मुख्य समाचार

अत्यावश्यकबाहेक लामो यात्रा नगर्न प्रधानमन्त्रीको अनुरोध

काठमाडौं, ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन समस्त देशवासीमा अनुरोध गरेका छन्। उनले मौसमजन्य विपद्बाट जोगिन तथा सजग रहन आह्वान पनि गरे। जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरेकाले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गरे । विभागले जारी गरेको विवरण सार्वजनिक गर्दै प्रधानमन्त्रीले सामाजिक सञ्जालमा सचेत रहन अनुरोध गरेका हुन्। “शुभ बिहानी ! मौसम विज्ञान विभागले आज दिउँसो देशका… पुरा पढौ

प्रत्यक्ष निर्वाचत प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्छः सभापति देउवा

काठमाडौं, ४ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतासँग सिधै जोडिने भएकाले प्रत्यक्ष निर्वाचत प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्ने बताएका छन् । सभापति देउवा निवास बूढानीलकण्ठमा आज नेपाल मतदाता अधिकार मञ्चका अध्यक्ष भक्त विश्वकर्मासहितको टोलीले ‘निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मस्यौदामा संशोधनका लागि बुझाएको ज्ञापनपत्र बुझ्दै उनले जनतासँग सिधै जोडिने भएकाले प्रत्यक्ष निर्वाचनभित्र समानुपालितक प्रतिनिधित्व जरुरी भएको बताए । “निर्वाचन विधेयकमा आएको संशोधनका विषयमा म पार्टीभित्र र अन्य राजनीतिक दलहरुसँग पनि सल्लाह गर्छु”, सभापति देउवाले भने, “प्रत्यक्ष… पुरा पढौ

दुग्ध उत्पादक किसानलाई रू २८ लाख अनुदान उपलब्ध

त्रिवेणी (नवलपरासी), ४ साउन। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई करिब रू २८ लाख अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा नगरभित्रका दुग्ध उत्पादक किसानलाई रू २७ लाख ९२ हजार २९६ अनुदानस्वरुप उपलब्ध गराइएको जानकारी दिएको छ । नगरपालिकाले दुग्ध उत्पादक किसानलाई पाँच वटा सहकारीमा सङ्कलन भएको १३ लाख ९६ हजार १४८ लिटर दूधमा प्रतिलिटर रू दुईका दरले अनुदान उपलब्ध गराइएको हो । नगरपालिकाका अनसार साना किसान कृषि सहकारी संस्था कावासोती–१४ मार्फत छ लाख… पुरा पढौ

वर्षाका कारण देशभरका ११ राजमार्ग पूर्ण रुपमा अवरुद्ध

काठमाडौं, ४ साउन । मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका ११ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण ११ मुख्य राजमार्ग अवरुद्ध भएका हुन् । अवरुद्ध हुनेमा सङ्खुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, पाँचथरस्थित तमोर करिडोर सडकखण्ड, पाँचथरस्थित मध्यपहाडी लोकमार्ग रहेका छन् । यस्तै, रसुवास्थित पासाङ–ल्हामु राजमार्ग, बाग्लुङस्थित कालीगण्डकी करिडोर, मुस्ताङस्थित जोमसोम–लोमान्थाङ सडक, रोल्पास्थित सहिद राजमार्ग, रुकुम पश्चिमस्थित जाजरकोट–डोल्पा भेरी करिडोर र बैतडीस्थित महाकाली राजमार्ग पूर्ण रुपमा अवरुद्ध… पुरा पढौ

‘पूँजीबजार रातोबाट हरियो’ हुनु सरकारकाे उपलव्धि हाे- प्रधानमन्त्री ओली

काठमाडौं, ४ साउन । आर्थिक वर्ष २०८१-२०८२ काे अन्तिम दिनकाे नेप्सेकाे उकालाेकाे यात्राले नयाँ आर्थिक वर्ष २०८२-२०८३ लाई हरियाली माहाेलमा स्वागत गरेपछि अब शेयर बजार सकारात्मक हुने अपेक्षा बढेकाे छ । यसैबीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा स्टाटस् लेख्दै शेयर बजारमा आएको सुधारलाई आफु नेतृत्वकाे सरकारकाे एक वर्षे कार्यकालकाे महत्वपूर्ण उपलव्धि भएकाे बताएका छन् । सार्वजनिक गरिएकाे फाेटाेसहितकाे प्रधानमन्त्रती ओलीले सामाजिक सञ्जालकाे स्टाटसमा नेप्से परिसूचक २१ ०० बिन्दुबाट बढेर २८०० काे बिन्दु माथि उक्लिएकाे जनाइएकाे छ । प्रधानमन्त्रती ओलीले… पुरा पढौ

माबिलुङ्ग इनर्जीको आईपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, ४ साउन । माबिलुङ्ग इनर्जीले असार २२ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो। जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशन गरेकाेमा ३ करोड ८५ लाख ८२ हजार ४०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ८५ हजार ८२४ कित्ता… पुरा पढौ

हिमालयन बैंकको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, ४ साउन। हिमालयन बैंकले असार ३२ गतेदेखि निष्काशन गरेकाे फर्दर पब्लिक इस्यू (एफपीओ) मा आवेदन दिने आज साउन ४ गते अन्तिम दिन बाँकी रहेको छ।  कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकोले एफपीओ जारी गरेकाे हाे। कुल चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ रहेको छ। यसबाट ७२.९९ प्रतिशत संस्थापक समूहको रहेको छ । २७.०१ प्रतिशत हिस्सा सर्वसाधारणको छ। सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउनका लागि बैंकले १ अर्ब ४५… पुरा पढौ

‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४’ नबिल बैंकलाई प्रदान

काठमाडौं, ३ साउन । नबिल बैंकले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आईक्यान) द्वारा आयोजित “नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४” पाएकाे छ। उत्कृष्ट वार्षिक प्रतिवेदनका लागि बैंकले आफ्नो प्रतिष्ठित अवार्ड पाउन सफल भएकाे हाे। आर्थिक वर्ष २०८०/८१ मा प्रकाशित भएकाे वार्षिक प्रतिवेदनहरूको आधारमा आईक्यानले बैंककाे वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनको मूल्यांकन गरेर साेही आधारमा अवार्ड दिएकाे हो। यसअघि नबिल बैंकले आव २०७९/८० मा पनि ‘गोल्ड अवार्ड’ पाउन सफल भएकाे थियो। काठमाडौंमा आयोजित अवार्ड वितरण कार्यक्रममा महालेखापरीक्षक तोयम रायाले… पुरा पढौ

प्रभु हेलिकप्टर १०औँ वर्षमा प्रवेश, आइपिओ निष्कान गर्दै

काठमाडौं, ३ साउन । प्रभु हेलिकप्टर स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा प्रभु हेलि लिमिटेडका अध्यक्ष सुभाष अमात्यले पछिल्लो एक दशकमा प्राप्त साथ र सहयोगप्रति सम्पूर्णमा आभार व्यक्त गर्दै आगामी दिनमा थप गुणस्तरीय सेवा दिनेमा प्रतिबद्धता जनाए। एक दशकअघि तत्कालीन मुक्तिनाथ हेलिकप्टरका नामबाट सञ्चालित कम्पनीलाई प्रभु ग्रुपले २०७२ सालमा सम्पूर्ण शेयर खरिद गरी प्रभु हेलिकप्टरका नामबाट सञ्चालनमा ल्याएको हो । उनले भने, “नेपालको विविध र चुनौतीपूर्ण भौगोलिक अवस्थामा सुरक्षित, भरपर्दो र प्रभावकारी हवाई यातायात सेवामा प्रतिबद्ध भइ निरन्तर… पुरा पढौ

बुटवल-नारायणगढ सडकको म्याद चौथो पटक थपिदै

नवलपरासी, ३ साउन । काम शुरु गरेको ७ वर्षमा ७० प्रतिसत मात्र काम सम्पन्न गरेको बुटवल नारायणगढ सडकको म्याद चौथो पटक थपिदै छ । यस अघि तिन पटक म्याद थपिसकिएको बुटवल नारायणगढ सडक निर्माणको काम सम्पन्न नगरेको चिनिया ठेकेदार कम्पनीलाई फेरी एक वर्ष म्याद थप्न सडक बिभागले काम गरिहेको छ । यो सडक हेर्ने आयोजना निर्देशनालयका प्रमुख इन्जिनियर चुडाराज ढकालका अनुसार आउदो बुधवार फेरी सडक स्तरोन्नती गर्ने म्याद(समय अबधि) एक वर्ष थप्न सम्झौता गरिदै छ । सडक बिभाग र चिनिया… पुरा पढौ