मुख्य समाचार

गैरआवासीय नेपाली सङ्घको दोस्रो विश्व ज्ञान सम्मेलन आजदेखि शुरु हुँदै

टेक्सस, अमेरिका, २३ असोज । गैरआवासीय नेपाली सङ्घको आयोजनामा दोस्रो विश्व ज्ञान सम्मेलन आजदेखि शुरु हुँदैछ । सम्मेलन असाेज २५ गतेसम्म हुने भएको छ । पहिलो पटक दुई वर्षअघि सङ्घले पहिलो ज्ञान सम्मेलनको आयोजना गरेको थियो । हरेक दुई वर्षको फरकमा ज्ञान सम्मेलन गर्ने सङ्घको पूर्वयोजनाअनुरुप दोस्रो विश्व ज्ञान सम्मेलनको आयोजना गरिएको सङ्घले जनाएको छ । कोभिड–१९ महामारीका कारण उत्पन्न जटिल परिस्थितिलाई मध्यनजर गर्दै अनलाइन प्रविधिका माध्यमबाट विश्व ज्ञान सम्मेलन गर्न लागिएको सङ्घले जानकारी दिएको छ । सम्मेलनका निम्ति आवश्यक… पुरा पढौ

नेपाल वायुसेवा निगमको महाप्रवन्धकमा पौडेल नियुक्त

काठमाडौं, २२ असोज । नेपाल वायुसेवा निगमको महाप्रवन्धकमा डिमप्रकाश पौडेल नियुक्त भएका छन्। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले निगम सञ्चालक समिति सदस्य समेत रहेका पौडेललाई महाप्रवन्धक नियुक्त गरेको हो । उनी पेशाले चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । पुरा पढौ

नेप्से परिसूचक ११.३४ अंकले घट्यो, बिहीबार २ अर्ब ९० करोड बढीको कारोबार

काठमाडौं, २२ असोज । साताको अन्तिम दिन नेप्से ११.३४ अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक ११.३४ अंकले घटेर १ हजार ५ सय ८९ दशमलव ६३ विन्दुमा कायम भएको छ । कूल १९३ कम्पनीको एक करोड ११ लाख ६४ हजार ५०६ कित्ता शेयर रु २ अर्ब ९० करोड ५० लाख ५७ हजार ९६६ मूल्यमा खरिद बिक्री भए । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । वित्त ३१.७२, लघुवित्त… पुरा पढौ

योजनाबद्ध विकासको दिशामा अघि बढेका छौं : मेयर जिसी

नेपालकै प्रमुख पर्यटकीय सहर हो–पोखरा । पोखरा महानगरपालिका देशकै सबैभन्दा ठूलो क्षेत्रफलमा फैलिएको महानगर पनि हो । जनसंख्या हिसाबले दोस्रो ठूलो र प्राकृतिक सुन्दरताले पहिलो महानगर पोखरामा ३३ वटा वडा छन् । देशका ६ महानगरपालिकामा आफूलाई अब्बल महानगररुपमा उभ्याउन ३ वर्षअघि स्थानीय निर्वाचनबाट चुनिएका यहाँका जनप्रतिनिधि निरन्तर लागिपरेको दाबी गर्दछन् । कार्यकाल सकिन अब २१ महिना बाँकी छ । स्मार्ट सिटीको नारा बोकेको महानगरले आफ्नो वाचा के–कति पूरा गर्यो ? साथसाथै कोभिड–१९ का कारण विश्व नै आक्रान्त बनेको बेला महानगरवासीको… पुरा पढौ

सुनको मूल्य २ सयले घट्यो

काठमाडौं, २२ असोज । बिहीबार सुनको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाल  सुनको मूल्य  प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ८० रहेको महासंघले जनाएको छ । पुरा पढौ

प्रवासी नेपालीद्वारा डा. केसीको जीवनरक्षा र माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं, २२ असोज । प्रवासमा रहेका नेपालीले डा.गोविन्द केसीको जीवन रक्षा र वार्ताबाट तुरुन्त समस्या समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज अपिलसहितको एक ज्ञापन पत्र पठाएका छन् । चिकित्सा क्षेत्रमा सुधार र सुशासनका लागि पटक पटक सत्याग्रह गर्दै आएका डा.केसीसंग सरकारले तुरुन्त वार्ता शुरु गरी उनका जायज मागलाई पूरा गर्न माग गरिएको छ । चिकित्सा क्षेत्रमा रहेको बेथिति र मेडिकल माफिया बिरुद्ध जनताको भलाईको लागि पटक पटक अनशन बस्दै आएका डा.केसीसंग भएका सहमति कार्यान्वयन नहुँदाको परिणाम आफ्नो अमूल्य जीवन… पुरा पढौ

शेयर बजारमा बढ्यो आकर्षण, धमाधम थपिदैछन् नयाँ लगानीकर्ता

काठमाडौं, २२ असोज । पछिल्लो समय शेयर बजारमा लगानीकर्ताको आकर्षण बढेको छ । अझ लकडाउनको अवधीमा शेयर बजारमा प्रवेश गर्न चाहानेहरुको लहर नै देखिएको छ । नेपाल स्टक एक्सचेञ्जले पछिल्लो समय नयाँ लगानीकर्ताको आवागमन बढेको बताएको छ । गत एक महिनामा अनलाइन सेयर कारोबारका लागि करिब ६० हजार लगानीकर्ता थपिएका छन् । कोभिड–१९ को जोखिम बढेसँगै सर्वसाधारणलाई हिँडडुलमा अवरोध भएको, लगानीका अन्य क्षेत्र सञ्चालन हुन नसकेको, धितोपत्र बोर्ड र नेप्सेले अनलाइन कारोबारका लागि प्रोत्साहन गरेकोलगायत कारण अनलाइन कारोबारका लागि ‘युजर नेम… पुरा पढौ

स्थानीय तहमा अस्पताल बनाउन स्वास्थ्य बजेट निकासा

काठमाडौँ, २२ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल बनाउन स्थानीय तहलाई बजेट पठाएको छ । अर्थ मन्त्रालयमार्फत् पहिलो चरणमा २ सय ६४ स्थानीय तहलाई ५ देखि १५ शैय्याको अस्पताल बनाउनका लागि बजेट पठाइसकेको हो । पाँच शैय्याको अस्पतालका लागि ७० लाख, १० शैय्याको लागि ८५ लाख र १५ शैय्याको लागि १ करोड पठाइसकेको हो । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार ती स्थानीय तहका स्वास्थ संस्थालाई स्तरोन्नति गरी अस्पताल बनाउन बजेट पठाइएको हो । मन्त्रालयले ५ शैय्याका लागि ५२… पुरा पढौ

नागरिकको दृष्टिको सुरक्षामा सरकार सचेत र क्रियाशील: मन्त्री ढकाल

काठमाडाै, २२ असाेज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले नागरिकको दृष्टिको सुरक्षाका लागि सरकार सचेत र क्रियाशील रहेको बताएका छन् । विश्व दृष्टि दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सबै नेपालीमा दृष्टिदोषरहित जीवनको कामना गरेका छन् । विश्वव्यापी रूपमा “दृष्टिप्रतिको आश” भन्ने मूल नाराका साथ बिहिबार विश्वदृष्टि दिवस मनाइँदै छ । सन्देशमा उनले नेपालले अहिले कोभिड १९ को संक्रमणबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउन अपनाउनुपर्ने विश्वव्यापी र नेपाल सरकारले जारी गरेका जनस्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गराउने कार्यमा… पुरा पढौ

सहकारी संस्था १५ हजार, सदस्य १ करोड ५० लाख पुग्ने प्रक्षेपण

काठमाडौं, २१ असोज । राष्ट्रिय सहकारी विकास वोर्डको २५ वर्षे रणनीतिक योजना भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई आज बुझाईएको छ । नेपालको सहकारी क्षेत्रको २५ वर्षे रणनीतिक योजना २०७७-०७८–२१०२-०३ मा सहकारीको संस्था १५ हजार हुने र सदस्य संख्या एक करोड पचास लाख हुने प्रक्षेपण गरिएको छ । हाल देशभर झण्डै ६६ लाख सहकारी सदस्य रहेका छन । उनीहरु अन्य सहकारीमा पनि सदस्य रहेको भन्ने कुराहरु आईरहेको भएपनि अभिलेख भने पाईएको छैन । अबका दिनमा सदस्यहरु दोहोरिन… पुरा पढौ