्रयोजनार्थ ०.२० प्रतिशतले हुने १० लाख नगदसहित ४ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरिएको छ । साधारण सभाका लागि बैंकले… पुरा पढौ

काष्ठमण्डप पुनःनिर्माण तीव्र, १० प्रतिशत मात्र काम बाँकी

काठमाडौं, २ चैत । काष्ठमण्डप पुनःनिर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ । आगामी वैशाख महिनामा नै सक्ने गरी तीव्ररूपमा निर्माण भइरहेको छ । निर्माणअन्तर्गत अहिले काठ, माटो र झिङ्गटीबाट छानो छाउने काम भइरहेको छ । निर्माणका लागि अहिले दैनिक ३५ कामदार नियमितरूपमा खटिइरहेका छन् । छानोमा प्रयोग भइरहेको माटो अरुभन्दा अलि विशेष किसिमको हुने हुँदा पानीले भिज्दा पनि असर नगर्ने किसिमको हुन्छ । पुनःनिर्माणको शुरुको समयमा निर्माणका लागि आवश्यक पर्ने काठ, इँटाजस्ता निर्माण सामग्री समयमा उपलब्ध गराउन नसक्दा पनि… पुरा पढौ