मुख्य समाचार

प्रभु लाइफको आईपीओमा आकर्षण, पहिलो दिनमै करिब एक अर्ब रुपैयाँको आवेदन

काठमाडौं, ३० मंसिर । सोमबारदेखि सर्वसाधारणका लागि साधारण शेयर आवेदन खुला गरेको प्रभु लाइफ इन्स्योरेन्सको आईपीओमा आकर्षण देखिएको छ । आवेदन खुलाएको पहिलो दिन सोमबार नै करिब एक अर्ब रुपैयाँको आवेदन परेको छ । पहिलो दिन ३ लाख १२ हजार वटा आवेदन मार्फत ९६ करोड ११ हजार रुपैयाँ बराबरको ९६ लाख ११ हजार कित्ता शेयर माग भएको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ । पुरा पढौ

कुमारी बैंकको १४ प्रतिशत लाभांश पारित, बोनस कति ?

काठमाडौं ३० मंसिर। कुमारी बैंक लिमिटेडको लाभांश पारित भएको छ । सोमबार बैंकका अध्यक्ष अमिरप्रताप राणाको अध्यक्षतामा बसेको २०औं वार्षिक साधारणसभाले लाभांश पारित गरेको हो । साधारणसभाले लेखापरीक्षकको प्रतिवेदन सहितको गत वर्षको आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पुँजीमा भएको परिवर्तनलगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ । कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै बैंकले अनलाइन प्लाटफर्ममार्फत शेयरधनीहरुको धारणा समेत समावेश गरेको थियो । साधारणसभाले शेयरधनीहरुलाई गत वर्षको नाफाबाट… पुरा पढौ

नेपाली अलैंचीका पाँच जातको पहिचान, आधिकारिकताका लागि मन्त्रालयमा सिफारिस

इलाम, ३० मङ्सिर । नेपाली अलैँचीको जात पहिचान गरिएको छ । नेपाली बगानमा खेती गरिने अलैँचीको वर्गीकरण गर्दै आधिकारिकताका लागि कृषि मन्त्रालयमा पठाइएको छ । नेपालमा लामो समयदेखि अलैँची खेती गरिए पनि जात पहिचान भएको थिएन । अन्तर्राष्ट्रिय क्षेत्रमा भारतले आफ्नो जातको पहिचान गराएको छ । नेपालमा खेती हुने अलैँची पनि भारतले आफ्नो स्वामित्वमा लिएको छ । नेपालले पनि अन्तर्राष्ट्रिय बजारमा अलैँचीको जात चिनाउन नयाँ जात पहिचान गरेको हो । नेपालमा करीब १४ जातका अलैँची खेती भए पनि अहिले पाँच… पुरा पढौ

सरकारले निगमलाई सहुलियत प्रदान गर्छ : पर्यटन मन्त्री भट्टराई

काठमाडौं, ३० मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सुशासन र चुहावट नियन्त्रणलाई कडाइका साथ पालना गराउन नेपाल वायुसेवा निगमको नेतृत्वलाई निर्देशन दिएका छन् । निगमले तयार पारेको १० वर्षे एकीकृत व्यावसायिक योजना प्रतिवेदन बुझ्दै मन्त्री भट्टराईले त्यहाँभित्रको सुशासन र चुहावट नियन्त्रणजस्ता काम भएमा सरकारले राष्ट्रिय ध्वजावाहक हुनुको नाताले निगमलाई सहुलियत प्रदान गर्ने बताए । दश व्यावसायिक योजनाले निगम कुन बाटोमा हिँड्ने भन्ने राजमार्ग तयार भएको उल्लेख गर्दै उनले त्यस राजमार्गबाट दाँयाबाँया नगरी अहिले घाटामा रहेको निगमलाई… पुरा पढौ

पशुपतिमा आज क्षमा पूजा, बुधबारदेखि भक्तजनलाई खुला

काठमाडाैं, ३० मंसिर । काेराेना भाइरसकाे संक्रमणा जाेखिमकाे कारण नौ महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गर्नु परेकाे भन्दै क्षमा माग्न आज बिहान क्षमा पूजा हुँदैछ । प्राचीनकालदेखि नियमित रुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न पूजा गर्न लागिएको हो । पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गते बुधबारदेखि खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । पहिलो चरणमा पुस १… पुरा पढौ

अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु, न्यूयोर्कमा लगाइएको पहिलो खोप

बोस्टन, अमेरिका, ३० मंसिर । अमेरिकामा सोमबार बिहानैबाट कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ । न्यूयोर्कमा बिहान ९ बजेर २३ मिनेटमा पहिलो खोप लङ आइल्याण्ड जुइस मेडिकल सेन्टरकी आइसियू नर्स स्यान्ड्रा लिन्डसेलाई डा.मिशेल चेस्टरले खोप लगाएर यो महाअभियान थालनी गरिएको हो । उनलाई खोप लगाउँदा टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको थियो । यसलाई इतिहासकै ठूलो खोप अभियान भनिएको छ । यो खोप सँगै अमेरिकाका विभिन्न राज्यका अस्पतालहरुमा प्राथमिक रुपमा स्वाथ्यकर्मी तथा कोरोनाका सिकिस्त विरामीमा खोप लगाउने अभियान थालिएको अमेरिकी सञ्चार… पुरा पढौ

आर्थिक समृद्धिलाई केन्द्रमा राखि उद्योग व्यवसाय विस्तारमा सक्रिय भएर लाग्नुस्ः अध्यक्ष प्रचण्ड

काठमाडाैं, ३० मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको आर्थिक समृद्धिलाई केन्द्रमा राखेर उद्योग व्यवसायको विस्तारमा सक्रियताका साथ लाग्न नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीलाई आग्रह गरेका छन् । महासङ्घको नवनिर्वाचित पदाधिकारीसँग भएको भेटमा अध्यक्ष दाहालले पदाधिकारीलाई कार्यकालको शुभकामना दिँदै देशभित्रै उद्योग व्यवसायको विस्तारमा लाग्न आग्रह गरेका हुन । निजी क्षेत्रको छाता संस्थाका रुपमा रहेको महासङ्घलाई आफूले सधैँ उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्रको प्रमुख आधारका रूपमा रहेका साना तथा मझौला उद्योग व्यवसायको… पुरा पढौ

तराई मधेशको आर्थिकस्तर उकास्न सरकार लागिपरेको छ: मन्त्री नेम्वाङ

लहान, ३० मङ्सिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले तराई मधेश जनताको आर्थिकस्तर उकास्न सरकार लागिपरेको बताएका छन् । सिरहाको गोलबजार–जम्दह–लगडीगदियानी सडक निर्माण कार्यको शिलान्यास गर्दै उनले तराई मधेशका जनताको आर्थिकस्तर उकास्दै विकासको लहर ल्याउन सरकारले योजनाहरु अघि सारेको बताए । ‘बजेट पर्याप्त छ, भएको बजेटलाई समयमै सकाउन सकिए विकासको लहर आउँछ”, मन्त्री नेम्वाङले भने, “त्यसका लागि जनप्रतिनिधि इमानदार हुनुपर्छ । उनले तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत सिरहामा मात्र चालु आर्थिक वर्षमा ३२ वटा विकासका योजनाहरु ल्याएको जानकारी दिदैं सिरहा,… पुरा पढौ

कोरोनाकैबीच लगानीको आकर्षणः बैंकको कर्जा लगानी ३१ खर्ब नाघ्यो

काठमाडौं, २९ मंसिर । कोरोना महामारीको त्रास अझै नेपालमा हटेको छैन । कोरोनाका कारण लामो समय व्यापार व्यवसाय बन्द रहे पनि अब भने लगानीकर्ताहरुले लगानी गर्न शुरु गरेका छन् । कर्जा लगानीमा देखिएको बढोत्तरीका कारण पनि पछिल्लो समय व्यापार व्यवसायमा लगानी बढेको पुष्टि हुन्छ । पछिल्लो ३ महिनामा नै ‘क’ वर्गका बैंकहरुले मात्रै करिब २ खर्ब रुपैयाँले कर्जा लगानी गरेका छन् । नेपाल बैंकर्स संघका अनुसार असोज यतामात्रै १ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । गत भदौ… पुरा पढौ

ग्लोबल आइएमई बैंकले शुरू गर्याेः पाँच जिल्लामा ६ नयाँ शाखारहित बैंकिङ्ग सेवा

काठमाडौं, २९ मंसिर । ग्लोबल आइएमई बैंकले विभिन्न पाँच जिल्लामा ६ वटा नयाँ शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । पाँचथर जिल्लाको याङ्गवरक गाउँपालिका, दैलेख जिल्लाको दुल्लु नगरपालिका र भैरबी गाउँपालिका, तेहथुमको फेदाप गाउँपालिका, धनुषा जिल्लाको नगराईन नगरपालिकाको फुलगामा र बाग्लुङ्गको बडिगाड गाउँपालिकाको सिमाचौरमा नयाँ शाखारहित बैकिङ्ग सेवा संचालनमा ल्याएको हो । बैंकका अनुसार ग्राहकलाई बैकिङ्ग सेवा लिन टाढा जानुपर्ने जटिलतालाई मध्येनजर गरेर शुरू गरिएकाे शाखारहित बैकिङ्ग सेवाले गाउँमा स्थानियलाई लाभ हुनेछ । स्थाानियले निश्चित रकमकाे खाता खोल्ने, रकम जम्मा… पुरा पढौ