मुख्य समाचार

गण्डकी विश्वविद्यालय उपकुलपतिमा प्राडा देवकोटा नियुक्त

पोखरा, १५ असोज । गण्डकी विश्वविद्यालयको उपकुलपतिमा प्राडा नवराज देवकोटा नियुक्त भएका छन् । उपकुलपति प्राडा देवकोटालाई विश्वविद्यालयका संरक्षक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शपथ गराउने कार्यक्रम छ । सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा गठित कमिटीले २ जनाको नाम सिफारिस गरेकोमा प्राडा देवकोटाले नियुक्ति पाएका हुन् । उनी रामपुरस्थित कृषि तथा वन विश्वविद्यालय कार्यरत छन् । उनको पदावधि ५ वर्षको हुने व्यवस्था छ । पुरा पढौ

सुनको मूल्य प्रतितोला २ सयले घट्यो

काठमाडौं, १५ असोज । आज सुनको मूल्य  घटेको छ । बुधबार सुनको मूल्य तोलामा ९४ हजार ७ सयमा कारोबार भएको आज तोलामा २ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार १७५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।       पुरा पढौ

बैरागी नेपाल सरकारका मुख्य सचिव

काठमाडौ, १५ असाेज । नेपाल सरकारकाे मुख्य सचिवमा शंकरदास बैरागी नियुक्त भएका छन् । बिहीवार बसेको मन्त्रिपरिषद बैठकले बैरागीलाई मुख्य सचिवमा नियुक्त गरेको हो । लोकदर्शन रेग्मीले राजीनामा दिएपछि बैरागीलाई बाटाे खुलेकाे हाे । अबको कर्मचारीतन्त्रको नेतृत्व बैरागीले गर्नेछन् । रेग्मी बेलायतका लागि नयाँ राजदूत भएर जाँदैछन् । यसैगरि सरकारले पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाकाे लागि राजदुत नियुक्त गरेकाे छ । पुरा पढौ

आन्तरिक उडान दैनिक ६१ हुने, बुद्धका धेरै

काठमाडौं, १५ असोज । नेपाल नागरिक उडड्यन प्राधिकरणले आन्तरीक उडान दैनिक ६१ वटा हुने तालिका सार्वजनिक गरेको बताएको छ । यात्रुको चापलाई मध्येनजर गर्दै विभिन्न एयरलाईन्सले माग गरेअनुसार प्राधिकरणले उक्त उडान तालिका सार्वजनिक गरेको हो । प्राधिकरणले सार्वजनिक गरेको उडान तालिकामा जनाईएअनुसार धेरै उडान बुद्ध एयरका रहेका छन । बुद्ध एयरले दैनिक २५ वटा उडान मागेकोमा प्राधिकरणले २९ वटा उडान गर्नका लागि अनुमति दिएको बताईएको छ । यतीले १५ उडान माग गरेको थियो भने १५ वटै उडान गर्न पाउने भएको… पुरा पढौ

कोरोना महामारीकाबीच चाडपर्व लक्षित सहुलियत पसल

काठमाडौं । दशैँ, तिहार र छठलगायतका पर्वलाई लक्षित गरेर सरकारले आज बिहीबारदेखि उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालनमा आएका छन् । चाडपर्वमा उपभोक्तालाई थोरै भए पनि मूल्यमा राहत दिने उद्देश्यले सरकारले हरेक वर्ष यसता सहुलियत मूल्य पसल सञ्चालन गर्ने गरेको छ । यो वर्ष पनि त्यसैको निरन्तरता हो । काठमाडौँ उपत्यकामा १६ सथानसहित देशका अरू मुख्य सहरमा गरी ६५ वटा सहुलियत पसल सञ्चालन हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सहुलियत पसल आउँदो मङ्सिर ६ सम्म सञ्चालन गरिने… पुरा पढौ

बैंकका कर्मचारीमा देखियो कोरोना, बिओके र रावा बैंकको २ शाखा बन्द

कञ्चनपुर, १५ असोज । कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बेलौरी नगरपालिका–४ बेलौरी बजारका दुई बैंकका शाखा आजदेखि एक साताका लागि बन्द भएका छन् । यहाँका बैंक अफ काठमाडौँ र राष्ट्रिय बाणिज्य बैंक श्रीपुर शाखा बन्द भएका हुन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैंक अफ काठमाडौँमा कार्यरत कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि सो बैंकसँगै रहेको राष्ट्रिय बाणिज्य बैंक बन्द गरिएको हो । कोरोना सङ्क्रमण पुष्टि भएका कर्मचारीको सम्पर्कमा रहेका अन्य कर्मचारीको पिसिआर जाँच गरी नतिजा नआउँदासम्म बैंकका शाखाको कामकाज… पुरा पढौ

जैविक विविधता संरक्षणमा दृढताका साथ काम गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौँ, १५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधता संरक्षणका लागि राजनीतिक इच्छाशक्तिका साथै विचार तथा नवप्रवर्तनको प्रवद्र्धनसहित दृढताकासाथ काम गर्नुपर्नेमा जाेड दिएका छन । संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभाको अवसरमा ‘दिगो विकासका लागि जैविक विविधतासम्बन्धी अविलम्ब गर्नुपर्ने कार्य’ विषयमा न्युयोर्कमा भएको जैविक विविधता शिखर सम्मेलनमा उनले जैविक विविधता संरक्षणको लागि दिगो लगानी सुनिश्चित गुर्न आवश्यक भएको बताए । जलवायुसम्बन्धी प्रतिकार्य अविलम्ब कार्यन्वयन गर्नु सबैको नैतिक दायित्व भएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रियस्तरमा सहमति भएका विकासका खाकाहरू र वातावरणसम्बन्धी… पुरा पढौ

सुदूरपश्चिममा घट्यो कोरोना सङ्क्रमण, जनजीवन सहज बन्दै

डोटी, १५ असोज । दुई महिनाअघिसम्म सङ्क्रमण वृद्धि भएको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय सङ्क्रमित छिट्टै निको भएका छन् । नौवटै जिल्लामा कोरोना सङ्क्रमित निको हुनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार पछिल्लो समय प्रदेशमा कोरोना निको हुनेको सङ्ख्या पाँच हजार ९२९ पुगेको छ । कोरोनाकै कारण सुदूरपश्चिम प्रदेशमा ११ जनाको मृत्यु भएको छ । तर पछिल्लो समय निको हुने दरमा उल्लेख्य मात्रामा वृद्धि भएको निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार यहाँ एक… पुरा पढौ

बजेट अभावमा सिद्धार्थ रङ्गशालाकाे काम १० वर्षमा १० प्रतिशत

लुम्बिनी, १५ असोज । भैरहवास्थित सिद्धार्थ रङ्गशालालाई अन्तरराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने गरी थालनी भएको योजना बजेट अभावमा ढिलाइ हुँदा अलपत्र परेको छ । पश्चिम नेपालमा खेलकूद क्षेत्रका लागि गौरवको आयोजनाका रुपमा निर्माणाधीन रङ्गशाला प्यारापिटसहित ११ हजार दर्शक क्षमताको हुने छ । क्रिकेटका लागि अत्यन्तै महत्वपूर्ण मैदानका रुपमा विकास र स्तरोन्नति गर्ने उद्देश्यले निर्माण थालनी गरिएको उक्त आयोजनाको काम नौ वर्षअघि शुरु भए तापनि पूरा हुन सकेको छैन । बजेटको पर्याप्त व्यवस्थापन नहुँदा कामले गति लिन नसकेको रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष… पुरा पढौ

पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्राडा अर्याल नियुक्त

पोखरा, १५ असोज । पोखरा विश्वविद्यालयमा लामो समयसम्म रिक्त उपकुलपति पदमा प्राडा प्रेमनारायण अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले पोखरा विश्वविद्यालय ऐन २०५३ बमोजिम प्राडा अर्याललाई बुधबार नियुक्त गरेका हुन् । नवनियुक्त उपकुलपति अर्यालको पदवधि ४ वर्षको हुनेछ । गुल्मीको आरुचौरमा विसं २०११ मा जन्मेका अर्याल चितवन स्थायी ठेगाना भई हाल काठमाडौं कीर्तिपुर बस्दै आएका छन् । उनले त्रिविबाट शिक्षाशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । २०३८ सालमा सहायक प्राध्यापकबाट प्राध्यापन सेवा शुरू… पुरा पढौ