मुख्य समाचार

सार्वजनिक सवारी साधनले अब सिटभरी यात्रु बोक्न पाउने

काठमाडौं, २६ असोज । सार्वजनिक यातायातले अब सिटभरी यात्रु बोक्न पाउने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक यातायातलाई अब सिटभरी यात्रु बोक्न दिने निर्णय गरेको हो । सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो । अन्तरिक हवाई उडानमा पनि यही भनिएको थियो । तर हवाई सेवा प्रदायक कम्पनीहरुले नागरिक उड्डयन मन्त्रालयसँग समझदारी गरेर सबै सिटमा यात्रु बोक्दै आएका छन् । पुरा पढौ

आकस्मिक बाहेक अन्य शल्यक्रिया नगर्न स्वास्थ्य मन्त्रालयकाे निर्देशन

काठमाडौं, २६ असोज । काठमाडौंँ उपत्यकाका अस्पताललाई आकस्मिक बाहेक अन्य शल्यक्रिया नगर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ । पछिल्लो समय हरेक दिन कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेकाेले मन्त्रालयले यस्तो निर्देशन दिएको हो । यस किसिमको व्यवस्था भएमा कोरोनाका बिरामीलाई केही हदसम्म सघन उपचार कक्ष र भेन्टिलेटर बेड पाइने मन्त्रालयको भनाइ रहेकाे छ । सरकारले काठमाडौँ उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने समेत जनाएको छ । काठमाडौँ उपत्यकामा ३०० शय्याको सरुवा रोग अस्पताल निर्माणका लागि भवन तथा जग्गा खोज्ने… पुरा पढौ

एक भारतीय नागरिकले साँढे दुई अर्ब राजश्व छले

काठमाडौं, २६ असोज । एक भारतीय नागरिकले नेपाली नागरिकता बनाएर झण्डै साँढे दुई अर्बको राजश्व छली गरेका छन । राजश्व अनुसन्धान विभागका अनुसार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १२ स्थित सोनी ज्वेलर्स तथा सोनी गोल्ड एण्ड सिल्भर प्रालिका सञ्चालक सुनिल सोनीले यसरी राजश्व छली गरेका हुन् । उनले सुनिल सुनारको नाममा नेपाली नागरिकता समेत लिएको भेटिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । उनीहरु विरुद्ध रु दुई अर्ब ३९ करोड ५५ लाख विगो असुल गरी जरिवाना र कैद सजायको मागदावी लिई आज… पुरा पढौ

राजमार्गका १० अस्पतालमा ट्रमा युनिट स्थापना गर्ने सरकारकाे तयारी

काठमाडौं, २६ असोज। सरकारले राजमार्गका अस्पतालमा ट्रमा युनिट स्थापनाका लागि तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुर्घटनामा परेका घाइतेको उपचारका लागि राजमार्गका १० अस्पतालमा ट्रमा युनिट बनाउने गरी हरेक युनिटलाई रु ५० लाखका दरले पाँच करोड बजेटसमेत विनियोजन गरिपठाइसकेको जनाएकाे छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सरकारले सात प्रदेशका १४ अस्पतालबाट गरीब तथा विपन्न वर्गलाई आकस्मिक सेवा पनि उपलब्ध गराउन थालेको समेत बताए । ती अस्पतालमा रु एक करोडका दरले रु १४ करोड हस्तान्तरण गरिसकिएको बताइएको छ… पुरा पढौ

नेपालमा थप ४०४७ जनामा संक्रमण

काठमाडौं, २६ असाेज । नेपालमा गएकाे २४ घण्टामा थप ४ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साेमबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले साे जानकारी दिएका हुन्। उनका अनुसार साेमबार देशभरमा सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० पुगेकाे छ। पछिल्लो २४ घण्टामा थप १४ हजार ५ सय ३० वटा पीसीआर परीक्षण भएको हाे। काठमाडौं उपत्यकामा मात्र २ हजार २ सय ८३ जना संक्रमित थपिए । तीमध्ये काठमाडौ जिल्लाका मात्र १… पुरा पढौ

झिनो अंकले सुधारियो शेयर बजार, करिब २ अर्बको काराेबार

काठमाडौं, २६ असोज। साताको दोस्रो दिन सोमबार शेयर बजार १ दशमलव ७४ अंक बढेर १ हजार ५७८ दशमलव शून्य १ विन्दुमा पुगेको छ । यो दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ३७ अंक बढेर ३१३ दशमलव १० विन्दुमा पुगेको छ । गत विहीवारदेखि घटेको बजार सोमवार भने न्यून अंकले बढेको हो । यस दिन १ अर्ब ९४ करोड ९० लाख ६० हजार बराबरको शेयर कारोबार भएको छ । यस दिन १८९ कम्पनीको यो रकम बराबरको ६८ लाख १५ हजा ७१० कित्ता… पुरा पढौ

जनरल इन्स्योरेन्सको शेयर नेप्सेमा सुचिकृत

काठमाडौं, २६ असोज । जनरल इन्स्योरेन्स कम्पनीको शेयर नेप्सेमा सुचिकृत भएको छ । कम्पनीको १ करोड कित्ता शेयर आज नेप्सेमा सुचिकृत भएको हो । नेप्सेमा शेयर सुचिकृत भएपछि कम्पनीको शेयरको कारोबार शुरु हुने भएको छ । कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटललाई तोकिएको छ । यसपछि कुमारी क्यापिटलले जनरल इन्स्योरेन्सको धितोपत्र कारोबारको अभिलेख राख्ने काम गर्ने भएको छ । योसंगै शेयर दाखिल वा खारेज गर्ने, नाम सारी तथा शेयरधनीहरुको सूची चुस्तदुरूस्त पार्ने लगायतका सबै काम गर्ने भएको छ । पुरा पढौ

चाडपर्व नजिकिदैं गर्दा विभागले अनुगमन बढायाे, २१ उद्योग विरुद्ध मुद्दा

काठमाडौं, २६ असोज । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको अनुगमनलाई तिब्रता दिएको छ । चाडपर्व नजिक आएकाले टोली गठन गरी खाद्य अनुगमन तथा परीक्षण कार्यलाई थप व्यवस्थित गरिएको हो । यस क्रममा २१ उद्योग विरुद्ध मुद्दा चलाइएकाे छ । विभागका सहप्रवक्ता सन्तोष दाहालले अनुगमनका क्रममा खाद्य ऐन प्रतिकुल देखिएका उत्पादक कम्पनी तथा उद्योग विरुद्ध मुद्दा चलाइएको जानकारी दिए । तत्कालै गुनासो सुन्न तयार पारिएको समुह ‘र्यापिड रेस्पोन्स टिम’ मा विभिन्न २४ उजुरी परेकोमा एक पानी उद्योग अनुमती… पुरा पढौ

शतप्रतिशत हकप्रद जारी गर्दै अरुण भ्याली हाइड्रोपावर

काठमाडौं, २६ असोज । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्नका लागि अनुमति माग गरेको छ । कम्पनीले हकप्रद जारी गर्न अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा ९९ करोड ८३ लाख २३ हजार २०० रुपैयाँ बराबरको ९९ लाख ८३ हजार २३२ कित्ता हकप्रद शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। पुरा पढौ

आईपीओ आवेदनमा नयाँ रेकर्ड, सानिमा जनरलका लागि करिब ९ लाखले दिए आवेदन

काठमाडौं, २६ असोज । साधारण सेयर (आईपीओ) आवेदनमा नयाँ रेकर्ड कायम भएको छ । करिब ९ लाखले आईपीओ भरेपछि नेपाली सेयर बजारमा नै नयाँ रेकर्ड कायम भएको हो । सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा परेको आवेदनले नयाँ रेकर्ड कायम गरेको हो। इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार आइतबार साँझसम्ममा ८ लाख ८३ हजार ६२४ वटा आवेदन परेको छ । आइतबारदेखि इन्स्योरेन्सको शेयर बिक्री बन्द भएको छ। बिक्री बन्द भएपनि बैंकमार्फत आवेदन दिने लगानीकर्ताको आवेदन अझै थप हुनेछ।… पुरा पढौ