मुख्य समाचार

स्क्वायर मोटर्सद्वारा ‘दशैँ मेगा एक्सचेञ्ज इभेन्ट’ घोषणा, १० लाखसम्म नगद छुट र उपहारको व्यवस्था

पोखरा, १६ असोज । TVS मोटरसाइकल तथा स्कुटरको पोखरा क्षेत्रका लागि आधिकारिक डिलर स्क्वायर मोटर्स प्रा.लि.ले नेपालीहरुको महान् चाड बडादशैँ, तिहार तथा छठ पर्वको अवसरमा विशेष दशैँ योजना सार्वजनिक गरेको छ। शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा स्क्वायर मोटर्स प्रा.लि.का अध्यक्ष आदर्शमान श्रेष्ठले दिएको जानकारी अनुसार, ग्राहकहरुलाई थप सहजता र उत्सवमय वातावरण प्रदान गर्न आगामी असोज १८ गते आइतबारदेखि असोज २६ गते सोमबार (अक्टोबर ४ देखि अक्टोबर १२) सम्म पोखराको अमरसिंह चौरमा भव्य "Dashain Mega Exchange Event" आयोजन गर्न लागिएको हो।… पुरा पढौ

ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न,१० प्रतिशत लाभांश पारित

काठमाडौं, १६, असोज। ग्लोबल आइएमई बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । जसमध्ये ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश रहेको छ । सञ्चालक समितिका तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण सभाले पारित गरेको छ । समीक्षा अवधिमा बैंकले ६ अर्ब… पुरा पढौ

त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो (विचार)

काठमाडौं, १६ असोज । भोटेकोशी विपत्तिलाई सामान्य बाढी मात्रै ठान्नु उपयुक्त हुँदैन । यो बाढी होइन, यो त हिमाली महाविपत्ति हो । हिमालको बरफ र चट्टानको पहिरो नदी तालमा ठोक्किएर, सबै बगेर ढुङ्गामुढा र गेग्रानसहितको जलप्रलय भयो । यस्तो घटना बिसवको विपद्को इतिहासको असाध्यै बिरलै भएको परिघटना हो । वातावरणीय विनाशले गर्दा आगामी दिनमा यस खालका समस्या झन् बढ्ने सम्भावना रहन्छ । नेपालजस्तो कम विकसित र गरिब देशमा यसखालका घटना हुँदा भौतिक, मानवीय र सामाजिक रुपमा ठूलो क्षति पुगेको छ… पुरा पढौ

कोरला नाका व्यापार प्रभावित, १५० भन्दा बढी कन्टेनर रोकिए

मुस्ताङ, १६ असाेज। भारी वर्षाका कारण बेनी–जोमसोम–कोरला सडक खण्ड ठाउँ-ठाउँमा अवरुद्ध भएपछि उत्तरी सीमावर्ती कोरला नाकाबाट हुने आयात-निर्यात व्यापार पूर्ण रूपमा ठप्प भएको छ। सडक पहिरोले बिग्रिएपछि चीनबाट आयात गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर र दुई सयभन्दा बढी विद्युतीय सवारीसाधन बीच बाटोमै रोकिएका छन्। मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार कोरलानाकास्थित न्हेचुङ भन्सार यार्डमा रहेका करिब १५० कन्टेनरमध्ये ९० प्रतिशतको भन्सार जाँचपास भइसकेको छ। बाँकी कन्टेनरको जाँचपास पनि दुई दिनभित्र सकिने भए पनि सडक अवरुद्ध भएकाले सामान… पुरा पढौ

चिनीको मौज्दात र कारोबार बुझाउन नसकेपछि साल्ट ट्रेडिङ कर्पोरेसनलाई ३ लाख जरिवाना

काठमाडौं, १६ असाेज । बजारमा चिनीको अभाव र अस्वाभाविक मूल्यवृद्धि भइरहेको समयमा सरकारी स्वामित्वकै साल्ट ट्रेडिङ कर्पोरेसन कारबाहीमा परेको छ। चिनीको खरिद, बिक्री तथा मौज्दातको यकिन विवरण उपलब्ध गराउन नसकेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कर्पोरेसनलाई ३ लाख रुपैयाँ जरिवाना गरेको हो। कर्पोरेसनले चिनीको दैनिक कारोबार र मौज्दातको नियमित अभिलेख स्टक लेजरमा राख्ने गरेको दाबी गरे पनि विभागको स्थलगत अनुगमन टोलीले माग्दा उक्त विवरण प्रस्तुत गर्न सकेको थिएन। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको 'शून्य सहनशीलता' नीतिअन्तर्गत भएको अनुगमनका क्रममा… पुरा पढौ

यी ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, १६ असाेज। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत चार वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज (असोज १६ गते, शुक्रबार) अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरले आगामी सोमबार (असोज १९ गते) बुकक्लोज गर्दैछन्। शनिबार र आइतबार शेयर बजार बन्द रहने भएकाले आज असोज १६ गते शुक्रबारसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीहरूले मात्र यी कम्पनीहरूको आगामी साधारण सभामा सहभागिता जनाउन तथा घोषित लाभांश… पुरा पढौ

सिद्धार्थ बैंकको शेयरमूल्य ४१८ रुपैयाँ कायम

काठमाडौं, १६ असाेज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले बुकक्लोज गरेसँगै नेप्सेले असोज १६ गते, शुक्रबार बैंकको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेका अनुसार बैंकको १० प्रतिशत बोनस शेयर समायोजन गरिएको छ। समायोजनपश्चात् बैंकको शेयरमूल्य प्रतिकित्ता ४१८ रुपैयाँ ९ पैसा कायम भएको छ। अघिल्लो कारोबार दिन अर्थात् बिहीबार दोस्रो बजारमा बैंकको शेयर अन्तिम पटक प्रतिकित्ता ४५९ रुपैयाँ ९० पैसामा कारोबार भएको थियो।… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, १६ असोज। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ७४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ४८ पैसा कायम… पुरा पढौ

चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो

सुनसरी, १६ असोज। चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ । कोशी प्रदेशका पहाडी जिल्ला तथा तराईका विभिन्न स्थानबाट खसीबोका खरिद बिक्रीका लागि व्यापारी तथा किसान यहाँ आउने गरेका छन् । बजारमा दैनिक रूपमा उपभोग्य वस्तुका साथै खसीबोकाको किनबेच हुने गरेको छ । बिहीबार र शुक्रबार दुई दिन विशेष रूपमा खसीबोकाको बजार लाग्ने छ । धरान–१४ का दलबहादुर कथाय विगत १५ वर्षदेखि खसीबोकाको व्यापार गर्दै आउनुभएको छ । उहाँले घरमै खसीबोका पाल्नुभएको छ । यस्तै,… पुरा पढौ

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला, १६ असोज । हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण ४१ नेपाली अलपत्र परेका छन् । हिल्सा–ताक्लाकोट आवतजावत प्रभावित भएपछि उनीहरू हिल्सामै रोकिएको अध्यागमन अधिकृत विमल पौडेलले बताउनुभयो । उहाँका अनुसार अलपत्र पर्नेमा नाम्खा गाउँपालिका–१, २ र ३ का नागरिक हुन् । उनीहरूमध्ये अधिकांश ताक्लाकोटमा व्यापार व्यवसाय गर्दै आएका छन् । गत शुक्रबार हिल्सा पुगेका उनीहरू हिमपात सुरु भएपछि नाकामा रोकिएको उहाँले बताउनुभयो । हिमपातका कारण कैलाश मानसरोवर दर्शनका लागि चिनियाँ पक्षले आवतजावत बन्द गरेको छ ।… पुरा पढौ