मुख्य समाचार

निजी क्षेत्रको झन्डै ६ अर्ब लगानी रहेको हेटौंडा औद्योगिक क्षेत्रका सबै उद्योग सञ्चालनमा

मकवानपुर, २८ असोज । निजी क्षेत्रको झन्डै ६ अर्ब लगानी रहेको हेटौंडा औद्योगिक क्षेत्रका सबै उद्योग सञ्चालनमा अाएका छन । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण लामो समय बन्द रहेका हेटौंडा औद्योगिक क्षेत्रका सबै उद्योगहरू सञ्चालनमा आएका छन् । औद्योगिक क्षेत्रमा रहेका १११ मध्ये सम्पूर्ण उद्योग सञ्चालनमा आएको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयले जनाएको छ । लकडाउनका कारण अत्यावश्यक उद्योगमा बिस्कुट, चाउचाउ, बेकरी, खानेपानी, दाना र दुग्ध पदार्थबाहेक अन्य उद्योग बन्द भएको थियो… पुरा पढौ

राष्ट्र बैंकले स्वीकृत गरेपछि राष्ट्रिय वाणिज्य बैंकको नाम संशोधन

काठमाडौं,२८ असोज । राष्ट्रिय वाणिज्य बैंकको नाम संशोधन भएको छ । नेपाल राष्ट्र बैंकले नाम संशोधन गर्नका लागि वाणिज्य बैंकको १२ औं साधारणसभाले पारित गरेको प्रस्ताव स्वीकृत गरेपछि नाम संशोधन भएको बैंककोआज प्रकाशित सूचनामा जनाईएको छ । बैंकको संशोधित नाम ‘राष्ट्रिय वाणिज्य बैंक लिमिटेड’ रहेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले गएको भाद्र १ मा नाम संशोधनका लागि अनुमति दिएको थियो ।कम्पनीको साविकको नाम ‘राष्ट्रिय वाणिज्य बैंक लिमिटेड’ रहेको थियो । संशोधनपछि कायम भएको व्यवस्था अनुसार कम्पनीको नाम ‘राष्ट्रिय वाणिज्य बैंक… पुरा पढौ

दर्तामा छुट भएपछि एक महिनामै ३५९ उद्योग थपिए

बाँके, २८ असोज । लुम्बिनी प्रदेश सरकारले दर्ता दस्तुर छुट गरेपछि बाँकेमा एक महिनामै ३५९ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । प्रदेश सरकारले कोरोना महामारीका कारण अर्थतन्त्र सङ्कटमा परेकाले घरेलु तथा साना उद्योगको प्रबर्धनका लागि दर्ता दस्तुरमा पूर्णरूपमा छुट गर्ने निर्णय कार्यान्वयन गरेसँगै बाँकेमा उत्साहजनकरूपमा नया उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख उद्योग अधिकृत जयराम थारूले जानकारी दिए । उनका अनुसार चालू आर्थिक वर्षको साउन १ गतेदेखि भदौ २३ गतेसम्म १३४ उद्योग दर्ता भएकामा… पुरा पढौ

आवासको हकः ऐन प्रमाणीकरण भएको दुई वर्षसम्म बनेन नियमावली

काठमाडौँ, २८ असोज । संविधानको मौलिक हक कार्यान्वयनका लागि बनाइएको आवासको अधिकारसम्बन्धी ऐन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेको दुई वर्षसम्म पनि नियमावली बन्न सकेको छैन । सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको आवासको अधिकारसम्बन्धी ऐन, २०७५ राष्ट्रपति भण्डारीले विसं २०७५ असोज २ गते प्रमाणीकरण गरेकी थिइन् । ऐनका कतिपय दफामा लेखिएको तोकिएबमोजिम भन्ने विषयलाई नियमावलीले व्याख्या गर्छ । तर, ऐन प्रमाणीकरण भएर कार्यान्वयनमा आयो भनिएको दुई वर्ष बितिसक्दा पनि नियमावली नबन्दा कानूनी अप्ठ्यारा आउने गरेका छन् । शहरी विकास मन्त्रालयका… पुरा पढौ

दशैंका लागि हवाई टिकट बुकिङ अत्यन्त न्युन, यात्रुको चाप नहुदा निजी हवाई व्यवसायी चिन्तित

काठमाडौं, २८ असोज । दशैंको सङ्घारमा मुलुकको आन्तरिक उडानका हवाई टिकट बुकिङ अत्यन्त न्युन भएको छ । अघिल्ला वर्षहरुमा दशैंका लागि टिकट पाउन निकै सास्ती बेहोर्नुपथ्र्यो तर यस पटकको दशैंका लागि हवाई उडानमा बुकिङ न्युन देखिएको हो । कोरोना भाइरसको महामारीको कारण यसको प्रत्यक्ष असर हवाई सेवामा पनि परेको छ । काठमाडौँबाट बाहिरका गन्तव्यमा एकतर्फी उडान सन्तोषजनक रहे पनि काठमाडौँ फर्कदा जहाजको आधाभन्दा कम अकुपेन्सी रहेको वायुसेवा कम्पनी बताउँछन । सामान्य अवस्थामा दशैँ आउनुभन्दा दुई साताअघिनै अधिकांश गन्तव्यको बुकिङ भइसकेको… पुरा पढौ

मल वितरण प्रणालीमा पारदर्शिता नभएको जनप्रतिनिधिकाे आरोप

पर्सा, २८ असाेज । पर्सा जिल्लामा किसानलाई मल आपूर्ति गर्दै आएको कृषि सामग्री लिमिटेड प्रादेशिक कार्यालय तथा साल्ट ट्रेडिङ् कर्पोरेशनले वितरण गर्दै आएको रासायनिक मलमा पारदर्शिता नभएकाले वास्तविक किसानले मल पाउन नसकेको जनप्रतिनिधिहरुले आरोप लगाएका छन् । ती दुई संस्थाले आफ्ना डिलरमार्फत ग्रामीण क्षेत्रमा रासायनिक मल पठाए पनि डिलरहरुले कालोबजारी गरी मल बेच्ने गरेकाले वास्तविक किसान मल पाउनबाट बञ्चित भएको भनी जनप्रतिनिधिहरुले आरोप लगाएका हुन। कृषि ज्ञान केन्द्र पर्साले आयोजना गरेको स्थानीय तहसँगको एकदिने समन्वय गोष्ठीमा स्थानीय तहका जनप्रतिनिधिले रासायनिक… पुरा पढौ

आगामी वर्ष विद्युत शुल्क घटाउछाैं : ऊर्जामन्त्री पुन

काठमाडौं, २८ असोज । ऊर्जा, जलस्रोेत तथा सिन्चाइमन्त्री वर्षमान पुनले आगामी वर्षमा विद्युत शुल्क घटाउने बताएका छन् । सरकारले ऊर्जा क्षेत्रको अध्ययन गरी नीतिगतरुपमा आवश्यक तयारीका लागि गठन गरेको उच्चस्तरीय कार्यदलले काम शुरु गरिसकेको पुनले बताए । मन्त्रालयमा मंगलबार बसेको कार्यदलको पहिलो बैठकमा ऊर्जामन्त्री पुनले आगामी वर्ष पनि विद्युत शुल्क घटाइने जानकारी दिदैं इतिहासमै पहिलोपटक चालु आवमा विद्युत प्राधिकरणका घरेलु र औद्योगिक ग्राहकको शुल्क घटाइएको बताए । उनले भने, आगामी वर्ष थप सस्तोमा विद्युत उपलब्ध गराइने छ । खिम्ती जलविद्युत… पुरा पढौ

भूकम्प प्रभावित जिल्लामा निःशुल्क वितरण भएको इन्टरनेटमा अब शुल्क लाग्ने

काठमाडौं, २७ असोज । नेपाल दूरसञ्चार प्राधिकरणले भूकम्प प्रभावित ११ जिल्लामा निःशुल्क रुपमा वितरण गर्दै आएको इन्टरनेटमा अबदेखि शुल्क लाग्ने भएको छ । दुई वर्षका लागि प्राधिकरणले इन्टरनेट सेवा नपुगेका स्थानीय निकायमा इन्टरनेट पुर्याउने योजनासाथ ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरेको थियो । निःशुल्क इन्टरनेटको अवधि २०७६ साल चैतसम्म भए तापनि कोरोना भाइरस सङ्क्रमणका कारण सेवा प्रवाहलाई निरन्तरता दिइएकाेमा मङ्गलबारदेखि उक्त सेवा सकिएको जनाइएको छ । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार कोरोना महामारीका बीचमा निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रवाह गर्न… पुरा पढौ

१२ वर्षदेखी अलपत्र हेटौंडा-भरतपुर-बर्दघाट प्रसारण लाइनकाे निमार्ण पुनःशुरु

भरतपुर, २७ असोज । विगत १२ वर्षदेखि अलपत्र रहेको २२० केभीको हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइनकाे निमार्ण पुनः शुरु भएको छ । हेटौँडा–भरतपुर र भरतपुर–बर्दघाट गरी दुईखण्डमा निर्माण प्रसारणको काम सन्तोषजनक नभएपछि प्राधिकरणले भारतीय र चिनियाँ ठेकेदार कम्पनीको सम्झौता तोडेको थियो । सम्झौता तोडिएको लामो समयपछि प्रसारण लाइनको निर्माण काम शुरु भएको आयोजनाका प्रमुख ईश्वरीप्रसाद जैसवालले जानकारी दिए । हेटौँडा–भरतपुर खण्डको ठेक्का भारतीय कम्पनी आइकम टेल र भरतपुर–बर्दघाट खण्डको ठेक्का चिनियाँ सेन्ट्रल पावर ग्रिड नामक कम्पनीलाई दिएकोमा काममा ढिलाइ गरेपछि सम्झौता तोडिएको… पुरा पढौ

नेपालमा थप ३५५६ जनामा संक्रमण

काठमाडौं, २७ असाेज । नेपालमा गएकाे २४ घण्टामा थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले साे जानकारी दिएका हुन्। हालसम्म संक्रमितकाे कुल संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेकाे छ। उनका अनुसार मंगलबार देशभरमा सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १३ पुगेकाे छ। पछिल्लो २४ घण्टामा थप १७ हजार ५ सय ७७ वटा पीसीआर परीक्षण भएको हाे। हालसम्म १२… पुरा पढौ