मुख्य समाचार

‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पित

काठमाडौं, १९ फागुन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण गरेकी छन् । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि गरेका अनेक सङ्घर्षदेखि मुलुकको समृद्धिका लागि देखाएका सपना र गरेको नेतृत्वदायी पहललाई समेटेर पुस्तक तयार गरिएको हो । पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद्, सामाजिक व्यक्तित्वहरुका लेख–रचनासमेत समावेश गरिएको छ । सो पुस्तक अल्केमी प्रकाशनले प्रकाशन गरेको हो । कार्यक्रममा प्रधानमन्त्री ओली, एमालेका महासचिव… पुरा पढौ

एभरेष्ट बैंकले १० वर्षे अवधिको ऋणपत्र निष्कासन गर्ने

काठमाडौं, १९ फागुन । एभरेष्ट बैंक लिमिटेडले आइतवारदेखि १० वर्षे अवधिको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ को निष्कासन सुरु गरेको छ। यस ऋणपत्रमा वार्षिक ब्याजदर ७ दशमलव ५० प्रतिशत तोकिएको जनाइएकाे छ। बैंकले कुल ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्दै ३ अर्ब रुपैयाँ संकलन गर्ने योजना बनाएको छ। यसमध्ये १८ लाख कित्ता व्यक्तिगत लगानीकर्ताहरूको लागि र बाँकी १२ लाख कित्ता सर्वसाधारणको लागि वितरण गरिनेछ। त्यसमध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित राखेको छ। ऋणपत्रमा आवेदन दिने न्यूनतम संख्या… पुरा पढौ

आज साेमबार पनि बढेन सुनचाँदीको भाउ

काठमाडौं, १९ फागुन । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिन आईतबारको भाउ नै सोमबारका लागि कायम गरिएको जनाएको छ । यसदिन छापावाल सुन तोलाको १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार पनि छापावाल सुन तोलाको १ लाख ६८ हजार १ सय रुपैयाँमा नै कारोबार भएको थियो । महासंघका अनुसार चाँदी तोलाको १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भईरहेको… पुरा पढौ

माथिल्लो अरुण जलविद्युतकाे पहुँचमार्ग निर्माण सुरु

काठमाडाैं, १९ फागुन । भोटखोला गाउँपालिकामा बन्ने एक हजार ६३ मेगावाट क्षमताको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँचमार्ग निर्माण सुरु भएको छ । पहुँचमार्ग निर्माणका लागि जग्गा अधिग्रहण गरेर दुई हजार एक सय रुख कटान भइसकेको आयोजनका प्रशासन प्रमुख पूर्ण चौहानले जानकारी दिए । हेलिकप्टरबाट निर्माण सामग्री ढुवानी गरी पहुँचमार्ग निर्माण थालिएको हो । आयोजना निर्माण गर्न चार सय १३ रोपनी जग्गा अधिग्रहण गरिसकिएको छ । भोटखोला गाउँपालिका–२ र ४ नम्बर वडाका राष्ट्रिय वन र सामुदायिक… पुरा पढौ

एलपी ग्यास उद्योग संघद्वारा पुन: आन्दोलन सुरु

काठमाडौं, १९ फागुन । नेपाल एलपी ग्यास उद्योग संघले आफ्ना मागहरुकाे सुनुवा नभएपछि पुन: आन्दाेलन सुरु गरेकाे छ । संघले पाँच बुँदे मागहरु राखेर आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको जनाएकाे छ । संघले विज्ञप्ति जारी गरेर माग सम्बोधन नगरेकाले थप विरोधका कार्यक्रमहरू सुरु गरेकाे जनाएको हाे । यसअघि माघ ३० गते उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री, नेपाल आयल निगमकाे संचालक समिति, पदाधिकारीहरू र नेपाल एल पि ग्यास उद्योग संघका पदाधिकारीहरूबीच भएको छलफलमा माग पूरा गर्ने बारेमा मन्त्रीले गृहकार्य गर्न १५ दिनको समय मागेपछि… पुरा पढौ

यस्तो छ आज निर्धारित विदेशी मुद्राको भाउ

काठमाडौं, १९ फागुन । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी एक डलर खरिददर १३९ रुपैयाँ ७० पैसामा खरिद तथा १४० रुपैयाँ ३० पैसामा बिक्री हुने छ भने भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । यसैगरी, युरो एकको खरिददर १४४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५८ पैसा, स्टर्लिङ पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा, स्विस… पुरा पढौ

गोरखाका ८ स्थानमा विद्युत् आयोजनाको सर्वेक्षण सुरू

गोरखा, १९ फागुन । गोरखाका विभिन्न आठ स्थानमा जलविद्युत् उत्पादनको सर्वेक्षण थालिएको छ । विद्युत् विकास विभागले छ वटा नदी तथा खोलाबाट विद्युत् उत्पादन गर्न आठ कम्पनीलाई सर्वेक्षण अनुमति दिएसँगै उनीहरुले सर्वेक्षण थालेका हुन् । बूढीगण्डकीमा विद्युत् उत्पादन सर्वेक्षणका लागि दुई कम्पनीले अनुमति पाएका छन् । प्रोकमा ९३ मेगावाट क्षमताको ‘बूढीगण्डकी प्रोक–१ जलविद्युत् आयोजना’ निर्माणका लागि चिलिमे हाइड्रोपावर कम्पनीलाई सर्वेक्षण अनुमति दिइएको हो । चालु आर्थिक वर्षभित्र सर्वेक्षण पूरा गर्न दुवै कम्पनी सर्वेक्षणमा जुटेका छन् । चुन्चेत र सिर्दिबासमा २०३… पुरा पढौ

जेठ २ देखि हुने सगरमाथा संवादको तयारी तीव्र

काठमाडौं, १९ फागुन । जलवायु परिवर्तनका विषयमा पर्वतीय र तटीय मुलुकले झेल्नु परेका समस्या विश्व समुदायसमक्ष प्रस्तुत गर्ने उद्देश्यले आगामी जेठ २ देखि ४ गतेसम्म ‘जलवायु परिवर्तन, पर्वतीय र मानव जीवनको भविष्य’ शीर्षकमा आयोजना हुने ‘सगरमाथा संवाद’ को तयारी तीव्र गतिमा प्रारम्भ भएको छ । संवादको तयारीका लागि गठित व्यवस्थापन समितिको आइतबारको पहिलो बैठकले पर्वतीय र तटीय क्षेत्रमा अवस्थित देशका राष्ट्र तथा सरकार प्रमुख, जलवायु अनुसन्धानको क्षेत्रमा काम गर्ने विज्ञ, राष्ट्रिय अन्तरराष्ट्रियस्तरका निजी क्षेत्रका प्रतिनिधि, विषयविज्ञ तथा समाजमा प्रभाव पार्न… पुरा पढौ

लगानी कोषका योगदानकर्तालाई गङ्गालाल अस्पतालमा छुट

काठमाडौं, १९ फागुन । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीलाई सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र्रको ‘पेइङ क्लिनिक, सिल्भर, गोल्डेन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेज’मा १० प्रतिशत छुट उपलब्ध हुने भएको छ । सो छुटसम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र केन्द्रका कार्यकारी निर्देशक डा रबी मल्लले हस्ताक्षर गरेका थिए । सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी, कर्मचारीले उक्त छुट पाउनेछन् । छुटको लागि कोषको परिचयपत्र वा सहभागी परिचयपत्र अनिवार्य पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । पुरा पढौ

वन्यजन्तु संरक्षणमा जोड दिँदै संसारभर आज विश्व वन्यजन्तु दिवस मनाइँदै

काठमाडौं, १९ फागुन । आज मार्च ३ अर्थात् विश्व वन्यजन्तु दिवस । वन्यजन्तु र मानवको बासस्थान पृथ्वीको अतिदोहन रोक्न तथा यसको जैविक विविधता, पर्यावरणीय एवं पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिँदै ‘वन्यजन्तु संरक्षणमा वित्तः मानव र पृथ्वीमा लगानी’ नाराका साथ संसारभर यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको ६८ औँ महासभाले २० डिसेम्बर २०१३ मा जोखिममा रहेका वन्यजन्तु र वनस्पतिका बारेमा मानवलाई सचेत गराउने उद्देश्यले मार्च ३ लाई विश्व वन्यजन्तु दिवसको रूपमा घोषणा गरेको हो । सन् १९७३ मा आजकै दिन… पुरा पढौ