मुख्य समाचार

नेप्सेको सबैभन्दा महंगो कम्पनी युनिलिभरले घटायो प्रतिफल

काठमाडौं, १२ असोज । युनिलिभर नेपाल लिमिटेडले लगानीकर्ताहरुलाई दिने प्रतिफल घटाएको छ । हरेक वर्ष उच्च प्रतिफल दिदै आएको युनिलिभरले गत आर्थिक वर्षको मूनाफाबाट प्रतिकित्ता सय रुपैयाँ दिने भएको छ । यस कम्पनीको प्रतिकित्ता १९ हजार रुपैयाँ भन्दा बढी शेयर मूल्य रहेको छ । यो नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत कम्पनीहरु मध्ये सबैभन्दा बढी मूल्य भएको कम्पनी हो । युनिलिभरकी कम्पनी सचिव एलिना आचार्यका अनुसार प्रतिकित्ता १०० रुपैयाँका दरले नगद लाभांश दिने निर्णय कम्पनीले गरेको छ । यो लाभांश प्रस्ताव आगामी… पुरा पढौ

असोजमै पाक्यो सुन्तला !

गलकोट, १२ असोज । सामान्यतः सुन्तला फल्ने ‘सिजन’ कात्तिक, मङ्सिरमा हुन्छ तर बर्खायाम सकिनसक्दै बागलुङका अगुवा कृषक टोपबहादुर खड्काले भने सुन्तला बगानमा फलेका सुन्तला बिक्री गर्न थालेका छन् । बागलुङ नगरपालिका–८ सिगानामा खड्काले परीक्षणस्वरूप लगाएको बेमौसमी सुन्तलाले असोजमै राम्रो फल दिन शुरु गरेपछि अहिले उनी उत्साहित बनेका छन् । खड्काले पाँच वर्षअघि मात्रै झण्डै १०० बेमौसमी जातका सुन्तलाका बिरुवा लगाएका थिए । गतवर्ष पाँच सात वटा रुखमा सुन्ताल फले पनि अहिले झण्डै १५ रुखमा सुन्तला पाकेका छन् । अहिले पाकेका… पुरा पढौ

बेनीका पौरखी किसान आम्दानीले सन्तुष्ट

बेनी, १२ असोज । व्यवसायीक कृषि कर्ममा लागेका म्याग्दी बेनीका युवाहरुले आफ्नो व्यवसायबाट भएकाे आम्दानीले निकै सन्तुष्ट भएको बताएका छन । बेनी नगरपालिका–६ अर्थुङ्गेका २७ वर्षीय युवा कमल पौडेल पशुपालनबाट गरेको आम्दानीले सन्तुष्ट छन । करिब नौ वर्ष अघि रोजगारका लागि विदेश जाने हुटहुटी चलिरहेकै बेला पौडेलले आफ्नै गाउँ ठाउँमा पसिना बगाउने निधो गरे । आफ्नै रोजाइको व्यवसायको रुपमा कुखुरा र गाईभैँसी पालनमा होमिए । पौडेलको फार्ममा अहिले १० वटा भैँसी र एउटा गाई छन । दैनिक उनको फार्मबाट एक… पुरा पढौ

पोखराका पर्यटन व्यवसायीले मनाए पर्यटन दिवस, मुख्यमन्त्रीसहितको जम्बो टोलीको डुंगा सयर

पोखरा, ११ असोज । पर्यटकीय क्षेत्र पोखरा कोरोना प्रभावका कारण ७ महिनादेखि सुनसान छ । केही पर्यटन व्यवसायीले होटल तथा रेष्टुरेन्ट संचालन गरे पनि केही पर्ख र हेरको अवस्थामा छन् । खोलिएका होटलहरुमा पनि पाहुनाको पर्खाइमा छन् । सधैँ व्यस्त रहने फेवातालको किनार, लेकसाइड, डेभिजफल, सराङकोट, महेन्द्रगुफा, सराङ्कोट लगायत क्षेत्र सुनसानप्रायः देखिन्छन् । यसैबीचमा २७ सेप्टेम्बर अवसरमा परेको ४१ औं विश्व पर्यटन दिवसलाई आइतबार पोखराका पर्यटन व्यवसायीले फरक ढंगले मनाएका छन्। पर्यटन व्यवसायीले सरोकारवाला निकायका प्रतिनिधि सहभागी गराएर ‘फेवा फेरो… पुरा पढौ

राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठसहित ३१ कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं, ११ असोज । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठसहित बैंकका ३१ कर्मचारीमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ । श्रेष्ठसहित अन्य विभाग, महाशाखा तथा प्रदेश कार्यालयहरुमा कार्यरत राष्ट्र बैंकका कर्मचारीहरुमा संक्रमण पोजेटिभ देखिएको हो । श्रेष्ठलाई बिहिबार कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । संक्रमण पुष्टि हुनु अघि सामान्य विरामी भए पनि अहिले आफु स्वस्थ रहेको र चाडै कोरोनालाई जितेर काममा फर्किने उनले सफल आवाजलाई बताए । डेपुटी गभर्नर श्रेष्ठ अहिले होम आइसोलेसनमा रहेका छन् । पुरा पढौ

नेप्से परिसूचक ४.२९ अंकले बढ्यो, तीन अर्ब बढीको कारोबार

काठमाडौं, ११ असोज । साताको पहिलो दिन नेप्से ४.२९ अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ४.२९ अंकले बढेर १ हजार ५६५ दशमलव ५५ विन्दुमा काएम भएको छ । नेप्सेका अनुसार आज ३ अर्ब १३ करोड ८२ लाख बढीको कारोबार भएको छ । आज नेप्सेमा ७ वटा कम्पनीबाहेक अन्य सबैमा हरियाली छाएको छ । पुरा पढौ

हिमालयलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन

काठमाडौँ, ११ असोज । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्सलाई भूमिस्थ प्रबन्ध सेवा ‘ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न नेपाल नागरिक उड्डयन प्राधिकिरणलाई निर्देशन दिएका छन । पर्यटनमन्त्री भट्टराईले आज प्राधिकरणका महानिर्देशन राजन पोखरेललाई मन्त्रालयमा बोलाएर हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङको अनुमति दिएकाे बारेमा जानकारी लिँदै अहिलेलाई उक्त निर्णय यथास्थितिमा राख्न आग्रह गरेका मन्त्रालयको उच्च स्रोतले जानकारी दिएकाे छ । हिमालय एयरलाइन्सको प्राविधिक क्षमता, व्यावसायिक प्रस्ताव, जनशक्तिलगायत सम्पूर्ण कुराको अध्ययन गरेर मात्र थप निर्णय लिन निर्देशन दिएकाे… पुरा पढौ

छैटौं अन्तराष्ट्रिय एचआर समिट २०२० सम्पन्न

पाेखरा, ११ असाेज । भारतको प्रतिष्ठित ब्यवसायीक घराना जेके ग्रुपद्धारा संचालित डा. गौरहरि सिंघानिया इन्स्टीच्युट अफ मेनेजमेन्ट एण्ड रिर्सच कानपुर भारत र नोभेल एकेडेमी पोखराको संयुत आयोजनामा छैटौ अन्तराष्ट्रिय एचआर समिट २०२० सम्पन्न भएको छ । विश्वव्यापी फैलिएको कोरोनाका कारण यो सम्मेलन भर्चुअल माध्यमबाट सम्पन्न भएको थियो ।एचआर समिट यही असोज १० गते दिउसो ३ बजेबाट साझ ७ बजेसम्म भएको थियो । एचआर समिटमा नेपाल भारत र अन्य देशका विभिन्न क्षेत्रका २०० भन्दा बढी ब्यक्तीत्वहरुको सहभागिता रहेको थियो । कार्यक्रममा… पुरा पढौ

सुनको मूल्य ६ सयले घट्यो

काठमाडौं, ११ असोज । आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार तोलामा ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार घटेर ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य घटेर प्रतितोला १ हजार १५० रहेको महासंघले जनाएको छ । यसअघि शुक्रबार चाँदी तोलाकाे १ हजार १६० रुपैयाँ थियो ।  पुरा पढौ

जनरल इन्स्योरेन्सको आईपीओ खुल्यो

काठमाडौं, ११ असोज । जनरल इन्स्योरेन्स कम्पनी ले सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ। कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन खुला गरेको हो। कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ। सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम… पुरा पढौ