मुख्य समाचार

तल्लो ज्यामिरेका स्थानीयवासी त्रासमा

बागमती, १४ असोज। बकैया गाउँपालिका–६ तल्लो ज्यामिरेका स्थानीयवासी त्रासमा परेका छन् । गरगरे बस्तीमा एकाएक जमिन फाट्न थालेसँगै कतिखेर के हुने हो भन्ने सन्त्रासले स्थानीयलाई त्रसित बनाएको छ । केही दिनअघिदेखिको लगातारको वर्षासँगै असोज ११ गते यता स्थानका बासिन्दामा चिन्दा बढ्दै गएको छ । यहाँका कतिपय स्थानमा १२ फिटसम्म जमिन भासिएको छ । भने दुई वर्गकिलोमिटर क्षेत्रको ठाउँ ठाउँमा जमिन चिराचिरा परेको छ । यहाँका आठ वटा घर पूर्ण रुपमा क्षतिग्रस्त छन् । झण्डै ८० घरधुरी प्रभावितमा परेको बकैया गाउँपालिकाका… पुरा पढौ

चीनसँग जोडिएका तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित (आलेख)

काठमाडौं, १४ असोज। गत भदौ १० गते भोटेकोशीमा गएको बाढीले रसुवा नाकामा पर्ने नेपाल र छिमेकी मुलुक चीनको भन्सारसँग जोडिएका धेरै संरचना क्षतिग्रस्त हुँदा ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको छ । दुवै मुलुकतर्फको सीमावर्ती क्षेत्रमा अत्यधिक क्षति भएकाले पनि नेपाल र चीन जोड्ने ‘लाइफलाइन’ का रुपमा चिनिएको रसुवा नाका तत्कालै सञ्चालन हुने सम्भावना निकै कम हुँदा दुवै मुलुकका नागरिकको आवतजावत मात्रै नभएर वैदेशिक व्यापार पनि ठप्पै भएको छ । बाढीले दुवैतर्फको सडक, पुल, भन्सार प्रशासनसँग जोडिका महत्वपूर्ण सबै खालका… पुरा पढौ

दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लरः भाँचियो

महेन्द्रनगर, १४ असोज। दोधारा–चाँदनी नदीको झोलुङ्गे पुलको एउटा पिल्लर भाँचिएको छ । कञ्चनपुरको महाकाली नदीमा अवस्थित उक्त पिल्लरको पुल आज बिहान भाँचिएको हो । भीमदत्तनगरपालिका र दोधारा–चाँदनी नगरपालिका जोड्ने पुलको एउटा पिल्लर भाँच्चिएपछि आवगमन रोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो । पुलको करिब छ मिटर भाग मर्मत गर्नुपर्ने भएको छ । आवागमन रोकिएपछि आवत जावतमा समस्या भएको छ । “झोलुङ्गे पुलको दोधारातर्फको पाँच/छ मिटरबीचको भागमाथि उठी आवतजावतमा समस्या भएको र उक्त झोलुङ्गे पुलको पिल्लर… पुरा पढौ

आर्थिक कूटनीतिलाई व्यापार, लगानी र उद्योग विस्तारसँग जोड्न चेम्बर अध्यक्ष अग्रवालको जोड

काठमाडौं, १४ असोज । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूलाई प्रशासनिक तथा राजनीतिक कार्यमा मात्र सीमित नराखी व्यापार, लगानी र उद्योग प्रवर्द्धनको सक्रिय केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल चेम्बर अफ कमर्सको सचिवालय जमलमा मङ्गलबार एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (AIDEA) का विद्यार्थीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले सो धारणा राखेका हुन्। नेपालको आर्थिक हित प्रवर्द्धनका लागि कूटनीतिक संयन्त्रलाई थप सशक्त बनाउँदै निर्यात प्रवर्द्धन, विदेशी लगानी आकर्षण… पुरा पढौ

बाढीले ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै

काठमाडौं, १४ असोज । रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीले विभिन्न जलविद्युत् आयोजनामा क्षति पुग्दा ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएपछि सरकार वैकल्पिक व्यवस्थापनमा जुटेको छ । बाढीले त्रिशूली करिडोरबाट काठमाडौँको बालाजु र चपलीमा आउने विद्युत् रोकिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक व्यवस्थानको गृहकार्य अगाडि बढाएको हो । भोटेकोशी बाढीले त्रिशूली करिडोरबाट आउने विद्युत् अवरुद्ध भएपछि बालाजु र चपली प्रसारण लाइनमा चाप परेको छ । यसमा वैकल्पिक आपूर्ति प्रणाली विकास गर्न मन्त्रालयले गृहकार्य अगाडि बढाएको मन्त्रालयका प्रवक्ता… पुरा पढौ

सुनचाँदी आयात र बिक्री-वितरणबारे बैंक तथा व्यवसायी बीच अन्तर्क्रिया सम्पन्न

काठमाडौं, १४ असाेज। नेपाल राष्ट्र बैंकद्वारा जारी सुनचाँदी आयात तथा बिक्री-वितरण सम्बन्धी कार्यविधिका क्रममा देखिएका व्यावहारिक कठिनाइ र समस्या समाधानका लागि नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको आयोजनामा बैंक-व्यवसायी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारको अध्यक्षतामा महासंघको सचिवालय, बोगेनभिल्लामा असोज १३ गते उक्त कार्यक्रम सम्पन्न भएको हो। व्यावसायिक समस्या र बैंकहरूको स्पष्टीकरण अन्तर्क्रियाका क्रममा व्यवसायीहरूले बैंकबाट सुन खरिद गर्दा अपनाउनुपर्ने झन्झटिल प्रक्रिया, आवश्यक कागजात, भुक्तानी व्यवस्था तथा बैंकमार्फत सुन खरिदको व्यवस्था अपेक्षाअनुसार… पुरा पढौ

बिमा दाबीमा सर्भेयर खटाउन ‘स्वचालित प्रणाली’ सुरु

काठमाडौं, १४ असाेज। बिमा दाबीको क्षति मूल्यांकन प्रक्रियालाई पारदर्शी, निष्पक्ष र प्रभावकारी बनाउन नेपाल बिमा प्राधिकरणले सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित (अटोमेटेड) बनाउने भएको छ। सुशासनमा आधारित यस प्रणालीको असोज १२ गते साँझदेखि परीक्षण (टायल) सुरु भइसकेको छ। हाल बिमा कम्पनीहरूले म्यानुअल रूपमा सर्भेयर छनोट गर्दा आफ्ना पहुँच वा रोजाइका सर्भेयरलाई मात्र बढी काम दिने, साना-ठूला विवाद हुने र अवसरको समान वितरण नहुने जस्ता गुनासो आउने गरेका थिए। नयाँ स्वचालित सफ्टवेयरले यस्ता समस्या अन्त्य गर्दै दाबी भुक्तानी प्रक्रियाको समय र लागत… पुरा पढौ

नबिल र गरिमा विकास बैंकको शेयरमूल्य समायोजन

काठमाडौं, १४ असाेज। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार (असोज १४ गते) दुई वाणिज्य तथा विकास बैंक—नबिल बैंक लिमिटेड (NABIL) र गरिमा विकास बैंक लिमिटेड (GBBL)—को शेयरमूल्य समायोजन भएको छ। आगामी वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी दुवै बैंकहरूले बुकक्लोज गरेसँगै नेप्सेले बोनस शेयर समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेका अनुसार यस दिन नबिल बैंकको ५ प्रतिशत र गरिमा विकास बैंकको १० प्रतिशत बोनस शेयर समायोजन गरिएको छ। समायोजित नयाँ मूल्य र अघिल्लो कारोबार: नबिल… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, १४ असोज। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ७१ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५० पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८४ रुपैयाँ ३६ पैसा कायम… पुरा पढौ

गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही, १४ असोज । मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै लगानीमा निर्माण गरेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित अन्तरराष्ट्रिय उडानका पर्खाइमा रहेको छ । विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आएको साढे चार वर्ष पुग्न लाग्दासमेत नियमित अन्तरराष्ट्रिय उडान हुन नसक्दा विमानस्थलको भविष्यलाई लिएर रुपन्देहीको निजी क्षेत्र र स्थानीय बासिन्दामा पुनः चिन्ता बढेको छ । विमानस्थललाई केन्द्रमा राखेर होटल, पर्यटन, यातायात तथा विभिन्न उद्योग व्यवसायमा ठूलो लगानी गरेका व्यवसायीले नियमित अन्तरराष्ट्रिय उडानका लागि पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्… पुरा पढौ