मुख्य समाचार

वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण

काठमाडौं, २० असोज । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको स्वाव परीक्षणमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको आचार्यले बताएका छन् । वरिष्ठ हास्य कलाकार आचार्यका अनुसार उनीसँगै उनकी श्रीमतीलाई समेत कोरोना पुष्टि भएको छ । आफूलाई कोरोना लागेपछि सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन उनले आग्रह गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसवुक मार्फत सूचना दिदै उनले आफूलाई लक्षण नदेखिएको र आराम गरिरहेको समेत जानकारी दिएका छन् । पुरा पढौ

२३४० निको भएर घर फर्किए,नयाँ १५५१ संक्रमित थपिए

काठमाडौं, २० असोज । मंंगलबार २ हजार ३४० जना निको भएर घर फर्किएका छन् । योसहित कोरोनालाई जितेर सामान्य जीवनमा फर्किनेको संख्या नेपालमा ६७ हजार ५४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नयाँ १ हजार ५५१ जनामा संक्रमण पोजेटिभ देखिएपछि नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ९० हजार ८१४ पुगेको छ । बितेको २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा भएको परिक्षण नतिजा अनुसार नयाँ १ हजार ५५१ जनामा संक्रमण पोजेटिभ देखिएको मन्त्रालयले आज आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा… पुरा पढौ

प्रदेश ५ को राजधानी देउखुरी

बुटवल, २० असोज । प्रदेश नम्बर ५ को राजधानी अन्ततः देउखुरी तोकिएको छ । प्रदेशसभामा मंगलवार भएको मतदानमा दुईतिहाइ बहुमतले दाङको देउखुरी (राप्ती उपत्यका) पारित भएको हो। कुल खसेको ८२ मतमध्ये दाङका पक्षमा ६९ र विपक्षमा १३ मत परेको थियो । सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी सोनामले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका तथा अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाले ओगटेको राप्ती नदी किनाराको मैदानी भाग देउखुरीलाई प्रदेशको राजधानी तोक्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा मतदानका लागि नेकपाले ह्वीप… पुरा पढौ

नेप्से परिसूचक ४.१७ अंकले बढ्यो,२ अर्ब ४२ करोड बढीको कारोबार

काठमाडौं, २० असोज । साताको तेस्रो दिन नेप्से ४.१७ अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक ४.१७ अंकले बढेर १ हजार ५८६ दशमलव २९ विन्दुमा कायम भएको छ । नेप्सेका अनुसार आज २ अर्ब ४२ करोड ४५ लाख बढीको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये ६ वटा समूहबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । पुरा पढौ

प्रदेश ५ काे बैठकः(लाइभ)

बुटवल, २० असाेज । आजको बैठकमा प्रदेश ५ को राजधानी र नामाकरणका बारेमा मतदान हुने कार्यसूची रहेकाे छ। सभालाइ मुख्यमन्त्री शंकर पाेखरेलले संवाेधन गरेका छन । अन्यले पनि बाेल्ने क्रम जारि छ । नेपाली कांग्रेसले आफ्ना सांसदलाई विपक्षमा मतदान गर्न ह्वीप जारि गरेकाे छ । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलले प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारि गरेको छ । विशेषतः नेपाली कांग्रेसले प्रदेश ५ को राजधानी बुटवलमा हुनुपर्ने माग गरिरहेको छ । सोमबार सभामा नाराबाजि गर्दै विरोध प्रदर्शन गरेको थियो… पुरा पढौ

पर्यटनमा कोरोना प्रभाव, बैंक तथा वित्तीय संस्थासँग व्यवसायीको छलफल

पोखरा, २० असोज । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिविपरीत पर्यटन व्यवसायीहरुलाई किस्ता र व्याज भुक्तानीका लागि बैंक तथा वित्तीय संस्थाहरुले दबाब दिने गरेको भन्दै व्यवसायीले गुनासो गरेका छन् । नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स् (नाट्टा), गण्डकीले पोखरामा आयोजना गरेको नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिसम्बन्धी बैंक तथा वित्तीय संस्थाहरुसँग अन्तक्र्रियात्मक कार्यक्रममा बोल्दै पर्यटन व्यवसायीहरुले सो गुनासो गरेका हुन् । कोरोना महामारीका कारण पर्यटन क्षेत्र अति संवेदनशील क्षेत्रमा राखे पनि बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण तथा… पुरा पढौ

मन्त्री ढकालद्वारा अस्पतालका निर्देशकसँग छलफल

काठमाडाै, २० असाेज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ अस्पतालका निर्देशकसँग भर्चुअल माध्यमबाट छलफल गरेका छन् । कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि अग्रपङ्क्तिमा रहेर काम गरिरहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलगायतले भोगिरहेका समस्या, गरिरहेका नियमित काम र स्वास्थ्य मन्त्रालयसँगको अपेक्षाका बारेमा उनले जानकारी लिएका हुन् । सो अवसरमा मन्त्री ढकालले सबैको सहयोगले मात्र कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्न सकिने भएकाले ठोस उपचार नदेखिएको अवस्थामा सावधानीपूर्ण जीवनशैलीका लागि सबैलाई प्रेरित गर्नुपर्ने बताए। नजीकै आइरहेको चाडपर्वमा हुने भीडभाडले कोभिड–१९ को जोखिम… पुरा पढौ

प्रदेश ५ को राजधानी र नामाकरण प्रस्तावमा आज मतदान, दलद्वारा पक्ष विपक्षमा मतदान गर्न ह्वीप जारी

रूपन्देही, २० असोज । प्रदेश नं ५ को राजधानी र नामाकरणको प्रस्तावमा आज प्रदेशसभा बैठकमा मतदान हुँदैछ । यसका लागि सरकार पक्षिय तथा विपक्षी दल भने आआफ्नो रणनीतिमा लागेका छन् । स्थायी राजधानी दाङको देउखुरी नामाकरणको प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ । नेपाली कांग्रेस प्रदेश नं ५ को राजधानी बुटवलमै राख्ने पक्षमा रहेकोले सांसदहरुलाई विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो । यस्तै नेकपाको संसदीय दलको बैठकले प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी… पुरा पढौ

जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड

काठमाडौं, २० असोज । जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले इन्स्योरेन्सको आईपीओ मंगलबार विहान बाँडफाँड गरेको हो। कम्पनीको आईपीओ करिब ८ गुणा बढी आवेदन परेको थियो । शेयर निष्काशन तथा बाँडफाँड नियमावली अनुसार न्यूनतम १० कित्ताको दरले शेयर वितरण गर्दा २ लाख ७३ हजार जनाले मात्रै शेयर पाएका छन् । बाँकि आवेदकको हात खालि भएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलले आइताबार साँझ प्रिअलटमेन्टको सम्पूर्ण काम सकिसकेको थियो। पुरा पढौ

चाडपर्व नजिकिएसँगै प्रहरीले सक्रियता बढायो

काठमाडौं, २० असोज । चाडपर्वलाई लक्षित गरी प्रहरीले सुरक्षा सक्रियता र निगरानी बढाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार सम्भावित जोखिम क्षेत्रको पहिचान गर्दै मातहतका प्रहरी कार्यालयले उच्च निगरानी बढाएको जानकारी दिए । उनका अनुसार मुख्यगरी खाद्य वस्तुमा कालोबजारी हुने, अखाद्य वस्तुलाई विक्री वितरण गर्ने, मिति सकिएका वस्तुमा नयाँ मिति राखेर विक्री गर्ने तथा कानुन विपरितका कार्य गर्न सक्ने भएकाले त्यसतर्फ प्रहरीले निगरानी बढाएको छ । यस्तै चोरी, तस्करी र आपराधिक गतिविधिसमेत हुन सक्नेतर्फ पनि… पुरा पढौ