मुख्य समाचार

दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

काभ्रेपलाञ्चोक, १४ असोज। निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरेस्थित सुनकोशी नदीमा निर्माणाधीन पक्की पुल छ वर्षदेखि अलपत्र अवस्थामा छ । काभ्रेपलाञ्चोकको कोशीपूर्वस्थित भुम्लु गाउँपालिकाका विभिन्न वडा तथा बस्तीमा सडक पहुँच पुर्याउने उद्देश्यले २०७७ भदौमा पुल निर्माणको सम्झौता गरिएको थियो । निर्माण व्यवसायीले पुलको काम समयमा नगर्दा भुम्लुका नागरिकले सास्ती खेप्नु परेको छ । पुल निर्माणका लागि सडक विभाग र अमर कन्स्ट्रक्सनबीच २०७७ साल भदौ १० गते सम्झौता भएको थियो । तीन वर्ष अर्थात् विसं… पुरा पढौ

बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौं, १४ असोज। कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति, २०८३’ लाई समयसापेक्ष, समावेशी, सहभागितामूलक, अधिकारमुखी बनाउन सरोकारवाला विज्ञले सुझाव दिनुभएको छ । नागरिक समाज तथा सरोकारवाला विभिन्न संस्थाका प्रतिनिधिले जलवायु परिवर्तनबाट प्रभावित समुदायसहित सबै सरोकारवालासँग पर्याप्त र अर्थपूर्ण छलफल गरी नीतिनिर्माण गर्नुपर्नेमा जोड दिनुभएको हो । गैरसरकारी संस्था महासङ्घ नेपाल, नेपाल एसडिजी फोरम, सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल र अक्सफामको संयुक्त आयोजनामा मङ्गलबार यहाँ आयोजित कार्यक्रममा सहभागी विज्ञहरुले जलवायु परिवर्तनबाट प्रभावित तथा जोखिममा रहेका समुदायको अर्थपूर्ण सहभागिता… पुरा पढौ

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

दमौली (तनहुँ), १४ असोज । लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको वातावरण एकाएक उल्लासमय बन्छ । परम्परागत वेशभूषा, बाजागाजा र नृत्यको तालमेलले पुस्तौँदेखि चलिआएको नेवा समुदायको सांस्कृतिक विरासतलाई जीवन्त बनाइदिन्छ । व्यास नगरपालिकाका विभिन्न टोलमा देखिने लाखे नाचको विशेषता केवल परम्परागत नृत्यको प्रस्तुति मात्र होइन, यसमा नयाँ पुस्ताको बढ्दो सहभागिता र अग्रजबाट युवामा भइरहेको सांस्कृतिक पुस्तान्तरण पनि हो । नेवा समुदायको मौलिक संस्कृति र परम्पराको महत्वपूर्ण हिस्सा मानिने लाखे नाच संरक्षणमा व्यासका युवायुवती सक्रिय भएका छन् । नेवाः… पुरा पढौ

जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी

म्याग्दी, १४ असोज। पर्वतको जलजला गाउँपालिका–४ लामाखेतमा घर बनाएर बसेकी म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका बालकुमारी रावल पछिल्लो तीन दिनयता ढुक्कसँग निदाउन पाउनुभएको छैन । यही असोज ८ देखि १२ गतेसम्मको निरन्तरको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले जीवनभर दुःख गरेर जोडेको घर छाड्ने कि जोखिम मोलेर त्यही बस्ने भन्ने निर्णय लिन उहाँलाई गाह्रो परेको छ । “करिब छ मिटर माथिसम्म कालीगण्डकीको बाढी आउने कल्पना गरेको थिइनँ तर असोज १० गते रातिको बाढीले घर डुबाएर सामान बगायो, भएका लत्ताकपडा, भाँडाकुँडा र सामान… पुरा पढौ

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं, १४ असोज। सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । यसैगरी, कानुनमन्त्री गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘निशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । यस्तै, बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले… पुरा पढौ

सुनचाँदीका गहना बिक्रीमा ‘सीप प्रवर्द्धन शुल्क’ सम्बन्धी कार्यविधि २०८३ जारी

काठमाडौं, १३ असोज। नेपाल सरकारको आन्तरिक राजस्व विभागले सुनचाँदीका गरगहना तथा वस्तुको बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई सरल, पारदर्शी र प्रभावकारी रूपमा कार्यान्वयन गर्न ‘सीप प्रवर्द्धन शुल्कसम्बन्धी कार्यविधि, २०८३’ जारी गरेको छ। आर्थिक ऐन, २०८३ को दफा १४ मा भएको व्यवस्था अनुसार विभागले शुल्क असुली, दाखिला, लेखाङ्कन, विवरण पेस तथा परीक्षणसम्बन्धी कार्यविधि तयार पारेको विभागका सूचना अधिकारी केशव रघुवंशीले जानकारी दिनुभयो। कार्यविधिका प्रमुख व्यवस्थाहरू: ०.५ प्रतिशत शुल्क असुली: नेपालभित्र अन्तिम उपभोक्तालाई सुन वा चाँदीका गरगहना तथा वस्तु बिक्री गर्दा बिक्री… पुरा पढौ

नेप्से ९.६२ अंकले घट्याे, ४ अर्ब ६५ करोडकाे काराेबार

काठमाडौं, १३ असाेज । साताको शेयर काराेबार हुने दोस्रो कारोबारकाे दिन मंगलबार पनि शेयर बजारमा गिरावट भएको छ। अघिल्लो दिन सोमबार पनि घटेर बन्द भएको नेप्से परिसूचकले यसदिन सोही गिरावटको क्रमलाई निरन्तरता दिएको छ। नेप्से परिसूचक ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा झरेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स १.०१ अंक, फ्लोट इण्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंकले घटेका छन्। कारोबार रकममा पनि गिरावट: नेप्से परिसूचकसँगै यस दिन कारोबार रकममा समेत गिरावट आएको छ। सोमबार ५ अर्ब ३८ करोड रुपैयाँबराबरको… पुरा पढौ

४० खर्ब बढीको भावी लगानी जोखिममा पर्ने खतरा: इप्पानले दियाे बहुपक्षीय सुझाव

काठमाडौं, १३ असाेज । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नेपालको ऊर्जा क्षेत्रमा भविष्यमा हुन लागेको ४० खर्बभन्दा बढीको लगानी आकर्षित गर्न र विद्यमान लगानीको संरक्षणका लागि नीतिगत, कानुनी तथा प्रशासनिक अड्चन फुकाउन सरकारसँग माग गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वन मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, अर्थ मन्त्रालय लगायतका निकायहरूमा बुझाइएको सुझाव पत्रमा इप्पानले कानुनी जटिलताका कारण निर्माणाधीन आयोजनाहरू प्रभावित भएको र नयाँ लगानीको वातावरण बिग्रँदै गएको उल्लेख गरेको छ। समाचारका मुख्य अंशहरू: ४० खर्बको लगानी संरक्षण र… पुरा पढौ

विराट एग्री लिमिटेडले आईपीओ ल्याउदै, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

काठमाडाैं १३ असाेज । विराट एग्री लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। आईपीओ निष्काशनका लागि कम्पनीले संस्थागत परामर्श सेवासहित एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। सुनसरीको इटहरी–१३ मा रहेको यस कम्पनी नेपालको कृषि तथा एक्वाकल्चर क्षेत्रलाई व्यावसायिक, आधुनिक र दिगो ढाँचामा विकास गर्ने उद्देश्यका साथ सञ्चालनमा छ। मोरङ र सुनसरी जिल्लामा १०० हेक्टरभन्दा बढी जलाशय क्षेत्रफलमा करिब १५० वटा पोखरीमार्फत कम्पनीले व्यावसायिक एकीकृत कृषि तथा मत्स्यपालन गर्दै आएको छ। हाल विराट एग्री देशका ठूला… पुरा पढौ

पूर्वाञ्चल विश्वविद्यालय सभा-करिब २ अर्ब बजेट स्वीकृत एआई र चिकित्सा शिक्षा प्राथमिकतामा

काठमाडौं, १३ असोज। पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु एक अर्ब ९९ करोड १६ लाख ९७ हजारको बजेट स्वीकृत गरेको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालयको ४३औँ सभाले रजिस्ट्रार प्रा डा पन्नाबहादुर थापाले प्रस्तुत गरेको आय–व्यय विवरण तथा नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो । विश्वविद्यालयले आगामी वर्ष शैक्षिक रूपान्तरण, प्रविधिमैत्री पूर्वाधार र चिकित्सा शिक्षाको विस्तारलाई मुख्य प्राथमिकतामा राखेको छ । विश्वविद्यालयका अनुसार गोठगाउँस्थित ८०५ बिघा… पुरा पढौ