मुख्य समाचार

आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली

डुम्रे (तनहुँ), १४ चैत । तनहुँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली गरेको छ । यो रकम निर्धारित लक्ष्यमा एक प्रतिशतले कम हो । कार्यालयलाई रु आठ अर्ब ४० करोड १७ लाख राजस्व असुली गर्ने लक्ष्य दिइएकामा ९९ प्रतिशत लक्ष्य पूरा भएको उक्त कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए। कार्यालयले चालु आवमा रु १४ अर्ब ९३ करोड ५४ लाख ६९ हजार असुली गर्ने लक्ष्य लिएको छ । तनहुँ कार्यालयमा २५… पुरा पढौ

जलविद्युतमा लगानी गर्न भारतीय लगानीकर्तालाई ‘इप्पान’को आग्रह

काठमाडौं, १३ चैत । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। नयाँ दिल्लीमा आज भएको ‘नेपाल–भारत इनर्जी समिटमा’ बोल्दै इप्पान अध्यक्ष कार्कीले भारतीय लगानीकर्तालाई लगानीको सुरक्षा र प्रतिफलको ग्यारेन्टी रहेकाले ढुक्कसाथ लगानी गर्न आग्रह गरे। “नेपाल सरकारले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन पु¥याउने महत्वाकांक्षी लक्ष्य लिएको छ । त्यसका लागि ४६.५ अर्ब डलर लगानी आवश्यक रहेकाले नेपालमा लगानीको सुनौलो अवसर छ”, कार्कीले भने। नेपाल लगानी बोर्डले… पुरा पढौ

नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैन : प्रधानमन्त्री ओली

काठमाडौं, १३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको बताएका छन्। राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आज आयोजित राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले युवा सङ्घसँग कति तागत छ भन्ने कुरा मानिसहरुले आँकलन नै नगरेको भए देश र जनताका लागि परिआएमा यसले प्रतिगामी शक्तिसँग जस्तोसुकै मुकाविला गरेर पनि सक्षमता देखाउनुपर्ने बताए । “हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन । यो कुरा अझ राम्रोसँग युवाहरुले बताउन… पुरा पढौ

लुम्बिनी क्षेत्र लगानीका लागि महत्त्वपूर्ण गन्तव्य-अर्थमन्त्री पौडेल

लुम्बिनी, १३ चैत । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी क्षेत्र लगानीका लागि महत्त्वपूर्ण गन्तव्य भएको बताएका छन्। उनले सरकारले लगानी अनुकूल वातावरण बनाउँदै जाने उल्लेख गर्दै लुम्बिनीमा लगानी गर्न निजी क्षेत्रका उद्योगी–व्यवसायीहरुलाई आग्रह गरे। कान्तिपुर मिडिया ग्रुपले रुपन्देहीमा आज आयोजना गरेको एक विमर्श कार्यक्रममा अर्थमन्त्री पौडेलले लुम्बिनी धेरै फराकिलो रहेको र निजी क्षेत्रका लागि महत्त्वपूर्ण ठाउँ रहेकाले सम्भावनालाई व्यवसायसँग जोड्न आग्रह गरे। उपप्रधानमन्त्री पौडेलले लुम्बिनीले नेपालको सिङ्गो अर्थतन्त्रलाई उचाइमा पु-याउन सामथ्र्य राख्न सक्ने भएकाले सहरी पूर्वाधार, शिक्षा, स्वास्थ्य, औद्योगिक… पुरा पढौ

नेप्सेमा ३९.१३ अंककाे बृद्धि, कारोबार ४ अर्बमा सिमित

काठमाडौं, १३ चैत्र । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली शेयर बजारमा हरियाली छाएको छ । नेप्सेको हरियाली वातावरणले लगानीकर्ताहरुमा उत्साह जगाएको छ । यद्यपी नेप्से उकालोको यात्रामा गएपनि कारोबार रकममा भने उल्लेखनिय प्रगति भएको छैन । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३९.१३ अंकले बढेर २६२१.८६ विन्दुमा पुगेको छ । नेप्सेमा १.ं५१ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ५.७१ अंकले बढेर ४४०.६९ विन्दुमा रहेको छ । यसदिन १३ वटै उपसमूहहरुमा हिरयाली छाएको छ । कुल ३१७ कम्पनीहरुको शेयर… पुरा पढौ

आशा र विश्वास जगाउँदै ‘पोखरा-छेन्दु’ अन्तरराष्ट्रिय उडान

गण्डकी, १३ चैत । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट यही चैत ५ गते चीनको सिचुवान प्रान्त छेन्दुमा गरिएको पहिलो व्यावसायिक चार्टर्ड उडानसँगै चीनका सहरमा विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न भएको छ । लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सञ्चालनमा आएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षसम्म पनि नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको थिएन । पहिलो उडानको साक्षी बन्दै छेन्दु पुगेका १२६ सदस्यीय टोलीले विभिन्न प्रवर्द्धनात्मक कार्यकम गरी मङ्गलबार फर्किएको छ । पोखरा पर्यटन परिषद्को आयोजना एवं… पुरा पढौ

इटहरीकाे सेन्टर प्लाजामा आगलागी, उद्धार जारी

इटहरी (सुनसरी), १३ चैत । इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक भवनमा आगो लागेको छ । सेन्टर प्लाजा नामले परिचित सो भवनमा एक्कासि आगो लागेपछि भवनभित्र रहेका मानिसलाई बाहिर ल्याउने र आगो निभाउने काम भइरहेको छ । भवनको बीच भागमा आगो लागेकाले माथिल्लो तलाबाट उद्धार कार्य भइरहेको तथा भवनभित्र फसेका मानिस उद्धारको पर्खाइमा रहेको प्रहरीले जनाएको छ । आगो लागेको सूचना पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय बासिन्दा उद्धार कार्यमा जुटिरहेका छन् । बिहान करिब ९ः३०… पुरा पढौ

विन नेपाल लघुवित्तकाे एफपीओ चैत २१ गतेदेखि आउदै

काठमाडाैं, १३ चैत्र । विन नेपाल लघुवित्त वित्तीय संस्थाकाे थप सार्वजनिक निष्काशन अर्थात एफपीओ चैत २१ गतेदेखि निष्काशन गरिने भएकाे छ । लघुवित्तले स्वः पूँजी संरचनामा सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम गर्नका लागि एफपीओ खुलाउन लागेकाे हाे । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५१ लाख २९ हजार २५० रुपैयाँ बराबरको ५१ हजार २९२.५ कित्ता शेयर निष्काशन गर्ने भएकाे हाे । यसका लागि चैत्र २६ गतेसम्म आवेदन दिन पाइनेछ । साे मितिमा माग अनुसारकाे आवेदन नपरेमा नयाँ वर्ष २०८२ साल… पुरा पढौ

एभरेष्ट बैंककाे ‘ग्लोवल मनी वीक’ कार्यक्रम सम्पन्न, ३ हजार भन्दा बढी विद्यार्थी लाभान्वित

काठमाडाैं, १३ चैत। एभरेष्ट बेैंक लिमिटेडले ग्लोवल मनी वीक कार्यक्रम सम्पन्न गरेकाे छ। बैकले सप्ताहव्यापी अभियान अन्तर्गत देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको हाे । उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्कुल, क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजार भन्दा बढी विद्यार्थीहरू बिच वित्तीय साक्षरता सन्देश दिन सफल भएको थियाे। कार्यक्रममा केही विद्यार्थीहरूलाई बैंकको शाखा समेत अवलोकन गराई बैंकका सेवा सम्बन्धि जानकारी गराईएको थियाे। सम्पन्न भएका विभिन्न कार्यक्रमहरुमा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति,… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजकाे भाउ

काठमाडौं, १३ चैत । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ५२ पैसा कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८१ पैसा रहनेछ । त्यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रूपैयाँ ३६ पैसा र बिक्रीदर १७८ रूपैयाँ १४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रूपैयाँ २७ पैसा र बिक्रीदर… पुरा पढौ