मुख्य समाचार

जनताले छिटो लाभ लिने कार्यक्रममा नेपाली सेनाको ध्यान

काठमाडौ, १४ असाेज । नेपाली सेनाले जनताले छिटो लाभ प्राप्त गर्ने तथा सैनिक नागरिक सम्बन्धमा कोसेढुङ्गा सावित हुने कार्यक्रम कार्यान्वयनलाई पछिल्लो समय तीव्रता दिएको छ । स्थानीय आवश्यकता पहिचान गरी विकास, निर्माण र सामाजिक सेवाका कार्यक्रममार्फत सैनिक–नागरिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले थोरै बजेटमा धेरै जनता लाभान्वित हुने कार्यक्रमलाई प्राथमिकतामा राखिएको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए । सोही सन्दर्भमा सेनाले मोरङको धनपालथान गाउँपालिकाको दानावती चोकमा ट्रस घरसहितको हाटबजार निर्माण गरी स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ । पूर्वी पृतनापति उपरथी अनन्त… पुरा पढौ

पढाइ शुल्क तिर्न नसक्दा मिस्त्रीको काम शुरु गरे खेमराजले

कर्णाली, १४ असोज । गाडीमुनि लम्पसार भई माथितिर फर्किएर एउटा बालकले गाडीको पार्टपूर्जा बनाइरहेको दृश्य हामी कमैले देखेका हौंला । यो दृश्य देख्दा धेरैलाई अचम्म लाग्नु स्वाभाविकै हो । शुभकालिका गाउँपालिका–४, साविक सुकाटिया २०, कालीकोटका खेमराज चौलागाईं १६ वर्षको उमेरदेखि जहाँ गाडी बिग्रन्छ, त्यहाँ कसैले बोलाउने बित्तिकै गाडी बनाउन पुग्थे । अहिले पनि याे काम दाेहाेरिरहेकाे छ । चौलागाईंलाई अहिले १८ वर्षका हुँदा पनि उस्तै दृश्यमा देखिन्छन । आजभोलि धेरै बालबालिका सामाजिक सञ्जालमा, मोबाईलमा गेम खेलेर, गीत बजाएर, युट्युब हेरेर,… पुरा पढौ

ग्राहकबाट जरिवाना नलिन ऊर्जा मन्त्री पुनको निर्देशन

काठमाडौँ १३ असोज । कोरोना महामारीका कारण समयमा मिटर रिडिङ हुन नसकेका ग्राहकलाई जरिवाना लगाउने काम नगर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन । मन्त्री पुनले आज प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला र उपकार्यकारी निर्देशक एवं ग्राहक तथा वितरण निर्देशनालयका प्रमुख हरराज न्यौपानेलाई मन्त्रालयमा बोलाएर त्यस्ता ग्राहकलाई तत्काल जरिवाना नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन। कोरोना नियन्त्रणका लागि गरिएको लामो बन्दाबन्दीका कारण प्राधिकरणका अधिकांश ग्राहस्थ र औद्योगिक ग्राहकको मिटर रिडिङ हुन सकेको थिएन… पुरा पढौ

नेप्से ७.२१ विन्दुले ओरालो

काठमाडौँ १३ असोज । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जले नेप्से ७.२१ विन्दुले ओरालो लागेर एक हजार ५५३.६२ मा झरेको बताएकाे छ । सेन्सेटिभ परिसूचक १.७९ विन्दुले घटेर ३०७.८२ मा ओर्लिएको छ । कूल १९२ कम्पनीको ७३ लाख पाँच हजार १११ कित्ता शेयर रु एक अर्ब ८२ करोड ९८ लाख ७२ हजार ९६८ मूल्यमा खरिद बिक्री भएका छन । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयर कारोबार… पुरा पढौ

सुनको मूल्यमा वृद्धि

काठमाडौँ, १३ असोज। पहेँलो धातु सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला रु ९०० ले बढेको छ । छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ७०० तोकेको महासङ्घले बताएकाे छ । आइतबार र सोमबार सुनको मूल्य स्थिर रहेको थियो । चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला रु २५ ले वृद्धि भई एक हजार १७५ मा काराेबार… पुरा पढौ

१५१३ संक्रमण थपिए, सक्रिय संक्रमित नाघे २० हजार

काठमाडौं, १३ असोज । नेपालमा गएको २४ घण्टामा १ हजार ५ सय १३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर १ हजार ५ सय १३ जना संक्रमित थपिएको जनाएका हुन् । यसरी कुल संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ । तीमध्ये हाल २० हजार २ सय ९६ जना सक्रिय संक्रमित रहेका छन् । यसैगरी, पछिल्लो २४ घण्टामा ७ सय ३१ जना कोरोना संक्रमित निको… पुरा पढौ

भागेश्वरको रुपालमा सशस्त्रको बीओपी स्थापना

अमरगढी, १३ असोज । भारतसँग सीमा जोडिएकाे डडेल्धुराको भागेश्वर गाउँपालिका–१ रुपालस्थित सेल्टुडामा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटाउने नेपाल सरकारको नीतिअनुसार बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नं ७ वैद्यनाथ वाहिनी मुख्यालयका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशङ्कर बुढाथोकीले बताए । सीमा सुरक्षा, सीमा स्तम्भहरुको संरक्षण र सीमामा हुने आपराधिक गतिवितिहरु नियन्त्रणका लागि सशस्त्र प्रहरीको बिओपी स्थापना गरिएको हो । राज्यले सङ्गठनलाई दिएको सीमा सुरक्षाको जिम्मेवारी गहन रुपमा बहन गर्न… पुरा पढौ

मिर्मिरे लघुवित्तले श्रृजनशील लघुवित्त लाई प्राप्ति गर्ने

काठमाडाैं, १३ असाेज । मिर्मिरे लघुवित्तले श्रृजनशील लघुवित्तलाई प्राप्ति गर्ने भएकाे छ । काभ्रेको बनेपा नगरपालिका ८ मा रहेको मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडले सिराहाको गोलबजार नगरपालिका वडा नं ७ मा रहेको श्रृजनशील लघुवित्त वित्तिय संस्था लिमिटेडलाई प्राप्तिको लागि समझदारीपत्रमा हस्ताक्षर भएकाे कम्पनी सचिव तुलसीराम पाठकले जानकारी दिए। संस्थाले यस बारेमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई जानकारी दिई सकेको छ । पुरा पढौ

दूधकोशीमा ७० मेगावाट विद्युत् उत्पादनका लागि अनुमति

सोलुखुम्बु, १३ असोज । दूधकोशी हाइड्रो पावर नेपालले (दूधकोशी–२ जलेश्वर ७० मेगावाट) विद्युत् उत्पादनका लागि अनुमतिपत्र प्राप्त गरेको छ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा पर्ने दूधकोशी नदीमा विद्युत् उत्पादनको लागि विद्युत् विकास विभागबाट अनुमतिपत्र प्राप्त भएको जनसम्पर्क अधिकृत जनकराज खनालले जानकारी दिए । यसअघि सोलुखुम्बुमा थुलुङ दूधकोशीमा ड्याम बनाइ सुरुङमार्गबाट खोटाङको ऐसेलुखर्क गाउँपालिकाको जलेश्वरीमा विद्युत्गृह निर्माण गरी २३० मेगावाट उत्पादन गर्ने अनुमानसहित प्रक्रिया अगाडि बढाइएको थियो । नेपाल सरकारको गौरवको आयोजना दूधकोशी जलाशययुक्त आयोजनाका कारण थुलुङ दूधकोशी गाउँपालिका– ५, ६… पुरा पढौ

कात्तिकदेखि दुई वटा सहकारीमा सदस्य बन्न नपाइने

काठमाडाैं, १३ असाेज । कात्तिक १ गतेबाट एउटै प्रकृतिका दुई वटा सहकारीमा सदस्य बन्न नपाइने भएको छ । सहकारी विभागले सहकारी ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार कात्तिक १ गतेदेखि दोहोरो सदस्यता अन्त्य गर्ने भएको हो । सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा १ (क) मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य बन्न नपाउने व्यवस्था रहेको छ । ऐन प्रारम्भ हुनुअघि एकभन्दा बढी संस्थाको सदस्य रहे तीन वर्षभित्र एक संस्थाको मात्रै सदस्यता कायम गर्न… पुरा पढौ