मुख्य समाचार

मुख्य समस्या नै स्थिर सरकार नहुनु होः सांसद यादव

काठमाडौं, २८ फागुन । राष्ट्रियसभा परिपक्व सदस्यहरूको सभा हो । यो सभाले आफूलाई दिएको अधिकारको प्रयोग गरेर काम गर्दै आएको छ । संविधानको मूल मर्मअनुरुप यसले कानुन निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । त्यसैगरी जनताका सवाललाई उठाएर सरकारसम्म पुर्याउने काम गर्दै आएको छ । विकास निर्माणमा सरकारलाई घच्घच्याउने काम पनि गर्दै आएको छ । तर पछिल्लो समय प्रतिनिधिसभाका एक सांसदले राष्ट्रियसभालाई ‘वृद्धाश्रम’ भनेर होच्याएको पनि पाइयो । तर त्यसो होइन । कानुन निर्माण गर्ने सवालमा प्रतिनिधिसभाको तुलनामा बढी छलफल… पुरा पढौ

१ अर्बकाे रिलायबल समृद्धि योजना निष्काशन हुँदै

काठमाडाैं, २८ फागुन । रिलायबल क्यापिटल इन्भेष्टेमन्ट एण्ड मर्चेन्टले नयाँ वर्ष २०८२ बैशाख ३ गतेदेखि सामूहिक लगानी कोष रिलायबल समृद्धि योजनाको इकाई बिक्रीमा ल्याउने भएकाे छ । क्यापिटलका अनुसार प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा रूपैयाँ १ अर्ब बराबरको १० करोड इकाई बिक्रीका लागि ल्याइनेछ ।योजना १० वर्षे बन्दमुखी योजना हो। याे रिलायबल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुन्छ । कुल १० करोड इकाईबाट १ करोड १५ लाख इकाईमध्ये १ करोड ४० लाख इकाई कोष प्रवर्धक रहेकाे रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका लागि… पुरा पढौ

आज सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २८ फागुन । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ ३० ले बढेको जनाएको छ । छापावाल सुनमा यसदिन रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा रुपैयाँ ३० ले बढेर तोलाको… पुरा पढौ

साल्ट ट्रेडिङ्गकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडाैं, २८ फागुन । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत १ गतेदेखि १५ गतेसम्म बुकक्लोज गर्ने बताएकाे छ। फागुन २९ गते सरकारले फागु पूर्णीमा, होलीको सार्वजनिक बिदा दिएकाे छ । लाभांश पाउनका लागि लगानीकर्ताले आज बुधबारसम्म नेप्सेमा शेयर कारोबार गरी कायम भएकाे हुनुपर्नेछ । कम्पनीका अनुसार ५८ औँ साधारण सभा चैत १५ गते, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ।… पुरा पढौ

चुरे समितिमा दस वर्षमा रु १५ अर्ब खर्च, उपलब्धि कति ?

काठमाडौं, २८ फागुन । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापना भएयता १० वर्षमा झण्डै रु १५ अर्ब खर्च भएको छ । समितिले यस अवधिमा गरेको खर्च उद्देश्यअनुसारको उपलब्धिबारे समिक्षा हुन थालेको छ । विसं २०७१ असार २ गते स्थापना भएको समितिले आर्थिक वर्ष २०८०÷८१ सम्म रु १४ अर्ब ९६ करोड खर्च गरेको छ । समितिका अनुसार यस अवधिमा वित्तीय प्रगति ८८ दशमलव ९३ र भौतिक प्रगति ९१ दशलवल ८४ प्रतिशत भएको छ । समितिमा मासिक तलब सुविधा लिने छ… पुरा पढौ

यस्तो छ आज निर्धारित विदेशी मुद्राको भाउ

काठमाडौं, २८ फागुन । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २५ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ ७२ पैसा र बिक्रीदर १५२ रूपैयाँ ३७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८० रूपैयाँ ०४ पैसा र बिक्रीदर १८० रूपैयाँ ८२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रूपैयाँ ८४ पैसा र बिक्रीदर १५८ रूपैयाँ ५२… पुरा पढौ

उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना

काठमाडौं, २८ फागुन । देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ । बाँकी भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही… पुरा पढौ

जलेश्वर भन्सारद्वारा ८ महिनामा २ अर्ब राजस्व सङ्कलन

जनकपुर, २७ फागुन । जलेश्वर भन्सार कार्यालय भिठ्ठामोडले चालु आर्थिक वर्षको आठ महिनामा रु दुई अर्ब १५ करोड ५० लाख ७४ हजार राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन महिनाको हालसम्ममा ८३.८९ प्रतिशत राजस्व सङ्कलन भएको जलेश्वर भन्सार कार्यालयका सूचना अधिकारी रामकुमार विकले जानकारी दिए। चालु आर्थिक वर्षमा वार्षिक रु चार अर्ब ५३ करोड ६२ लाख ९० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । तर कार्यालयले सो लक्ष्यको ४७.४१ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ ।… पुरा पढौ

नेप्से ३२.२१ अंकले घट्याे, ८ अर्ब ३९ करोडको कारोबार

काठमाडौं, २७ फागुन । पछिल्ला दिनहरुमा शेयर बजार निरन्तर ओरालो लागि रहेको छ । साताको शेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि नेपाली शेयर बजार ओरालोको यात्रामा गएको छ । हालैका दिनहरुमा राजनीतिक घटनाक्रमहरुले लगानीकर्ताहरुको सक्रियतामा कमि आएको आकलन गरिएको छ । उनीहरुलाई पर्ख र हेरको अवस्थामा पुर्याएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२.२१ अंकले घटेर २७१९.२० विन्दुमा झरेको छ । नेप्सेमा १.१७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.२८ अंकले घटेर ४५६.४७ विन्दुमा रहेको छ । १३… पुरा पढौ

स्वदेशमै रोजगारी सिर्जनाको लागि औद्योगिक वातावरण पहिलो प्राथमिकताः अध्यक्ष ढकाल

काठमाडौँ २७ फागुन । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक विकास र स्वदेश मै रोजगारी सिर्जनाको लागि औद्योगिक वातावरण निर्माण पहिलो प्राथामिकता हुनु पर्ने बताउनु भएको छ । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ तथा अन्य विभिन्न संघ संस्थाहरुको सहआयोजना एवं सहयोगमा काठमाडौंमा शुरु भएको दुई दिने ५औं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन उद्घाटनका अवसरमा बोल्दै उहाँले रोजगारी सिर्जना र लगानीकर्ताहरुलाई आकर्षित गर्न राजनीतिक र नीतिगत स्थिरता आवश्यक रहेका बताउनु भयो… पुरा पढौ