मुख्य समाचार

संसद्मा नयाँ भवन ऐन दर्ता: गरिब तथा विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौं, १७ असोज । पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न सङ्घीय सरकारबाट रु ५० हजार र प्रदेश सरकारबाट रु २५ हजार गरी कुल रु ७५ हजारसम्म अनुदान उपलब्ध गराउने व्यवस्थासहित भवन ऐन, २०८३ को विधेयक सङ्घीय संसद् सचिवालयमा दर्ता गराएको छ । भवन ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयकमा प्रत्येक नागरिक र उनका परिवारका लागि आवास सुनिश्चित गर्ने उद्देश्यले विभिन्न व्यवस्था प्रस्ताव गरिएको मन्त्रालयले प्रेस नोटमार्फत जनाएको छ । विधेयकमा निम्न आय भएका परिवारको आवासको… पुरा पढौ

नेप्से परिसूचकमा साढे १ प्रतिशतभन्दा बढीको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १७ असाेज । यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साढे १ प्रतिशतभन्दा बढीले घटेर बन्द भएको छ। गत साता २६२९.८१ विन्दुमा बन्द भएको नेप्से, यस साता ४२.५६ अंक (१.६२ प्रतिशत) ले घट्दै २५८७.२५ विन्दुमा झरेको छ। यस साता बजार खुलेका पाँच कारोबार दिनमध्ये एक दिन मात्र नेप्से सकारात्मक रह्यो भने बाँकी चार दिन रातो (घाटा) मा बन्द भयो। अन्य सूचक तथा कारोबार रकमको अवस्था प्रमुख सूचकहरू: यस साता फ्लोट इण्डेक्स १.२८ प्रतिशत, सेन्सेटिभ इण्डेक्स १.५६ प्रतिशत र सेन्सेटिभ… पुरा पढौ

सुनको भाउ एक हप्तामा ३ हजार ८०० रुपैयाँले घट्यो

काठमाडौं, १७ असाेज । पछिल्लो एक हप्ताको अवधिमा नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज १० गते शनिबार प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन हप्ताको अन्तिम दिन असोज १६ गते शुक्रबारसम्म आइपुग्दा घटेर २ लाख ९४ हजार ८०० रुपैयाँमा झरेको छ। चाडपर्व नजिकिँदै गर्दा नयाँ गहना बनाउने र खरिद गर्ने ग्राहकको चहलपहल बढे पनि बजारमा सुनको मूल्य भने ओरालो लागेको हो। हप्ताभरि कसरी भयो सुनको कारोबार?… पुरा पढौ

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्ययोजना

कपिलवस्तु, १७ असोज। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले स्वदेशी काठको उत्पादन तथा उपयोग बढाएर विदेशी काठको आयात प्रतिस्थापन गर्न सरकारले कार्ययोजना निर्माण गरिरहेको बताउनुभएको छ । कपिलवस्तुको तिलौराकोट साझेदारी वनको शुक्रबार अनुगमनका क्रममा उहाँले नेपालका वनमा काठ कुहिने र धोद्रिने तर विदेशबाट काठ आयात हुने अवस्था अन्त्य गर्न कार्ययोजना निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । मन्त्री चौधरीले वनको दिगो व्यवस्थापनसँगै स्वदेशी काठको उत्पादन र उपभोग बढाउन सरकारको प्राथमिकता रहेको जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षको नीति तथा… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, १७ असोज। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ७४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ४८ पैसा कायम… पुरा पढौ

मेकाडेमिया नट खेतीमा किसानको आकर्षण

भोजपुर, १७ असोज। बाँदरबाट क्षति कम हुने र बजारमा राम्रो मूल्य पाउने भएपछि जिल्लाका किसान मेकाडेमिया नट खेतीतर्फ आकर्षित हुन थालेका छन् । पछिल्लो समय किसानले यसको व्यावसायिक खेती विस्तार गर्न थालेका हुन् । षडानन्द नगरपालिका–१ नेपालेडाँडाका किसान जीवन थापाले विसं २०७६ देखि व्यावसायिकरूपमा मेकाडेमिया नट खेती गर्दै आउनुभएको छ । उहाँले पोखराबाट बिरुवा ल्याएर आफ्नो क्षेत्रमा करिब दुई हजार बोट मेकाडेमिया नट खेती विस्तार गर्नुभएको छ । मेकाडेमिया नटको बोटमा काँडा हुने तथा फलको बोक्रा कडा हुने भएकाले अन्य… पुरा पढौ

फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ, १७ असोज। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि सञ्चालनमा ल्याइएको वैकल्पिक सडक आज पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडकखण्डमा मर्मतसम्भार गर्नुपर्ने भएकाले आज बिहान १०ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गरिने भएको हो । प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले वैकल्पिक सडकका विभिन्न स्थानमा मर्मतसम्भार गर्नुपर्ने भएकाले उक्त अवधिमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिनुभयो । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत… पुरा पढौ

माछापुच्छ्रे बैंकद्वारा ग्राहक सेवाका लागि एआईमा आधारित च्याटबोट ‘माया’ सार्वजनिक

काठमाडौं, १६ असाेज। माछापुच्छ्रे बैंकले ग्राहकहरूलाई बैंकिङ सेवासम्बन्धी जानकारी सहज र प्रभावकारी रूपमा उपलब्ध गराउने उद्देश्यले ग्राहक सेवामुखी च्याटबोट ‘माया’ सार्वजनिक गरेको छ। बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अन्तरक्रियात्मक (इन्टरएक्टिभ) डिजिटल प्लेटफर्म ‘माया’मार्फत ग्राहकहरूले २४ सै घण्टा बैंकिङ सेवा तथा सुविधासँग सम्बन्धित आफ्ना जिज्ञासा, सुझाव तथा गुनासोहरू दर्ता र सम्बोधन गराउन सक्नेछन्। यस प्रविधिको प्रयोगसँगै नियमित बैंकिङ जानकारी लिनका लागि बैंकको शाखा कार्यालयसम्म धाउनुपर्ने वा कर्मचारीहरूसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने बाध्यता हट्ने बैंकले जनाएको छ। ग्राहकलाई केन्द्रमा राखेर विकास गरिएको यस च्याटबोटले… पुरा पढौ

पूर्वाधार विकासका लागि कानुनी सुधार र स्पष्ट नीति आवश्यक-चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं, १६ असोज। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले देशको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि तथा समग्र आर्थिक विकासका लागि पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आवश्यक कानुनी तथा नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका छन्। पूर्वाधार विकास मन्त्रालयद्वारा शुक्रबार आयोजित 'लगानी र विकासका लागि कानुन सुधार सम्बन्धी कार्यशाला गोष्ठी'लाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले पूर्वाधार विकासका लागि कानुनी प्रक्रिया सरल, स्पष्ट र पारदर्शी बनाउनुपर्ने बताए। विश्व अर्थतन्त्रमा तीव्र परिवर्तन भइरहेको सन्दर्भमा लगानी, प्रविधि, उत्पादन, व्यापार, पर्यटन, रोजगारी र आर्थिक गतिविधिलाई गति दिन आधुनिक तथा… पुरा पढौ

नेप्सेमा झिनो गिरावट, कारोबार ४ अर्ब २९ करोडमा सीमित

काठमाडौं, १६ असाेज। साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। अघिल्लो कारोबार दिन बिहीबार करिब स्थिर रहेको सेयर बजार शुक्रबार भने घटेर बन्द भएको हो। यस दिन नेप्से परिसूचक ११.९० अंकले घटेर २५८७.२५ विन्दुमा झरेको छ। नेप्सेसँगै ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.७४ अंक, फ्लोट इण्डेक्स ०.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७१ अंकले घटेका छन्। नेप्सेसँगै कारोबार रकममा पनि संकुचन आएको छ। बिहीबार ४ अर्ब ८९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा… पुरा पढौ