मुख्य समाचार

प्रतिफल दिने ठूला आयोजनामा बजेट केन्द्रित गर्न सुझाव

काठमाडौं, १८ फागुन । अर्थ मन्त्रालयले पूर्वअर्थ सचिवहरुसँग अर्थतन्त्र सुधारबारे छलफल गरेको छ । मन्त्रालममा आज आयोजित कार्यक्रममा पूर्वसचिवहरुले प्रतिफल नदिने आयोजनामा निर्मतापूर्वक कैँची चलाउन र ठूला आयोजना निर्माणमा केन्द्रित हुन सरकारलाई सुझाव दिएका छन । त्यस्तै वित्तीय सङ्घीयतालाई प्रभावकारी बनाउन, पूँजीगत खर्चका लागि सम्बन्धित मन्त्रालय र विभागलाई उत्तरदायी बनाउन, तीनवटै तहबीच समन्वय बढाउनुपर्नेलगायत सुझाव दिइएको छ । चालू खर्चमा मितव्ययिता अपनाउन, आन्तरिक स्रोतलाई वृद्धि गर्न, राष्ट्रिय गौरवका आयोजनामा खर्चलाई प्रभावकारी बनाउन, अनौपचारिक अर्थतन्त्रलाई न्यूनीकरण गर्न सुझाव दिएका छन् ।… पुरा पढौ

नेप्सेमा ७५.२४ अंकको उछाल, १४ अर्ब बढीकाे कारोबार

काठमाडौं, १८ फागुन । लामो समयपछि नेप्सेमा भारी अंकको बृद्धि देखिएको छ । कारोबार रकम पनि बढेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा प्रकाशमा ल्याएपछि सकारात्मक बनेको शेयर सकारात्मक बनेको छ । मौद्रिक नीतिको प्रभावको कारण नै शेयर बजारले उकालोको यात्रा तय गर्नुको मुख्य कारण रहेको शेयर बजारमा जानकारहरु बताउँछन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्स परिसूचक ७५.२४ अंकले बढेर २८९०.२८ विन्दुमा पुगेको छ । नेप्सेमा २.६७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १४.४७ अंकले बढेर ४८४.३० विन्दुमा… पुरा पढौ

युवाको विकासमा हरसम्भव सहयोग गर्न सरकार कट्टिबद्ध छ-प्रधानमन्त्री ओली

काठमाडौ, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जगतको चौतर्फी विकासका लागि सरकार हरसम्भव सहयोग गर्न कट्टिबद्ध रहने बताएका छन्। सैनिक मञ्च टुँडिखेलमा आयोजित राष्ट्रिय सेवा दल (एनसिसी) को विसं १९ सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज कार्यक्रममलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी’ उक्तिलाई आत्मसाथ गर्दै चन्द्रसूर्य अङ्कित झण्डाप्रति सदैव अनुशासित भई शिरोपर गर्न सक्ने युवाको खाँचो राष्ट्रलाई रहने भएकाले यो कार्यक्रम नेपाल सरकारको उच्च प्राथमिकतामा परेको बताए। “तपाईहरुमाथि यहाँहरुको अभिभावकको मात्र आशा र सपनानिहीत नरही… पुरा पढौ

भुइँमान्छेबाट सशक्त राष्ट्रिय नेतृत्व (विचार)

काठमाडौं, १८ फागुन । जुनसुकै देशले प्रगतिको सही बाटो पक्रेर अघि बढ्न बलियो, सुझबुझयुक्त र विशिष्ट नेतृत्वको खाँचो पर्छ । चीनमा माओत्सेतुङ, देङ सियाओ पिङ र हाल सी जिङपिङ, रुसमा लेनिन, स्टालिन र हाल पुटिन, भारतमा महात्मा गान्धी, नेहरू र हाल नरेन्द्र मोदी, अमेरिकामा क्लिन्टन, ओबामा र हाल ट्रम्पको उदय तथा नेतृत्वलाई ती देशको यही आवश्यकताको कसीमा हेर्ने गरिएको पाइन्छ । नेपालमा निर्विवाद रूपमा भन्न सकिन्छ, टङ्कप्रसाद आचार्य, बिपी कोइराला, पुष्पलाल, मदन भण्डारी, गणेशमान सिंह, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला र… पुरा पढौ

उपत्यकाको विद्युत् माग पूरा गर्न आधा दर्जन सबस्टेशन निर्माण

काठमाडौं, १८ फागुन । काठमाडौं उपत्यकाभित्रको बढ्दो बिजुली माग सम्बोधन गर्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले विभिन्न क्षमताका आधा दर्जन सबस्टेशन निर्माण गरिरहेको छ । ती संरचना निर्माण सम्पन्न भएपछि उपत्यकाभित्रको बिजुली प्रवाह थप गुणस्तरीय र भरपर्दो बन्ने विश्वास गरिएको छ । प्रसारण तथा वितरण प्रणाली सुधारका लागि काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा १३२÷११ केभी क्षमताका ६ वटा सबस्टेशन निर्माण कार्य अन्तिम चरणमा छ । प्राधिकरणका अनुसार काठमाडौँको टेकु सबस्टेशन सञ्चालनमा आइसकेको छ । यस्तै, फुटुङ र मूलपानी सबस्टेशन निर्माण… पुरा पढौ

आईतबार सुनचाँदीकाे भाउ बढेन

काठमाडौं, १८ फागुन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको भाउ शुक्रबारकै कायम भएर कारोबार भईहरहेको जनाएको छ । छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार पनि छापावाल सुन तोलाको १ लाख ६८ हजार १ सय रुपैयाँमा नै कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको भाउ पनि आज स्थिर रहेर तोलाको १ हजार… पुरा पढौ

७ महिनामा साढे ८ अर्बकाे धान चामल आयात

वीरगञ्ज, १८ फागुन । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ८ अर्ब ६८ करोड मूल्य पर्ने २२ करोड ६४ लाख आठ हजार दुई सय २९ किलोग्राम धान आयात भएको छ। गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ७२ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा यो नाका हुँदै रु चार अर्ब ९१ करोड मूल्य पर्ने १३ करोड १८ लाख ५९ हजार चार सय १६ किलोग्राम धान आयात भएको थियो । वीरगञ्ज भन्सार… पुरा पढौ

त्रिदेशीय पर्यटनबाट नेपालले लिनसक्ने अवसर

काठमाडौं, १८ फागुन । नेपालमा पहिलोपटक आयोजना भएको त्रिदेशीय पर्यटन एक्स्पो (नेपाल इन्डिया चाइना एक्स्पो) नाइस–२०२५ मा नेपालको प्रवर्द्धन गरिएको छ । छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने र पर्यटन प्रवर्द्धनमा समन्वय तथा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले पोखरामा यही फागुन १२ देखि १४ गतेसम्म प्रदर्शनी आयोजना गरिएको थियो । ‘प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टर’ले नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद् र अन्य सरकारी तथा निजी क्षेत्रका साझेदार सरोकारवालाको सहकार्यमा आयोजना गरेको एक्स्पोमा एक सयभन्दा… पुरा पढौ

हिउँ खेल्न पातिहाल्ने क्षेत्रमा पर्यटक चहलपहल बढ्याे

ढोरपाटन (बागलुङ), १८ फागुन । शनिबार बिहानैदेखि पातिहाल्ने क्षेत्रमा चहलपहल बढेको छ । सेताम्य हिउँले ढाकेको जङ्गल, सडक तथा नाङ्गा डाँडा हेर्न र हिउँ खेल्न पुगेका पर्यटकले पातिहाल्नेमा चहलपहल बढेको हो । बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमानामा पर्ने पातिहाल्ने क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । हिउँ खेल्नका लागि बागलुङसहित पूर्वीरुकुम, रोल्पा, जाजरकोट, गुल्मी, प्युठान र बुटवलदेखि हिउँ खेल्न आन्तरिक पर्यटक यहाँ आएका हुन् । शुक्रबार बिहानदेखि हिउँ पर्न थालेपछि पर्यटक पातिहाल्ने उक्लिएका थिए । समुद्री सतहदेखि… पुरा पढौ

बजेट क्यालेण्डर तयार, करिब १९ खर्बकाे बजेट लेखिँदै

काठमाडौं, १७ फागुन । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा कार्यतालिका (बजेट क्यालेन्डर) तयार पारी बजेट लेखन थालेको छ । राष्ट्रिय स्रोत अनुमान समितिले उपलब्ध गराएको बजेट सीमा (सिलिङ) भित्र रही आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अघि बढेको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले राससलाई जानकारी दिए । “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन गरेर अध्यादेशमार्फत ल्याइएको बजेट क्यालेण्डरसम्बन्धी व्यवस्थाअनुसार काम अघि बढिरहेका छन् । स्रोत अनुमान समितिले करिब रू १९ खर्ब हाराहारीको बजेट सिलिङ उपलब्ध… पुरा पढौ