मुख्य समाचार

कैलाली भन्सारमा ८ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन

अत्तरिया (कैलाली), २ साउन। कैलाली भन्सार कार्यालय धनगढीले रु आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले आर्थिक वर्ष २०८१÷८२ को साउनदेखि असार मसान्तसम्मको एक वर्षको अवधिमा सो राजस्व सङ्कलन गरेको हो । आर्थिक वर्ष २०८१÷८२ मा कार्यालयको रु ११ अर्ब १६ करोड २६ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा रु आठ अर्ब ६६ करोड ९८ लाख अर्थात् ७७ दशमलव ६७ प्रतिशतमात्रै राजस्व सङ्कलन भएको भन्सार कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालले जानकारी दिए। उनका अनुसार… पुरा पढौ

कामना सेवा विकास बैंक बन्याे वित्तीय विवरण प्रकाशन गर्ने पहिलाे बैंक

काठमाडौं, २ साउन । कामना सेवा विकास बैंक गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गर्ने बैंकहरुमा पहिलाे भएकाे छ । बैंकले आज सार्वजनिक गरेकाे वित्तीय विवरण अनुसार नाफामा सामान्य बढेकाे देखिएकाे छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणमा बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको पाइएकाे छ। गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले ६३ करोड ५२ लाख रुपैयाँ खुद नाफा गरेकाे थियाे । यो अघिल्लो वर्षको सोही अवधिकोभन्दा ९.१९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको… पुरा पढौ

श्रम बिना प्रगति सम्भव छैनः प्रधानमन्त्री ओली

काठमाडौं, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम बिना प्रगति सम्भव नभएको तथा श्रमिकको सम्मान बिना समृद्धि नहुने बताएका छन्। साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत उक्त कुरा बताए। “यसअघि हामीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेर श्रमिकको भविष्य सुरक्षित गर्ने पाइला चालेका थियौँ । त्यसमा अहिलेसम्म करिब २१ लाख श्रमिक आबद्ध भइसकेका छन्,” उनले फेसबुकमा लेखेका छन्। साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक… पुरा पढौ

आव २०८१-८२ मा २१ खर्ब २४ अर्ब ९१ करोडको शेयर कारोबार

काठमाडौं, २ साउन । अर्थतन्त्रका केही क्षेत्र सुस्त रहेको बेला आर्थिक वर्ष २०८१/८२ मा धितोपत्रको दोस्रो बजार कारोबारमा भने ऐतिहासिक रेकर्ड कायम भएको छ । बजारका अन्य परिसूचकमा पनि सो आर्थिक वर्षमा उल्लेख्य सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जको विवरणअनुसार आव २०८०/८१ मा रु सात खर्ब ३४ अर्ब ६८ करोड बराबरको धितोपत्रको कारोबार भएकामा आव २०८१/८२ मा रु २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको कारोबार भएको छ । कारोबार रकम आव २०८०/८१ को तुलनामा एक सय ८९ दशमलव… पुरा पढौ

३० हजार वर्गमिटर नेपाली गलैँचा तेस्रो मुलुक निर्यात

वीरगञ्ज (पर्सा), २ साउन। बारा–पर्सा औद्योगिक कोरिडोरमा अवस्थित प्रेस्टिज कार्पेट इन्डिस्ट्रिजले आफ्ना उत्पादन तेस्रो मुलुक निर्यात गर्न थालेको छ । इन्डिस्ट्रिजले गत बिहीबार ३० हजार वर्गमिटर गलैँचा सुक्खाबन्दरगाहबाट तेस्रो मुलुक निर्यात गरेको हो । उक्त इन्डिस्ट्रिजका युनाइटेड सञ्चालक अमन साहका अनुसार संयुक्त अरब इमिरेट्स, अफ्रिकी मुलुक केन्या र संयुक्त राज्य अमेरिकालगायत मुलुकमा आफ्ना उत्पादन निर्यात गर्न थालेको हो । यसअघि भारतमा आफ्ना उत्पादन निर्यात गर्दै आएको थियो । “करिब रु एक करोड बराबरको गलैँचा सुक्खाबन्दरगाहबाट तेस्रो मुलुक निर्यात गरिएको छ”,… पुरा पढौ

यस्ताे छ आज निर्धारण गरिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, २ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ १२ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८४ रुपैयाँ ८६, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपैयाँ ७५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५० पैसा कायम… पुरा पढौ

कोशी, वाग्मती, गण्डकी र कर्णालीमा वर्षाको सम्भावना

काठमाडौं, २ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ । महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा… पुरा पढौ

भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो

चितवन, २ साउन। भरतपुर महानगरपालिकाले अघिल्लो वर्षको तुलनामा खर्च र आम्दानी दुवै बढाएको छ । पुँजीगत खर्च र राजस्व सङ्कलन दुवै बढेको हो । महानगरपालिकाले गत आवमा रु एक अर्ब ३६ करोड ६८ लाख ६१ हजार राजस्व सङ्कलन गरेको छ । जुन अघिल्लो आवको भन्दा रु पाँच करोड ७६ लाख ९६ हजार बढी हो । महानगरपालिकाका राजस्व महाशाखा प्रमुख जगन्नाथ अर्यालका अनुसार लक्ष्यको ८३ प्रतिशत राजस्व सङ्कलन भएको छ । कार्यालयले रु एक अर्ब ८० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य… पुरा पढौ

नेप्से ७५.८४ अंकले बढ्याे, कारोबार रकम ११ महिनायताकै धेरै

काठमाडौं, १ साउन । नयाँ आर्थिक वर्ष सुरु भएकाे पहिलो बिहिबार नेप्सेमा उच्च अंककाे बृद्धि भएकाे छ । बुधबार पनि नेप्से उकालाेकै यात्रामा गएकाे थियाे । नेप्सेकाे उकालाेकाे यात्राले लगानीकर्ताहर उत्साही भएका छन्। नेप्से परिसूचक ७५.८४ अंक बढेर २८७०.६३ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ११.२२ अंक बढेको छ । फ्लोट इण्डेक्स ५.०६ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७९ अंक बढेको छ। बिहिबार काराेबार रकममा पनि बृद्धि भएकाे छ । बुधबार १४ अर्ब ३ करोडको काराेबार भएकाे शेयर बजारमा बिहिबार ३११ कम्पनीहरुकाे १… पुरा पढौ

‘औद्योगिक पूर्वाधार विकासमा सरकार साधक बन्नेछ’

काठमाडौं, १ साउन। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आर्थिक उद्यमशीलता रहेका ठाउँमा रोजगारी सिर्जना हुने भएकाले औद्योगिक पूर्वाधार विकासमा सरकार केन्द्रित रहेको बताएका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको आज आयोजित ३८औँ वार्षिकोत्सव समारोहमा उनले औद्योगिक पूर्वाधार विकासमा सरकार बाधक नबनी साधक बन्ने धारणा राखे। उद्योग, वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर राउतले औद्योगिक क्षेत्रलाई सूचना प्रविधिसँग जोडेर विकास गर्नुपर्ने आवश्यकता औँल्याए। उनले औद्योगिक क्षेत्रलाई आधुनिक प्रविधियुक्त, नविन तथा प्रतिस्पर्धी बनाउन निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने धारणा राखे। बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन… पुरा पढौ