मुख्य समाचार

सरकारको पुँजीगत खर्च निराशाजनक, साढे २ महिनामा २.८४ प्रतिशत मात्र

काठमाडौं, १९ असाेज । चालू आर्थिक वर्ष २०८३/८४ को साढे २ महिना व्यतीत भइसक्दा पनि सरकारको विकास बजेट (पुँजीगत खर्च) को अवस्था निकै निराशाजनक देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार असोज तेस्रो सातासम्म सरकारले पुँजीगततर्फ १२ अर्ब २५ करोड १० लाख रुपैयाँ मात्रै खर्च गर्न सकेको छ, जुन कुल वार्षिक बजेट विनियोजनको २.८४ प्रतिशत मात्र हो। सरकारले चालू आर्थिक वर्षमा पुँजीगत खर्चका लागि कुल ४ खर्ब ३१ अर्ब १० करोड ६३ लाख रुपैयाँ विनियोजन गरेको थियो। सामान्यतया आर्थिक वर्षको… पुरा पढौ

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं,१९ असाेज । नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको उत्साह र ऊर्जा बढाउने उद्देश्यले एक्सट्रीम इनर्जी ड्रिंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका ९ जना चर्चित खेलाडीलाई ‘टिम एक्सट्रीम’का सदस्यका रूपमा आबद्ध गरेको छ। काठमाडौंस्थित एभरेष्ट होटलमा आयोजित विशेष कार्यक्रममा एक्सट्रीम इनर्जी ड्रिंक र राष्ट्रिय क्रिकेट टोलीका ९ खेलाडीबीच औपचारिक सम्झौता सम्पन्न भएको हो। सम्झौताअनुसार सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण के.सी. र लोकेश बम ‘टिम एक्सट्रीम’का सदस्यका रूपमा आबद्ध… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, १९ असोज। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ६८ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३२ पैसा कायम… पुरा पढौ

हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

मुस्ताङ, १९ असोज। दसैँ पर्व नजिकिएसँगै मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल सुरु भएको छ । यसै क्रममा मुस्ताङको जोमसोममा माथिल्लो डोल्पाबाट भेडाच्याङ्ग्राका बथान आइपुगेका छन् । उपल्लो मुस्ताङबाट भने शनिबारसम्म भेडाच्याङ्ग्रा जोमसोम आइपुग्ने बताइएको छ । आफ्ना पाँच सहकर्मीसहित करिब एक हजारभन्दा बढी भेडाच्याङ्ग्रा शनिबार साँझ जोमसोम आइपुगेको डोल्पाका व्यापारी शेरबहादुर रोकायाले जानकारी दिनुभयो । डोल्पाबाट जोमसोम आइपुग्न रोकायालाई एक साताभन्दा बढी समय लागेको छ । उहाँले विगत ३० वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आएको जानकारी दिनुभयो । यसपटक हिउँ छिचोल्दै जोखिमपूर्ण… पुरा पढौ

मालढुङ्गा मोटरेबल पुल मर्मत कार्य तीव्र

पर्वत, १८ असोज। पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत र बागलुङ जोड्ने कालीगण्डकी माथिको मालढुङ्गा मोटरेबल पुल मर्मत कार्य तीव्र गतिमा अघि बढेको छ । यही असोज ८ गतेदेखि ११ गतेसम्म परेको भारी वर्षाका कारण कालीगण्डकीमा आएको बाढीले भत्काएको पुल २४सै घण्टा काम गरेर तीव्र गतिमा मर्मत गरिएको हो । पुलको पर्वततर्फको पहुँचमार्ग नदीले कटान गरेपछि भत्किएको थियो । पुल भत्किदा १० दिनदेखि दुई जिल्लाबीचको सम्पर्क विच्छेद बनेको छ भने मध्यपहाडी लोकमार्ग हँँदै बागलुङ, रुकुम, रोल्पाको सम्पर्क सुत्रसमेत टुटेको छ । सडक… पुरा पढौ

पूर्वाञ्चल ल्युब आयलले आईपीओ निष्कासन गर्ने

काठमाडौं, १८ असाेज। पी. एल. ओ. (PLO) ब्रान्डको उत्पादक पूर्वाञ्चल ल्युब आयल लिमिटेडको २७औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भएको छ। सभाले सञ्चालक समितिद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक तथा वित्तीय प्रतिवेदनसहित सम्पूर्ण प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ। साधारणसभाले शेयरधनीहरूका लागि चुक्ता पुँजीको करसहित ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत अनुमोदन गरेको छ। यसका साथै आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति, बजेट, सञ्चालकहरूको पारिश्रमिक तथा नयाँ सञ्चालक समिति चयनसम्बन्धी महत्त्वपूर्ण प्रस्तावहरू पनि सभाबाट पारित भएका छन्। यसैबीच कम्पनीले आफ्नो… पुरा पढौ

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं, १८ असाेज। कुमारी बैंक लिमिटेडले १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले आम सर्वसाधारण लगानीकर्ताले समेत खरिद गर्न पाउने गरी उक्त सेयर बिक्रीमा राखेको हो। नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम संस्थापक सेयर खरिदका लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीहरूलाई दिनुपर्ने भएकाले बैंकले यसअघि ३५ दिनको सूचना जारी गरेको थियो। तोकिएको अवधिभित्र बैंकका विद्यमान संस्थापक सेयरधनीहरूबाट खरिदका लागि कुनै आवेदन नपरेपछि उक्त सेयर सर्वसाधारणका लागि खुल्ला गरिएको बैंकले जनाएको छ। उक्त सेयर खरिद गर्न इच्छुक सर्वसाधारण लगानीकर्ताले सूचना प्रकाशित… पुरा पढौ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा (काभ्रे), १८ असोज। मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका छन् । विशेषगरी अरेबिका जातको कफी उत्पादनका लागि उपयुक्त हावापानी र माटो भएका पहाडी जिल्लामा यसको व्यावसायिक खेती विस्तार हुँदै गएको पाइएको छ । कफी खेतीले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै किसानको आम्दानी, रोजगारी र निर्यातमार्फत विदेशी मुद्रा आर्जनको सम्भावना बढाएको छ । कफी खेतीको विस्तार र उत्पादनका हिसाबले काभ्रेपलाञ्चोक मुलुककै अग्रणी जिल्लाका रूपमा स्थापित भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा पाँच… पुरा पढौ

चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा

मुस्ताङ, १८ असोज। नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरलानाका हुँदै शनिबार उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले “चिनियाँ राजदूत कोरलानाकाबाट मुस्ताङ आउनुभएको छ, भ्रमणसम्बन्धी विस्तृत जानकारी प्राप्त भएको छैन,” भन्नुभयो । उहाँ तीनदिने भ्रमणमा लोमान्थाङ पुग्नुभएको, टोलीमा पाँच जना चिनियाँ रहेका र आज लोमान्थाङबाट कोरला नाका हुँदै चीनतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङका अनसार कोरला नाकाको वस्तुस्थिति बुझ्न चिनियाँ राजदूत मुस्ताङ आउनुभएको हो… पुरा पढौ

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध

धनगढी, १८ असाेज। सुदूरपश्चिम प्रदेशमा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बिमा प्रणालीमा आबद्ध भएका छन्। स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा कूल सात लाख ३२ हजार ७५२ जना बिमा प्रणालीमा जोडिएका हुन्। बोर्डका सुदूरपश्चिम संयोजक जनकबहादुर साउदका अनुसार बिमा व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट तथ्याङ्क अनुसार जिल्लागत रूपमा सबैभन्दा बढी कैलालीका तीन लाख ६१ हजार ९७९ नागरिक बिमामा आबद्ध भएका छन्। यस्तै कञ्चनपुरमा ८७ हजार ८७, अछाममा ६७ हजार ३०८, बझाङमा ५२ हजार २११, बाजुरामा… पुरा पढौ