मुख्य समाचार

काँकडभिट्टाबाट साढे १२ अर्बकाे ६४ पेट्रोलियम पदार्थ आयात

झापा, १३ चैत । चालु आर्थिक वर्षको ८ महिनामा काँकडभिट्टाबाट रु १२ अर्ब ७४ करोड १६ लाख मूल्य बराबरको पेट्रोलिय पदार्थ आयात भएको छ । गत आवको ८ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ६४ करोड १७ लाख ५९ हजारले पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ । गत आवको आठ महिनामा रु १३ अर्ब ३८ करोड ३३ लाखको पेट्रोलियम पदार्थ आयात भएको थियो । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले पेट्रोलियम पदार्थको आयात घटे पनि राजस्व बढेको बताए। चालु… पुरा पढौ

वीरगञ्ज महानगरमा ३३ करोड ५६ लाख राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा), १३ चैत । वीरगञ्ज महानगरले चालु आर्थिक वर्षको आठ महिनामा रु ३३ करोड ५६लाख ८७ हजार सात सय ७८ राजस्व सङ्कलन गरेको छ । महानगरले गत आवको सोही अवधिको तुलनामा रु ३६ लाख ४१ हजार १६१ बढी राजस्व सङ्कलन गरेको हो । वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आवको आठ महिनामा वार्षिक लक्ष्यको ४० प्रतिशतको हाराहारीमा राजस्व सङ्कलन भएको जानकारी दिए। महानगरले सम्पत्ति करबापत रु १२ करोड ११ लाख ९७ हजार र पूर्वाधार सेवाको कर उपभोगमा… पुरा पढौ

सङ्घीय संसद्को दुवै सदनका बैठक आज बस्दै

काठमाडौं, १३ चैत । आज प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक हुँदैछन् । बिहान ११ः०० बजेका लागि निर्धारित प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सूची छ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रधानमन्त्री ओलीले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। ‘बैंकिङ कसुर तथा… पुरा पढौ

आइएमई ग्रुप र आइएक्सआइ कर्पको लगानीमा काठमाडौं टेक्निकल स्कुल सञ्चालन

काठमाडौंं, १२ चैत । आइएमई ग्रुप र आइएक्सआइ कर्पले संयुक्त रुपमा काठमाडाैं टेक्निकल स्कुल (केटिएस) सञ्चालनमा ल्याएका छन् । रोजगार बजारमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले उक्त स्कुल सञ्चालन गरिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले धुम्बाराहीमा आज आयोजित एक समारोहबीच सो स्कुलको शुभारम्भ गरे । सो अवसरमा उहाँले सीप, रोजगारी, उद्यमशीलता र पुँजीको संयोजनले मात्र बेरोजगारी तथा गरिबीको समस्या समाधान गर्नसकिने भएकाले सरकारले निजी क्षेत्रसँगको साझेदारीलाई प्राथमिकतामा राखेको बताए । “प्राविधिक जनशक्ति उत्पादन सरकारको प्राथमिकतामा छ,… पुरा पढौ

अत्याधुनिक प्रविधिले टिकाउ संरचना निर्माण गर्नुपर्छ-प्रधानमन्त्री ओली

पाटन (ललितपुर), १२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्याधुनिक प्रविधिको प्रयोगबाट टिकाउ संरचना निर्माणमा ध्यान दिनुपर्ने बताएका छन् । प्रगतिशील इन्जिनियर्स एसोसियसन नेपाल (पिन) को आज यहाँ आयोजित १०औँ महाधिवेशनमा आफ्नो मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले मजवुत संरचना निर्माणमा इन्जिनियरहरुको ध्यान जानुपर्नेमा जोड दिए। “हाम्रो देशमा पहाडी संरचना भएकाले पहिरो जाने समस्या छ, इन्जिनियरले यो परिवेशलाई बुझेर भौगर्विक अवस्थाको मुल्याङ्कन गरी सुरक्षित संरचना निर्माणमा ध्यान दिनुपर्छ, खतरायुक्त स्थानमा संरचना बनाउनु हुँदैन, कानुनी कुरामा भएका समस्या सुधार गर्न सुझाव दिनुहोला, सरकारले… पुरा पढौ

दैनिक २ सय लिटर दूध बेच्दै आएका बाँस्ताेला पुरस्कृत

डुम्रे (तनहुँ), १२ चैत । व्यास नगरपालिका–१३ बेलबासका लेखनाथ बाँस्तोला धेरै दूध उत्पादन गरेबापत पुरस्कृत भएका छन्। उनले प्रोत्साहन स्वरुप रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरेे । गण्डकी प्रदेशको ‘उत्पादनमा आधारित अनुदान कार्यक्रम’अन्तर्गत पुरस्कार प्राप्त गरेपछि उनले गौरवान्वित महसुस गरेको प्रतिक्रिया दिए । पाँच वर्ष अघिदेखि कृषि पेशामा लागेका बाँस्तोलाले यातायात व्यवसाय छाडेर व्यावसायिक रूपमा गाईपालन तथा बाख्रापालन गरे । उनले कोभिड १९ का बेला लामो समयसम्म बन्दाबन्दी (लकडाउन) भएपछि गाउँ फर्किएर पशुपालन सुरु गरे । फार्ममा हाल… पुरा पढौ

रु ४ अर्ब २५ करोड राजस्व सङ्कलन

बागमती, १२ चैत । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा रु चार अर्ब २५ करोड २० लाख राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ८२ दशमलव ३२ प्रतिशत सङ्कलन भएको हो । कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार आव २०८१÷८२ को आठ महिनामा रु पाँच अर्ब १६ करोड ५२ लाख ३२ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु चार अर्ब २५ करोड २० लाख ३७ हजार सङ्कलन भएको छ । कार्यालयले अन्तःशुल्कतर्फ रु दुई अर्ब ४१ कारेड ७४ लाख… पुरा पढौ

हेटाेंडा सिमेन्ट उद्योगले चैतको तेस्रो सातादेखि पुनःउत्पादन सुरु गर्ने

बागमती, १२ चैत । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले यही चैतको तेस्रो सातादेखि पुनःउत्पादन सुरु गर्ने भएको छ । उद्योगका मेसिनको मर्मत सम्भार सकिएको, उद्योगका लागि तत्काल चाहिने कच्चा पदार्थ सुनिश्चितता र कर्मचारी काम गर्न सहमत भएपछि उत्पादन सुरु गर्ने तयारी भइरहेको हेटौँडा सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक ईञ्जिनियर नविनकुमार कर्णले बताए । “उद्योगको मेसिन पुरानो र बिग्रिसकेकाले त्यसलाई मर्मत सम्भार गर्न केही समय लाग्यो”, निमित्त महाप्रबन्धक कर्णले भने, “स्थापनाकालमा जडान गरिएको मेसिन हो, यसलाई विस्थापित गरेर नयाँ मेसिन… पुरा पढौ

आज सुनकाे भाउ घट्याे, चाँदीकाे स्थिर

काठमाडौं, १२ चैत । साताकाे सुनचाँदीकाे काराेबार हुने तेश्राे दिन मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीकाे भाउ स्थिर रहेकाे छ । यस दिन सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाकाे १ लाख ७३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाला सुन तोलाकाे १ लाख ७३ हजार ५०० रुपैयाँमा काराेबार भएको थियो । महासंघका अनुसार आज चाँदीको भाउ स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ९… पुरा पढौ

पृथ्वीनारायण क्याम्पस-स्ववियुमा अनेरास्ववियुका विष्णु पोखरेलको प्यानलै विजयी

पोखरा, १२ चैत्र । पोखराको पृथ्वीनारायण क्याम्पसमा भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुका विष्णु पोखरेलको प्यानल भारी मतान्तरसहित विजयी भएको छ । सभापतिमा पोखरेल १ हजार १ सय ५ मतले विजयी भएका हुन। २३ औं स्ववियु सभापतिका लागि २ स्वतन्त्रसहित ८ जनाबीच प्रतिष्पर्धा भएको थियो। उनका निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी सङ्घका सुशील न्यौपानेले ५ सय ३ मत प्राप्त गरेाका छन् । स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपानेले ४ सय ६९ मत, अखिल क्रान्तिकारीका नवीन अधिकारीले २ सय २३ मत, संयुक्त प्यानलका सन्तोष पौडेल १ सय ९६ मत, स्वतन्त्र उम्मेदवारी दिएका कमल सुवेदीले ९९ मत, प्राज्ञिक… पुरा पढौ