मुख्य समाचार

२४ घन्टामा परीक्षण शुल्क समायोजन नगरे स्वीकृती खारेज गर्ने मन्त्रालयको चेतावनी

काठमाडौं, १४ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणका लागि बढी शुल्क लिएका ८ वटा ल्यावलाई २४ घन्टामा शुल्क समायोजन गर्न निर्देशन दिएको छ । दिईएको निर्देशनको पालना नगरे प्रयोगशाला परीक्षणका लागि दिईएको स्वीकृती खारेज गर्ने चेतावनी दिएको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङका क्रममा आज प्रवक्ता प्राडा जागेश्वर गौतमले मन्त्रायलयस्तरीय इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस) को निर्णयलाई सुनाउँदै शुल्क समायोजन नगरेको खण्डमा प्रयोगशाला परीक्षणका लागि दिईएको स्वीकृतीलाई खारेज गर्ने निर्णय भएको जानकारी दिए । डा.गौतमले गुणस्तर मापन… पुरा पढौ

गण्डकी प्रदेश खेलकुद विधेयक–२०७७ पारित

पोखरा, १४ असोज । गण्डकी प्रदेश खेलकुद विधेयक–२०७७ पारित भएको छ । प्रदेशसभाको ५८ औं बैठकबाट बुधबार सामान्य संसोधन सहित विधेयक पारित भएको हो । संघीय खेलकुद ऐनसँग नबाझिने गरी तयार बिधेयक गत असोज ५ मा प्रदेशसभामा दर्ता भएको थियो । सो विधेयकमा उल्लेखित १९ सदस्यीय बोर्ड सदस्य रहनेमा २५ सदस्यीयसम्म रहने गरी सामान्य संशोधनसहित पारित भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र न्यौपानेले जानकारी दिए । विधेयक पारितसँगै प्रमाणिकरणपछि सदस्यसचिव छनोटका लागि समिति गठन हुनेछ । जसमा ३ सदस्यीय समिति… पुरा पढौ

नेप्से परिसूचक ३.१९ अंकले घट्याे, करिब २ अर्बको काराेबार

काठमाडौं, १४ असोज । साताको चौथो दिन नेप्से ३.१९ अंकले घटेको छ । बुधबार नेप्से परिसूचक ३.१९ अंकले घटेर १ हजार ५५० दशमलव ४३ विन्दुमा कायम भएको छ । नेप्सेका अनुसार आज १ अर्ब ९५ करोड ३६ लाख बढीको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये ४ वटा समूहबाहेक अन्य सबै समूह राताम्मे भएका छन् । पुरा पढौ

कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि काठमाडौंबाट श्रम स्वीकृति बन्द

काठमाडौँ, १४ असोज । कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि वैदेशिक रोजगार कार्यालय ताहचल काठमाडौंको सेवा बन्द गरिएको छ । कार्यालयमा कार्यरत एक कर्मचारीलाई कोरोना देखिएपछि अर्को सूचना नभएसम्मका लागि सेवा बन्द गरिएको कार्यालयले जनाएको छ । आजदेखि श्रम स्वीकृति प्रदान गर्ने कार्य रोकिएको एक सूचना जारी गर्दै कार्यालयले जनाएको छ । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर वैदेशिक रोजगार खुला गरेसँगै पछिल्ला केही दिनयता कार्यालयमा श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्दै गएको थियो । कार्यालयले यही असोज १ देखि १३ गतेसम्म दुई हजार… पुरा पढौ

सिटीजन्स लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढायो

काठमाडौं, १४ असोज । सिटीजन्स लाइफ इन्स्योरेन्स ले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले शेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गरेको हो । कम्पनीले ७५ करोड बराबरको ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको चुक्तापूँजी एक अर्ब ७५ करोड रुपैयाँ छ । ७५ करोडको आईपीओ पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड पुग्नेछ । आईपीओ निष्कासनको लागि इन्स्योरेन्स र एनआइविएल एस क्यापिटलबीच सम्झौता भएको छ ।सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषक राज… पुरा पढौ

तीन हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रकाे काम ७० प्रतिशत सम्पन्न

ललितपुर, १४ असोज । गोदावरीमा निर्माणाधीन तीन हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम ७० प्रतिशत सकिएकाे छ। शहरी विकास मन्त्रालय मातहतको शहरी विकास तथा भवन निर्माण विभागले गोदावरी नगरपालिका–३ मा उक्त केन्द्र निर्माण गरिरहेको छ । विभाग र केसी–समानान्तर जेभीबीच विसं २०७६ कात्तिक २० गते सम्झौता भएकाे थियाे । कात्तिक २१ गतेबाट भवन निर्माणका लागि खाडल खन्न शुरु गरिएको जेभीका परियोजना प्रबन्धक महेश भट्टले बताए । उनले भने, गत वर्षको चैत महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । दुई… पुरा पढौ

कोरोना नियन्त्रण गर्न रुसबाट २ करोड ५० लाख भ्याक्सिन नेपाल ल्याउन सम्झौता

काठमाडौं, १४ असोज । रुसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ), रुसको सार्वभौम सम्पति कोष र नेपालको एक प्रमुख औषधी वितरक ट्रिनिटी फर्मास्यूटिकल्सबीच नेपालका लागि २ करोड ५० लाख डोज औषधी आपूर्ति गर्न सम्झौता भएको छ । रुसले बनाएको खोप “स्पुतनिक भि” खोप जो एक लामो अध्ययनबाट बनाईएको र मानव एडिनोवायरल भेक्टर प्लेटफर्ममा आधारित रहेको जनाईएको छ । यो सम्झौताले धेरै देशहरुले कोरोना भाइरस बिरुद्धको भ्याक्सिन मानव एडिनोवायरल भेक्टर प्लेटफर्ममा आधारित भएकोले यसकाे महत्वलाई मान्यता दिन्छन भनेर रेखांकित गरेको छ । मानव… पुरा पढौ

पर्यटकलाई नयाँ शर्तः ६ लाखको कोरोना बीमा अनिवार्य

काठमाडौं, १४ असोज । नेपाल घुम्न आउने पर्यटकका लागि नयाँ शर्त तोकिएको छ । नयाँ शर्त अनुसार अब पर्वतारोहण तथा पदयात्रामा आउने पर्यटकले कोरोना सम्बन्धी बीमा गरेको हुनुपर्नेछ । पर्वतारोहण तथा पदयात्राका लागि आउने पर्यटकले नेपाल भ्रमणमा आउँदा ५ हजार अमेरिकी डलर अर्थात ६ लाख नेपाली रुपैयाँ बराबरको बीमा गरेको कागजात पेश गर्नुपर्ने भएको छ । नेपालमा सो प्रयोजनका लागि आउने पर्यटकले नेपाल प्रवेश पश्चात पर्यटनले न्यूनतम सात दिन होटल क्वारेन्टिनमा बस्नु पर्ने नयाँ व्यवस्था गरिएको छ । संस्कृति, पर्यटन… पुरा पढौ

सवारीसाधनको महामेला ‘नाडा अटो शो’ यसपाली नहुने

काठमाडौं, १४ असोज । हरेक वर्ष आयोजना हुने गरेको सवारी साधनहरुको महामेला ‘नाडा अटो शो’ यस वर्ष नहुने भएको छ । कोरोना महामारीका कारण नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले यस वर्ष मेलाको आयोजना नगर्ने निर्णय गरेको हो । हरेक वर्ष आयोजना हुने अटो शो मा नयाँ नयाँ किसिमका गाडिहरु सार्वजनिक हुन्थे । अन्य समयको भन्दा नाडा अटो शोमा विशेष अफर समेत हुने भएकाले गाडिहरु धेरै बिक्री समेत हुने गरेको थियो । तर यसपाली भने नहुने भएको छ ।… पुरा पढौ

अयोध्याधाम बनाउन माडी नगरपालिकाले छुट्यायो १०० बिघा जग्गा

भरतपुर, १४ असोज । चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि १०० बिघा जग्गा छुट्याएको छ । कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमिनको टुङ्गो लगाउँदै १०० बिघा जग्गा छुट्याएको हो । नगरप्रमुख ठाकुरप्रसाद ढकालले वडा नं ८ र ९ काे सिमानामा अयोध्यापुरीधाम निर्माणका लागि हालको अयोध्यापुरी उद्यानको १०० बिघा जग्गा छुट्याइएको बताएका छन । उक्त जग्गामा प्राविधिक अथवा अन्य कारणले समस्या भए वडा नं ८ को दक्षिण अयोध्यापुरीमा पनि करिब ५० बिघा जग्गा प्रयोगमा ल्याउन सकिन्छ । मंगलबारकाे बैठकमा वडा नं… पुरा पढौ