मुख्य समाचार

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, १५ असोज। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ २८ पैसा र बिक्रीदर २०४ रुपैयाँ ०७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८४ रुपैयाँ ३५ पैसा कायम… पुरा पढौ

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

गुल्मी, १५ असोज। वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोरको हर्मिचौर–अर्वेनी–पुर्तिघाट खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । कालीगण्डकी गाउँपालिका र सडक डिभिजन कार्यालय पाल्पाको समन्वयमा डोजर र एक्साभेटर प्रयोग गरी सडकमा थुप्रिएको पहिरो हटाएपछि बुधबार बेलुकादेखि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाका अनुसार सत्यवती गाउँपालिकाको रुद्रवेणीदेखि कालीगण्डकीको हर्मिचौर–अर्वेनी–पुर्तिघाट क्षेत्रमा सडकका विभिन्न स्थानमा लेदो र ठूला ढुङ्गासहित पहिरो खसेको थियो ।… पुरा पढौ

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

कास्की, १५ असोज। कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबिसी) बाट जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम र त्यसको न्यायोचित सम्बोधनका लागि आवाज उठाएको छ । यस वर्षको मनसुनमा बाढी, पहिरो र नदी कटानबाट ठूलो क्षति व्यहोरेको गाउँपालिकाले चार हजार १३० मिटर उचाइमा रहेको हिमाली तथा पर्यटकीय गन्तव्य एबिसीमा बुधबार गाउँ कार्यपालिकाको विशेष बैठक बसेको थियो । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका समस्या, जलवायु न्याय, हिमाली क्षेत्रको संरक्षण तथा स्थानीय समुदायको उत्थानशीलताका विषयमा ध्यानाकर्षण गराउन विशेष… पुरा पढौ

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं, १५ असोज। सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३ ’ पेस गर्नुहुने सम्भावित कार्यसूची छ । यसैगरी, बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३ ’ पेस गर्नुहुनेछ । बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘ कर्मचारी… पुरा पढौ

पुँजीबजार सुधारका लागि ‘ओम्निबस’ कानुन ल्याउन र उच्चस्तरीय आयोग गठन गर्न लगानीकर्ता संघको माग

काठमाडौं, १४ असोज । नेपाल शेयरबजार लगानीकर्ता संघले नेपाली पुँजीबजारलाई सुव्यवस्थित र पारदर्शी बनाउन विद्यमान ऐन-कानुनमा समग्र सुधार गर्नुपर्ने माग राख्दै प्रतिनिधि सभाको अर्थ समितिलाई विभिन्न सुझावहरू बुझाएको छ। संघका अध्यक्ष हरिबहादुर केसीले असोज १२ गतेको पत्राचारअनुसार असोज १४ गते आयोजित अर्थ समितिको छलफलमा सहभागी भई आधिकारिक धारणा र प्रमुख सुझावहरू पेस गर्नुभएको हो। संघले धितोपत्र बजारसँग सम्बन्धित नेपालका १० वटै ऐनका प्रावधानहरू संशोधन गरी पुराना तथा फितला कानुनहरूलाई विस्थापित गर्नुपर्नेमा जोड दिएको छ। संघले अर्थ समितिसमक्ष राखेका प्रमुख माग… पुरा पढौ

सामाजिक सञ्जालको दुरूपयोग रोक्न नीतिगत सुधार गरिँदै

काठमाडौं, १४ असोज । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालबाट हुने ठगी, चरित्र हत्या, मानमर्दन तथा गलत र भ्रामक सूचना प्रवाह नियन्त्रण गर्न सरकार नीतिगत तथा कानुनी सुधारको अन्तिम तयारीमा रहेको बताउनुभएको छ। प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै सञ्चारमन्त्री तिमिल्सिनाले उक्त कुरा बताउनुभएको हो। सामाजिक सञ्जाल र आमसञ्चार माध्यममा हुने भ्रामक प्रचारलाई सम्बोधन गर्न 'आमसञ्चार विधेयक' र 'प्रेस काउन्सिल विधेयक' तर्जुमाको क्रममा रहेको र तिनलाई छिट्टै संसदमा पेस गरिने उहाँले जानकारी दिनुभयो। ३ लाखभन्दा बढी बेटिङ… पुरा पढौ

ऊर्जा संरचना पुनर्निर्माणमा करिब ४ खर्ब लाग्ने आकलन

काठमाडौं, १४ असोज । भोटेकोशी र त्रिशूली नदीमा हालै आएको बाढीका कारण जलविद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेको छ। प्रभावित ऊर्जा संरचनाहरूको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि करिब ३ खर्ब ९० अर्ब रुपैयाँसम्म खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार जलवायु परिवर्तनका कारण बढ्दै गएका मौसमी तथा जलवायुजन्य विपद्ले देशको ऊर्जा र जलस्रोत क्षेत्रमा गम्भीर असर पारेको छ। १० प्रतिशत विद्युत् उत्पादन ठप्प मन्त्रालयका सहसचिव सुशीलचन्द्र आचार्यले बाढीबाट प्रभावित ऊर्जा संरचनाको प्रारम्भिक लगानी मूल्य करिब १ खर्ब… पुरा पढौ

नेप्से ४.८२ अंकले घट्यो, २६०० विन्दुमुनि झरे पनि कारोबार रकममा सुधार

काठमाडौ, १४ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातारको गिरावटपछि २६०० विन्दुभन्दा तल झरेको छ। बुधबार नेप्से परिसूचक ४.८२ अंकले घटेर २५९८.८९ विन्दुमा सीमित भएको हो। नौ कारोबार दिनपछि नेप्से पुनः २६०० विन्दुभन्दा तल ओर्लिएको हो। यसअघि गत भदौ २९ गते नेप्से परिसूचक २६०० विन्दुमुनि बन्द भएको थियो। यस दिन अन्य प्रमुख सूचकहरू पनि ओरालो लागेका छन्। सेन्सेटिभ इण्डेक्स २.०२ अंक, फ्लोट इण्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंकले घटेको छ। कारोबार रकममा वृद्धि नेप्से परिसूचक घटे… पुरा पढौ

पुँजीबजार सुधारका काम भइरहेका छन्: अध्यक्ष भट्ट

काठमाडौं, १४ असोज । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले देशको पुँजीबजारलाई व्यवस्थित, पारदर्शी र लगानीमैत्री बनाउने काम निरन्तर भइरहेको बताउनुभएको छ। प्रतिनिधिसभाको अर्थ समितिको आज आयोजित बैठकमा बोल्दै उहाँले उक्त धारणा राख्नुभएको हो। अध्यक्ष भट्टले धितोपत्र निष्कासन, सूचीकरण, बजार सञ्चालन, नियमन तथा लगानीकर्ताको हित संरक्षणका लागि सम्बद्ध निकायहरूसँग निरन्तर छलफल भइरहेको जानकारी दिनुभयो। नयाँ कम्पनीको प्राथमिक सेयर (आईपीओ) जारी गर्दा अपनाउनुपर्ने चेकलिस्टलगायत धेरै विषयमा नीतिगत तथा कानुनी सुधार गर्न लागिएको उहाँको भनाइ थियो। बैठकमा सरोकारवाला र सांसदहरूले राखेका… पुरा पढौ

अमूदी फुड्सले रू १० करोड बराबरको आईपीओ ल्याउँदै

काठमाडौं, १४ असाेज । खाद्य उत्पादन क्षेत्रमा सक्रिय अमूदी फुड्स लिमिटेडले सर्वसाधारणका लागि १० करोड रुपैयाँ बराबरको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने तयारी अघि बढाएको छ। कम्पनीले आईपीओ निष्कासनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउँदै प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ। पूँजी संरचना र रेटिङ कम्पनीको प्रस्तावित पूँजी संरचनाअनुसार कुल जारी पूँजी ४२ करोड रुपैयाँ रहेको छ। यसमध्ये ३२ करोड रुपैयाँ संस्थापक समूह र १० करोड रुपैयाँ सर्वसाधारणका लागि छुट्याइएको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भइसकेको… पुरा पढौ