मुख्य समाचार

सेन्चुरी कमर्शियल बैंकको लाभांश घोषणा

काठमाडौं, २९ मंसिर । सेञ्चुरी कमर्शियल बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको सोमबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट वितरण गर्न बाँकि रहेको बोनश रकम १६ करोड ८३ लाख रुपैयाँ सहित हुन आउने चुक्ता पूँजी ८ अर्ब ५८ करोड रुपैयाँको ५.२५ % बोनस र २.२५% नगद लाभांश गरी कुल ७.५० % लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर आगामी वार्षिक साधारण सभाबाट… पुरा पढौ

प्रभु क्यापिटलको विन्टर अफर

काठमाडौं, २९ मंसिर । नेपाली पूँजी बजारमा चिरपरिचित प्रभु क्यापिटल लिमिटेडले यसवर्षको जाडो मौसममा घरमै बसीबसी अनलाइनबाटै फ्रि डिम्याट खाता खोल्न सक्ने योजना ल्याएको छ । सिमित समयका लागी ल्याइएकाे याे अफर अन्तरगत प्रभु बैंकको सम्पूर्ण शाखा तथा क्यापिटलको कार्यालय कमलादीमा सम्पर्क गरी डिम्याट खाता खोल्न चाहने ग्राहकहरुको लागि यही मंसिर २४ गतेदेखि २०७७ पौष मसान्त भित्र खाता खोल्दा एक वर्षको लागि फ्रि डिम्याट खाता योजना ल्याएको प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले सफल आवाजलाई बताए । यस योजनामा खाता… पुरा पढौ

४८ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माण शुरु

म्याग्दी, २९ मङ्सिर । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ४८ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माण शुरु भएको छ । तुण्डी पावर लिमिटेडले राहुघाट नदीमा निर्माण गर्न लागेको आयोजनाको बाँध रघुगङ्गा–८ बन्दीघाट र विद्युत्गृह वडा नं ७ चिमखोलामा रहनेछ । कम्पनीका इञ्जिनीयर प्रकाश तिमिल्सिनाले तीन वर्षभित्र आयोजना निर्माण सम्पन्न गर्ने जानकारी दिनुभयो । बाँध निर्माणको ठेक्का लिएको रामेछाप शेर्पा कन्स्ट्रक्सन र सुरुङको ठेकेदार साउथ एशियन इन्फास्ट्रक्चरले प्रारम्भिक चरणको निर्माण शुरु गरेका छन्, उनले भने, “मौवाफाँट–दग्नाम–दर्मीजा–चिमखोला हुँदै बाँध निर्माणस्थलसम्म पहुँचमार्ग निर्माण अन्तिम… पुरा पढौ

अर्थमन्त्री र आइएमएफका पदाधिकारीबीच विस्तारित कर्जा सुविधाबारे छलफल

काठमाडौं, २९ मङ्सिर । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ)का पदाधिकारीबीच ‘विस्तारित कर्जा सुविधा’ कार्यक्रमको तयारीलगायत अर्थतन्त्रका अन्य विविध विषयमा छलफल भएको छ । श्रव्यदृश्यका माध्यमबाट भएको छलफलमा अर्थमन्त्रीले प्रस्तावित कर्जा सुविधा कार्यक्रमको तयारीका लागि नेपाल र आइएमएफका पदाधिकारीबाट संयुक्त रुपमा भइरहेको कामप्रति खुशी व्यक्त गर्नुभयो । उहाँले कोभिड–१९ को महामारीको कठिन परिस्थितिमा स्रोत व्यवस्थापनमा चाप परेको अवस्थामा गत मार्चमा आइएमएफले द्रुत कर्जा सुविधामार्फत नेपाललाई गरेको सहयोग र आपद नियन्त्रण तथा कोषअन्तर्गत ऋणको सावा तथा ब्याज सहुलियत प्रदान गरेकोमा… पुरा पढौ

अमेरिकाभर फाइजरको खोप ढुवानी सुरु, सोमबारबाट लगाइने

बोस्टन, अमेरिका, २९ मंसिर । अमेरिकाका ५० वटै राज्यमा कोरोना भाइरसविरुद्ध प्रयोग अनुमति पाएको खोपको ढुवानी सुरु भएको छ । शुक्रबार स्वीकृति पाएको फाइजर र बायोएनटेकको यो खोपलाई अमेरिकाभर पुर्याउन शनिबार बिहानैदेखि पहिलो चरणको ढुवानी सुरु गरिएको हो । अमेरिकामा सोमबार बिहानैबाट यो खोपको प्रयोग थालिने सरकारी अधिकारीहरुले बताएका छन् । खोपको ढुवानीका लागि फेडेक्स र यूपिएसका विशेष ट्रकहरु प्रयोग भएका छन् । ती ट्रकमार्फत् पहिलो चरणमा २९ लाख डोज खोप ढुवानी भइरहेको फाइजरले जनाएको छ । अमेरिकामा फाइजरले उत्पादन… पुरा पढौ

बालुवाटार जग्गा प्रकरणमा मुछिएका अख्तियार पूर्व प्रमुख बस्न्यात कारागार चलान

काठमाडौं, २८ मंसिर। ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेर भ्रष्टाचार गरेको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्‍त दीप बस्न्यात पुर्पक्षका लागि थुनामा गएका छन् । आइतबार विशेष अदालतमा हाजिर भएका उनलाई थुनामा पठाउने आदेश भएको विशेष अदालतका उपरजिस्ट्रार पुष्पराज पाण्डेयले जानकारी दिए । विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले बस्नेत आरोपित देखिने भएकाले थुनामा पठाउने आदेश दिएको छ । पुरा पढौ

४५ बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार महाभेला सम्पन्न

काठमाडौं, २८ मङ्सिर । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा शुरु भएको पाँचदिने १२औं मानव अधिकार राष्ट्रिय मानव भेला ४५ बुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ । घोषणापत्रमा बलात्कार, बलात्कारपछिको हत्या, बालविवाह, अनमेल विवाह, दाइजो तथा अन्तरजातीय विवाहका कारणले भएका हत्याजस्ता घटनाका अपराधीलाई कानूनी दायरामा ल्याई जघन्य अपराधका प्रवृत्ति र पात्रहरूलाई निरुत्साहित गर्नुपर्ने रहेको छ । ऐन, कानून र सर्वोच्च अदालतका फैसलाहरूको प्रभावकारी कार्यान्वयन गरी बलात्कार, बेचबिखन, छाउपडी र बोक्सीका नाममा हुने हिंसा, एसिड आक्रमण, लैङ्गिक तथा यौनजन्यलगायत हिंसाको… पुरा पढौ

भारतमा निर्मित निम जि- ईलेक्ट्रिक अटो नेपाली बजारमा

काठमाडाैं, २८ मंसिर । नेपालको एक प्रतिष्ठित व्यवसायीक संस्था हिमालय अर्गनाइजेशन अन्तर्गत हिमालय मोटोराड कम्पनीले नेपालमा एक पटकको फूलचार्जबाट १३० किमि गुड्ने केरेला अटोमोवाइल्स लिमिटेडद्वारा भारतमा निर्मित निम जि, ईलेक्ट्रिक अटो नेपाली बजारमा ल्याएको छ। नेपालमा हाल साना तथा ठुला ईलेक्ट्रिक सवारी साधनहरु भित्रिने क्रम तिब्र रुपमा बढेको छ । डिजेल पेट्रोलबाट चल्ने सवारी साधनहरुको तुलनामा ईलेक्ट्रिक सवारी साधनहरु केही महंगो हुने भएतापनि समग्रमा सञ्चालन खर्च धेरै नै सस्तो पर्न जान्छ । जसले गर्दा अहिले नेपालका यातायात व्यवसायीहरु इलेक्ट्रीक सवारी… पुरा पढौ

४६.४३ अंकले बढ्यो नेप्से, ४ अर्ब ८९ करोड बढीको कारोबार

काठमाडौं, २८ मंसिर । साताको पहिलो दिन नेप्से दोहोरो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ४६.४३ अंकले बढेर दुई हजार १० दशमलब ४५ विन्दुमा पुगेको हाे । कूल २०३ कम्पनीको ९० लाख ५० हजार १६ कित्ता शेयर रु. चार अर्ब ८९ करोड ९४ लाख ८४ हजार १३१ मा कारोबार भयो । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लाग्दा नौ उपसमूहको शेयर भने उकालो लागेको छ । व्यापार २९.८६, होटल ५.६८, जलविद्युत् २८.९५ बिन्दुले ओरालो लागेको… पुरा पढौ

पोखरामा अख्तियारको सुविधासम्पन्न भवन

पोखरा, २८ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरा कार्यालयको सुविधासम्पन्न कार्यालय भवन उद्घाटन गरिएको छ । आयोगका कार्यबाहक प्रमुख आयुक्त डा. गणेशराज जोशीले आइतबार एक समारोहबीच भवन उद्घाटन गरेका छन् । १४ करोड ७२ लाख रुपैयाँ लागत अनुमान रहेको सो भवनको १२ करोड ८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । पोखरा–६, मासबारस्थित ६ रोपनी जग्गामा फैलिएको सो कार्यालय भवन साढे २ वर्ष अवधिमा निर्माण सम्पन्न भएको हो । कार्यालयका २ वटा भवन छन् । तीमध्ये प्रशासनिक भवनमा १०… पुरा पढौ